जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

शहीदको अवमूल्यन

दैवज्ञराज न्यौपाने दैवज्ञराज न्यौपाने
प्रकाशित १६ माघ २०७९, सोमबार
कविता, काव्य भित्र
0
शहीदको अवमूल्यन

१.
मेरा बाबु घाँस काट्न वन गएका थिए
भीरबाट लडेर मरेछन्
उनलाई कसैले शहीद भनिदिएन;
मेरा दाजु भारी बोक्न बेँसी झरेका थिए
खोलामा बगेर मरेछन्
उनलाई कसैले शहीद भनिदिएन;
मेरी दिदी छोराछोरी पाउन नसकेर
सुत्केरी व्यथाले मरिछन्
उनलाई पनि कसैले शहीद भनिदिएन;
कठै ती बिचराहरू!
राजनीतिको गन्धभन्दा निकै टाढा थिए
त्यसैले त उनीहरूलाई कसैले शहीद भनिदिएन।

२.
त्यतिखेर समय पनि त अर्कै थियो
आजको जस्तो सजिलै शहीद हुन पाउने
भाग्यवान्ह‍‍रू त्यहाँ थिएनन्;
हिजो शहीद हुनका लागि
धेरैधेरै तपस्या गर्नु पर्थ्यो;
व्यक्तिगत स्वार्थभन्दा माथि
सामूहिक आस्था, दृण प्रतिज्ञा र उच्च मर्यादा हुनु पर्थ्यो;
सत्य, न्याय र इमान्दारीका साथ
सधैँ कर्तव्यनिष्ठ सिद्धान्तवादी भएर उठ्नु पर्थ्यो;
लड्दै, भिड्दै र संघर्ष गर्दै
क्रूर अन्यायीहरूबाट बलिदान भएर
धर्तीभरि, मनभरि र मान्छेभरि भएर जानु पर्थ्यो;
यसरी जानेहरू नै त्यहाँ अमर हुन्थे
मरेर जाँदा पनि कहिल्यै नमर्ने शहीद हुन्थे;
ती नै अमर शहीदहरूका निम्ति
थोरै मरेर धेरै बचाउने शहीदहरूका निम्ति
लोभलालच र व्यक्ति स्वार्थको विवादभन्दा माथि
समष्टिमा पुगेर बाँच्ने र बचाउने शहीदहरूका निम्ति
शहादत प्राप्त व्यक्तिहरूको मर्यादा हुन्थ्यो,
इज्जत हुन्थ्यो
शहीद भन्नासाथ अहिले पनि
म त्यस्तै व्यक्तिको कल्पना गर्छु
वास्तवमा शहीद भन्नु नै त्यस्तै व्यक्ति हुन्
हो, त्यस्तै व्यक्तिहरू हुन्।

३.
यति वेला परिस्थिति अर्कै भएर बदलिएको छ
यहाँ राजनीतिको रङ्ग बदलिएको छ;
राजनीतिसँगै समाजको ढङ्ग पनि बदलिएको छ,
कसले, कसलाई, कतिबेला शहीद घोषणा गरिदिने हो
भन्न नसके पनि
कुनै वेला कोही पनि शहीद बन्दोरहेछ भन्ने कुरा
हामी निकै बुझ्न थालेका छौं;
भीरबाट लडे पनि शहीद बन्दोरहेछ
खोलामा बगे पनि शहीद बन्दोरहेछ
भीडमा ढुंगा हान्न जाने मान्छे
भीडमै किचिएर मरे पनि शहीद बन्दोरहेछ;
डाँका गरेर भागे पनि
पुलिसले मारेपछि शहीद बन्दोरहेछ;
चोरी गरेर भागे पनि शहीद बन्दोरहेछ;
अरू त परै जाओस्
विष खाएर मरे पनि शहीद बन्दोरहेछ
फगत राजनीतिको वरदान भए पुग्दोरहेछ
फगत राजनीतिको वरदान।

४.
मेरा परिश्रमी बाबु
तिमीले राजनीतिका कुरासम्म सुनिदिएका भए?
मेरा मिहिनेती दाजु
तिमीले दलमा नाउँसम्म लेखाइदिएका भए
मेरी अभागिनी दिदी
तिमीले कुनै संगठनको नाउँसम्म सुनिदिएकी भए
आज तिमीहरू पनि शहीद बन्ने रहेछौ;
हामी पनि शहीदका परिवार बन्न पाउने रहेछौँ;
फगत् तिमीहरूले पनि
राजनीतिको गन्धसम्म सुँघिदिएका भए।

५.
मेरा मान्यवर पूर्वजहरू !
तिमीहरू सबैले मलाई परिश्रमी बन्न सिकायौ;
मिहिनेती बन्न सिकायौ र इमानदार बन्न सिकायौ;
आफ्नै हात र पाखुरीहरू बजारेर
नङ्ग्रा र पैतालाहरू खियाएर, पसिना बगाएर
सँधै कर्मशील बन्न सिकायौ;
कर्तव्यनिष्ठ बन्न सिकायौ;
कामचोरहरूबाट टाढै रहेर
सँधै साँचो अर्थमा लगनशील बन्न सिकायौ;
बञ्चक राजनीतिभन्दा धेरै पर
देशभक्त र इमान्दार बन्न सिकायौ।

६.
मेरा आदर्श पुर्खाहरू !
आज तिमीहरूले पढाएको पाठ पढेर
मलाई बाँच्न पनि निकै कठिन भएको छ;
आजका मेरा शिक्षित बन्धुहरूसँग
मैले कुममा कुम जोडेर हिँड्न नसकेकोमा
उनीहरू मलाई कमजोर, काँतर र पछौटे सम्झलान्
म उनीहरूलाई के भनेर सम्झाऊँ?
हाम्रा पूर्वजहरू अशिक्षित भए पनि
उनीहरू देशभक्त र इमान्दार थिए;
बहुविद् राजनीतिज्ञ नभए पनि
शुद्ध, बुद्ध र आदर्श थिए;
जता मल्खु उतै ढल्कुको सिद्धान्त त्यहाँ थिएन,
मन, वचन र कर्मले
उनीहरू आदर्श थिए, अनुकरणीय थिए,
दलगत राजनीतिको छुच्चो स्वार्थमा फसेका थिएनन्
लासको राजनीति गर्न पनि जानेका थिएनन् उनीहरूले;
उनीहरूभन्दा पनि उच्च, महान् र आदर्श थिए
उनीहरूका शहीदहरू ।

७.
आज ती नै देशभक्त इमान्दार शहीदहरूका ताँतीमा
भीरबाट लडेर मरेको मान्छेलाई पनि
शहीद भनिदिएको सुन्दा
खोलामा बगेर मरेको मान्छेलाई पनि
शहीद भनिदिएको सुन्दा
भीडमा किचिएर मरेको अकिञ्चनलाई पनि
सिद्धान्तवादी शहीद भनिदिएको सुन्दा
दलगत किचाघानमा पसेर तँछाड, मछाड गर्दै
एकले अर्कालाई आरोप लगाएर
लासमाथिको राजनीति गरेको देख्ता
धरोधर्म मलाई मेरा पुर्खाहरूको
अवमूल्यन भएजस्तो लाग्छ,
मलाई मेरै आदरणीय शहीदहरूको
अवमूल्यन भएजस्तो लाग्छ;
शहीद, मलाई तिम्रो अवमूल्यन भएजस्तो लाग्छ।


Tags: दैवज्ञराज न्यौपाने
अघिल्लो पोष्ट

सम्पदाको संरक्षणका लागि पैदल यात्रा हुने

पछिल्लो पोस्ट

शहीद शुक्रराज शास्त्रीको पुस्तक ‘स्वर्गको दरबार’ –१ (धारावाहिक)

दैवज्ञराज न्यौपाने

दैवज्ञराज न्यौपाने

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
शहीद शुक्रराज शास्त्रीको पुस्तक ‘स्वर्गको दरबार’ –१ (धारावाहिक)

शहीद शुक्रराज शास्त्रीको पुस्तक ‘स्वर्गको दरबार’ –१ (धारावाहिक)

अँधेरो कारागारबाट …

अँधेरो कारागारबाट …

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत १० कवि घोषित

राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत १० कवि घोषित

२२ फाल्गुन २०७९, सोमबार
कल्पवृक्ष र सञ्जीवनी

कल्पवृक्ष र सञ्जीवनी

२२ फाल्गुन २०७७, शनिबार
जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२३ बैशाख २०८२, मंगलवार
दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार

दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक