जीवनका क्षणहरू
कवितामा घुलमिल गर्दै
कवितामा नै जीवन सोचेर
कवितामा नै मान्छेका मर्महरू फुकाएर
कवि जस्तै कविता गुनगुनाइरहने
कवि हुन् दुर्गालाल ।
दुर्गालाल कवि सधैं कवितामा खोज्छन्, कवितामा नै देश, समाज र जनताका मर्म खोतल्छन् र उनी सबै सबैका मन र आँखाहरूमा जीवन्त छन् । पाँच दशक अघिदेखि नै आफूमाथि भए गरेका हेला, अपमान विरूद्ध कवितामाफर्mत् आव्रोश पोख्दै कवितालाई जीवनमा पछ्याउँदै आएका दुर्गालाल ख्वः बिलु (रून्चे) को जन्म वि.सं. १९९२ साउन महिना कृष्णएकादशीमा पिता गणेशलाल श्रेष्ठ र माता आशामोती श्रेष्ठको कोखबाट थँबही, झवा पुखु, काठमाडौंमा भएको हो । आफूभित्रको ईश्वरको स्पर्श निम्ति कविता मार्फत् नै प्रयत्न गरिरहने कवि दुर्गालालले नमरून्जेल कलमै लिएर हिँड्ने आÇना भविष्यको इच्छा रहेको बताउँछन् । कवि जस्तै देखिने, कविताकै शैलीमा बोल्न मन पराउने, कविता लय हालेर सुनाउन मन पराउने कवि दुर्गालालका लागि कविता नै प्रिय क्षेत्र हुन् ।
सरलताका धनी कवि, चेतनशील कवि दुर्गालाल राष्ट्र र जनताकै एकजना काव्य विधाकै एकजना विशिष्ट हस्ताक्षर हुन् । उनका काव्य अनुभूतिमा अन्तर्लोकको मर्म, जनताका पीडा र व्यथा भन्दा कथाहरू मार्मिक ढङ्गले सम्प्रेषित छन् । त्यसैले उनका कविताहरू धेरैले पढ्न रूचाउँछन् । दुर्गालाल कविले देशको कथा र मान्छेको मर्म बुझेर कविताकै शैलीमा कविता उनेर आÇनस्वरमा उनका कविता सुनेर सबै स्रोताहरू छक्क पर्दछन् र उनको कविता शक्तिमा धन्य कवि भनी सबैले तारिफ गर्दछन् । लय, छन्द र तालमा सुन्दर शैली र सुन्दर शब्द संयोजनकासाथ कविता कोर्न सिपालु कवि दुर्गालाल श्रेष्ठका किताबहरू नेपालभाषामा मात्र छैन नेपाली, हिन्दी र अङ्ग्रेजीमा पनि प्रकाशित छन् । दुर्गालाल कविलाई मनपर्ने विदेशी कविहरूमा शेली, वर्डसवर्थ, जोन किट्स, दिनक, निराला र वचन हुन् भने स्वदेशी कविहरूमा योगवीरसिंह, लेखनाथ र सिद्धिचरण हुन् ।
कविताका पारखी कवितामा नै बोल्न र व्यवहार गर्न सिपालु कवि । कविजस्तै एकजना सुन्दर कवि दुर्गालाल कविले कवितामा गरिरहेको समर्पण हेरेर भन्न मन लाग्छ, नेपालका जीवन्त कविहरूमध्ये एकजना सफल कवि हुन् । नेपालभाषाका कवि भनेर चिनाउँदा गौरव मान्ने कवि दुर्गालालका जीवन्त कविताहरू कुनै पनि भाषामा लेखेका किन नहुन् ती त राष्ट्रकै सम्पत्ति हुन् । राम्रा फूलहरूको संरक्षण गर्ने काम मालीको हो । ढकमक्क फुलेका सुन्दर फूलहरूको संरक्षण नगर्दा बगैंचाको के शोभा रहन्छ र ? त्यसैले दुर्गालालका कविताहरू साहित्यिक वाटिकामा फुलेका फूलहरू हुन् । किन राष्ट्रले संरक्षण गर्न खोजिरहेका छैनन् ?
जीवन भन्नु नै यथार्थ तीतामीठा कुराहरूको पोष्टकारी होइन र ? भनी जीवनको परिभाषा दिने कवि दुर्गालाल श्रेष्ठका नेपालभाषाका कवितासङ्ग्रहहरूमा १) झसुका (२०१३), २) शलुँबुँ वहबुँ (२०१५), ३) लिसं (२०१६), ४) सर्गः सिबे नं. धरती नमिंग्वा (२०१८), ५) पीजा (२०२२), ६) जिस्वयम्भू त्वाथः (२०४३), ७) याकः फल्चा (२०४३), ८) उलिंचा बाखं धुलिंचा (२०४३), ९) इन्कलाबया पलाः सः (२०४८), १०) स्यू खः थ्व छगू तुङ्कोया (२०५४), ११) ग्वीनिला (२०५८), १२) सन्तया कुसा (२०५८), १३) थुंदीगु घाः इतिहासया (नेपालभाषा काव्य–२०५९) हुन् । नेपाली भाषामा इन्कलाबको पदचाप (कविता २०४८), इच्छाको सिमाना (खण्डकाव्य–२०५५), तपक–२०५७, फूल तिम्रै बारीको (२०५७), सन्तको छाता (बालकविता–२०५८) हुन् । त्यस्तै यिनका प्रकाशित गीतिनाट्यहरूमा १) निमन्त्रणा (२०५४), २) श्रीमती (२०२४), ३) सल छ्योँया बेला (२०२५), ४) बिहाँचुली (२०२६), ५) प्वाखँपिचा (२०४२) रहेका छन् । नेपालभाषा परिषद्बाट ॅजनकवि’ उपाधी (२०६०), मानार्थ सदस्य नेपाल प्रज्ञा प्रतिष्ठान, जनमत प्रकाशनबाट वरिष्ठ साधकका रूपमा सम्मानित दुर्गालाल श्रेष्ठ कविता क्षेत्रका उदाहरणयोग्य नाम हुन् । के लेख्छु ? तर लेख्छु । उनको लेखाइ अन्तर्लोकको खोजीमा छ । कवितामा नै कविताको परिभाषा खोजेर उनी कोर्छन् कवितामा नै कवि अकविको परिभाषा यसरी व्यक्त गर्छन् उनी ः
जतिकै सुन्दर काव्य रचे पनि
कुण्ठित छ भने कविको मन
हुन्छ प्रदुषित उसको निम्ति
स्वर्गपुरीको नन्दन वन ।
कलम त्यही हो जसबाट यहाँ
हार्दिकताको फुट्छ मुहान
हुन्छ त्यही ब्रम्हाण्ड अडेको
मानवताको शाश्वत मान ।
थिचिनेहरूको रोदन सुन्ने,
बुझ्ने जसको मन छैन,
मनै भए पनि उसको त्यो मन
सच्चा कविको मन हैन ।
कथं कदाचित उसको कविता
चर्चित नै होस् विश्वझरि
तर त्यो मेरो निम्ति हुनेछ
किञ्चित टुव्रा काँच सरि ।
कवितामा मर्म हुनुपर्छ र थिचिनेहरूको व्यथा खुल्नुपर्छ’ उनी भन्ने गर्छन् । कविले यस्तै भावदृष्टि कवितामा व्यक्त गरेका छन् । वि.सं. २००४ सालदेखि निरन्तर लेखिरहेका कवि दुर्गालालले साहित्य र राजनीतिको सम्बन्धबारे यसरी आÇनो विचार पोखेका छन् – साहित्य र राजनीति दुवै समाजका अङ्ग हुन् । राज्य चलाउने अधिकार राजनीतिज्ञको हातमा हुन्छ तापनि देश, काल, परिस्थितिअनुसार राजनीतिलाई हिँड्न बाध्य तुल्याउँने अंकुश साहित्य हो । तसर्थ आÇनो उच्चताप्रति सजग रहनु साहित्यकारहरूको दायित्व हो ।
साम्यवादबाट प्रभावित कवि दुर्गालालका कविताहरूमा हृदयवादी स्पर्शहरू कविताका हरफहरूमा छाम्न पाइन्छ । पाक मिल्ने गरी बनाइएको भोजन वस्तुझैँ उनका कविताहरू छन् । लेख्नु भनेको मन पोख्नु हो । आÇना सुन्दर सपनाहरूलाई छताछुल्ल हुन नदिन व्यवहारमा साहित्यकारले आफूलाई उदाहरणको रूपमा प्रस्तुत गर्न सक्नुपर्दछ भन्न मन पराउने कवि दुर्गालाल आफू सफल लेखक हुँ भन्न हिच्किचाउँछन् तर विषयवस्तुको प्रस्तुतिमा सफलताको निम्ति भरमार प्रयास गर्छन् ।
कवि दुर्गालाल श्रेष्ठले आफूलाई जे–जस्तो सम्झे तापनि आफूलाई जस्तो छु भनेर परिभाषा चाहे तापनि उनका कविताका हरफहरूले उनलाई सफल कवि भनेर सबैले औंल्याउँछन् । कविकै दर्जामा सम्मान गर्छन् । कविमा पनि बहुसङ्ख्यक मानव मनलाई हँसखुस राख्न प्रयत्नरत कविका रूपमा राखेर सबैले नियाल्छन् । कवि दुर्गालाल युगको लागि मान्छेकै सम्वेदना लेख्ने सशक्त कविहरूकै कोटीमा राख्न सकिने सवल तथा सक्षम कवि हुन् उनका कविताहरूले यस्तै भनिरहेका छन् ।
००