वाङ्मय सेवामा समर्पित भएर साहित्यिक पत्रिकाको माध्यमबाट नेपाली भाषा–साहित्यको उत्थान र प्रचारप्रसार गर्न क्रियाशील रहनुहुँदै साहित्य लेखनमा तत्परता देखाउन सफल सीता थुलुङलाई २०७७ सालका भारती–जनमत साहित्यिक पत्रकारिता सम्मानले सम्मानित गरियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा.डा. अभि सुवेदीले सीता थुलुङलाइ सम्मान गरिएको थियो ।