जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

जोशी अझै जोसिला

संगीत स्रोता संगीत स्रोता
प्रकाशित ३१ आश्विन २०७९, सोमबार
स्मृतिमा स्रस्टा भित्र
0
जोशी अझै जोसिला

नब्बेवटा हिउँद बर्खाले उनलाई गलाउन सकेन । नब्बेवटा मनसुनी बाढीले उनको जाँगरलाई लछारपछार पार्न सकेन । नब्बेवटा शिशिर कटाए, तर चिसोले खाएन । नब्बेवटा ग्रीष्मलाई हात हल्लाए, तर कुनै ज्वरो खरोले आँट्न सकेन । वसन्त पनि नब्बेवटै आए गए, तर उनी कतै बहकिएनन् । उमेरको उकालोमा उनलाई कुनै पनि परिस्थितिले थकित पार्ने हिम्मत गरेन । जीवनले अहिले चारबीसे दसको सिँढीमा खुट्टो राखेको छ, तर उनको खुट्टो पटक्क काँपेको छैन । उनको दिमागमा कुनै द्विविधाले बास गरेको छैन । हृदयमा कतै निराशा र हतासका लागि ठाउँ छैन । अझै दरिला खुट्टा र सिर्जनशील दिमागसहित उनी सक्रिय छन् । काठमाडौंका सडकहरूमा अहिले पनि उनी लखर–लखर हिँडिरहेका भेटिन सक्छन्, कीर्तिपुरको उकालो उक्लिरहेका देखिन सक्छन्, पाटनको दरबार स्क्वायरतिर हँसिलो मुद्रामा डुलिरहेका हुन सक्छन् ।

उनी हुन् जोशिला पाका मान्छे सत्यमोहन जोशी । पचास वर्षअघि नै उनले संस्कृतिविद्को नाम कमाएका थिए । त्यो नाम हाम्रोे लोकसंस्कृति पुस्तकका लागि प्राप्त २०१४ सालको मदन पुरस्कारसँग जोडिएको थियो । तर मदन पुरस्कार एकपटक मात्रै जोडिएन, यसले त उनलाई पछिसम्म पछ्याइरह्यो । जोशीलाई न्यानो पार्न पुरस्कारको दोसल्ला तीन तीनपटकसम्म आयो । उनी पनि दोसल्लाको रङ्ग नउडोस् भनेर संस्कृति अन्वेषण र साहित्यकर्ममा एकोहोरिए । पाटन बखुंबहालको कोठामा बसेर अहिले पनि उनी नाटक लेख्दै छन् मझिपाल लाखे । गुरुकुलको मञ्चनका लागि मागिरहेको छ, लेखिँदै गरेको नाटकबारे जोशी भन्छन् – लेखिसकेँ, अब दोहो¥याएर हेर्छु । यो मझिपाल टोलको लाखेनाचको संस्कृतिसँग सम्बन्धित छ ।
आफ्नो दिन–उमेरमा जो पनि सक्रिय हुन्छ । बैंसमा सबैले कविता लेख्छन् भनेजस्तो जवानीमा सबैले जोश देखाउँछन् । नेपालमा संस्कृतिबारे सरकारसमेत रनभुल्ल रहेको बेला सत्यमोहनले नेपाली लोकसंस्कृति पुस्तक तयार पारे । उनकै पुस्तकको प्रेरणाबाट २०१५ सालमा स्थापित पुरातत्व र संस्कृति विभागमा उनी प्रथम निर्देशक भए । त्यहीबेला नाचघरका लागि जग्गा खरिदे, भक्तपुर कलासंग्रह स्थाापना गरे, पाटन पुरातत्व बगैंचा स्थापना गरे । ०२६ सालमा एकेडेमी छिरेपछि नाटक विधामा तनमनले सक्रिय भए, आखिर नाटकलाई लोकप्रिय बनाइछाडे । फेरि मदन पुरस्कार जित्ने योग्यताका नेपाली राष्ट्रिय मुद्रा (२०१७) र कर्णालीको लोकसंस्कृति (२०२८) तयार पार्न खटिए । मातृभाषा नेपालमा दर्जनजति कृति (नाटक, कविता, महाकाव्य) लेखे । संस्कृतितर्फ दर्जनभन्दा बेसी ग्रन्थ लेखे । नेपाली भाषामै आधा दर्जन नाटक लेखे । अध्ययन, अनुसन्धानमा देशविदेश घुमे । नेपाली भाषा पढाउन चीन पनि पुगे । तथ्यांक शिक्षाको तालिम लिन पहिलो नेपाली बनेर न्यूजील्याण्ड पुगे । राजतन्त्रविरोधी आन्दोलनपछिको राष्ट्रियगान छनौट समितिको संयोजक बने । अनेकांै गोष्ठी, अन्तक्र्रिया छलफलमा संस्कृति र साहित्यबारे अगुवाई गरे । उनको उत्साह नेपालभाषा एकेडेमी गठन, अरनिको आर्ट ग्यालरी स्थापना हुँदै नेपाल भाषाको एफएम रेडियो स्थापनासम्म उत्तिकै उत्साहजनक छ । हाम्रो भाषाको आफ्नै रेडियो थिएन – जोशी भर्खरै स्थापित रेडियोबारे जोसिलै पारामा भन्छन् – लामो प्रयासपछि सुरु गरेका छौं, अहिले परीक्षण प्रसारण भइरहेछ ।
०००

उमेरले मान्छेलाई मृत्युतिर धकेल्दै गरेको हुन्छ । भनिन्छ, उमेरले नै मान्छेको क्रियाशीलता कमजोर पार्छ । तर सत्यमोहनको जीवन दिन–उमेरमा मात्रै सक्रिय थिएन । अहिले पनि जीवनकै दिशातिर उन्मुख छ उनको यात्रा । मृत्युलाई चुनौती दिने सामथ्र्य राख्छ उनको फूर्ति । युवा जाँगरलाई व्यङ्ग्य गर्ने हैसियत राख्छ उनको क्रियाशीलता । साँच्चै, सत्यमोहनसँग त्यस्तो के छ, जसले निरन्तर जाँगरिलो, स्वस्थ, फूर्तिलो र सक्रिय राखिरहेको छ ?

मसँग त्यस्तो केही छैन, जोशी भरिलो स्वरमा बोल्छन्, यो गर्ने, त्या नगर्ने भनेर मैले कुनै जीवन तालिका बनाइनँ । खानपिनमा पनि मेरो यो खाने, त्यो नखाने भन्ने केही छैन । जे जे रुच्छ, त्यही खान्छु । आहारविहारमा जोशीको नियमित तालिका रहेनछ । कतिबेला खाने, कसरी खाने भन्ने पनि उनको व्यवस्थित नियम छैन । तर आश्चर्यको कुरा त्यही छ – उनी अहिलेसम्म विमारले थलिएर अस्पताल भर्ना भएका छैनन्, अस्वस्थ भएर ओखती खानुपर्ने अवस्था आएको छैन । भन्छन् – जीवन ठीक तरिकाले चलिरहेको छ, केही बढी पनि छैन, केही कम पनि छैन । सामान्य हो, सामान्य मात्रै । उनले नियमित केही गरेका छन् भने त्यो हो हिँडडुल । हिँडडुल भने गरिरहन्छु – जोशीको जोड यसैमा रहेछ – अहिले त त्यति भ्याइँदैन, तैपनि यताउति हिँडिनैरहन्छु । लामो बाटोमा गाढी चडे पनि यो चोकबाट त्यो चोक र त्यो घुम्तीबाट यो घुम्ती पुग्दापुग्दै उनी दिनमा चार पाँच घन्टा त पैदल हिँडिसकेका हुन्छन् । यो युगमा कुनचाहिँ सहरी युवा दैनिक चारपाँच घन्टा पैदल हिँड्दो होला ?

पहिले त बिहानै उठेर बारीको शिताम्मे दुवोमा नाङ्गो खुट्टाले हिँड्थेँ – हिँडडुलबारे उनको यस्तो विश्वास छ, बिहानै त्यसरी हिँड्दा आँखा तेजिला हुन्छन् । अहिले नि ? अहिले दुबोमाथि हिँड्न पाएको छैन, बारी नगोडेको पनि धेरै भयो । तर हिँडडुल गर्न भने छोडेको छैन । तर मर्निङवाक भनेर बिहानबिहानै हिँड्ने उनको रुटिन छैन । अभ्यास, योग वा ध्यान पनि छैन । बढी केही पनि छैन, कम केही पनि छैन, ठीक तरिकाले चल्छु – उनले त्यही दर्शन दोहो¥याए, जो उनको जीवनसूत्र हो ।

कुनै रुटिन नबनाउने र ठीक तरिकाले चल्ने सत्यमोहनको अहिलेको सूत्र होइन । उनी स्कुले उमेरमा पनि यसरी नै चले, बैंशालु दिनमा पनि यसरी नै बाँचे, सक्रिय जीवन अवधिमा पनि त्यसरी नै काम गरे । कहिल्यै घडीमा अर्लाम लगाएर सुतिएन – जोशी पुरानो–जीवन सम्झन्छन्, निद्रा लाग्यो सुत्यो, नलागे बस्यो । कुरो यति मात्रै हो, उनले अल्छी कहिल्यै मानेनन् । सय वर्ष ताकेको यो वयमा पनि उनी शरीरमा जाँगर भरेर कुदिरहेका छन् ।
०००

क्याम्पस पढुञ्जेल सत्यमोहन जोशी संस्कृतिविद् थिएनन् । न संस्कृतिको गहिरो ज्ञान थियो, न रुचि नै । केटाकेटीमा नेवारी भजनका कार्यक्रममा सहभागी हुन्थे, जात्रा पर्व हेर्थे । त्योभन्दा बेसी केही चासो थिएन । सैद्धान्तिक ज्ञान त मैले पछि पनि लिइनँ – जोशी भन्छन् – जे सिकेँ, त्यो सबै व्यावहारिक अनुभव नै हो । नेपाली संस्कृतिको क्षेत्रमा जिउँदै मिथक बनेका जोशी कसरी इतिहास–संस्कृतिको अन्वेषणमा लागे त ?

वि.सं. २००० मा त्रिचन्द्र क्याम्पसबाट कलेज अध्ययन सकेपछि जोशीले सरकारी जागीर सुरु गरेका थिए । औद्योगिक र व्यापारिक समाचार संग्रह अड्डामा जागिरे भएपछि उनको सरकारी काम कार्यालयमा मात्रै सीमित रहेन । जागीरले उनलाई अन्नबाली, नगदेबाली, घरेलु उद्योग, खानी र अन्य कृषि उत्पादनको सम्भाव्यता खोजी गर्न गाउँठाउँमा पठायो । पश्चिम तीन नम्बर (कास्की, तनहुँ, लम्जुङ जिल्ला) मा त्यही काममा पुगेका बेला उनको साक्षात्कार नेपालको मौलिक लोकसंस्कृतिसँग भयो । घाँसदाउरा, मेलापात गर्ने गाउँलेहरूले रनवन रन्काउने गरी गाएका लोकगीतले सत्यमोहनको आँत छोयो ः
नकरा वनका न्याउली
तिमीभन्दा म छु नि वैरागी !
०००
नदेख्यो कहाँ देखौं हुने
देख्यो माया बोलचालै नहुने !
गण्डकी क्षेत्रमा रहँदा–बस्दा उनले चुड्का, ख्याली, रोइला, झ्याउरे भाका, ठाडो भाका, सोरठी, घाटुजस्ता गीतिसंस्कृतिबारे बुझ्न पाए । उखानटुक्काको प्रयोग, रोदी संस्कृति, दोहोरी संस्कृति आदिले पनि उनको मन एकोहोरियो । अनि त सत्यमोहन हाम्रो लोकसंस्कृतिको मौलिक परम्परा थाहा पाएर चकित परे । त्यसअघि मलाई संस्कृतिको क्षेत्रमा हामी यति धनी छौं भन्ने ज्ञानै थिएन – उनी अतीत उधिन्छन्, झ्याउरे गीतलाई सहर बजारमा हेला गरिन्थ्यो, अशिक्षितले गाउने, अलिखित गीत भनेर उपेक्षा गरिन्थ्यो । छिः त्यो त गाउँले र आइमाइले गाउँले पो हो भनेर हेला गरिन्थ्यो । तर त्यै झ्याउरेमा हाम्रो जीवनशैली र समाज रहेछ । जीवनको मोड झ्याउरेले बदलिदियो, मैले तयार पारेको हाम्रो लोकसंस्कृति पुस्तक पुरस्कृत भएपछि सबै ध्यान संस्कृतितिर दिएँ ।
सात दिन, सात रातसम्म सवाल जवाफ गरिने दोहोरी संस्कृति र पढेलेखेका नभए पनि जीवन्त सिर्जना गर्न सक्ने गाउँलेको क्षमता देखेर सत्यमोहन दङ्ग परे । अहिलेका गायक–गायिकाहरू पाँच मिनेटको गीत गाउनुप¥यो भने पनि कागजको टुक्रा दसफेरि हेर्छन् – जोशी अहिलेको युगसँग लोकसंस्कृतिको तुलना गर्छन् – त्यो लोेकजीवनको प्रतिभा र संस्कृतिको खोजी गर्नैपर्छ भनेर म लागेँ ।
०००

सत्यमोहनले जीवनमा हन्डर–ठक्कर पनि खाए होलान्, दुःख र समस्या पनि त आए होलान् । शारीरिक फूर्तिले मात्रै मान्छे कसरी फूर्तिलो हुन्थ्यो र ? सत्यमोहनलाई ऊ युगदेखि यो युगसम्म जाँगरिलो राख्न सघाउने अरु नै पो केही थियो कि ? दर्शन नै मुख्य कुरा रहेछ – जोशी भन्छन् – मलाई आशावादी बनाइराख्ने त तिनै लोकगीत हुन् । उनले एउटा गीत सुनाए ः
के खायो, के लायो होला
वनको जुनेली चरीले !

हेर्नुस् त यो गीतमा कस्तो दर्शन छ – हँसिलो मुद्रामा उनी गीति दर्शनको व्याख्या गर्छन्, वनचरीको न कुनै आफ्नै घर छ, न लाउने खाने बन्दोबस्तको ग्यारेन्टी । तर ती निराश छैनन् । मेरो जीवन त त्यै दर्शनले चलेको हो । जुरेलीको के खाने, के लाउने भन्ने पूर्वयोजना र पूर्वतयारी कहाँ हुन्छ र ? तर ऊ कुनै काम नगरी झोक्राएर पनि त बस्दैन । ती लोकगीत कुनै एकजनाले बनाएका होइनन्, त्यसमा हाम्रो नेपाली जीवनसंस्कृति छ, नेपालीको दर्शन छ । र यही जुरेली चरीको दर्शनले आफ्नो जीवनयात्रा चलेको बताउँछन् उनी । सन्तुष्टि सबैभन्दा ठूलो कुरा हो । चिन्ता भएन भने सबै कुरा ठीकठाक हुन्छ – यस्तै छ जोशीको जीवन दर्शन ।

कहिलेकाहीँ सत्यमोहनलाई अवश्यम्भावी मृत्युको भयले लखेट्दैन ? जाने दिन नजिक आएको पो हो कि भन्ने पनि लाग्दो हो कि ? तपाईंसँग बाँच्ने दर्शन हुनुपर्छ, त्यसैले बचाउँछ – उनी सांस्कृतिक होइन, दार्शनिक तर्क गर्छन्, मृत्यु त सबैको जीवनसँग टाँसिएको हुन्छ । अजर अमर त को छ र ? कस्ता कस्ता त बितेर गए ? यसो भनिरहँदा पनि उनको मुहारमा मृत्युको पूर्वानुभूति देखिएन । बरु अझ उत्तेजित हुँदै भने – मुख्य कुरो आफैलाई चिन्नुपर्छ । नो दाइसेल्फ, हु आर यु ?
०००

जीवन र जाँगरबारे बोल्दाबोल्दै उनी संस्कृतिको परिभाषातिर फर्कन्छन्, संस्कृति भनेको नाचगान मात्रै होइन, खानपिन र पहिरन, चाडवाड र पर्व जात्रा मात्रै होइन । यो त मान्छेको आचारविचार, स्वभाव, कल्पना र सम्पूर्ण जीवन रहेछ । ऐतिहासिक तथ्यले र सामाजिक अवस्थाले मान्छेको संस्कृति निर्माण हुँदोरहेछ । यही मौकामा उनले आफूले कर्णालीको सिन्जाखोलाको संस्कृतिको खोजी गर्दाको दिन सम्झन्छन् – सिन्जाको इतिहास, भूगोल, हावापानी आदिले त्यहाँको संस्कृति निर्माण गरेको थियो । जोशी आफ्नो परिभाषाको पुष्टि गर्न थप्छन् – त्यहाँको संस्कृति थाहा पाउन हामीले त्यहाँको इतिहास, भाषा, भूगोल, बसाईसराईको पनि खोजी गरेका थियौं ।

डेढ वर्षअघि सम्पन्न राष्ट्रिय साहित्यिक संगोष्ठीमा बोल्दै यी संस्कृतिविद्ले भनेका थिए – अब राज्यले आफ्नो मौलिक सांस्कृतिक नीति बनाउनुपर्छ । अहिले पनि उनी त्यही माग दोहो¥याउँछन्, हामीसित हाम्रो मौलिक संस्कृति छ, त्यो जोगाउने भनेको राज्यले नै हो । व्यक्तिगत र संस्थागत रूपमा जोशीजस्तै नेपाली संस्कृतिको खोज अनुसन्धानमा खटिइरहने थुप्रै विद्वान्हरू छन् । राजतन्त्र अन्त्यपछिको नयाँ नेपालको सांस्कृतिक नीति कस्तो हुने भनेर कहिलेकाहीँ छलफल पनि भइरहेका छन् । तर वरपीपल सार्नेहरू धेरै भए पनि चौतारीचाहिँ राज्यले नै हाल्नुपर्ने ठहर छ जोशीको । जीवनका नब्बेऔं बर्खामासमा पनि उनी त्यही चिन्ताको भाका हालिरहेछन् ः
वर र पीपल रोपेको ठाउँमा कसले हाल्ला चौतारी ?
यो दुःखी जिउको मन बुझाइदिने को होला दौंतरी ?

–

जनमत मासिकको १५२ अंक वि.सं २०६६ चैत्रमा सत्यमोहन जोशी विशेषमा प्रकाशित रचना ।


Tags: सत्यमोहन जोशी
अघिल्लो पोष्ट

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

पछिल्लो पोस्ट

प्रज्ञा प्रतिष्ठानमा दश वर्ष बस्दा

संगीत स्रोता

संगीत स्रोता

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
प्रज्ञा प्रतिष्ठानमा दश वर्ष बस्दा

प्रज्ञा प्रतिष्ठानमा दश वर्ष बस्दा

३५ साहित्यिक संस्थाद्वारा वाङ्मय शताब्दी पुरुषको निधनमा शोक वक्तव्य

३५ साहित्यिक संस्थाद्वारा वाङ्मय शताब्दी पुरुषको निधनमा शोक वक्तव्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

शिक्षण सेवा गर्दाका कहरहरुमा लेखिएको कविता

शिक्षण सेवा गर्दाका कहरहरुमा लेखिएको कविता

२३ फाल्गुन २०७८, सोमबार
मनु उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

मनु उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

२४ फाल्गुन २०८०, बिहीबार
देवीको वास खयर भारानी ताल

देवीको वास खयर भारानी ताल

२४ फाल्गुन २०८०, बिहीबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक