इन्द्रकुमार श्रेष्ठ सरित् (२०१९) को आख्यान र कविता दुवै विधामा उत्तिकै कलम चलेको देखिन्छ । त्यसो त सम्पादनको क्षेत्रमा पनि उनले राम्रो परिचय बनाएका छन् । उनी नयाँ सन्देश साप्ताहिक (२०३५) मा कविता प्रकाशन गरी औपचारिक रुपमा साहित्यमा प्रवेश गरेका हुन् । सरित्को हालसम्म कथा, कविता, उपन्यासलगायतका एघार थान कृतिहरु प्रकाशित छन् । उनको ऋतु फेरिँदै जान्छ (२०७४) नवौं कृति हो । उनको पहिलो कवितासङ्ग्रह पूर्व क्षितिज (२०४६) मा प्रकाशित भएको थियो । उनी त्यस समयदेखि निरन्तर लेखन, सम्पादन र कृति प्रकाशनमा सकृय देखिन्छन् । उनका अन्य कथा कृतिहरु जस्केलाबाट चियाउने सूर्य (२०५६), एक जोर फुल घोडा (२०५६) सरितका प्रतिनिधि कथा (२०७४) तथा ड्राइभर दिदी (२०७४) हुन् । ऋतु फेरिँदै जान्छ कथासङ्ग्रहभित्र पच्चीस कथाहरु संकलित छन् । सङ्ग्रहभित्र समेटिएका कथाहरुका छुट्टाछुट्टै किसिमका संंरचनागत वैशिष्ठ्य रहेको छ । यस लेखमा उक्त कथासङ्ग्रहभित्र रहेको कथाका विषयवस्तु तथा कथाको संरचनागत वैशिष्ठ्यलाई छुट्टाछुट्टै बुँदामा चर्चा गरिएको छ ।
सङ्ग्रहभित्रका कथामा विषयवस्तुगत सन्दर्भ
ऋतु फेरिँदै जान्छ कथासङ्ग्रहभित्र समेटिएका कथामा मुख्य रुपमा माओवादीद्वारा सञ्चालित दश वर्षे जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनको विषय समेटिएको छ । २०६२/०६३ पछिको देशको राजनीतिक अवस्था, पार्टी सङ्गठनप्रति प्रतिवद्ध रहँदै आएका युवाहरुका आर्थिक समस्या, नेतृत्व तहमा देखिएको गैरजिम्मेवारीका कारण जनताको जीवनयापनमा उत्पन्न कठिनाइ जस्ता विषय कथामा समेटिएका छन् । कथामा दश वर्षे जनयुद्धकालमा इमान्दारीका साथ लडेका पार्टीका कार्यकर्ता तथा कमाण्डरहरुमा सृजित निराशा र कुण्ठा पार्टीको कार्यशैलीप्रति आलोचनात्मक धारणा व्यक्त भएको छ । कुनै व्यक्ति सङ्गठनप्रति प्रतिवद्ध हुँदाहुँदै पनि सङ्गठनबाट उपेक्षित हुन परेको, वास्तविक कार्यकर्ताले चुनावमा टिकट नपाएको यथार्थ कथाका विषयवस्तुभित्र समेटिएका छन् । दशवर्षे जनयुद्धले वाक् स्वतन्त्रता लगायतका विषयमा महिलाहरुमा पारेको सकारात्मक प्रभावका कारण सचेतना र जागरणबाट प्रतिरोधी चेतनाको विकास भएको विषय आएको छ । कथामा जातीय विभेद तथा छुवाछुतका विरुद्धमा उठेका जनआवाज बुलन्द भएको छ । काठमाडौँको अव्यवस्थित सडक, छरिएर रहेका सडक बालबालिका, स्म्याक्सको नसामा डुबेका युवा तथा मागेर जीवनयापन गर्नेहरुका कठिन अवस्था आदि विविध पक्षलाई उजागर गरिएको छ । सङ्ग्रहभित्र संकलित कथाहरुमा काठमाडौँ सहरलाई मुख्य केन्द्र बनाइएको छ भने केही कथामा विराटनगर र इटहरीको पनि चर्चा गरिएको छ । सङ्कलित कथाहरुमा काठमाडौंमा सामान्य मजदुरी गरेर जीविकोपार्जन गरिरहेका जनताको जनजीवनमा बन्द र हडतालले पारेको गम्भीर असरलाई कथामा समेटिएको छ । सहरको सामाजिक जनजीवन, राजनीतिक तथा साहित्य क्षेत्रको विसङ्गतिलाई कथाका विषयवस्तु बनाइएको छ ।
राजनीतिक क्षेत्रमा देखिएका विकृत पक्षको उजागर
ऋतु फेरिँदै जान्छ कथासङ्ग्रहभित्र रहेका एउटा अर्काे अमरसिंह, अँध्यारोमा उज्यालो खोज्दै, छैनन् आँखा ओभाना, घामभन्दा उज्यालो, यसरी बदलिन्छ रङ, सपना : मनले साँचेको आँखाले देखेको, धरातल, इन्द्रेणीको एउटा अर्काे रङ, रङ थरीथरीका, बुन्दै गरेको डोकोमा नबुनिएका सपनाहरु कथा नितान्त राजनीतिक घटनाव्रmम र विषयसँग जोडिएका छन् । यी कथाहरुमा दश वर्से जनयुद्ध काल र २०६२/०६३ को जनआन्दोलन र त्यस वरिपरिको राजनीतिक घटनाक्रमहरु जोडिएका छन् ।
एउटा अर्काे अमरसिंह कथामा एक क्रान्तिकारी राजनीतिक योद्धा र विद्यार्थी आन्दोलनसँग जोडिएका उसका राजनीतिक क्रियाकलापको चित्रण गरिएको छ । विद्यार्थी आन्दोलनमा व्रिmयाशील राजनीतिक सङ्गठनको एक कुशल एवम् जुझारु व्यक्तिमा प्रहरी प्रशासनको मानसिक र शारीरिक यातना तथा पार्टीपङ्क्तिबाट भएको असहयोगका कारणबाट उसमा आएको वितृष्णा र निराशा मार्मिक रुपमा अभिव्यक्त भएको छ । एउटा सच्चा पार्टीभक्त कार्यकर्ता जेलमा पर्नु, अप्रत्यासित रुपमा आत्मसमर्पण गर्न बाध्य पारिनुले उसमा उत्पन्न आत्मग्लानीको कारण जीवन बर्बाद गर्नतिर उद्धत्त भएको देखिन्छ । प्रतिभा भएको निष्ठामा अडिग एउटा व्यक्ति राजनीतिबाट कसरी पलायन हुन पुग्छ भन्ने कुरा यस कथाबाट प्रष्ट बुझ्न सकिन्छ ।
अँध्यारोमा उज्यालो खोज्दै कथाले क्रान्तिको पथमा होमिएको एक राजनीतिक कार्यकर्ताको आदर्श चरित्रलाई प्रस्तुत गरेको छ । कथाले देशमा परिवर्तन ल्याउनका लागि सङ्घर्ष र बलिदानीपूर्ण त्याग आवश्यक भएको संकेत गरेको छ । निरङ्वmुश शासन व्यवस्थाको अन्त्यका लागि निष्ठावान् राजनीतिक व्यक्तित्वको आवश्यक हुन्छ; यस्ता व्यक्ति पनि हामीसँगै छन् भन्ने आशय यस कथामा व्यक्त भएको छ । छैनन् आँखा ओभानो कथाले जीवनभर राजनीति र पार्टी संगठनको काममा लागेको एक सच्चा कार्यकर्ताको अपेक्षा छयालीस सालको राजनीतिक परिवर्तनले पूरा गर्न नसकेको, नेताहरु सत्तामा पुगेपछि तलका कार्यकर्तालाई भुसुक्वैm बिर्सने प्रवृत्तिलाई उजागर गरेको छ । नेतृत्व तहमा रहनेहरुले कार्यकर्ताको योगदानलाई सजिलै बिर्सने गरेकोप्रति आलोचना गरिएको छ । पार्टी र सङ्गठनप्रति कर्तव्यनिष्ठ कार्यकर्ता चौठीलालले टिभीको औषधीको अभावमा आत्महत्या गर्दा परिवारको विचल्ली भएको मार्मिक चित्र प्रस्तुत भएको छ ।
घामभन्दा उज्यालो कथामा दश वर्षे जनयुद्धको समर्थन देखिन्छ । क्रान्तिका लागि जनयुद्धमा सामेल भएको एउटा वीर सपुतले जनताको मुक्ति साकार पार्ने सपना देखेको छ । कथामा योद्धालाई जनताको दु:खको सच्चा साथीको रुपमा प्रस्तुत गरिएको छ । यसरी बदलिन्छ रङ कथामा नेताहरुको विकृत व्यवहारको आलोचना गरिएको छ । भावना र आवेगमा आएर गरेका कतिपय निर्णयहरु आफैंले उल्ट्याउने नेताप्रति जनताको विश्वास घट्दै गएको उल्लेख छ । साथै २०४६ पछि महिलाहरुमा आएको राजनीतिक जागरणलाई कथामा संकेत गरिएको छ । माओवादी पार्टी खुला राजनीतिमा आएपछि जनयुद्धकालीन समयमा गरिएको अन्तर्जातीय विवाहका कारण उत्पन्न पारिवारिक विखण्डनलाई देखाइएको छ । सपना मनले साँचेको कथामा जनयुद्धकालीन संकटपूर्ण अवस्थाको चित्रण गरिएको छ । सहरमा परेको जनयुद्धको प्रभाव प्रहरी प्रशासनबाट अशोभनीय रुपमा गरिने खानतलासी र महिलामाथि हुने अभद्र व्यवहारलाई यस कथामा देखाइएको छ । धरातल कथाभित्र पूर्ण रुपमा राजनीतिमा जीवन समर्पण गरेको वैचारिक सचेतता भएको पात्रको चरित्र प्रस्तुत गरिएको छ । नैतिकवान्, आदर्श र पार्टीमा पूर्ण समर्पित कार्यकर्ताको आदर्शलाई यस कथामा देखाइएको छ । जनयुद्धपछि पार्टी खुला राजनीतिमा आएपछिको देशको अवस्था अनि नेतृत्व तहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त भएको छ । पूर्णकालीन रुपमा पार्टीमा समर्पित भइसकेपछि उसका हरेक समस्या पार्टीले हेर्नुपर्ने विषय उठाइएको छ । जीवनभर पार्टीमा समर्पित कार्यकर्ताको पीडा, उसले झेल्नु परेको आर्थिक संकट अनि जनयुद्धको मर्म र भावना विपरीत नेताको व्यवहारका कारण कार्यकर्तामा पर्न गएको हैरानी देखाइएको छ ।
इन्द्रेणीको अर्काे एउटा रङ कथा २०६२/०६३ को जन आन्दोलनको सेरोफेरोलाई विषय बनाएर लेखिएको कथा हो । यस कथामा जन आन्दोलनमा सहभागीलाई प्रहरी प्रशासनबाट गोली हानिएको तथा कुटपिट गरी पक्राउ गरिएकोे व्यवहारको मार्मिक प्रस्तुति छ । यस कथाले राजनीतिक धरातललाई टेकेर साहित्य, सङ्गीतलगायतका क्षेत्रलाई समेत विद्रुप पार्ने गरेका चरित्रको विसङ्गत व्यवहारलाई प्रष्ट पारेको छ । यस कथामा पहुँच र शक्तिको आडमा पटकपटक राजनीतिक नियुक्ति दिने प्रवृत्तिको आलोचना गरिएको छ । असल र सङ्गठनप्रति इमान्दार व्यक्ति सधैं ओझेलमा पर्ने गरेको र स्वार्थको खुट्टा चाल्न सक्ने मात्र अगाडि पुग्ने गरेको यथार्थ यस कथामा समेटिएको छ ।
रङ थरीथरीका कथामा पार्टीका कार्यकर्तामा देखिएको विकृत मनस्थितिलाई औंल्याइएको छ । कथाको पात्र आशिषले आफ्नी धर्मआमाको हत्या गरेबाट पैसाको लोभमा अनेकौं जघन्य अपराध गर्न उदत्त प्रवृत्ति प्रष्ट हुन्छ । इमान्दारिता र सच्चापन हराउँदै गएको, निष्ठा र स्वाभिमान पोलेर शिर ठाडो पार्दै हिँडेका नेताका कारण जनताले शिर झुकाउन बाध्य भए पनि म पात्रबाट देशको परिवर्तनका लागि पलायन हुन नहुने दृढता कथामा व्यक्त भएको छ । बुन्दै गरेको डोकामा नबुनिएको सपनाहरु शीर्षकको कथाले जनयुद्धकालीन पात्रको पीडा र व्यथालाई व्यक्त गरेको छ । माओवादी पार्टी जनयुद्धलाई बिसाएर शान्ति प्रव्रिmयाबाट खुला राजनीतिमा आएपछि जनयुद्धका घाइतेले उचित उपचार नपाएका, सहिद परिवारले पाउने भत्तामा पनि अरुले नै र्याल काढिरहेको यथार्थ प्रस्तुत छ । इमान्दार कार्यकर्ताको उचित सम्मान र सम्बोधन नहुँदा परिवारको विचल्ली भएको, सहिद परिवारप्रति राज्य उदासिन रहेको कारण देशसमाज र परिवारमा विखण्डनको अवस्था सृजना भएको र योद्धाको सपना साकार हुन नसकेको भाव कथाले सम्प्रेषण गर्न खोजेको छ । यसरी यी कथाहरुको अध्ययनबाट सङ्ग्रहभित्रका अधिकांश कथामा राजनीतिक क्षेत्रका विकृति र विसङ्गतिको चित्रण गरिएको पाइन्छ ।
विकृत सहर र कष्टपूर्ण जीवनयापनको चित्रण
ऋतु फेरिँदै जान्छ कथासङ्ग्रहभित्रका विभिन्न कथाहरुमा आएका बन्दहडताल, सडकपेटीको दृश्य, बाध्यात्मक रुपमा अँगाल्नु परेको यौनकर्म, सुवmुम्बासीहरुका समस्या आदि प्रसङ्गबाट निम्न वर्गको जीवनयापनको कठिनाइलाई राम्ररी बुझ्न सकिन्छ । हाँगाबाट खसेका पहेँला पातहरु कथामा काठमाडौँ सहरको अस्तव्यस्त सडक अनि सडकपेटीमा मागेर जीवनयापन गर्नेको दयनीय अवस्थाको चित्रण गरिएको छ । यस्तै स्म्याक्सको लतमा फसेका युवा तथा सडकमा हिँड्ने युवायुवतीहरुको फेसनबाट नेपालमा विदेशी संस्कृति र पूँजीवादको प्रभाव परेको स्पष्ट हुन्छ । कथामा बाध्यता या सुखभोग जुनसुकै अभिप्रायले अँगालिएको यौनकर्मलाई नारी अस्मिताको अवमूल्यन तथा यौन विकृतिको रुपमा हेरिएको छ । यस कथामा श्रमजीवी वर्गको पीडा र सच्चा पत्रकारितामाथि अङ्कुश लाग्ने गरेको प्रस्तुति कारुणिक र मार्मिक छ । अनपेक्षित कथामा सहरमा बसेर दुईचार पैसा कमाउन थालेपछि मान्छेको जीवनशैलीमा देखिएको विसङ्गत पक्षलाई देखाउन खोजिएको छ । आफुलाई एक बुज्रुक हुँ भन्ने व्यक्ति गाडीभित्र परस्त्रीको अँगालोमा बेरिएको छ र सडकमा हिँड्ने लेखकलाई गरेको व्यवहारले सिङ्गो पत्रकारितामाथि नै प्रश्न उब्जाइएको छ । उज्यालो नजिकै कथामा २०६२/०६३को जनआन्दोलनको विभत्स दृश्य, अस्तव्यस्त र अन्योलपूर्ण राजनीतिक अस्थिरता बुझ्न सकिन्छ ।
जातीय विभेद तथा सामाजिक जीवनको यथार्थ प्रस्तुति
कथा सङ्ग्रहभित्रको ऋतु फेरिँदै जान्छ शीर्षक कथामा नेताहरुको सिद्धान्त र व्यवहारमा तालमेल नभएकोले जनताले जातीय विभेद र छुवाछुतको विरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिइएको छ । यस कथाले दश वर्से जनयुद्धले जनतामा जागरण ल्याए पनि पूर्ण रुपमा आवाज बुलन्द हुन नसकेको, शोषक र सामन्तीहरुको व्यवहारमा परिवर्तन नआएको र सम्भ्रान्त वर्गको जातीय आडम्बर र अहम्पनलाई प्रस्तुत गरेको छ । कफ्र्यु लागेको साँझमा कथाले कफ्र्यु र नेपाल बन्दको मारमा निम्न वर्ग पर्ने गरेका र बिहान बेलुका हातमुख जोर्ने समस्या टार्नका लागि काममा निस्कँदा ज्यान गुमाउनु परेको कारुणिक अवस्थाको चित्रण छ । यस कथामा अरुको घरमा नोकर बसेर जीविकोपार्जन गर्ने गरिब जनताले गोली लागेर मृत्युवरण गर्नुपरेको घटना अति मार्मिक छ । यो परिणति कथामा सुकुम्बासीको समस्यालाई देखाइएको छ । सरकारले उनीहरुको बसोबास भत्काएर उचित व्यवस्थापन नगरेकोले सुकुम्बासीको कष्टपूर्ण जीवन यापनलाई देखाइएको छ । यस कथामा परिवर्तित समयसँगै जनइच्छा, चाहना र आवश्यकता पनि बदलिन्छन् छुवाछुत र जातीय भेदभावको अन्त्य भई समावेशीमूलक समाज निर्माण हुनुपर्छ भन्ने आशय कथाकारले राखेका छन् ।
जीवनको मूल्य कथामा लडेर बेहोस भएकी छोरीको उपचारका लागि कथाकी पात्र भगवतीले शरीर बेच्नु परेको पीडादायिक प्रस्तुति छ । नेताको भाषण र कानुनमा हटेको जातपातको वर्गीकरण सामाजिक व्यवहारमा हटेको छैन भन्ने विषयलाई प्रारब्धको विगुल कथामा व्यक्त गरिएको छ । प्रारब्ध कथाको पात्र जुठे जो पण्डितकोमा वर्साैंदेखि विनाज्याला काम गर्दै आएको छ; उसले छुवाछुतको विरुद्धमा यसरी प्रतिवाद गरेको छ — कानुनत: मैले वmुनै अपराध गरेको छैन । मेरो ज्यान गए पनि म गिलास एक माझ्दिन, दुई माझ्दिन, तीन माझ्दिन । (पृ.५१) । यसबाट कम्युनिष्ट पार्टीमा आवद्ध भएपछि उसमा आएको उदात्त वैचारिक सचेतनालाई बुझ्न सकिन्छ । एउटा कथा लेख्नुछ शीर्षकको कथामा वैचारिक साहित्य मूलधारका पत्रपत्रिकामा अटाउन नसवmेकोप्रति आलोचना गरिएको छ । पार्टीको सकृय राजनीतिमा लागेर राम्रो लेख्नेहरुले बुर्जुवा भनिने साहित्यको मूलधारबाट अपहेलित हुनुपरे पनि नयाँ विषयमा कथा लेखेर आपूmलाई प्रगतिवादी धारमा नै स्थापित गर्ने दृढता व्रmान्तिकारी पात्र सुशान्तले व्यक्त गरेको छ । जून फुलेको रात कथाका पात्रहरु चेतनराज र शशीकलाले पत्रकारिता पेसा र पार्टीबाट जीवन गुजारा गर्न नसकेर जीविकोपर्जनका लागि पेसा परिवर्तन गर्नुपर्ने बाध्यता भए पनि पार्टीको कामलाई निरन्तरता दिने प्रण गरेका छन् । यसबाट क्रान्तिकारी पात्र पार्टीबाट कहिल्यै पलायन हुँदैन भन्ने बुझिन्छ । यसप्रकार जातीय विभेदको सवालका साथै सामाजिक जीवनको यथार्थलाई ऋतु फेरिँदै जान्छ कथामा उठाइएको छ ।
कम्युनिष्ट पार्टीमा आवद्ध भएपछि महिलामा आएको राजनीतिक जागरण
कथाकार सरित्ले ऋतु फेरिँदै जान्छ कथासङ्ग्रहभित्रका वmेही कथामार्पmत् महिला उत्पीडनका विरुद्धमा आवाज उठाएका छन् । सामन्ती संस्कारको घेरामा बन्दी बनेको नेपाली समाजको रुढिग्रस्त आचरणबाट पीडित नारी पात्रले भोग्नु परेको उत्पीडनलाई बादल फाट्दै गएपछि कथामा प्रस्तुत गरिएको छ । यस कथाकी नारी पात्र शर्मिष्ठाले आफ्नो लोग्ने मेजर हरेन्द्रबहादुरसँग सम्बन्ध विच्छेद गरेर शिक्षक बन्ने सपना पूरा गर्दै दुई छोरीको पालनपोषण र शिक्षामा सफलता हासिल गरेकी छ । यस्तै बन्द ढोका खोलेर, कहाँ छ गोरखा यी दुई कथामा पनि नारीले तथाकथित सम्भ्रान्त पुरुषसँग विद्रोह गरेका छन् । अन्तत: यस्तो भएपछि कथामा जनयुद्धका सहयात्री वैवाहिक जीवनमा बाँधिएका, खुला राजनीतिमा आएपछि कार्यकर्तामा आएको वैचारिक विचलन र नारीको मूल्यमा जोड दिइएको छ । नारीको सामथ्र्य, उनीहरुमा आएको जागरण तथा प्रतिरोधको चेतनालाई यस कथाले संकेत गरेको छ । बन्द ढोका खोलेर कथामा पनि राजनीतिक जागरणसँगै नारीहरु व्रmान्तिका निम्ति जुलुसमा सहभागी भएका र नारीमा विकसित भएको विद्रोही चेतनालाई देखाइएको छ । यसरी बदलिन्छ रङ कथामा आधुनिकताको नाममा समाज विकृतितिर उन्मुख हुँदै गएको अवस्थाको बोध गर्न सकिन्छ । राजनीतिक चेतनाको जागरणसँगै महिलाहरुले सामाजिक मर्यादा र पारिवारिक सन्तुलनमा सचेतता अपनाएका छन् । उल्लेखित कथाहरुमा वर्गीय आन्दोलनमा लागेका सचेत र गतिशील पात्रको चयन भएको छ ।
ऋतु फेरिँदै जान्छ सङ्ग्रहभित्रका कथामा रुचि क्षेत्र, द्वन्द्व, शैली शिल्पको प्रस्तुति र सीमा
काठमाडौँ, विराटनगर र इटहरी सहर कथाकारका रुचि क्षेत्र हुन् । सङ्ग्रहभित्रका प्राय: कथामा काठमाडौंको परिवेशलाई समेटिएको छ । केही कथामा इटहरी र विराटनगरको परिवेश आएको छ । जे होस् ऋतु फेरिँदै जान्छ कथाको लागि कथाकारले रुचिक्षेत्रका रुपमा सहरलाई प्रमुख केन्द्र बनाएका छन् । कथामा वर्गसङ्घर्ष नै प्रमुख द्वन्द्व हो । कथाकारले सामाजिक उत्पीडनको निराकरणको बाटो वर्ग सङ्घर्ष हो भन्नेमा जोड दिएका छन् । कथामा सामन्त वर्गका विरुद्ध निम्न वर्गको द्वन्द्व, शोषक वर्गका विरुद्ध शोषित वर्गको द्वन्द्व, सामाजिक, पारिवारिक, राजनीतिक क्षेत्रमा हुने गरेका उत्पीडनका विरुद्ध महिलाहरुको प्रतिरोध तथा जातीय भेदभाव र छुवाछुतका विरुद्धको लडाईं कथामा प्रस्तुत भएका द्वन्द्व हुन् । पात्रमा वर्गीय सचेतता देखिन्छ । कम्युनिष्ट पार्टी सम्बद्ध व्यक्तिहरुमा सामाजिक सचेतता देखिनुले कथाबाट राम्रो सन्देश प्रवाह भएको छ ।
कथासङ्ग्रहको नाम प्रतीकात्मक छ । ऋतु फेरिँदै जान्छलाई जीवन समयअनुसार बदलिन्छ र बदलिनुपर्छ भन्ने अर्थमा बुझ्न सकिन्छ । सङ्ग्रहभित्रका कथाहरुमा यस्ता प्रतीकात्मक वाक्यहरुको प्रयोग ठाउँ ठाउँमा पाइन्छ । ‘यसो पूर्वतिर नियालेँ । आङ न्यानो हुने गरी झलमल्ल घाम लागिसकेको थियो (पृ.३७) ।’ यस वाक्यमा पूर्व र घाम उज्यालो अर्थात् क्रान्तिका प्रतीक हुन् । सरल रेखामा हिँडेका कथा सम्प्रेषणका हिसाबले सरल, सहज र सबल छन् ।
कथासङ्ग्रहभित्र समेटिएका कथाहरुमध्ये अधिकांश कथा जनयुद्धकालीन घटनासँग सम्बन्धित रहेका छन् । ‘जनताका चाहना सरकारले पूरा गर्न नसवmेको कारण पार्टीले फेरि सशस्त्र क्रान्ति गरे हुने, फेरि बन्दुक बोक्ने आदेश दिए पनि हुने’ (पृ.११६) । यस वाक्यबाट कथाकारले शान्ति प्रकृयाको बाटोमा आइसकेको जनयुद्धलाई पुन: दोहोर्याउन चाहेको संकेतले पाठकमा नकारात्मक सन्देश प्रवाह गर्ने बुझिन्छ । सङ्ग्रहभित्र समेटिएका कथाहरुमध्ये वmेही कथा अत्यन्तै लामा छन् । संवाद कम, वर्णनात्मक बढी छ । सङ्ग्रहभित्रका कथाहरुमध्ये हाँगाबाट खसेका पहेँला पातहरु शीर्षकको कथा आयामको हिसाबले धेरै लामो र वर्णनात्मक छ । यसरी बदलिन्छ रङ, एउटा अर्काे अमरसिंह कथामा पनि कथानक अलि कमजोर देखिन्छन् । सङ्ग्रहभित्र वmेही वर्णविन्यासगत त्रुटिहरु देख्न सकिन्छ । बाइर, केइ, बाएक, छेमता (पृ.१६६–६७), सक्ख, दुक्ख (पृ. ५७) । कथाहरुमा स्थानीय बोलीचालीकै भाषाको प्रभाव रहेको देखिन्छ ।
इन्द्रकुमार श्रेष्ठ सरित्को ऋतु फेरिँदै जान्छ कथासङ्ग्रका अधिकांश कथाहरु जनयुद्धको पृष्ठभूमिमा लेखिएका छन् । कथामा जनयुद्धको अन्त्यपछि भएको २०६२/०६३ को जनआन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरता र त्यसले निम्त्याएको सङ्क्रमणको अवस्था, बन्द, हडताल आदि घटनाहरु प्रतिबिम्बित भएका छन् । वैचारिक निष्ठा र स्वाभिमानी कार्यकर्ताप्रति नेतृत्वको उपेक्षाका कारण राजनीतिक आस्थामा आएको विचलन, वितृष्णा त्यसले सृजना गरेको नैराश्य र कुण्ठालाई कथाले समेटिएका छन् । कथाका पात्रहरु वर्गीय सङघर्षमा लागेका र तिनमा आएको सचेतता सङ्ग्रहभित्रका कथाका विशेषता हुन् ।