जनमत वाङ्मय प्रतिष्ठान नेपाल, बनेपाले वरिष्ठ लेखक तथा अनुवादक डा. गङ्गाप्रसाद अकेलालाई सम्मानित गरेको छ । अनुवादक अकेलालाई प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’ प्रदान गर्नुभएको हो । उहाँलाई दोसल्ला ओढाएर नगद राशि, सम्मान–पत्र, जनमत पदकसहित प्रतिष्ठानबाट प्रकाशित ग्रन्थहरू दिई सम्मान प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष दुवालले “डा. अकेलाले हिन्दी, भोजपुरी, मैथिली, अवधि लगायत अन्य मातृभाषाहरूमा समेत योगदान दिनुका साथै अनुवादमा पनि उच्च कोटीको योगदान पुर्याउनुभएकोले यो सम्मान प्रदान गरिएको हो” भन्नुभयो । लेखक तथा अनुवादक गङ्गा अकेलाले पनि उक्त कार्यक्रममा बोल्दै “जनमतले भाषा–साहित्य क्षेत्रमा उच्च कोटीको योगदान पुर्याइसकेको छ, जुन अविस्मरणीय र उल्लेखनीय छ ।” भन्नुभयो । उक्त कार्यक्रममा भारती श्रेष्ठ, सिर्जना दुवाल , डा. इन्दुल के.सी. ले पनि अकेलाबारे मन्तव्य प्रकट गर्नुभएको थियो ।