३. इतिहासको क्षेत्र र उपयोगिता
प्रारम्भमा इतिहास वृतान्त वा वंशावलीको रुपमा शासक वर्ग अथवा राजनीतिमा मात्र सीमित थियो । पछि विविध विषयको खोज र अनुसन्धान हुन थालेपछि इतिहासको क्षेत्र विस्तार हुँदै गयो । इतिहास यति विस्तृत हुँदै गयो कि यो विविध पक्ष वा इलाका विशेषको पनि छुट्टै लेखिन थाल्यो । देशमा विद्यमान राजनैतिक पद्धति र सोको प्रभावमा रहेका इतिहासकारहरुको दृष्टिकोणको आधारमा इतिहासको स्वरुपको निर्धारण हुने गर्छ । निरंकुश शासक रहेको स्थिति वा इतिहासकार स्वयं शासक वर्गभित्र परेको खण्डमा इतिहास सही र वास्तविक रुपमा लेखिंदैन । यस्तो अवस्थामा इतिहासको क्षेत्र विशेषगरी राजनीति वा शासक वर्गको कार्यमा सीमित हुन्छ । जब समाजमा उदार वातावरण कायम हुन्छ त्यस्तो बेलामा इतिहासको क्षेत्र विस्तृत र व्यापक हुन पुग्छ ।
इतिहासको उपयोगिता सम्बन्धमा पक्ष र विपक्षमा दुवै थरि धारणाहरु पाइएका छन् । शुरु–शुरुमा युरोपेली महादेशतिर इतिहास पढाउन थाल्दा यसको शिक्षण असम्भव छ र यसको अध्ययन गर्नाले व्यर्थको भ्रमको विकास हुन्छ भनी आलोचना गरिएको थियो । नेपालमा राणाकालमा शिक्षण संस्थाहरुमा इतिहास पढाउन निकै नै सजग र सर्तक हुनु पर्दा वास्तविक इतिहास पढाउन निकै नै कठिन हुन्थ्यो । अचेल पनि नेपालको राष्ट्रिय इतिहास लेख्दा आधुनिक कालका शासकहरुबारे राणाबाहेक अरुको बारेमा लेख्दा अत्यन्त होसियार हुनुपर्ने स्थिति विद्यमान नै छ । शासक वर्गको स्वार्थ अनुरुप नै इतिहासबाट सत्य र तथ्यको अध्ययन नहोस् भनी यसको अध्ययन गर्नु हानिकारक, निरर्थक, अनुपयुक्त, महत्वहीन हो भन्ने भ्रम फिँजाइएको हो । तर यसै भ्रमलाई चिर्दै इतिहासका जिज्ञासु र अन्वेषकहरुले इतिहासको उपयोगिता पहिल्याई यसको अध्यननलाई अहम महत्व दिन थालेका हुन् । नेपालको इतिहास जगतमा कसैले “इतिहासले आफ्नो उपयोगिता सिद्ध गर्न सकेको छैन” भन्ने धारणा प्रकट गरेको पाइन्छ । इतिहास वा विज्ञान आफैं आफ्नो उपयोगिता सिद्ध गर्दैन र यो कुरा इतिहासका अन्वेषक र पाठकहरुले मूल्यांकन गर्ने कुरा हो । हिजोका राम्रा कुराबाट सकारात्मक ढङ्गले र नराम्रा कुराबाट नकारात्मक ढङ्गले सिकेर इतिहासको उपयोगितालाई जिज्ञासुले तौलने गर्छ । इतिहासबाट सही पाठ सिकी समाज र आफूलाई मिलाई भविष्यको बाटो तय गर्न सक्यो भने इतिहासको उपयोगिता सिद्ध हुन्छ । यहाँ एकजना विद्वानको भनाइ अत्यन्त सान्दर्भिक र उल्लेखनीय छ– “जो अतीतको प्रवृत्ति र प्रकृतिलाई बुझ्न सफल हुन्छ, उसले आफ्नो युगको मूल्यांकन गर्दा गल्ती गर्न सक्दैन ।”
४. इतिहासका स्रोत र सामग्री
इतिहास घटना घटेपछि मात्र निर्मित हुन्छ; यद्यपि घटनाको लागि परिपक्व स्थिति पहिलेदेखि नै बनेको हुन्छ । इतिहासलाई पहिल्याउन घटनाको वास्तविक र समग्र जानकारी लिइनु पर्छ । घटनाको जानकारी लिन “कहाँ, कहिले, कसरी, किन र के ?” भन्ने प्रश्नहरु अगाडि सारिनु पर्छ । यी प्रश्नहरुको उत्तर पाउन जुन आधार लिइन्छ ती नै इतिहासका स्रोत–सामग्री हुन् । यिनीहरु बिना वास्तवमा इतिहासलाई पहिल्याउन सकिंदैन । यी स्रोतहरु धेरै पाइन्छन् र सरलताको निम्ति यिनीहरुको वर्गीकरण पनि गरेको पाइन्छ । नेपाली इतिहासको सन्दर्भमा प्राप्त स्रोतहरुलाई साहित्यिक, वैदेशिक, नृ:तात्विक र पुरातात्विक गरी चारवटामा वर्गीकरण गरी तल संक्षिप्त रुपमा चर्चा गरिन्छ । यीमध्ये पहिलो तीनवटा स्रोतहरुलाई सहायक स्रोत र अन्तिम स्रोतलाई मुख्य वा मौलिक स्रोतको रुपमा लिन सकिन्छ । सहायक स्रोतहरुको प्रमाणिकता पुरातात्विक स्रोत वा प्रमाणको आधारमा विश्वसनीय रहेको वा नरहेको भनी निक्र्यौल गर्ने गरिन्छ ।
क) साहित्यिक स्रोत
साहित्यिक स्रोतमा किंवदन्ती, पुराण, वंशावली, पुष्पिका वाक्य, ठ्यासफु, ऐतिहासिक चिठ्ठी–पत्रहरु आदि पर्दछन् । यी विषयहरु तथ्यमा आधारित हुन्छन् तापनि कतिपय कुराहरु त्यसयमा रहेका काल्पनिक सज्जा वा आवरणले गर्दा विश्वास गर्न कठिन हुन्छ । तर पुरातात्विक र नृ:तात्विक स्रोतद्वारा पत्ता लगाउन नसकिने विषयमा यी स्रोतहरुमाथि भर पर्नुपर्ने बाध्यता रहेको हुन्छ । तल साहित्यिक स्रोतहरुबारे संक्षिप्त रुपमा चर्चा गरिन्छ ।
१. किंबदन्ती :
मानवले आफ्ना जीवनमा घटेका घटनाहरु बारम्बार सम्झनको लागि अनेक कथाहरु बनाउँदै आएका छन् । कथालाई रोचक र सुन्दर बनाउन अनेक आवरणहरु जोडेको पाइन्छ र पुस्तैनी रुपमा सुनाउँदै–सुनिंदै जाँदा अरु आवरणहरु पनि थपिन्छन् । मानव–जीवनमा धर्मको स्थान उल्लेखनीय बन्दै गएपछि कतिपय कथाहरुमा धार्मिक आवरण समेत लगाएको पाइन्छ । यिनै कथलाई किंवदन्ती, दन्तेकथा, लोककथा, अनुश्रुति आदि नाम दिएको पाइन्छ । अन्य कुनै स्रोतबाट थाहा नभएका र खण्डन नभएका विषयको सम्बन्धमा यस्ता कथाहरुको आधारमा पनि इतिहासको अध्ययन गरिन्छ । पुराण–महात्म्य र वंशावली अधिकांश मात्रामा यस्तै कथामा आधारित हुन्छन् । नेपाली वंशावलीका प्रारम्भिक पृष्ठहरु यस्तै कथाले भरिएको पाइन्छ ।
२. समाजको परिवर्तन र यसको स्वरुप
समाजमा हुने परिवर्तन दुई प्रकारका हुन्छन् – आधारभूत वा गुणात्मक ९त्तगबष्तिबतष्खभ० र सामान्य वा मात्रात्मक ९त्तगबलतष्तबतष्खभ० । पहिलोमा समाजको स्वरुप आधारभूत रुपमा वा आमूल रुपमा परिवर्तन हुन्छ र त्यसबेला समाज पुरानोबाट बिल्कुलै नयाँ अवस्थामा परिणत हुन्छ तर त्यसबेला समाजको साविक वा विद्यमान शासकको परिवर्तन हुन पनि सक्छ र नहुन पनि सक्छ । जस्तै नेपाली सन्दर्भमा किरातकालीन युद्ध सरदारहरुको दास राज्य महासंघ (Confodoration of warring slave states) कायम रहँदाको नेपाली समाज दास अवस्थाबाट सामन्ती अवस्थामा बदलिएको बेला किराती शासकहरुको ठाउँमा नयाँ ठाउँमा नयाँ लिच्छवी वा वर्मन खलकको शासक वंश देखिन्थे । १८१६ ई. को सुगौली सन्धिको समयदेखि १९२३ ई. सम्मको अवधिमा राजनैतिक एवं समाजको सामन्ती अवस्था विदेशी पूँजीवादको प्रवेश भई अद्र्ध–सामन्ती तथा अद्र्ध–औपानिवेशिक अवस्थामा परिणत हुन पुग्यो । तर शासक वंश शाहहरुकै रहेको थियो । दोस्रो प्रकारको सामान्य फेरबदल वा सुधारहरु हुने गर्छ र शासक वर्गको परिवर्तन हुन पनि सक्छ र नहुन पनि सक्छ । जस्तै, नेपाली सन्दर्भमा गोपालकालदेखि किरातकालसम्म कायम रहेको दास अवस्थाको समाजमा तीनपटकसम्म सामान्य परिवर्तन वा फेरबदलहरु देखिए तर शासक वंश भने प्रत्येक पटक फेरिए । त्यस्तै मध्यकालमा नेपालको राजधानी मानिने भक्तपुरमा भोन्तश्री (बनेपाली) राजकुल र मल्ल राजकुलबीच चलेको द्वन्द्वको कारण दुवै राजकुलको अन्त्य भयो र यी दुवै राजकुल भन्दा बाहिरका स्थिति मल्लको उदय भएको थियो । तर समाजको आर्थिक, न्यायिक र सामाजिक ढाँचामा सुधारहरु देखिएका थिए । तर समाजको आधारभूत ढाँचा सामन्ती नै रह्यो र यसलाई सुदृढ पार्न समाजमा हिन्दूकरण र सामन्तीकरण गर्ने प्रक्रियामा बढी तीव्रता देखा पर्यो । यस प्रकारका सामान्य परिवर्तन वा सुधारहरु समाजमा बारम्बार हुने गर्छ । जब यस्ता परिवर्तनहरुले समाज र त्यहाँ रहेका मानिसको आवश्यकता पूरा नभै अचाक्ली रुपमा शोषण र उत्पीडनको कारण मानिसहरु सत्ताशीन वर्गको विरुद्ध निर्णायक ढङ्गले नै जुझ्न पुग्छ तब समाजमा आमूल परिवर्तन आउँछ । फलत: समाजको स्वरुपमा सामान्य होइन आधारभूत वा गुणात्मक रुपले नै परिवर्तन आउँछ । जब त्यस्ता संघर्षहरुले सफलता हासील गर्न सक्दैन वा संघर्ष सामान्य आन्दोलनको रुपमा मात्र हुन्छ, त्यसबेला समाजमा सामान्य सुधार वा परिवर्तनहरु मात्र देखापर्छ ।
३. समाजको परिवर्तन र विकास
वैज्ञानिक भौतिकवादीहरुका अनुसार अहिलेसम्म समाजमा देखापरेका उत्पादन र उत्पादन सम्बन्ध पाँचवटा देखिएका छन् । तीन हुन् – पञ्चायती (कविला), दास, सामन्ती, पूँजीवादी र समाजवादी । पृथ्वीमा मानवहरु पशुझैं जङ्गली अवस्थामा रहेको बेला अथवा बस्ती, बस्ती गणजातिको प्रादुर्भाव नभएको वा समाजको प्रादुर्भाव भैनसकेको काल (आजभन्दा ४०–५० हजार वर्ष अघिसम्म) लाई समावेश गरिएको छैन । त्यतिबेलाको मानवको समूहलाई समाज भनिंदैनथ्यो र पशुको समूहलाई जस्तै समुदाय मात्र भन्ने गरिन्छ । त्यसबेला मानिसहरु चट्टान, लौरा वा ढुङ्गाका हतियारहरु कन्दमूल खन्न, फलफूल टिप्न र पशुहरुको शिकार गर्ने साधनको रुपमा प्रयोग गर्दथे । त्यसैबेलाको अर्थतन्त्रलाई संग्रह अर्थतन्त्र (Collective Economy) भन्ने गरिन्छ र वास्तवमा त्यतिबेला मानिसले योजनावद्ध रुपले आजको मानव–समाजमा जस्तै उत्पादन गर्दैनथे । पशु जस्तै हूल बाँधेर हिंड्ने, दैनिक पाएको बाँडेर खाने र भरे–भोलिलाई सञ्चित नगर्ने, बस्तीको ठाउँमा गुफा, ओडार वा झ्याङका कुरीमा बस्ने र स्वतन्त्र यौन–सम्बन्ध राख्ने गथ्र्यो त्यस बेलाको समाजको पद्धति गुणहरु भन्दा केही भिन्न रहेको मानव तन्त्रको रुपमा लिन सकिन्छ ।
गुफा–ओडारलाई छोडी नदी उपत्यकामा आई छाप्रो बनाएर ठूलो हूल शाखाहरुमा विभाजन भएर बस्न थालेपछि मानव सभ्यताको इतिहासमा समाजको प्रादुर्भाव (आजभन्दा ४०–५० हजार वर्षअघि) भएको मानिन्छ । त्यसबेलादेखि समाजमा वर्गभेद नदेखिसम्मको काल (आजभन्दा ४ हजार वर्षअघि वा गोपालहरुहको उदयभन्दा अघिसम्म) लाई गण कविला वा पञ्चायती काल भनी मान्ने गरिन्छ । मानिसहरु समाजका मूली आमाको सन्तानको संख्या झाङ्गिएपछि उपलब्ध खाद्य सामग्री र गुफा–ओडारहरु आवादीको लागि अपर्याप्त भएपछि एउटै आमाकी सन्तान – दिदी–बहिनीहरु छुट्टिएर अलग–अलग ठाउँमा छरिएर बस्न थाले । मूल हाँगा आमाको समूहलाई कविला र तिनका छोरीहरुको समूहलाई गण भन्न थालियो । मातृप्रधान वा आमा मूली हुने अवस्थिति रहेको यस समाजमा कुनै वर्गभेद थिएन र आज जस्तै एकले अर्कोमाथि गरिने कुनै दमन, शोषण, छल–कपट आदि थिएन । त्यसबेला समाजमा सामूहिक श्रम, उत्पादन गरिन्थ्यो र सम्पत्तिमाथि सबैको सामूहिक स्वामित्व हुन्थ्यो । त्यसबेलाको आर्थिक प्रणाली जस्तै सामाजिक र विवाह पद्धति पनि सामूहिक नै थियो । त्यसबेला माक्र्सवादीहरु समाजको यस अवस्थालाई ‘आदिम साम्यवाद’ भन्ने गर्दछन् ।
पछि यसकालको उत्तराद्र्धतिर पशुपालन (आजभन्दा करीव १२ हजार वर्षअघि) र त्यसपछि कृषिको प्रादुर्भाव (आजभन्दा करीव १० हजार वर्षअघि) ले अतिरिक्त उत्पादन हुन थाल्यो । यसले समाजमा श्रम वा उत्पादनमा आमा वा महिलाको स्थान गौंण वा कम हुँदै गई पुरुषको स्थान प्रमुख वा बढी हुन थाल्यो । गर्भिणी अवस्था, बच्चाहरुको पालन–पोषणमा प्राकृतिक रुपले नै महिलाको अहम् भूमिका रहनाले विस्तारै महिलाहरु टाढाको ठाउँमा शिकार खेल्न जानुभन्दा बस्ती वा घर–आँगन र खेतीको काममा सीमित हुनथाल्यो । सामूहिक विवाह पद्धतिमा अनि उत्पादन र उत्पादन सम्बन्धमा भिन्नता आउनाले सबैभन्दा पहिले अन्तर्पुस्ता (आमा–छोरी) र त्यसपछि एउटै आमाका सन्तानहरुबीच हुने विवाह सम्बन्धमाथि पनि बन्देज लाग्दै गयो । फलत: समाजमा पुरुषहरुको स्थान प्रमुख बन्दै मातृप्रधानको ठाउँमा बाबुको पहिचानले पितृप्रधान वा पुरुष प्रधानको अवस्थिति देखियो । यस किसिमको स्थिति शान्तिपूर्ण ढङ्गले समाजमा आजभन्दा ५–६ हजार वर्षअघितिर प्रारम्भ भएको मानिन्छ । त्यसबेला समाजमा सत्ताको उदय भैसकेको हुनाले मातृ वा पितृ प्रधान समाजलाई मातृसत्ता र पितृसत्ता भनी संज्ञा दिनु ठीक हुन आउँदैन ।
आजभन्दा करीव ५ हजार वर्षअघितिर समाजको सुरक्षाको निम्ति छानिएका सुरक्षा टोलीहरु नियमित सेनाजस्तै हुन थाल्यो र समाजको रीतिरिवाज तथा चाडपर्व एवं नियम वा स्थितिहरु बसाल्न छानिएका धामी–पुरेत एवं सुरक्षाका लागि छानिएका वीर पुरुष वा युद्धनायक बीचको मिलिमतोले समाज अनेक अनेक किसिमका व्यववस्ताहरु देखिए । समाजमा एकथरि काममात्र गरी उत्पादन गर्ने तर सोमाथि स्वामित्व नहुने र अर्काथरि श्रम उत्पादनमा भाग नलिने र त्यसका साधन–औजारमाथि हैकम चलाउने गरी दास र मालिक गरी दुईटा वर्ग देखिन थाल्यो । विभिन्न गुणहरुसित संघर्ष भई समातिएका युद्धवीरहरुलाई जबर्दस्त श्रम गराउने शक्तिको प्राप्तिले दासहरु देखिएका हुन् । यस्तो दास अवस्था समाजमा आजभन्दा करीव ४ हजार वर्षअघितिर देखिएको हो । आफ्नो हैकमलाई सुदृढ पार्न मालिक वर्गले नयाँ–नयाँ नियम–कानून, नियमित सेना, कर प्रणाली, दण्ड–सजायँ दिने अड्डा–जेलहरुको व्यवस्था गर्न थाले । नेपाली सन्दर्भमा गोपालहरुको कालदेखि दास अवस्था प्रारम्भ भई किरातकालमा विकसित भएको हो । समाजमा देखापरेका दासहरुको परिवारलाई एकाध वर्षका लागि खेती गरी खान जमिन दिई सामूहिक श्रम गराइन्थ्यो । यस प्रकारको जमीनलाई किराती समाजमा किपत भनिन्थ्यो र यसरी पाए बापत मालिक वर्गले लगाएका अनेक किसिमका झारा–विस्टिहरु तिर्नु पर्दथ्यो । यही कालमा समाजमा नयाँ नयाँ किसिमको चिन्तनको विकास भई दर्शन सँस्कृतिको उदय (कपिलवस्तुमा कपिलको साँख्य दर्शन र गौतम बुद्धको दर्शन, विद्रोह— जनकपुरमा उपनिषदीय— (वेदान्त दर्शन) भएको हो । दासहरुमाथि मालिक वर्गको अचाक्ली शोषण र दमनको विरुद्ध बारम्बार संघर्षहरु भई ४०० ई. पू. तिर लिच्छवी वर्मनहरुद्वारा किरातहरु पराजित भई समाजमा नयाँ व्यवस्था देखा पर्यो । मालिक वर्गको भूमि— सम्पत्तिमाथि एकलौटी स्वामित्वको अन्त हुन गयो र दासहरुले पनि पहिलेको खास अवधिमा पाउने ‘किपट’ को ठाउँमा स्थायी र निजी रुपमा घर–करेसाको लागि अलिकति भूमि पाए ।
समाजमा सामन्ती अवस्था प्रादुर्भाव भएपछि पहिलेका दास मालिकहरु सामन्त–कुलिन बने र पहिलेका नाङ्गा दासहरु अलिकति जमिन पाई मानव भए पनि व्यवहारमा सामन्त–कुलीनहरुकै खेतबारी जोत्नुपर्ने अवस्थाले भूमिको दास— भूदास ९क्बचा० बने । भूदास भनेको अहिलेको शब्दमा हलि–गोठाला वा हरुवा–चरुवाका रुपमा लिन सकिन्छ । त्यसपछि उत्पादनमाथिको स्वामित्वको एकलौटी मालिक तथा उत्पादनको वितरणको असमान स्थिति र किसान वर्गमाथि सामन्त वर्गले चलाएको निरंकुश शोषण, दमन र उत्पीडनले दुई वर्गबीच अन्तर्विरोध र संघर्ष हुन गयो । यस्तै संघर्षहरुको परिणाम किसानहरुलाई केही दिन विष्टि, कपडा वा अन्नको कर लिने गरी परिवारको संख्या अनुसार अरु जमिन पनि दिइन थाल्यो । कृषिमा सिंचाइ, नयाँ बीजन, धातु उद्योग, यातायात, शहर आदिको विकास हुन थाल्यो । पहिलेको वंशगत कुलिन तन्त्रको खारेजी सामन्तहरुलाई भूमि–उपाधि प्रदान, जग्गाको किनबेच (लिच्छवी कालमा लेख्यदान भनिन्थ्यो) गर्ने कानूनी व्यवस्था हुन थाल्यो । विस्टिहरुको साथै अन्य नयाँ कर त्चष्उबचतष्तभ तबह (भूमि–भाग, पशुपालन— भोग, व्यापार–कर (उत्सव कर आनि लगाउन थाल्यो । यही बेला सामन्तहरुले (इशापूर्वको अन्त्यताकादेखि), ‘भट्टारक’ दैवी उपाधि लिंदै आफूलाई ईश्वरका दूत भन्दै जनतालाई धर्म, भाग्य र कर्ममा अल्मल्याउने काम गरे । सामन्तहरुले भूमिमाथिको आफ्नो निर्भरतालाई कम गर्ने व्यापार तथा उद्योगमा पूँजी लगाउन थाल्यो र यसरी व्यापारिक पूँजीवादको प्रादुर्भाव हुन गयो । किसानहरु रोजी–रोटी गाउँको सीमित उत्पादनबाट नधानेपछि उद्योगहरुमा काम गर्न शहर–बजारमा पुग्न थाले । हिजो जनताको श्रम भूमिद्वारा सोझै लुटिन्थ्यो भने अब घुमाएर लुटिन थाल्यो । नेपाली सन्दर्भमा लिच्छवीकालको उत्तराद्र्धदेखि पूर्व मध्यकालसम्मको अस्थिरता र त्यसपछि नेपालको उद्योग र व्यापारको विकासमा ह्रास आउन थाल्यो । आधुनिक कालको पूर्वाद्ध मात्र होइन राणाकालको अन्त्यतिर समेत विकास हुन सकेको थिएन ।
१९०० ई. यता समाजको सामन्ती ढाँचामा व्यापारिक पूँजीवादको विकास हुँदै विस्तारै पूँजीवादी स्वरुप विकसित हुँदै समाजमा पूँजीवादी रुपमा बदलिन पुग्यो । हिजोका सामन्तहरु पूँजीपति र किसानहरु मजदूर वर्गमा बदलिन थाल्यो । तर गाउँ–घरमा भने उत्पादन, उत्पादनका साधन र प्रविधि परम्परागत नै रहनु, पूँजीको विकास हुन नसक्नु र जनतामाथि सामन्त वर्गको उत्पीडन पुरानै ढाँचाका हुनुले समाजको ढाँचा सामन्ती रह्यो । देशमा विदेशी पूँजी, उत्पादन र संस्कृतिको प्रभाव राजनैतिक, आर्थिक र सामाजिक रुपमा बढ्दै गए तापनि र राज्यसत्तामा राजतन्त्रात्मक वा गणतन्त्रात्मक पद्धति रहे तापनि आन्तरिक रुपमा सामन्ती तथा दलाल पूँजीपति र बाह्य रुपमा पूँजीवादी वा साम्राज्यवादी शोषण कायम रहेको पाइन्छ । यस किसिमको समाजको स्वरुपलाई अद्र्ध–सामन्ती तथा अद्र्ध–औपनिवेशिक भन्ने गरिन्छ । नेपाली सन्दर्भमा व्यापारिक पूँजीबाट पूर्ण पूँजीवादको रुपमा विकसित हुन नपाउँदा विदेशी उत्पादन, पूँजी र सँस्कृति १८१६ ई. को सुगौली सन्धिदेखि प्रारम्भ भई १९२३ ई. सम्ममा समाजको स्वरुप अद्र्ध सामन्ती तथा अद्र्ध औपनिवेशिक बनेको पाइन्छ ।
पूँजीवादी समाजमा मजदूर वर्गको श्रम–पसिनाद्वारा प्राप्त उत्पादनमाथि पूँजीपति वर्गको हैकम र मजदूर वर्गमाथि निर्मम शोषण, दमन र उत्पीडन हुन थालेपछि फलत: पूँजीपति वर्गका विरुद्ध मजदूर वर्ग लगायत अन्य राष्ट्रिय पूँजीपति, निम्न पूँजीपति, धनी, मध्यम र गरीब किसानहरु समेतको संयुक्त संघर्ष भई समाज समाजवादी स्वरुपमा बदलिन पुग्छ । रुस, चीन, उत्तर कोरीया, भियतनाम, क्यूवा आदि मुलुकहरुमा यसरी नै समाज बदलिएको थियो । तर अद्र्ध–सामन्ती तथा अद्र्ध–औपनिवेशिक समाजमा सामन्त र पूँजीपतिवर्गका विरुद्ध संघर्ष हुँदा मजदूर–किसानको संयुक्त नेतृत्व र अन्य उत्पीडित सम्पूर्ण तत्वको समर्थन र सहयोग समेत जुटी नयाँ जनवादी समाजको निर्माण हुन्छ । पछि नयाँ जनवादी समाजलाई आर्थिक, सामाजिक एवं राजनैतिक रुपले विकसित हुँदै समाजवादी समाजमा रुपान्तरित हुन्छ । उपर्युक्त दुवै किसिमका मार्गहरुबाट निर्माण भएको समाजवादी समाज राज्य र वर्गबिहीन समाजको रुपमा विकसित हुँदै साम्यवादी समाजमा रुपान्तरित हुने माक्र्सवादी प्रस्थापना रहेको पाइन्छ ।
पूँजीवादी वा आदर्शवादीहरु उपर्युक्त भौतिकवादी–माक्र्सवादी विश्लेषणलाई मान्दैनन् । मानव तथा समाजको ऐतिहासिक विकास–क्रमको प्रारम्भिक चरणहरुलाई माने तापनि पूँजीवादी अवस्थादेखि यताको विकासक्रमको प्रश्नलाई आँखा चिम्लेर साम्यवादी प्रस्थापनाको विरोध तिनीहरुले गर्ने गरेको पाइन्छ । तर विश्वमा साम्यवादीहरुको बढ्दो प्रभावले गर्दा तिनीहरुले समाजवादको नाउँ सापटी लिएर माक्र्सको ‘आर्थिक समाजवाद’लाई मानेको भन्दै ‘समाजवादी प्रजातन्त्र’ को सट्टा ‘प्रजातान्त्रिक समाजवाद’ (Democratic Socialism) को नारा अघि सारेको पाइन्छ । साम्यवादीहरुको विश्वव्यापी सङ्गठन — ‘कम्युनिष्ट इन्टरनेशनल’ को ठाउँमा पश्चिमका पूँजीवादीहरुले ‘सोशलिष्ट इन्टरनेशनल’ को अवधारणा सारेका थिए । नेपाली सन्दर्भमा यसखाले विचारको प्रतिनिधित्व १९५४ ई. देखि नेपाली काँग्रेसले गर्दै आएको छ । उसले ‘प्रजातान्त्रिक समाजवाद’ को व्याख्या गर्दै आइरहेको छ । सोभियत रुसमा गोर्भाचोभले तयार पारेका शिखण्डी बोरिस येल्सिनले अमेरिकाको बुई चढ्दै साम्यवादलाई लात मारेपछि पूर्वी युरोपमा देखिएको परिवर्तनपछि यसखाले ‘टपरटुईयाँ समाजवादी’ हरुले अब माक्र्स र समाजवादको नाउँ लिन छाडेको आरोप साम्यवादीहरुले लगाउन थालेका छन् ।
जन्म : वि.सं. २००३ वैशाख ७
बनेपा, काभ्रे
अवसान : वि.सं. २०५१ साउन ६
photo ——- Stone inscriptions in the Kathmandu Valley – Wikiwand
क्रमश :