जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

तिमीलाई भेटे पछि

रमेश श्रेष्ठ रमेश श्रेष्ठ
प्रकाशित १३ मंसिर २०७९, मंगलवार
कविता भित्र
0
तिमीलाई भेटे पछि

तिमीलाई भेटेपछि
हाम्रो पुरानो ईश्वरले
आत्महत्या गरेछ ।

कुनै दु:स्वप्न देखेका थिएनौं हामीले
जमिरहेको पोखरीले जस्तै
आत्मकुण्ठामा रूझेर
आफैभित्र दुर्गन्ध बढाएका पनि थिएनौं ,
अलिकति म तिर्खाउँदा शीत बन्यौ तिमी
पानीकै किनाराहरूमा तिमीले प्यास उमार्दा
गीत बन्थें म ,
सौन्दर्यको शत्रुजस्तो
धैर्यहीन रहेछ ईश्वर
चिया पसलहरूमा कुरा भैरहेको छ
ईश्वरको बारेमा ।

हामीले कुनै खुरे कुराहरू पनि गरेका थिएनौं
आमा जस्तै विचारलाई लात मारेर
जीवनको नीच नृत्य नाच्ने
कल्पना पनि गरेका थिएनौ ,
दूध पिएर विष भर्ने
सर्पको घृणा लिलाका बारेमा
सोचेका सम्म पनि थिएनौं ,
आत्मास्लाघाको एकोहोरो वक्ताझैं
कागजको मुखुण्डो लगाएर
हाँसेको बहाना गर्ने
धुर्त रहेछ ईश्वर मन ,
मदिराग्रस्त जिब्राहरूले पनि
कुरा काटिरहेका छन् भट्टी–भट्टीमा
ईश्वरका बारेमा ,

हामीले मात्र चिन्न खाजेका थियौं
अरूको खुशीमा बाहिर रमेझैं गरेर

भित्र–भित्र धेरै पटक मर्ने
उनको कुरूप आँखाको अन्वेषणलाई ,
आकारले ओढेको मासुको शिकारमा निस्कने
उनको समयलाई देख्न मात्र खोजेका थियौं ,
धाँजा फाटेको विषालु जिब्रो र
परिचय हराउँदै गएको उनको आराधनालाई
हामीले पहिल्याउन खोजेका मात्र थियौं ,
भ्रमको खेतीमा उभिएको बतासलाई चिर्दा
दु:ख होला अक्षरलाई भनेर
रोकेका मात्र थियौं आवेग हामीहरूले ,
निम्नकोटिको नाटक गर्ने बेईमानी रहेछ ईश्वर
भेट–भेटमा खिस्सी भै रहेको छ
ईश्वरको बारेमा ,

चन्द्रमा !
हाम्रो प्रेमको उत्सर्ग देखेर आत्तिएको रहेछ ईश्वर ,
सहासीहरू डटिरहने भीड देखेर
कहालिएको रहेछ ईश्वर ,
हामीबाट जन्मन सक्ने
कविताको उज्यालोसँग
डराउँदो रहेछ ईश्वर ,
प्रितिकर नयाँ परिभाषाले अभिषेक गरेर
भोरसँग जन्मन सक्ने
अक्षरको नीत–नवीन ईश्वरको त्रासले
आत्महत्या गरेको रहेछ
हाम्रो पुरानो ईश्वरले ,

हिंड्दै जाँदा
अक्षरको चौतारीमा
तिमीलाई भेटे पछि ।


अघिल्लो पोष्ट

कवि कृष्ण जोशीको निधन

पछिल्लो पोस्ट

धनको सङ्ग्राम

रमेश श्रेष्ठ

रमेश श्रेष्ठ

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
हिटलरको दुर्भाग्य
कविता

हिटलरको दुर्भाग्य

९ श्रावण २०८१, बुधबार
भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर
कविता

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

१ श्रावण २०८१, मंगलवार
पछिल्लो पोष्ट
धनको सङ्ग्राम

धनको सङ्ग्राम

पल्पसा क्याफेको नाट्य रूपान्तरण पुस्तकमा

पल्पसा क्याफेको नाट्य रूपान्तरण पुस्तकमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मधेसतिर

मधेसतिर

२२ फाल्गुन २०७९, सोमबार
गणित : दार्शनिक पक्षको एउटा अंश

गणित : दार्शनिक पक्षको एउटा अंश

२२ फाल्गुन २०७९, सोमबार
मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ

मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ

२३ फाल्गुन २०८०, बुधबार
अनेसास साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्त

अनेसास साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्त

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक