तिमी हाँसी रहेको बेलामा पनि म धेरै चोटि रिसाएको छु
किन रिसाएछु भनेर पछि फेरी आफैँसँग रिसाएको छु।
म अकर्मण्य भएर हो वा असमर्थ र असक्षम भएर हो
मेरा पीडाहरूको पोको पन्तरो,तिमीसँग बिसाएको छु ।
म मात्र त म कोही होइन,मेरो मात्र भन्नु पनि केही छैन
जति छु,जे जस्तो छु,सम्पूर्ण तिमीसँग मिसाएको छु ।
तिमी हाँसी रहेको बेलामा पनि,म धेरै चोटि रिसाएको छु
किन रिसाएछु भनेर पछि फेरी,आफैँसँग रिसाएको छु।