जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

शहीद शुक्रराज शास्त्रीको पुस्तक ‘स्वर्गको दरबार’ –१ (धारावाहिक)

शुक्रराज शास्त्री शुक्रराज शास्त्री
प्रकाशित १६ माघ २०७९, सोमबार
निबन्ध भित्र
0
शहीद शुक्रराज शास्त्रीको पुस्तक ‘स्वर्गको दरबार’ –१ (धारावाहिक)

तत्कालीन राणा शासनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने क्रममा १९९७ सालमा ज्यान सजायँ दिइएका चार शहीदमध्ये एक हुन्, शुक्रराज शास्त्री। प्रजा परिषद्सँग आबद्ध नभएका र पर्चा काण्ड अगावै धार्मिक गतिविधिका माध्यमबाट राजनीतिक सुधारको आवाज फैलाइरहेका शास्त्री पहिले नै थुनामा थिए। १९९७ सालमा नेपाल प्रजा परिषद्को नेतृत्वमा काठमाडौँमा राणा विरोधी पर्चाहरू छरिएपछि उनलाई पनि त्यसै काण्डमा मुछेर मृत्युदण्ड दिइएको थियो। यद्यपि शहीद शुक्रराज शास्त्रीको उद्देश्य प्रजा परिषद्को भन्दा खासै भिन्न थिएन। उनी राजनीतिप्रति पूर्ण निरपेक्ष पनि थिएनन्। उनी नेपाललाई स्वर्ग बनाउन चाहन्थे किनकि राणाकालीन नेपाल नरक तुल्य भएको उनको ठम्याई थियो। उनले देखेको स्वर्ग समान नेपालको सपना हो, ‘स्वर्गको दरबार’ । १९८६ सालमा कलकत्ताबाट प्रकाशित यो पुस्तकमा उनले सामाजिक सुधारका लागि गर्नुपर्ने काम प्रस्तुत गरेका छन्।  

स्वर्गको दरबार

                अहो ! स्वर्गको नाम कस्तो मधुर र मीठो रहेछ । ‘स्वर्ग’ शब्दको उच्चारण र स्मरण गर्दैमा कस्तो अपूर्व आनन्द झ्ल्केर आउँछ । ठीकै हो :

                दु:ख शोकको जहाँ न लेश छ,

                सदा साथ जहाँ अखिलेश छ ।

                काम–क्रोधको जहाँ न शेष छ

                छल–छिद्रको जहाँ न भेष छ ।। 

                त्यसमा पनि ‘स्वर्गको दरबार !’ कस्तो यो स्वर्गको दरबारको आनन्ददायक दृश्य होला ! इहलोक र परलोकमा कुन मानिस त्यस्ता होलान् जसलाई स्वर्गको कामना छैन ? अर्थात् सबै राजा–प्रजा, विद्वान्–मूर्ख तथा धनी–गरिब, सानो–ठूलो मनुष्यमात्रहरूलाई स्वर्गको चाहना छ ।

                अब यो प्रश्न उठ्छ कि त्यो सुन्दर स्वर्ग–सुखको खजाना, आनन्दको मूर्ति–कहाँ छ ? यसै जन्ममा पाउन सकिने हो कि अथवा यो देह त्याग भइसकेपछि मात्रै अन्तै लोकमा पाइने हो ?

                यस प्रश्नको कसैले यो उत्तर दिन्छ कि यस जन्ममा ठूलो तपस्या गरी देहान्त भइसकेपछि अर्को जन्ममा स्वर्गप्राप्ति हुन्छ । कसैले हातको औंलाले माथि आकाशतिर सङ्केत गर्दछन् । कसैले सात आकाशमाथि स्वर्ग छ भन्दछन्, एवं अनेक मतका मानिसले अनेक प्रकारबाट स्वर्गको बयान गर्छन् ।

                के त ‘स्वर्ग कहाँ छ’ यो विवादास्पद विषय मात्रै हो अथवा यथार्थमा कहीँ निर्णित स्वर्ग पनि छ ?

                पाठक–पाठिकाहरू हो ! स्वर्गको दरबार देख्नलाई कुनै अन्त लोकमा जानु पर्दैन, त्यो स्वर्गको दरबार यसै लोकमा छ । स्वर्गको दरबारको द्वार अगाडि खुल्नेछ । 

ग्रन्थकार

शुक्रराज शास्त्री

अथ स्वर्गनिरूपणन्नाम प्रथमाध्याय:

                साच्चै भन्नुपर्‍यो भने स्वर्गको विषयमा धेरै विवाद अहिलेसम्म विद्यमान छन् । स्वर्ग के हो ? तथा स्वर्गको साधन के छन् ? यस विषयमा कसैले पनि ठीक–ठीक निश्चय गरेका छैनन् । धर्मशास्त्रहरूमा निश्चित भए तापनि त्यसविषयक परम्परा–सम्बन्ध नहुनाले अनिश्चित जस्तै भइरहेको छ । महाभारतको शान्तिपर्वमा उञ्छवृत्ति ऋषिको उपाख्यान छ । त्यसमा एक ब्राह्मण र अतिथिको संवादमा स्वर्गविषयक प्रश्नोत्तर छन् । स्वर्गविषयक प्रकरण हुनाले त्यो भाग तल उद्धृत गर्छु ।

                ब्राह्मणले अतिथिलाई प्रार्थना गरे कि ‘कुतो धर्ममय: प्लव: ?’ अर्थात् स्वर्गको प्राप्तिनिमित्त यस संसारसमुद्रबाट तर्नलाई धर्मरूप पुल के हो ? यस प्रश्नको उत्तर अतिथिले यस प्रकार दिए :

                अतिथिरुवाच :

                अहमप्यत्र मुह्यामि ममाप्येष मनोरथ: ।

                न च सन्निश्चयं यामि बहुद्वारे त्रिविष्टपे ।।

                केचिन्मोक्षं प्रशंसन्ति केचिद्यज्ञफलं द्विजा: ।

                वानप्रस्थाश्रया: केचिद्गार्हास्थ्यं केचिदास्थिता: ।

                राजधर्माश्रयं केचित्केचिदात्मफलाश्रयम् ।

                गुरुधर्माश्रयं केचित्केचिद्वाक्संयमाश्रयम् ।

                मातरं पितरं केचिच्छुश्रूषन्तो दिवड्डता: ।

                अहिंसया परे स्वर्गं सत्येन च तथाऽपरे ।। 

                आहवेऽभिमुखा: केचिन्निहतास्त्रिदिवड्डता: ।

                केचिदुञ्छव्रतै: सिद्धा: स्वर्गमार्गं समाश्रिता: ।।

                केचिदध्ययने युक्ता वेदव्रतपरा: शुभा: ।

                बुद्धिमन्तो गता: स्वर्गं तुष्टात्मानो जितेन्द्रिया: ।।

                आर्जवेन परे युक्ता निहतानार्जवैर्जनै: ।

                ऋजवो नाकपृष्ठे वै शुद्धात्मान: प्रतिष्ठिता: ।।

                एवं बहुविधैर्लोकैर्धर्मद्वारैरनावृतै: ।

                ममापि मतिराविग्ना मेघलेखेव वायुना ।।

                (महा. शान्ति. अध्याय ३५४, श्लो. ९–१६)

                भावार्थ : यो जान्नलाई त मेरो पनि इच्छा छ, तर म पनि यस विषयमा सन्दिग्ध नै छु । धेरै द्वार भएका यस स्वर्गको विषयमा मलाई पनि निश्चय भएको छैन ।

                कुनै द्विज ब्राह्मणले मोक्षलाई स्वर्ग भन्दछन् । कुनैले यज्ञफललाई स्वर्ग भन्दछन्, एवं कुनैले वानप्रस्थाश्रित तथा कुनैले गृहस्थाश्रित स्वर्ग भन्दछन् ।

                कुनैले भन्दछन् कि राजधर्मबाट नै स्वर्गको प्राप्ति हुन्छ, कुनैले आत्मचिन्तनबाट, कुनैले गुरुको सेवाबाट तथा कुनैले वाणीको संयमबाट स्वर्गको प्राप्ति हुन्छ भनी भन्दछन् ।

                धेरैजनाले त आमाबाबुको सेवासुश्रूषा गरी स्वर्ग प्राप्त गरे, कोही अहिंसाधर्मले तथा कोही सत्यभाषणले स्वर्गमा पुगे ।

                युद्धको सन्मुख मर्ने धेरैजनाले स्वर्ग प्राप्त गरे एवं अन्नको दाना चुनी–चुनी खाने सिद्ध मुनिहरू पनि स्वर्गमा पुगेका छन् ।

                कोही–कोही वेदादि शास्त्रको पठनपाठन गर्ने सन्तोषी, बुद्धिमान्, जितेन्द्रिय विद्वान्हरू पनि स्वर्गमा पुगेका छन् ।

                केही छलकपट नगरी सोझे स्वभावले आफ्ना काम गर्ने अकुटिल, शुद्धात्मा महात्माहरू पनि स्वर्गमा पुगे ।

                संसारमा यस रीति नाना प्रकारका धर्मले स्वर्गको द्वार खुलेका छन् । यसकारण वायुले बादललाई घुमाएका जस्तै मेरो बुद्धि पनि स्वर्गको विषयमा सन्दिग्ध (अनिश्चित) नै छ ।

                यस्तै स्वर्गप्राप्तिको उपाय पनि भिन्न–भिन्न धर्मवालाहरूले भिन्न–भिन्नै बयान गर्छन् । कुनै धर्मात्मा विद्वान्हरूले भनेका छन् कि ‘अहिंसा परमो धर्म:’ अर्थात् कुनै प्राणी–जीवहरूलाई मनसा, वाचा, कर्मणा दु:ख नदिनु नै ठूलो धर्म हो । यस धर्मको परिणामफल स्वर्ग हो । किन्तु धेरै तान्त्रिक विद्वान्हरूको र अन्य–अन्य धर्मावलम्बीहरूको मन्तव्य यो माथि लेखेको सिद्धान्तदेखि सर्वथा विरुद्ध छन् । यिनीहरूका सिद्धान्त छन् कि अनेक देव–देवताहरूको जप–तप–पुरश्चरण गरी अनेक पशुहरूको बलि चढाईकन मात्रै धर्म हुन्छ, यसै उपायले स्वर्गप्राप्ति हुन्छ ।

                पशुबलिको उपाय पनि भिन्नभिन्न धर्मभेदले भिन्नभिन्नै छ । जो गौमाता हिन्दूहरूको मातृसमान पूजनीय छ, यो गौमातालाई कुर्बान अर्थात् खुदा–भगवान्लाई बलि चढाउनु नै मुसलमानहरूको ठूलो धर्म र स्वर्ग जाने श्रेष्ठ साधन हो । यिनीहरूले गाई र बाख्राहरूलाई झ्ुन्ड्याईकन कुर्बान गर्छन् । कसैले पशुलाई लगाई बाँधीकन बलि गर्छन् । यस प्रकार भिन्न–भिन्न मतवालाहरूको भिन्न–भिन्न धर्मभेदले भिन्न–भिन्न पशुबलि र भिन्न–भिन्न बलिका उपाय छन् ।

                प्रश्न : के त यस्तै पशुहरूको कुर्बान र बलिदान दिने स्वर्गको यहाँ वर्णन हुनेछ ?

                उत्तर : होइन, कदापि होइन । यस्तो वीभत्स स्वर्गको यहाँ वर्णन हुँदैन । यहाँ त मनोरम आह्लादकारी स्वर्गको वर्णन हुनेछ । कसैको धर्म र स्वर्गविषयक खण्डनमण्डन पनि यहाँ हुनेछैन । यहाँ त स्वर्गविषयक विचार गर्नेबित्तिकै मनुष्यमात्रलाई आनन्द हुने, सुन्नेबित्तिकै आमोद–प्रमोद हुने, जानिसकेपछि त हृदयलाई आह्लाद हुने, मनलाई रमाइलो लाग्ने, चित्तलाई शान्ति, सन्तोष र प्रसन्नता हुने स्वर्गको वर्णन हुनेछ । यहाँ मार्नु र काट्नु तथा लडाईं–झगडा विषयको कुरा हुने छैन । त्यसको सम्बन्ध सदा वर्जित छ । यहाँ त चारैतिर यथार्थ शान्ति र सुखको राज्य स्थापित हुनेछ ।

                अब ‘स्वर्ग’ शब्दको व्युत्पत्ति तथा लक्षण र अर्थ प्रकाशित गरिनेछ ।

                स्वरव्ययं स्वर्ग–नाक.

                                (अमरकोष का. १, स्वर्गवर्ग श्लोक ६)

                ‘सुष्ठु अज्र्यते स्वर्ग: ।’ ‘अर्ज अर्जने, (भ्या.प.से.) कर्मणि (३/३/१९) घञ् । ऋज्यतेऽस्मिन्निति वा ‘ऋज् गतिस्थानार्जनोपार्जनेषु’ (भ्या.आ.से.) हलश्च (३/३/१२१) इति घञ् । न्यङ्क्कादित्वात् (७/३/५९) कुŒवम् ।’

                (श्रीभानुजिदीक्षितकृत व्याख्यासुधा ।)

                भावार्थ : जुन राम्रो आचरणद्वारा धर्मरूप पुण्य उपार्जन अर्थात् जम्मा गरिनेछ, अथवा जसमा राम्रो रीतिले धर्मरूप पुण्य जम्मा हुनेछ, उसलाई स्वर्ग भन्दछन् । ‘सु’ उपसर्गपूर्वक ‘अर्ज’ अथवा ‘ऋज्’ धातुले उपार्जन – जम्मा हुने अर्थमा ‘घञ्’ प्रत्यय गर्दा ‘सु+अर्ज+अ तथा सु+ऋज्+अ’ यस अवस्थामा यण् गुणादेश र कुŒव गरीकन ‘स्वर्ग्+अ = स्वर्ग’ शब्दको सिद्धि हुन्छ ।

                अथवा स्व: सुखं गच्छति प्राप्नोति गम्यते प्राप्यते वा

                स्वर्ग:, स्व इत्यव्ययपूर्वकादगमेरौणादिको ड: प्रत्यय: ।

                अर्थात् जहाँ सुखको प्राप्ति हुन्छ, यसैको नाम स्वर्ग हो । ‘स्व:’ यो सुखवाचक अव्ययपूर्वक गम् धातुले औणादिक ‘ड’ प्रत्यय गर्दा ‘स्वर्ग’ शब्दको सिद्धि हुन्छ ।

                यो स्वर्ग शब्दको दोस्रो अर्थ पनि यथार्थै हो, किनभने स्वर्गको पर्यायवाचक ९क्थलयलथmयगक० ‘नाक’ शब्द पनि हो । नाक शब्दको अर्थमा प्रमाण :

                कं सुखम्, तद्विरुद्धं अकं दु:खम्, नास्त्यकमत्र इति नाक: ।

                न भ्रान्नपात् (६।३।७५) इति न लोपो न ।

(श्रीभानुजिदीक्षितकृत सुधाव्याख्या ।)

                भावार्थ : ‘कम्’ यो सुखको नाम हो, सुखको उल्टो अक–दु:ख, जहाँ दु:ख छैन, उसलाई ‘न+अक: = नाक:’ भन्दछन्, अर्थात् स्वर्ग र नाक शब्द समानार्थवाची हुनाले समनार्थक शब्द हुन् ।

                अब अभिप्राय यो निस्कियो कि :

                जुन राम्रो आचरणद्वारा धर्मरूप पुण्य उपार्जन अर्थात् जम्मा गरिनेछ, अथवा जसमा राम्रो रीतिले धर्मरूप पुण्य जम्मा हुनेछ, अथवा जहाँ सुखको प्राप्ति हुन्छ उसलाई ‘स्वर्ग’ भन्दछन् । यो ‘स्वर्ग’ को लक्षण भयो ।

                प्रश्न : अहिलेसम्म स्वर्गको व्युत्पत्ति (आदिशब्दरूप) लक्षण र अर्थ मात्रै भयो । के स्वर्गको लक्षण र अर्थमा नै स्वर्गको समाप्ति हुन्छ ? अथवा स्वर्गको द्वार पनि खुल्नेछ ?

                उत्तर : अब स्वर्गको द्वार खोलिनेछ, सुन्नुहोस् ।

                यो गृहस्थाश्रम नै स्वर्ग हो, किनभने :

१.            अपत्यं धर्मकार्याणि शुश्रूषा रतिरुत्तमा ।

                दाराधीनस्तथा स्वर्ग: पितृणामत्यनश्चय ह ।।

(मनु.अ.९ श्लो. २८)

                भावार्थ : सन्तान, धर्मका काम, शुश्रूषा–सेवा, उत्तम रति तथा आफ्ना र पितरहरूको ‘स्वर्ग’ यी सबै स्त्रीजनको अधीनमा छन् ।

                यसमा कारण यो छ कि :

                प्रजननार्थं महाभागा: पूजार्हा गृहदीप्तय: ।

                स्त्रिय: श्रियश्च गेहेषु न विशेषोऽस्ति कश्चन ।।

(मनु. अ. ९ श्लो. २६)

                भावार्थ : अत्यन्त सौभाग्य गुणले युक्त भएकी, सत्कारयोग्या, घरको जाज्वल्यमान ज्योति:स्वरूप स्त्रीजनहरू सन्तानको उत्पत्तिनिमित्त हुन्, स्वास्नीमानिस र श्री–लक्ष्मीमा केही भेद छैन, अर्थात् जो स्वास्नीमानिस हो त्यही लक्ष्मीस्वरूप हो, जो लक्ष्मी हो त्यही स्त्रीस्वरूप हो ।

                अभिप्राय यो निस्क्यो कि सौन्दर्य शोभाले युक्त भएकीलाई ‘लक्ष्मी’ भन्छन्, सौन्दर्यादि गुणले युक्त भएकी स्वास्नीमानिसहरू विशेषरूपले हुन्छिन्, अतएव मनुष्ययोनिमा सकल सुन्दरता र रमणीयताका खानी स्वास्नीमानिसहरू हुन् । यसै कारण सकल योनिमा भाले सुन्दर हुन्छन्, किन्तु मनुष्ययोनिमा स्त्रीजन नै पुरुषापेक्षया अधिक सौन्दर्यादि गुणयुक्त हुन्छिन् । सकल ऐश्वर्यको भोग अरू यज्ञ दान आदि धार्मिक शुभकर्महरूको अनुष्ठान गृहस्थाश्रममा नै हुन्छन्, अरू ब्रह्मचर्य सन्यासादि आश्रममा हुँदैनन् । यस कारण सकल सुखको प्राप्ति र माथि लेखिएका स्वर्गको लक्षणानुसार यज्ञ, दान आदि धार्मिक शुभकर्मको अनुष्ठान गृहस्थाश्रममा हुनाले यस आश्रमलाई नै स्वर्ग भन्दछन् । यसैकारण माथि लेखिएको महाभारतको श्लोकमा ‘गार्हास्थ्यं केचिदास्थिता:’ गृहस्थलाई स्वर्ग भनेको छ । यी महाभारतका श्लोकहरूमा जति स्वर्गको विकल्प गिनाएका छन्, प्राय: ती सबै गृहस्थ–आश्रममा व्यवहृत हुन्छन्, । यथा: – यज्ञ आदिका अनुष्ठान, सपत्नीक वानप्रस्थाश्रममा प्रवेश, राजधर्मको पालन, आत्माको चिन्तन, गुरु तथा मातापिताको सेवा, अहिंसाधर्म, सत्यभाषण, दुष्ट शत्रुहरूको मारण, उञ्छवृत्ति अर्थात् अल्पभोजनमा सन्तोष तथा वेद आदि सत्यशास्त्रहरूका पठनपाठन आदि प्राय: यी सबैका अनुष्ठान गृहस्थ–आश्रममा हुन सक्दछन्, यसै कारण गृहस्थाश्रम नै स्वर्ग हो ।

                यस मनुस्मृतिका श्लोकको पुष्टिमा अरु दुई शास्त्रहरूको पनि प्रमाण छ :

२.            अ) सद्दोवाच स्त्री वा एष यच्छ«ी: ।

(शतपथ का. ११ । अ. ४।२।२)

                भावार्थ : स्त्रीजननै लक्ष्मीरूप हुन् ।

                आ) पत्नी त्वमसि धर्मणाऽहं गृहपतिस्तव ।

(अथर्व. का. १४, अनु.०१ ।सू०१ ।मं.५१)

                भावार्थ : यहाँ पत्नीलाई धर्मपत्नी भनेको छ, धर्मपत्नी शब्दको निकासा यसै मन्त्राबाट भएको हो । प्रत्येक धर्मकार्यमा सहभागिता भएको हुनाले पत्नीलाई धर्मपत्नी भनेको हो ।                                                 

                इ) मेना ग्ना इति स्त्रीणाम् मेन मानयन्त्येना: ।

(निरुक्त, अ. ३/पा. ४/ख. २१)

                भावार्थ : स्त्रीजनहरूको नाम ‘मेना’ यसकारण हो कि मानिसहरूले यिनीहरूको मान गर्छन्, रमणीयता र सौन्दर्यादि गुणले युक्त भएकी हुनाले स्त्रीजनको लक्ष्मी, धर्मपत्नी र मेना नाम परेका रहेछन् ।

                (दाराधीनस्तथा स्वर्ग:.) यस प्रथम श्लोकमा भगवान् मनुजीले उपदेश दिएको छ कि सकल ऐश्वर्यको सुखभोग ‘दाराधीन’ हुन्छ, अर्थात् विवाहिता धर्मपत्नीको अधिकारमा हुन्छ, धर्मपत्नीको प्राप्ति गृहस्थाश्रममा हुन्छ, यसकारण सिद्ध भयो कि गृहस्थाश्रमलाई नै स्वर्ग भन्दछन् ।

                अरू–अरू आश्रमभन्दा गृहस्थाश्रमको उत्कर्ष हुनामा निम्नलिखित प्रमाण र कारण छन् :

३.            यथा वायुं समाश्रित्य वत्र्तन्ते सर्वजन्तव: ।

                तथा गृहस्थमाश्रित्य वत्र्तन्ते सर्व आश्रमा: ।।

(मनु., अ.९/श्लो.७७)

४.            यस्मात्त्रयोऽप्याश्रमिणो दानेनान्नेन चान्वहम् ।

                गृहस्थेनैव धार्यन्ते तस्माज्ज्येष्ठाश्रमो गृही ।

५.            स सन्धार्य: प्रयत्नेन स्वर्गमक्षयमिच्छता ।

                सुखं चेहेच्तानित्यं योऽधार्यो दुर्बलेन्द्रियै: ।।

(मनु., अ.३/श्लो. ७८–७९)  

६.            सर्वेषामपि चैतेषां वेदस्मृतिविधानत: ।

                गृहस्थ उच्यते श्रेष्ठ: स त्रीनेतान्विभत्र्ति हि ।।

(मनु.)

७.           यथा नदीनदा: सर्वे सागरे यान्ति संस्थितिम् ।

                तथैवाश्रमिण: सर्वे गृहस्थे यान्ति संस्थितिम् ।।

(मनु., अ.६/श्लो. ९०)

                भावार्थ : जस्तो सकल जीवजन्तु प्राणधारीहरू वायुको आधारमा हुन्छन्, उस्तै सकल अन्य ब्रह्मचøर्याश्रमादि गृहस्थको आश्रयमा हुन्छन् ।।३ ।।

                गृहस्थहरूले नै सुवर्णादिको दानले र अन्न आदिले ब्रह्मचर्य, वानप्रस्थ तथा संन्यास यी तीनौं आश्रमीहरूलाई धारण गरिराखेका छन्, यसकारण अन्य आश्रमापेक्षाले गृहस्थाश्रम ज्येष्ठ अर्थात् श्रेष्ठ छ ।।४ ।।

                इहलोक र परलोकमा अक्षय स्वर्गको चाहना गर्ने मनुष्यले ठूलो प्रयत्नद्वारा यस गृहस्थाश्रमलाई धारण गर्नुपर्दछ, किनभने दुर्वलेन्द्रिय निर्बल पुरुषले यस गृहस्थाश्रमलाई धारण गर्न सक्दैन ।।५ ।।

                वेद र स्मृतिशास्त्रको प्रमाणले सिद्ध हुन्छ कि ब्रह्मचर्य आदि आश्रमको अपेक्षा गृहस्थाश्रम श्रेष्ठ छ । किनभने गृहस्थ आश्रम अन्य तीनौं आश्रमलाई पालन गर्छ ।।६ ।।

                जस्तो सकल नदी–खोला आदि समुद्रमा गईकन मात्रै स्थिर हुन्छन्, त्यस्तै अन्य ब्रह्मचर्य आदि आश्रम गृहस्थमा स्थिर हुन्छन् ।।७ ।।

                अब तल लेखिएका प्रमाणबाट सिद्ध हुन्छ कि सफल उत्तम धार्मिक काममा धर्मपत्नी सहायिका हुन्छिन् :

१.            सर्वेषु धर्मकार्येषु पत्नी दक्षिणतो भवेत् ।

(संस्कार रत्नमाला, ९१, पृ. १३)

                अर्थ : सबै धार्मिक कामहरूमा धर्मपत्नी पतिको दाहिनातिर हुनुपर्छ ।

२.            धर्मार्थकामसंसिद्धौ भार्या भर्तृसहायिनी ।

(मार्कण्डेयपुराण, अ. २१/६८)

                अर्थ : धर्म, अर्थ र कामहरूको सिद्धिमा भार्या पतिकी सहायिका हुन्छिन् ।

३.            भार्याहीनं गृहस्थस्य शून्यमेव गृहं भवेत् ।

                न गृहं गृहमित्याहुर्गृहिणी गृहमुच्यते ।।

                गृहं तुु गृहिणीहीनमरण्यसदृशं मतम् ।।

(महाभा. शान्तिप., अ. १४४/श्लो.५–६)

                अर्थ : भार्याहीन घर शून्यजस्तो हुन्छ । इँट, ढुंगा र माटोले बनेका घरलाई घर–दरबार भन्दैनन्, धर्मपत्नी नै घर–दरबार हो, धर्मपत्नीरहित घर वन–जङ्गलजस्तै हुन्छ ।

४.            भार्या धर्मफलावाप्त्यै भार्या सन्तानबृद्धये ।

(शिवपुराण २ रु.प., ख. ३/अ. ५४/६४)

                अर्थ : धर्मफलको प्राप्ति गर्नलाई र सन्तानको बृद्धिका निमित्त भार्याको आवश्यकता हुन्छ ।

५.            नास्ति भार्यासमं तीर्थं धर्मसाधनहेतवे ।

(पद्मपुराण भूमिख. २/अ. ६१/२२)

                अर्थ : धर्मको सिद्धि गर्नका निमित्त भार्यासमान अर्को तीर्थ हुँदैन ।

६.            भार्या मूलं त्रिवर्गस्य भार्या मूल तरिष्यत: ।

७.           पितरो धर्मकार्येषु भवन्त्यात्र्तस्य मातर: ।

                सुसंरब्धोऽपिं रामाणं न कुर्यादप्रियं नर: ।

८.            रतिं प्रीतिञ्च धर्मञ्च तास्वायत्तमवेक्ष्य हि ।

(महाभा. आदिप., अ. ७४/श्लो. ४१/४२/५१)

                अर्थ : धर्म, अर्थ र कामको मूल भार्या नै हो, तथा संसार– सागरबाट पार हुनेहरूलाई भार्याको अत्यन्त आवश्यकता हुन्छ ।

                स्वास्नीमानिसहरू धर्मको काममा पिताको तुल्य तथा दु:ख हुने बेलामा माताको तुल्य हुन्छिन् ।

                अत्यन्त रिस उठ्ने बेलामा पनि नारीहरूलाई अप्रिय लाग्ने काम नगरून्, किनभने काम, प्रसन्नता तथा धर्म स्त्रीजनहरूका अधिकारमा हुन्छन् ।

९.            धर्मार्थकामकालेषु भार्या पुंस: सहायिनी ।

                विदेशगमने चास्य सैव विश्वासकारिका ।।

१०.          नास्ति भार्यासमो बन्धुर्नास्ति भार्यासमा गति: ।

                नास्ति भार्यासमो लोके सहायो धर्मसङ्ग्रहे ।।

                अर्थ : धर्म, अर्थ र कामको समयमा भार्या मानिसहरूकी सहायिका हुन्छिन् तथा विदेश जाने बेलामा पनि उनी नै विश्वासपात्र हुन्छिन् । धर्मको सङ्ग्रह गर्नामा भार्यासमान अरू सहायक हुन सक्दैनन् । किनभने भार्यातुल्य मानिसको अरू मित्र हुँदैन, सद्गति हुनामा भार्या नै कारण हुन्छिन् ।

११.          भार्याहीनस्य पुंसोऽपि न सिध्यन्ति महाव्रतम् ।

                धर्मकार्याणि सर्वाणि पुण्यानि विविधानि च ।।

१२.          तस्माद्भार्या विना धर्म: पुरुषार्ण न सिध्यति ।

                भार्यां विना हि यो धर्म: स एवं विफलो भवेत् ।।

(पद्मपुराण, भूमिख. २/अ.६१/श्लो. २१, ३३)

                अर्थ : मानिसहरूको ठूलो व्रत, धर्मको काम र अरूअरू सबै पुण्य हुने काम धर्मपत्नीविना सिद्ध हुँदैनन् ।

                यसैकारण मानिसहरूको धर्म धर्मपत्नीविना सिद्ध हुँदैन किनभने भार्याविना जो धर्मको अनुष्ठान हुन्छ त्यो विफल भएर जान्छ, अर्थात् त्यो धर्म फाप्दैन । यसैकारण नेवारजातिमा धर्मसम्बन्धी जे काम गर्न परोस् तापनि त्यस–त्यस कुलका अवस्थामा उच्च स्वास्नीमानिस (थकाली नकीं) को आवश्यकता हुने चलन चलेको रहेछ । अनेक शास्त्रहरूको प्रमाणद्वारा यति सिद्ध भयो कि धर्मपत्नीविना थालेको धर्मकार्य निस्फल भएर जान्छ । जसको सहायताले सकल मनोरथ पूर्ण हुन्छन्, जसको सहायताले अनेक सुखभोग हुन्छन्, त्यस्ती भार्यारूप सहायिका गृहस्थाश्रममा मात्रै पाइन्छ । यसकारण गृहस्थाश्रम अरू आश्रमभन्दा ठूलो र महत्वको रहेछ ।

                अब तल लेखिएका अनेक शास्त्रको प्रमाणबाट यो सिद्ध हुन्छ कि धर्मपत्नी मनुष्यका आधा भाग हुन्छिन् । यसै कारणले नारीहरूलाई वामाङ्गी भन्दछन् । वामाङ्ग – बायाँको आधा भागविना थालेको काम अपूर्ण र निस्फल हुने कारण देखाइने छन् ।

१.            अद्र्धो वा एष आत्मनो यत् पत्नी ।

(तैत्तिरीय ब्रा.,का.३/प्र.३/अनु.४)

                अर्थ : आत्माको अर्थात् शरीरको आधा भाग पत्नी हो । यसैकारण स्वास्नीमानिसलाई वामाङ्गी भन्दछन् ।

२.            स हैतावानास यथा स्त्रीपुमांसौ संपरिष्वक्तौ

                स इममेवात्मानं द्वेधाऽपातयत्तत: पतिश्च

                पत्नी चाभवताम् ।

(बृहदारण्य., अ.१/ब्रह्म.४/३)

                अर्थ : त्यो परमेश्वर त्यस्तो थियो जस्तो स्त्री–पुरुष दुवै मिलेको । त्यो परमेश्वरले यसै आत्मालाई दुई भागमा विभक्त गरे, अनि पति र पत्नी भए ।

३.            यावन्न विन्दते जायां तावदद्र्धो भवेत्पुमान् ।

(व्याससंहिता, अ. २)

                अर्थ : जबसम्म पुरुषले स्त्रीरत्नको लाभ गर्दैन, त्यसबेलासम्म त्यो मान्छे आधा मात्रै छ ।

४.            अद्र्ध भार्या मनुष्यस्य भार्या श्रेष्ठतम: सखा ।

(महा. आदि., अ.७४/श्लो. ४१)

                अर्थ : भार्या मनुष्यको आधा भाग हो, भार्या नै अत्यन्त उत्तम मित्र हुन्छिन् ।

५.            अद्र्धकाया नृणां तास्ता: पृथक् धर्मादिना स्त्रिय: ।

(बृहत्पराशरसंहिता, अ. ४)

                अर्थ : धर्म आदि कारणले मानिसहरूको आधा शरीर स्त्रीरूपले पृथक् छ ।

६.            असर्वों हि तावद्भवति यावज्जायां न विन्दते ।

(पारस्कर गृह्यसूत्र, का. १/कर्क भाष्य पृ. १३)

                अर्थ : जबसम्म पुरुषको विवाह हुँदैन, तबसम्म त्यो पुरुष असर्व अर्थात् अपूर्ण हुन्छ ।

७.           अपि वा त्वयाद्य न समग्रजित:

                प्रथिताग्रणीर्मम पतिर्यदहम् ।

                वपुरद्र्धमस्य न जितं मतिमन् !

                अपि मां विजित्य कुरु शिष्यमिमम् ।

(शङ्करदिग्विजय, सर्ग ९/श्लो. ५६)

                श्रीशङ्कराचार्यजीको पं. मण्डनमिश्रसित शास्त्रार्थ हुँदा पं. मण्डनमिश्रजी पराजित भए । पण्डितजीकी धर्मपत्नी मध्यस्था थिइन्, पतिको पराजित हुने बेलामा पण्डितजीकी धर्मपत्नी सरस्वती देवीजीले शङ्कराचार्यलाई भनिन् कि – तपाईंले मेरो पतिलाई समग्र जित्नुभएको छैन, आधा भाग मात्रै जितिसक्नुभएको छ, आधा भाग जितेको छैन । अवशिष्ट आधा भाग पनि जितीकन मलाई शिष्या बनाउनुहोस् ।

                अनेक शास्त्रहरूका प्रमाणबाट यो सिद्ध भयो कि पत्नीरहित पति आधा मात्रै हो, जबसम्म समग्र शक्तिले केही काम गर्दैन त्यो काम सिद्ध हुँदैन । अर्थात् आधा भागले अद्र्धशक्तिले, केवल एक हातले गरेको काम सिद्ध हुँदैन, निष्फल भएर जान्छ । यसकारण इहत्र र परत्रका निमित्त समग्र ऐश्वर्य सुखको प्राप्ति गर्नलाई सबै आश्रमभन्दा श्रेष्ठ गृहस्थाश्रममा प्रवेश हुनुपर्छ ।

                अब तल लेखिएका पुत्रवाचक शब्दले र अन्य शास्त्रका प्रमाणले यो सिद्ध हुन्छ कि पुत्रविना मनुष्य नरकमा खस्छन्, पुत्रहीन पुरुषहरू स्वर्गका अधिकारी हुँदैनन्, तिनीहरू नरकसागर तर्न सक्दैनन्, किनभने :

१.            अपत्यं कस्मात्–अपततं भवति नानेन पततीति वा ।

(निरुक्त अ.३/पा.१/ख.१)

                अर्थ : अपत्य नाम सन्तानको किन भयो ? उत्तर – नखस्नाले अर्थात् अपत्य (सन्तान)को जन्म हुँदा पिताहरू नरकमा खस्दैनन् ।

२.            पुन्नरकं ततस्त्रायत इति वा ।

                अर्थ : ‘पुत्’ नरकको नाम हो, नरकबाट रक्षा गर्नाले सन्तानको नाम ‘पुुत्+त्र=पुत्र’ भएको हो ।

३.            बीजम् – वेति प्रजायते गच्छत्यनेनातृण्यं पितेति वा ।

४.            तुक् – गच्छत्येनन पितृलोकं पिता, गच्छत्यनेनानृण्यं

                पितृभ्यं इति वा ।

(निघण्टुव्याख्या देवराजयज्वाकृत)

                अर्थ : सन्तानको नाम बीज यसकारण हो कि त्यो बीज फलेर आउँछ, त्यो बीजको उत्पत्तिबाट पिता अनृण्य अर्थात् ऋणबाट उन्मुक्त हुन्छन् । सन्तानको नाम तुक् पनि हो, यसबाट पिता पितृलोकमा पुग्छन्, अथवा पितरहरू ऋणबाट छुट्छन् ।

५.            अयं मनुष्यलोक: पुत्रेणैव जøयो नान्येन कर्मणा

                स यद्यनेन किञ्चिदक्ष्ण्या कृतं भवति तस्मादेनं

                सर्वस्मात्पुत्रो मुञ्चति, तस्मात्पुत्रो नाम,

                स पुत्रेणैवास्मिन्लोके प्रतितिष्ठिति ।

(शतपथ का १४/४/३)

                अर्थ : यो मनुष्यलोक पुत्रबाट नै विजित हुन्छ, अन्य कर्मबाट हुँदैन, पिता आदिले इन्द्रियहरूबाट जो पाप गर्छन्, सबै पापबाट पुत्रले मोचन गराइदिन्छ, यसै निमित्त सन्तानको नाम पुत्र भएको हो । यस लोकमा पिताहरूको प्रतिष्ठा पुत्रबाट नै हुन्छ ।

६.            शश्वत् पुत्रेण पितरोऽत्यायन् बहुलं तम: ।

                आत्मा हि जज्ञे आत्मन: स इरावत्यतितारिणी ।।

(ऐ.ब्रा.पा.७/अ. ३/ख.१)

                अर्थ : उत्पन्न भएका पुत्रद्वारा पिताहरू प्रगाढ अन्धकारबाट पार हुन्छन्, किनभने आत्माबाट नै आत्माको उत्पत्ति हुन्छ, पुत्रलाई ‘आत्मा’ पनि भन्दछन् । आत्मा वै पुत्र नामासि यस्तो पनि प्रमाण छ ।सबै प्रकारका दु:खका तारक पुत्र हुन्छन् ।

७.           पुदिति नरकस्याख्या दु:खञ्च नरकं विदु: ।

                पुदिति त्राणत्तत: पुत्रमिहेच्छन्ति परत्र च ।।

(बौद्धायन गृ.सू. परिभाषा प्र. १/अ.२)

                अर्थ : ‘पुत्’ यो नरकको नाम हो, नरक भनेको दु:ख नै हो, त्यस्तो दु:खरूप नरकबाट रक्षा गर्नाले सन्तानको नाम पुत्र हुन्छ, यस्ता पुत्रलाई यस लोक र परलोकमा सबैले चाहना गर्छन् ।

८.            पुन्नाम्नो नरकाद्यस्मात्त्रायते पितरं सुत: ।

                तस्मात्पुत्र इति प्रोक्त: स्वयमेव स्वयंभुवा: ।।

(मनु अ. ९/१३८)

                अर्थ स्पष्ट छ ।

९.            पुत्रेण प्राप्यते स्वर्गो जातमात्रेण तु ध्रुवम् ।

                तस्मादिच्छन्ति सर्वेऽपि पशवोपि वयांसि च ।।

(बृहत्पाराशरसंहिता अ.४)

                अर्थ : पुत्रको जन्म हुँदैमा पितालाई स्वर्गको प्राप्ति हुन्छ, यसकारण पशु–पंक्षी आदि पनि पुत्रको चाहना गर्छन् ।

१०.          पुत्रेण लोकाञ्जयति पौत्रेणानन्त्यमश्नुते ।

                अथ पौत्रस्य पुत्रेण मोदन्ते प्रपितामहा: ।।

(महाभा. आदि. अ. ७४/३९)

                अर्थ : पुत्रद्वारा पिताले लोकहरूलाई जित्छन्, नातिद्वारा अनन्त्य सुख प्राप्त गर्छन्, पनातिहरूबाट त बाजे–बराज्यूहरू आनन्दित हुन्छन् ।

११.          अ – पुत्रेण लोकाञ्जयति पुत्रस्तारयते सुतम् ।

(पद्मपुराण भूमिखण्ड २/अ. १२)

                आ – पुत्रौ प्रसय च कुलं स्वकं पावय पावने ।

(पद्मपुराण पातालखण्ड ४/अ. ४/४०)

                इ – स्ववंश तारकं पुत्रं दिव्यलक्षणसंयुतम् ।

(पद्मपुराण भूमिखण्ड २/अ. १९/५)

                अर्थ : स्पष्टै छ । यसप्रकार अरू दुई शास्त्रहरूको अनुमोदन र समर्थन पुराणले पनि गर्छ ।

                यी अनेक शास्त्रहरूको प्रमाणद्वारा यो सिद्ध भयो कि दु:खरूप नरकबाट रक्षा गर्ने पुत्र हुन्छ, त्यस पुत्रको प्राप्ति गृहस्थाश्रमबाहेक अन्य आश्रममा पाउँदैन, पुत्रले दु:खबाट मात्रै रक्षा गर्दैन, किन्तु (९) पुत्रेण प्राप्यते स्वर्गो जातमात्रेण तु ध्रुवम् । यस प्रमाणले स्वर्गको पनि प्राप्ति हुन्छ, दु:खबाट रक्षा गरी स्वर्गलाई प्राप्त गराउने पुत्रको प्राप्ति गृहस्थाश्रममा मात्रै हुन्छ, अतएव यस आश्रममा प्रवेश गर्नु नै स्वर्गसुख प्राप्त गर्नु हो ।

                प्रश्न :श्रीशङ्कराचार्जजीले एक स्थानमा भन्नुभएको थियो कि :

१.            द्वारं किमेकं नरकस्य ? नारी । 

                अर्थ : नरकको विशेष द्वार (फाटक) क्या हो ? यस प्रश्नको उत्तर दिए कि नारी अर्थात् फाटक नारी – स्वास्नीमानिस हो ।

२.            अर्थकामेष्वसक्तानां धर्मज्ञानं विधीयते ।

                धर्मं जिज्ञासमानानां प्रमाणं परमं श्रुति: ।।

(मनु.)

                रुपियाँ पैसामा र विषयवासनामा आसक्त नहुने मानिसहरूलाई मात्रै धर्मज्ञानको विधि हुन्छ, धर्मको जिज्ञासा हुनेहरूलाई वेद प्रमाण छन् ।

                श्रीशङ्कराचार्यजीको प्रमाणले यो सिद्ध हुन्छ कि गृहस्थाश्रममा प्रवेश हुनु त नरकद्वारमा प्रवेश हुनुजस्तै हो । मनुस्मृतिको प्रमाणले यो सिद्ध हुन्छ कि रुपिया पैसाको काम विशेष रूपले गृहस्थमा नै हुन्छ, तथा विषय, वासनाविषयक विचार पनि त्यही आश्रममा हुन्छ । जब रुपियाँ पैसामा र विषयवासनामा फस्नेहरूलाई धर्मज्ञानको आज्ञा छैन तब त गृहस्थमा फस्नु नरकसागरमा डुब्नुजस्तै भयो भने गृहस्थाश्रम कसरी स्वर्ग ठहर्छ ? प्रत्युत पूर्वव्याख्यान गरेका शास्त्रहरूको प्रमाणमा र यी दुवै प्रमाणमा परस्पर विरोध सिद्ध हुन्छ । फेरि पनि :

३.            भोगैश्वर्यप्रसक्तानां तयाऽपहृवचेतसाम् ।

                व्यवसायात्मिका बुद्धि: समाधौ न विधीयते ।।

(गीता अ. २/४४)  

                अर्थ : जुन मानिसको मन सदा आनन्दित भोग र र ऐश्वर्यमा फसिरहेको हुन्छ, यस्ता मानिसहरूको निश्चयात्मिका बुद्धि समाधिमा अर्थात् योगको ध्यानमा काम लाग्दैन ।

                यस गीताको प्रमाणले पनि यही निश्चय हुन्छ कि सुखभोग र ऐश्वर्यमा फस्ने गृहस्थीहरूको बुद्धि बेकाम हुन्छ भने गृहस्थाश्रम स्वर्ग हो भनी कसरी सिद्ध हुन्छ ?

                एवं दत्तात्रेयजीले पनि स्पष्ट भनेका छन् कि :

४.            कर्मणा मनसा वाचा त्यज तां मृगलोचनाम् ।

                न ते स्वर्गोऽपवर्गो वा सानन्दं हृदयं यदि ।

                भावार्थ : यदि स्वस्थ र आनन्द हुने इच्छा छ भने मन, वचन र कर्मले स्त्रीलाई छोडिदिनुपर्छ । किनभने स्वर्ग र मोक्षका प्राप्तिमा यी बाधिका हुन् । इत्यादि अनेक निन्दापरक वचन छन् एवं अनेक अन्यान्य विद्वान्हरूले पनि स्त्रीजातिका धेरै निन्दा गरेका छन् ।

                यी अनेक विद्वान्हरूका प्रमाणले पनि यही सिद्ध हुन्छ कि स्त्रीजाति नै स्वर्ग र मोक्षका बाधिका हुन् । यसकारण स्त्रीको विशेष सम्बन्ध हुने गृहस्थाश्रम स्वर्ग कसरी ठहर्छ ?

                उत्तर : श्रीशङ्कराचार्यजीको वचन ब्रह्माचर्याश्रम र संन्यास आश्रमका निमित्त हो, यी दुवै आश्रममा स्त्रीहरूको स्पर्शन, चिन्तन र मनन आदि वास्तवमा नरकदायक हुन्छन्, दुवै आश्रममा स्त्रीसम्बन्ध नितान्त वर्जित छ, स्त्रीसम्बन्ध वर्जित गर्नाले नै ब्रह्मचर्यव्रत र संन्यासव्रत निभ्छन्, यी दुवै आश्रमका निमित्त त यो वचन ठीकै छ, किन्तु यो वचन गृहस्थाश्रममा लाग्दैन । जस्तो यो वचन छ कि परद्रव्येषु लोष्ठवत् अर्थात् अर्काको धनलाई माटोको डल्लो सम्झी त्यसमा लोभ नगर्नु, यस वचनको लोभ नगर्नामा मात्रै तात्पर्य छ किन्तु यस वचनको यो अभिप्राय होइन कि अर्काको धन साँच्चै नै माटोको डल्लो हुन्छ । त्यस्तै यहाँ शङ्कराचार्यजीको अभिप्राय छ कि ब्रह्मचर्य र सन्यास आश्रममा नारीलाई नरकद्वार तुल्य सम्झ्ी उतातिर व्रतभङ्गभयले नझ्ुक्नु, किन्तु यथार्थमा नारी नरकद्वार हो, यो कुरा साँचो होइन । मनुस्मृतिको विषयमा यो उत्तर छ कि मानिस लोभी–लालची भईकन जति पाओस् तापनि असन्तोषी भई विषयवासनारूप भोगमा नै रातदिन फसिरहन्छ । यस्ता धनलोलुप र विषयभोगलम्पटहरूलाई धर्मज्ञानको विधान नभएको हो, कारण कि कुनै धर्मात्मा विद्वान्ले यस्ता लोभीहरूलाई धर्मज्ञान गराओस् तापनि व्यर्थ जान्छ, उन्मत्त राँगोको अगाडि सितार बजाएका जस्तै झ्न् तिनीहरूले रिस गर्लान् । यसकारण जो लोभलालचमा फस्दैनन्, तिनीहरूलाई मात्रै भगवान् मनुले धर्मज्ञानको विधान गरेका छन् । लोभी र विषयलम्पटहरूलाई लाग्नुपर्ने नियम धार्मिक गृहस्थीहरूलाई पनि लगाउनु उचित छैन । किनभने सबै गृहस्थी त धनलोलुप र विषयलम्पट हुँदैनन् । यसकारण गृहस्थाश्रममा यो दोष लाग्दैन, यो उत्तर गीताको वचनमा पनि समानै छ, अर्थात् सर्वथा विषयभोगीहरू योगी हुन सक्दैनन्, यो त ठीकै छ, किन्तु जो धार्मिक गृहस्थी लोकाचार रूपले र सन्तानको कामनाले आवश्यक लौकिक विषयभोग गर्छन् तिनीहरू धर्मज्ञानको अधिकारी किन नहुने ?

                संसारलाई उद्दार गर्ने मर्यादा पुरुषोत्तम भगवान् राम, कृष्ण तथा सर्वशास्त्रहरूका निर्माण गर्ने वशिष्ठ, कणाद्, गौतम, व्यास आदि महर्षिहरूलाई जन्म दिने पनि त स्त्रीजनहरू नै थिए, यसकारण एक पक्षको मात्रै समर्थन गर्ने हुनाले सार्वकालिक रूपले यी वचनहरू प्रमाणयोग्य होइनन् ।

                प्रश्न : हामीहरूले त सनातनकालदेखि सुनिआएका छौं कि स्वर्गमा देवताहरू निवास गर्छन्, त्यहाँ देवताहरूका राजा इन्द्रको शासन हुन्छ । देवराज इन्द्रकी धर्मपत्नी इन्द्राणी हुन् । तपाईंले गृहस्थाश्रमलाई स्वर्ग भन्नुभयो । यी दुई प्रकारका स्वर्गमा कुनलाई स्वर्ग मान्ने हो ?

                उत्तर :सनातनकालदेखि सुनिआएको यो कुरा त साँच्चै हो, तर अलि बुद्धि पुगेन । बुद्धिले काम लियो भने केही सन्देह हुँदैन । सुन्नुहोस् – स्वर्गको सर्वस्व, यो गृहस्थाश्रम नै स्वर्ग हो । यस संसारमा जति विद्वान्हरू हुन्छन् सबै श्रेष्ठ दिव्य गुणयुक्त हुनाले देवता हुन्, जस्तो ब्राह्मणदेवता । ब्राह्मणलाई देवता भनेको यही कारण हो कि ब्राह्णहरू अरू दुई जाति भन्दा विद्वान् हुन्छन् । यसैकारण हाम्रा सत्यशास्त्रहरूमा लेखिएका छन् :

                विद्वांसो हि देवा: ।

                अर्थात् विद्वान्हरू नै देवस्वरूप हुन् । यस गृहस्थाश्रमरूप स्वर्गमा देवराज इन्द्रको शासन हुन्छ । गृहस्थरूप राज्यलाई शासन गर्ने विद्वान्हरूमा श्रेष्ठ गृहपतिको नाम देवराज इन्द्र हो । इन्द्रको शब्दार्थ यही हो कि इदि परमेश्वर्ये । यस धातुले इन्द्र शब्द सिद्ध हुन्छ ।

                य इन्दति विद्याश्रीसम्पत्यादिभि:

                परमैश्वर्यवान् भवति सोऽयमिन्द्र: ।

                परम ऐश्वर्यवान् अर्थात्् श्रीसम्पत्तिले युक्त भएकाहरूलाई इन्द्र भन्दछन् । श्रेष्ठ विद्या तथा ऐश्वर्यधन आदि सम्पत्तिरूप लक्ष्मीका मालिक हुनाले त्यस गृहपतिको नाम इन्द्र हो, यसैकारण यही अर्थलाई लिईकन वेदमा विवाहित पतिलाई इन्द्र शब्दको प्रयोग अनेक ठाउँमा भएको छ । त्यस गृहस्थरूप स्वर्गराज्यका गृहपति इन्द्रकी धर्मपत्नी नै लक्ष्मीस्वरूप इन्द्राणी हो । धेरै शोभा, सौन्दर्य, ऐश्वर्य तथा सुशीलता आदि गुणले युक्त भएकीलाई इन्द्राणी भन्दछन् । शोभा, सौन्दर्य, गुण स्त्रीमा नै विशेष रूपले हुन्छ । माथि लेखिआएँ कि :

                स्त्रिय: श्रियश्च गेहेषु न विशेषोऽस्ति कश्चन ।

(मनु. अ. ९/२६)

                अर्थात् घरकी देवी स्त्री र श्री लक्ष्मीमा केही भेद छैन । स्त्री लक्ष्मीरूप हो, लक्ष्मी नै स्त्रीरूप हो ।

                विवाहित पतिपत्नीहरू हो ! हामीहरू अशिक्षित भई अज्ञानसागरमा खसिरहेका छौं, जस्तो कस्तुरी मृग आफ्नै शरीरबाट निस्केको कस्तुरीको सुगन्ध सुँघी त्यो सुगन्ध कताबाट निस्केको हो यो नजानीकन सुगन्ध खोज्नलाई यताउता दगुर्छन्, त्यस्तै हामीहरू पनि अशिक्षित भएका हुनाले आफ्नै घरमा स्वर्ग भए तापनि अन्य ठाउँमा स्वर्ग खोज्दछौं ।

                अन्य ठाउँमा गई स्वर्गलाई खोज्नुपर्दैैन, यो गृहस्थाश्रम नै सुन्दर स्वर्ग हो ।

                यो त निर्विवाद सिद्ध छ कि स्वर्गमा वास गर्ने इन्द्र–इन्द्राणीहरू पनि गृहस्थ नै थिए । यसले पनि यही सिद्ध हुन्छ कि देवराज इन्द्र–इन्द्राणी पनि गार्हस्थ स्वर्गीय जीवन व्यतित गर्दथे । गृहस्थाश्रमरूप स्वर्गराज्यको मालिक गृहपति इन्द्र हो । गृहस्थ स्वर्गराज्यका अधिपति इन्द्रकी धर्मपत्नी नै इन्द्राणी हो, यी धर्मपत्नी नै गृहस्थरूप सुन्दर स्वर्गको रमणीय दरबार हो । अघि लेखिआएँ कि :

                न गृहं गृहमित्याहुर्गृहिणी गृहमुच्यते ।

(महाभारत शान्ति. अ. १४४/६)

                अर्थात् माटो, ढुङ्गा, इँटा आदिले बनाएका घरलाई घर–दरबार भनिंदैन, किन्तु सुुन्दरी गृहिणीलाई नै विद्वान्हरूले घर–दरबार भनेका छन् । यी विदुषी सुन्दरी रमणीले जङ्गललाई पनि मङ्गल गरिदिन्छिन, यसैको नाम यथार्थ स्वर्गको दरबार हो ।

                प्रश्न : शोभा–सौन्दर्य आदि गुणले युक्त हुनाले विवाहित पतिपत्नीलाई इन्द्र–इन्द्राणी तुल्याउनुभयो, किन्तु जुन विवाहित पतिपत्नीहरू शिक्षित भए तापनि सौन्दर्य आदि गुणरहित कुरूप हुन्छन् तिनीहरूलाई कसरी इन्द्र–इन्द्राणी तुल्याउनुहुन्छ ?

                उत्तर : यहाँ शोभा–सौन्दर्यको अभिप्राय केवल शरीरको बाह्य सुन्दरता मात्रै होइन, किन्तु यहाँ शोभा–सौन्दर्यको अर्को पनि अभिप्राय छ, जो विवाहिता पत्नी कुरूपा भए तापनि पतिपरायण पतिव्रता हुन्छिन् भन्ने त्यस रमणीका पतिव्रत रूप नै शरीरसम्बन्धी रूपभन्दा अति श्रेष्ठ छ, एवं जो विवाहित पुरुष कुरूप भए तापनि विद्या आदि गुणयुक्त रहेछ भने यस्ता पुरुषको रूप विद्या नै हो, यसैकारण महर्षि चाणक्यले भनेका छन् कि :

                कोकिलानां स्वरो रूपं नारीरूपं पतिव्रता ।

                विद्यारूपं कुरूपाणां क्षमारूपं तपस्विनाम् ।।

                अर्थ स्पष्टै छ । यसकारण विद्याविनयसम्पन्न पुरुष तथा पतिव्रता आदि गुणयुक्त भएकी पत्नी पनि यस्ता अपूर्व गुणले शोभित भएको हुनाले यिनीहरू इन्द्र–इन्द्राणीजस्तै शोभायमान् हुन्छन् ।

                प्रश्न : लौ, यो सौन्दर्य रूप त यसरी घट्यो, किन्तु इन्द्र–इन्द्राणीको अर्थमा तपाईंले परम ऐश्वर्यवान् श्रीसम्पत्तिले युक्त पतिपत्नी हुनुपर्छ भन्नुभयो । यदि विद्याविनयसम्पन्न तथा पतिव्रता आदि गुणयुक्त पति–पत्नी गरिब छन् भने फेरि पनि त यी गरिब पति–पत्नीहरूमा इन्द्र–इन्द्राणीको अर्थ घटेन, यी गरिबहरूले कसरी स्वर्गीय सुखको अनुभव गर्न सक्लान् ? जहाँ कङ्गाल उहाँ सदा प्रकारको जञ्जाल । यो उखान प्रसिद्धै छ ।   

                उत्तर : श्रीसम्पत्तिको अर्थ रुपियाँ, पैसा, सुन चाँदी मात्रै होइन, ऋषि–महर्षिहरूले विद्यालाई नै सबभन्दा ठूलो धन गिनाएका छन्, रुपियाँ पैसा आदि खर्च गर्‍यो भने समाप्त हुन थाल्छ, किन्तु विद्याधन जति खर्च गरे तापनि झ्न् बढेर आउँछ । यसैकारण भर्तृहरिजीले लेखेका छन् कि :

                व्यये कृते वद्र्धत एव नित्यं विद्याधनं सर्वधनप्रधानम् ।

                जुनसित यस्तो श्रेष्ठ विद्याधन छ, के ती विद्वान्हरू पनि गरिब कङ्गाल हुन्छन् ? यदि यी विद्वान् पतिपत्नीहरू रुपियाँ पैसाले सम्पूर्ण तथा शरीरमा पनि सुन्दर छन् भने त सुनमाथि सुगन्ध नै हुन्छ, यस्तालाई सबै ठाउँमा स्वर्गैस्वर्ग रहन्छ ।

इतिस्वर्गनिरूपणन्नाम प्रथमाध्याय: ।


Tags: शहीद शुक्रराज शास्त्री
अघिल्लो पोष्ट

शहीदको अवमूल्यन

पछिल्लो पोस्ट

अँधेरो कारागारबाट …

शुक्रराज शास्त्री

शुक्रराज शास्त्री

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
अँधेरो कारागारबाट …

अँधेरो कारागारबाट …

आन्दोलन

आन्दोलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जनमत साहित्य – गीता निरौला

जनमत साहित्य – गीता निरौला

२३ फाल्गुन २०८०, बुधबार
गजल

गजल

२३ फाल्गुन २०८०, बुधबार
शताब्दी घरको आँगनमा गुन्जिए अक्षरयात्री

शताब्दी घरको आँगनमा गुन्जिए अक्षरयात्री

२२ फाल्गुन २०७९, सोमबार
भगिराज इङ्नाम र  विमला तुम्खेवा सम्मानित

भगिराज इङ्नाम र विमला तुम्खेवा सम्मानित

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक