मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७८’ का लागि प्राप्त भएका २९९ पुस्तकमध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरेको छ ।पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले मदन पुरस्कार गुठीलाई ८ पुस्तकको नाम उपलब्ध गराएको हो ।छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७८ को मदन पुरस्कार दिइने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् । अग्नि– डा. नवराज लम्साल, ग्रीष्मको नीलो बतास– डा. दामोदर पुडासैनी ‘किशोर’ ,सती : इतिहास र मीमांसा– सुजित मैनाली ,लिच्छवि लिपि– डा. नयनाथ पौडेल, महाभारा– बसन्त बस्नेत ,हिति प्रणाली– पद्मसुन्दर जोशी ,यादको सन्दुक– दिपा मेवाहाङ राई , व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश –प्रा. नीलमणि ढुङ्गाना सुचिमा परेका कृतिहरु हुन् ।