जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना जनमत समीक्षा

‘ऋतु फेरिदै जान्छ’ कथासङ्ग्रहको परिचर्चा

डा. कौशिला रिसाल डा. कौशिला रिसाल
प्रकाशित १० फाल्गुन २०७९, बुधबार
जनमत समीक्षा भित्र
0
‘ऋतु फेरिदै जान्छ’ कथासङ्ग्रहको परिचर्चा

इन्द्रकुमार श्रेष्ठ सरित् (२०१९) को आख्यान र कविता दुवै विधामा उत्तिकै कलम चलेको देखिन्छ । त्यसो त सम्पादनको क्षेत्रमा पनि उनले राम्रो परिचय बनाएका छन् । उनी नयाँ सन्देश साप्ताहिक (२०३५) मा कविता प्रकाशन गरी औपचारिक रुपमा साहित्यमा प्रवेश गरेका हुन् । सरित्को हालसम्म कथा, कविता, उपन्यासलगायतका एघार थान कृतिहरु प्रकाशित छन् । उनको ऋतु फेरिँदै जान्छ (२०७४) नवौं कृति हो । उनको पहिलो कवितासङ्ग्रह पूर्व क्षितिज (२०४६) मा प्रकाशित भएको थियो । उनी त्यस समयदेखि निरन्तर लेखन, सम्पादन र कृति प्रकाशनमा सकृय देखिन्छन् । उनका अन्य कथा कृतिहरु जस्केलाबाट चियाउने सूर्य (२०५६), एक जोर फुल घोडा (२०५६) सरितका प्रतिनिधि कथा (२०७४) तथा ड्राइभर दिदी (२०७४) हुन् । ऋतु फेरिँदै जान्छ कथासङ्ग्रहभित्र पच्चीस कथाहरु संकलित छन् । सङ्ग्रहभित्र समेटिएका कथाहरुका छुट्टाछुट्टै किसिमका संंरचनागत वैशिष्ठ्य रहेको छ । यस लेखमा उक्त कथासङ्ग्रहभित्र रहेको कथाका विषयवस्तु तथा कथाको संरचनागत वैशिष्ठ्यलाई छुट्टाछुट्टै बुँदामा चर्चा गरिएको छ ।

सङ्ग्रहभित्रका कथामा विषयवस्तुगत सन्दर्भ
ऋतु फेरिँदै जान्छ कथासङ्ग्रहभित्र समेटिएका कथामा मुख्य रुपमा माओवादीद्वारा सञ्चालित दश वर्षे जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनको विषय समेटिएको छ । २०६२/०६३ पछिको देशको राजनीतिक अवस्था, पार्टी सङ्गठनप्रति प्रतिवद्ध रहँदै आएका युवाहरुका आर्थिक समस्या, नेतृत्व तहमा देखिएको गैरजिम्मेवारीका कारण जनताको जीवनयापनमा उत्पन्न कठिनाइ जस्ता विषय कथामा समेटिएका छन् । कथामा दश वर्षे जनयुद्धकालमा इमान्दारीका साथ लडेका पार्टीका कार्यकर्ता तथा कमाण्डरहरुमा सृजित निराशा र कुण्ठा पार्टीको कार्यशैलीप्रति आलोचनात्मक धारणा व्यक्त भएको छ । कुनै व्यक्ति सङ्गठनप्रति प्रतिवद्ध हुँदाहुँदै पनि सङ्गठनबाट उपेक्षित हुन परेको, वास्तविक कार्यकर्ताले चुनावमा टिकट नपाएको यथार्थ कथाका विषयवस्तुभित्र समेटिएका छन् । दशवर्षे जनयुद्धले वाक् स्वतन्त्रता लगायतका विषयमा महिलाहरुमा पारेको सकारात्मक प्रभावका कारण सचेतना र जागरणबाट प्रतिरोधी चेतनाको विकास भएको विषय आएको छ । कथामा जातीय विभेद तथा छुवाछुतका विरुद्धमा उठेका जनआवाज बुलन्द भएको छ । काठमाडौँको अव्यवस्थित सडक, छरिएर रहेका सडक बालबालिका, स्म्याक्सको नसामा डुबेका युवा तथा मागेर जीवनयापन गर्नेहरुका कठिन अवस्था आदि विविध पक्षलाई उजागर गरिएको छ । सङ्ग्रहभित्र संकलित कथाहरुमा काठमाडौँ सहरलाई मुख्य केन्द्र बनाइएको छ भने केही कथामा विराटनगर र इटहरीको पनि चर्चा गरिएको छ । सङ्कलित कथाहरुमा काठमाडौंमा सामान्य मजदुरी गरेर जीविकोपार्जन गरिरहेका जनताको जनजीवनमा बन्द र हडतालले पारेको गम्भीर असरलाई कथामा समेटिएको छ । सहरको सामाजिक जनजीवन, राजनीतिक तथा साहित्य क्षेत्रको विसङ्गतिलाई कथाका विषयवस्तु बनाइएको छ ।

राजनीतिक क्षेत्रमा देखिएका विकृत पक्षको उजागर
ऋतु फेरिँदै जान्छ कथासङ्ग्रहभित्र रहेका एउटा अर्काे अमरसिंह, अँध्यारोमा उज्यालो खोज्दै, छैनन् आँखा ओभाना, घामभन्दा उज्यालो, यसरी बदलिन्छ रङ, सपना : मनले साँचेको आँखाले देखेको, धरातल, इन्द्रेणीको एउटा अर्काे रङ, रङ थरीथरीका, बुन्दै गरेको डोकोमा नबुनिएका सपनाहरु कथा नितान्त राजनीतिक घटनाव्रmम र विषयसँग जोडिएका छन् । यी कथाहरुमा दश वर्से जनयुद्ध काल र २०६२/०६३ को जनआन्दोलन र त्यस वरिपरिको राजनीतिक घटनाक्रमहरु जोडिएका छन् ।

एउटा अर्काे अमरसिंह कथामा एक क्रान्तिकारी राजनीतिक योद्धा र विद्यार्थी आन्दोलनसँग जोडिएका उसका राजनीतिक क्रियाकलापको चित्रण गरिएको छ । विद्यार्थी आन्दोलनमा व्रिmयाशील राजनीतिक सङ्गठनको एक कुशल एवम् जुझारु व्यक्तिमा प्रहरी प्रशासनको मानसिक र शारीरिक यातना तथा पार्टीपङ्क्तिबाट भएको असहयोगका कारणबाट उसमा आएको वितृष्णा र निराशा मार्मिक रुपमा अभिव्यक्त भएको छ । एउटा सच्चा पार्टीभक्त कार्यकर्ता जेलमा पर्नु, अप्रत्यासित रुपमा आत्मसमर्पण गर्न बाध्य पारिनुले उसमा उत्पन्न आत्मग्लानीको कारण जीवन बर्बाद गर्नतिर उद्धत्त भएको देखिन्छ । प्रतिभा भएको निष्ठामा अडिग एउटा व्यक्ति राजनीतिबाट कसरी पलायन हुन पुग्छ भन्ने कुरा यस कथाबाट प्रष्ट बुझ्न सकिन्छ ।

अँध्यारोमा उज्यालो खोज्दै कथाले क्रान्तिको पथमा होमिएको एक राजनीतिक कार्यकर्ताको आदर्श चरित्रलाई प्रस्तुत गरेको छ । कथाले देशमा परिवर्तन ल्याउनका लागि सङ्घर्ष र बलिदानीपूर्ण त्याग आवश्यक भएको संकेत गरेको छ । निरङ्वmुश शासन व्यवस्थाको अन्त्यका लागि निष्ठावान् राजनीतिक व्यक्तित्वको आवश्यक हुन्छ; यस्ता व्यक्ति पनि हामीसँगै छन् भन्ने आशय यस कथामा व्यक्त भएको छ । छैनन् आँखा ओभानो कथाले जीवनभर राजनीति र पार्टी संगठनको काममा लागेको एक सच्चा कार्यकर्ताको अपेक्षा छयालीस सालको राजनीतिक परिवर्तनले पूरा गर्न नसकेको, नेताहरु सत्तामा पुगेपछि तलका कार्यकर्तालाई भुसुक्वैm बिर्सने प्रवृत्तिलाई उजागर गरेको छ । नेतृत्व तहमा रहनेहरुले कार्यकर्ताको योगदानलाई सजिलै बिर्सने गरेकोप्रति आलोचना गरिएको छ । पार्टी र सङ्गठनप्रति कर्तव्यनिष्ठ कार्यकर्ता चौठीलालले टिभीको औषधीको अभावमा आत्महत्या गर्दा परिवारको विचल्ली भएको मार्मिक चित्र प्रस्तुत भएको छ ।

घामभन्दा उज्यालो कथामा दश वर्षे जनयुद्धको समर्थन देखिन्छ । क्रान्तिका लागि जनयुद्धमा सामेल भएको एउटा वीर सपुतले जनताको मुक्ति साकार पार्ने सपना देखेको छ । कथामा योद्धालाई जनताको दु:खको सच्चा साथीको रुपमा प्रस्तुत गरिएको छ । यसरी बदलिन्छ रङ कथामा नेताहरुको विकृत व्यवहारको आलोचना गरिएको छ । भावना र आवेगमा आएर गरेका कतिपय निर्णयहरु आफैंले उल्ट्याउने नेताप्रति जनताको विश्वास घट्दै गएको उल्लेख छ । साथै २०४६ पछि महिलाहरुमा आएको राजनीतिक जागरणलाई कथामा संकेत गरिएको छ । माओवादी पार्टी खुला राजनीतिमा आएपछि जनयुद्धकालीन समयमा गरिएको अन्तर्जातीय विवाहका कारण उत्पन्न पारिवारिक विखण्डनलाई देखाइएको छ । सपना मनले साँचेको कथामा जनयुद्धकालीन संकटपूर्ण अवस्थाको चित्रण गरिएको छ । सहरमा परेको जनयुद्धको प्रभाव प्रहरी प्रशासनबाट अशोभनीय रुपमा गरिने खानतलासी र महिलामाथि हुने अभद्र व्यवहारलाई यस कथामा देखाइएको छ । धरातल कथाभित्र पूर्ण रुपमा राजनीतिमा जीवन समर्पण गरेको वैचारिक सचेतता भएको पात्रको चरित्र प्रस्तुत गरिएको छ । नैतिकवान्, आदर्श र पार्टीमा पूर्ण समर्पित कार्यकर्ताको आदर्शलाई यस कथामा देखाइएको छ । जनयुद्धपछि पार्टी खुला राजनीतिमा आएपछिको देशको अवस्था अनि नेतृत्व तहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त भएको छ । पूर्णकालीन रुपमा पार्टीमा समर्पित भइसकेपछि उसका हरेक समस्या पार्टीले हेर्नुपर्ने विषय उठाइएको छ । जीवनभर पार्टीमा समर्पित कार्यकर्ताको पीडा, उसले झेल्नु परेको आर्थिक संकट अनि जनयुद्धको मर्म र भावना विपरीत नेताको व्यवहारका कारण कार्यकर्तामा पर्न गएको हैरानी देखाइएको छ ।

इन्द्रेणीको अर्काे एउटा रङ कथा २०६२/०६३ को जन आन्दोलनको सेरोफेरोलाई विषय बनाएर लेखिएको कथा हो । यस कथामा जन आन्दोलनमा सहभागीलाई प्रहरी प्रशासनबाट गोली हानिएको तथा कुटपिट गरी पक्राउ गरिएकोे व्यवहारको मार्मिक प्रस्तुति छ । यस कथाले राजनीतिक धरातललाई टेकेर साहित्य, सङ्गीतलगायतका क्षेत्रलाई समेत विद्रुप पार्ने गरेका चरित्रको विसङ्गत व्यवहारलाई प्रष्ट पारेको छ । यस कथामा पहुँच र शक्तिको आडमा पटकपटक राजनीतिक नियुक्ति दिने प्रवृत्तिको आलोचना गरिएको छ । असल र सङ्गठनप्रति इमान्दार व्यक्ति सधैं ओझेलमा पर्ने गरेको र स्वार्थको खुट्टा चाल्न सक्ने मात्र अगाडि पुग्ने गरेको यथार्थ यस कथामा समेटिएको छ ।

रङ थरीथरीका कथामा पार्टीका कार्यकर्तामा देखिएको विकृत मनस्थितिलाई औंल्याइएको छ । कथाको पात्र आशिषले आफ्नी धर्मआमाको हत्या गरेबाट पैसाको लोभमा अनेकौं जघन्य अपराध गर्न उदत्त प्रवृत्ति प्रष्ट हुन्छ । इमान्दारिता र सच्चापन हराउँदै गएको, निष्ठा र स्वाभिमान पोलेर शिर ठाडो पार्दै हिँडेका नेताका कारण जनताले शिर झुकाउन बाध्य भए पनि म पात्रबाट देशको परिवर्तनका लागि पलायन हुन नहुने दृढता कथामा व्यक्त भएको छ । बुन्दै गरेको डोकामा नबुनिएको सपनाहरु शीर्षकको कथाले जनयुद्धकालीन पात्रको पीडा र व्यथालाई व्यक्त गरेको छ । माओवादी पार्टी जनयुद्धलाई बिसाएर शान्ति प्रव्रिmयाबाट खुला राजनीतिमा आएपछि जनयुद्धका घाइतेले उचित उपचार नपाएका, सहिद परिवारले पाउने भत्तामा पनि अरुले नै र्‍याल काढिरहेको यथार्थ प्रस्तुत छ । इमान्दार कार्यकर्ताको उचित सम्मान र सम्बोधन नहुँदा परिवारको विचल्ली भएको, सहिद परिवारप्रति राज्य उदासिन रहेको कारण देशसमाज र परिवारमा विखण्डनको अवस्था सृजना भएको र योद्धाको सपना साकार हुन नसकेको भाव कथाले सम्प्रेषण गर्न खोजेको छ । यसरी यी कथाहरुको अध्ययनबाट सङ्ग्रहभित्रका अधिकांश कथामा राजनीतिक क्षेत्रका विकृति र विसङ्गतिको चित्रण गरिएको पाइन्छ ।

विकृत सहर र कष्टपूर्ण जीवनयापनको चित्रण
ऋतु फेरिँदै जान्छ कथासङ्ग्रहभित्रका विभिन्न कथाहरुमा आएका बन्दहडताल, सडकपेटीको दृश्य, बाध्यात्मक रुपमा अँगाल्नु परेको यौनकर्म, सुवmुम्बासीहरुका समस्या आदि प्रसङ्गबाट निम्न वर्गको जीवनयापनको कठिनाइलाई राम्ररी बुझ्न सकिन्छ । हाँगाबाट खसेका पहेँला पातहरु कथामा काठमाडौँ सहरको अस्तव्यस्त सडक अनि सडकपेटीमा मागेर जीवनयापन गर्नेको दयनीय अवस्थाको चित्रण गरिएको छ । यस्तै स्म्याक्सको लतमा फसेका युवा तथा सडकमा हिँड्ने युवायुवतीहरुको फेसनबाट नेपालमा विदेशी संस्कृति र पूँजीवादको प्रभाव परेको स्पष्ट हुन्छ । कथामा बाध्यता या सुखभोग जुनसुकै अभिप्रायले अँगालिएको यौनकर्मलाई नारी अस्मिताको अवमूल्यन तथा यौन विकृतिको रुपमा हेरिएको छ । यस कथामा श्रमजीवी वर्गको पीडा र सच्चा पत्रकारितामाथि अङ्कुश लाग्ने गरेको प्रस्तुति कारुणिक र मार्मिक छ । अनपेक्षित कथामा सहरमा बसेर दुईचार पैसा कमाउन थालेपछि मान्छेको जीवनशैलीमा देखिएको विसङ्गत पक्षलाई देखाउन खोजिएको छ । आफुलाई एक बुज्रुक हुँ भन्ने व्यक्ति गाडीभित्र परस्त्रीको अँगालोमा बेरिएको छ र सडकमा हिँड्ने लेखकलाई गरेको व्यवहारले सिङ्गो पत्रकारितामाथि नै प्रश्न उब्जाइएको छ । उज्यालो नजिकै कथामा २०६२/०६३को जनआन्दोलनको विभत्स दृश्य, अस्तव्यस्त र अन्योलपूर्ण राजनीतिक अस्थिरता बुझ्न सकिन्छ ।

जातीय विभेद तथा सामाजिक जीवनको यथार्थ प्रस्तुति
कथा सङ्ग्रहभित्रको ऋतु फेरिँदै जान्छ शीर्षक कथामा नेताहरुको सिद्धान्त र व्यवहारमा तालमेल नभएकोले जनताले जातीय विभेद र छुवाछुतको विरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिइएको छ । यस कथाले दश वर्से जनयुद्धले जनतामा जागरण ल्याए पनि पूर्ण रुपमा आवाज बुलन्द हुन नसकेको, शोषक र सामन्तीहरुको व्यवहारमा परिवर्तन नआएको र सम्भ्रान्त वर्गको जातीय आडम्बर र अहम्पनलाई प्रस्तुत गरेको छ । कफ्र्यु लागेको साँझमा कथाले कफ्र्यु र नेपाल बन्दको मारमा निम्न वर्ग पर्ने गरेका र बिहान बेलुका हातमुख जोर्ने समस्या टार्नका लागि काममा निस्कँदा ज्यान गुमाउनु परेको कारुणिक अवस्थाको चित्रण छ । यस कथामा अरुको घरमा नोकर बसेर जीविकोपार्जन गर्ने गरिब जनताले गोली लागेर मृत्युवरण गर्नुपरेको घटना अति मार्मिक छ । यो परिणति कथामा सुकुम्बासीको समस्यालाई देखाइएको छ । सरकारले उनीहरुको बसोबास भत्काएर उचित व्यवस्थापन नगरेकोले सुकुम्बासीको कष्टपूर्ण जीवन यापनलाई देखाइएको छ । यस कथामा परिवर्तित समयसँगै जनइच्छा, चाहना र आवश्यकता पनि बदलिन्छन् छुवाछुत र जातीय भेदभावको अन्त्य भई समावेशीमूलक समाज निर्माण हुनुपर्छ भन्ने आशय कथाकारले राखेका छन् ।

जीवनको मूल्य कथामा लडेर बेहोस भएकी छोरीको उपचारका लागि कथाकी पात्र भगवतीले शरीर बेच्नु परेको पीडादायिक प्रस्तुति छ । नेताको भाषण र कानुनमा हटेको जातपातको वर्गीकरण सामाजिक व्यवहारमा हटेको छैन भन्ने विषयलाई प्रारब्धको विगुल कथामा व्यक्त गरिएको छ । प्रारब्ध कथाको पात्र जुठे जो पण्डितकोमा वर्साैंदेखि विनाज्याला काम गर्दै आएको छ; उसले छुवाछुतको विरुद्धमा यसरी प्रतिवाद गरेको छ — कानुनत: मैले वmुनै अपराध गरेको छैन । मेरो ज्यान गए पनि म गिलास एक माझ्दिन, दुई माझ्दिन, तीन माझ्दिन । (पृ.५१) । यसबाट कम्युनिष्ट पार्टीमा आवद्ध भएपछि उसमा आएको उदात्त वैचारिक सचेतनालाई बुझ्न सकिन्छ । एउटा कथा लेख्नुछ शीर्षकको कथामा वैचारिक साहित्य मूलधारका पत्रपत्रिकामा अटाउन नसवmेकोप्रति आलोचना गरिएको छ । पार्टीको सकृय राजनीतिमा लागेर राम्रो लेख्नेहरुले बुर्जुवा भनिने साहित्यको मूलधारबाट अपहेलित हुनुपरे पनि नयाँ विषयमा कथा लेखेर आपूmलाई प्रगतिवादी धारमा नै स्थापित गर्ने दृढता व्रmान्तिकारी पात्र सुशान्तले व्यक्त गरेको छ । जून फुलेको रात कथाका पात्रहरु चेतनराज र शशीकलाले पत्रकारिता पेसा र पार्टीबाट जीवन गुजारा गर्न नसकेर जीविकोपर्जनका लागि पेसा परिवर्तन गर्नुपर्ने बाध्यता भए पनि पार्टीको कामलाई निरन्तरता दिने प्रण गरेका छन् । यसबाट क्रान्तिकारी पात्र पार्टीबाट कहिल्यै पलायन हुँदैन भन्ने बुझिन्छ । यसप्रकार जातीय विभेदको सवालका साथै सामाजिक जीवनको यथार्थलाई ऋतु फेरिँदै जान्छ कथामा उठाइएको छ ।

कम्युनिष्ट पार्टीमा आवद्ध भएपछि महिलामा आएको राजनीतिक जागरण
कथाकार सरित्ले ऋतु फेरिँदै जान्छ कथासङ्ग्रहभित्रका वmेही कथामार्पmत् महिला उत्पीडनका विरुद्धमा आवाज उठाएका छन् । सामन्ती संस्कारको घेरामा बन्दी बनेको नेपाली समाजको रुढिग्रस्त आचरणबाट पीडित नारी पात्रले भोग्नु परेको उत्पीडनलाई बादल फाट्दै गएपछि कथामा प्रस्तुत गरिएको छ । यस कथाकी नारी पात्र शर्मिष्ठाले आफ्नो लोग्ने मेजर हरेन्द्रबहादुरसँग सम्बन्ध विच्छेद गरेर शिक्षक बन्ने सपना पूरा गर्दै दुई छोरीको पालनपोषण र शिक्षामा सफलता हासिल गरेकी छ । यस्तै बन्द ढोका खोलेर, कहाँ छ गोरखा यी दुई कथामा पनि नारीले तथाकथित सम्भ्रान्त पुरुषसँग विद्रोह गरेका छन् । अन्तत: यस्तो भएपछि कथामा जनयुद्धका सहयात्री वैवाहिक जीवनमा बाँधिएका, खुला राजनीतिमा आएपछि कार्यकर्तामा आएको वैचारिक विचलन र नारीको मूल्यमा जोड दिइएको छ । नारीको सामथ्र्य, उनीहरुमा आएको जागरण तथा प्रतिरोधको चेतनालाई यस कथाले संकेत गरेको छ । बन्द ढोका खोलेर कथामा पनि राजनीतिक जागरणसँगै नारीहरु व्रmान्तिका निम्ति जुलुसमा सहभागी भएका र नारीमा विकसित भएको विद्रोही चेतनालाई देखाइएको छ । यसरी बदलिन्छ रङ कथामा आधुनिकताको नाममा समाज विकृतितिर उन्मुख हुँदै गएको अवस्थाको बोध गर्न सकिन्छ । राजनीतिक चेतनाको जागरणसँगै महिलाहरुले सामाजिक मर्यादा र पारिवारिक सन्तुलनमा सचेतता अपनाएका छन् । उल्लेखित कथाहरुमा वर्गीय आन्दोलनमा लागेका सचेत र गतिशील पात्रको चयन भएको छ ।

ऋतु फेरिँदै जान्छ सङ्ग्रहभित्रका कथामा रुचि क्षेत्र, द्वन्द्व, शैली शिल्पको प्रस्तुति र सीमा
काठमाडौँ, विराटनगर र इटहरी सहर कथाकारका रुचि क्षेत्र हुन् । सङ्ग्रहभित्रका प्राय: कथामा काठमाडौंको परिवेशलाई समेटिएको छ । केही कथामा इटहरी र विराटनगरको परिवेश आएको छ । जे होस् ऋतु फेरिँदै जान्छ कथाको लागि कथाकारले रुचिक्षेत्रका रुपमा सहरलाई प्रमुख केन्द्र बनाएका छन् । कथामा वर्गसङ्घर्ष नै प्रमुख द्वन्द्व हो । कथाकारले सामाजिक उत्पीडनको निराकरणको बाटो वर्ग सङ्घर्ष हो भन्नेमा जोड दिएका छन् । कथामा सामन्त वर्गका विरुद्ध निम्न वर्गको द्वन्द्व, शोषक वर्गका विरुद्ध शोषित वर्गको द्वन्द्व, सामाजिक, पारिवारिक, राजनीतिक क्षेत्रमा हुने गरेका उत्पीडनका विरुद्ध महिलाहरुको प्रतिरोध तथा जातीय भेदभाव र छुवाछुतका विरुद्धको लडाईं कथामा प्रस्तुत भएका द्वन्द्व हुन् । पात्रमा वर्गीय सचेतता देखिन्छ । कम्युनिष्ट पार्टी सम्बद्ध व्यक्तिहरुमा सामाजिक सचेतता देखिनुले कथाबाट राम्रो सन्देश प्रवाह भएको छ ।

कथासङ्ग्रहको नाम प्रतीकात्मक छ । ऋतु फेरिँदै जान्छलाई जीवन समयअनुसार बदलिन्छ र बदलिनुपर्छ भन्ने अर्थमा बुझ्न सकिन्छ । सङ्ग्रहभित्रका कथाहरुमा यस्ता प्रतीकात्मक वाक्यहरुको प्रयोग ठाउँ ठाउँमा पाइन्छ । ‘यसो पूर्वतिर नियालेँ । आङ न्यानो हुने गरी झलमल्ल घाम लागिसकेको थियो (पृ.३७) ।’ यस वाक्यमा पूर्व र घाम उज्यालो अर्थात् क्रान्तिका प्रतीक हुन् । सरल रेखामा हिँडेका कथा सम्प्रेषणका हिसाबले सरल, सहज र सबल छन् ।

कथासङ्ग्रहभित्र समेटिएका कथाहरुमध्ये अधिकांश कथा जनयुद्धकालीन घटनासँग सम्बन्धित रहेका छन् । ‘जनताका चाहना सरकारले पूरा गर्न नसवmेको कारण पार्टीले फेरि सशस्त्र क्रान्ति गरे हुने, फेरि बन्दुक बोक्ने आदेश दिए पनि हुने’ (पृ.११६) । यस वाक्यबाट कथाकारले शान्ति प्रकृयाको बाटोमा आइसकेको जनयुद्धलाई पुन: दोहोर्‍याउन चाहेको संकेतले पाठकमा नकारात्मक सन्देश प्रवाह गर्ने बुझिन्छ । सङ्ग्रहभित्र समेटिएका कथाहरुमध्ये वmेही कथा अत्यन्तै लामा छन् । संवाद कम, वर्णनात्मक बढी छ । सङ्ग्रहभित्रका कथाहरुमध्ये हाँगाबाट खसेका पहेँला पातहरु शीर्षकको कथा आयामको हिसाबले धेरै लामो र वर्णनात्मक छ । यसरी बदलिन्छ रङ, एउटा अर्काे अमरसिंह कथामा पनि कथानक अलि कमजोर देखिन्छन् । सङ्ग्रहभित्र वmेही वर्णविन्यासगत त्रुटिहरु देख्न सकिन्छ । बाइर, केइ, बाएक, छेमता (पृ.१६६–६७), सक्ख, दुक्ख (पृ. ५७) । कथाहरुमा स्थानीय बोलीचालीकै भाषाको प्रभाव रहेको देखिन्छ ।

इन्द्रकुमार श्रेष्ठ सरित्को ऋतु फेरिँदै जान्छ कथासङ्ग्रका अधिकांश कथाहरु जनयुद्धको पृष्ठभूमिमा लेखिएका छन् । कथामा जनयुद्धको अन्त्यपछि भएको २०६२/०६३ को जनआन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरता र त्यसले निम्त्याएको सङ्क्रमणको अवस्था, बन्द, हडताल आदि घटनाहरु प्रतिबिम्बित भएका छन् । वैचारिक निष्ठा र स्वाभिमानी कार्यकर्ताप्रति नेतृत्वको उपेक्षाका कारण राजनीतिक आस्थामा आएको विचलन, वितृष्णा त्यसले सृजना गरेको नैराश्य र कुण्ठालाई कथाले समेटिएका छन् । कथाका पात्रहरु वर्गीय सङघर्षमा लागेका र तिनमा आएको सचेतता सङ्ग्रहभित्रका कथाका विशेषता हुन् ।


Tags: इन्द्रकुमार श्रेष्ठ सरित्डा. कौशिला रिजाल
अघिल्लो पोष्ट

‘पारिजातका कविता’ विषयक विचार गोष्ठी

पछिल्लो पोस्ट

तिमी नहुँदा

डा. कौशिला रिसाल

डा. कौशिला रिसाल

सम्बन्धित पोष्टहरू

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा
जनमत समीक्षा

‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा

७ भाद्र २०८१, शुक्रबार
निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा
जनमत समीक्षा

निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

१९ चैत्र २०८०, सोमबार
मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा
जनमत समीक्षा

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
तिमी नहुँदा

तिमी नहुँदा

राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९

राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मृत्युसँगको लडाईं

मृत्युसँगको लडाईं

२२ फाल्गुन २०७८, आईतवार
भारतीय नेपाली गीति साहित्य

भारतीय नेपाली गीति साहित्य

२२ फाल्गुन २०७९, सोमबार
स्रष्टा समाजको विचार गोष्ठी, दुई स्रष्टा पुरस्कृत

स्रष्टा समाजको विचार गोष्ठी, दुई स्रष्टा पुरस्कृत

२२ फाल्गुन २०७९, सोमबार
मलाई क्षमा गर ओ समय

मलाई क्षमा गर ओ समय

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक