जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

कविताका कवि हरिभक्त कटुवाल

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १८ असार २०८०, सोमबार
स्मृतिमा स्रस्टा भित्र
0
कविताका कवि हरिभक्त कटुवाल

थोरै बाँचे – त्यसैले थोरै मात्र लेख्न पाए कवि हरिभक्तले । थोरै लेखेर पनि कविकारुपमा सबैले चिनिदिएका कवि हुन् हरिभक्त कटुवाल । आफूले बुझेअनुसारका कार्य–कर्महरु गर्न नपाएपछि संवेदनशील व्यक्ति अड्बाङ्गे ढङ्गमा बाँच्न रुचाउँछन् । हरिभक्त कविले पनि आफूले बुझेअनुसारका कार्यहरु गर्न पाएनन् । त्यसैले त उनी कवितामा नै यसो भनेर आफूलाई देखाइदिन्छन् –“मेरो देशको कुनै समस्या टार्न नसक्ने म कवि भएँ – जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्यो ।” हरिभक्त कटुवालको यो मार्मिक अभिव्यक्तिले संकेत गर्छ उनी हार खाए । जालझेल, प्रपञ्च अर्थात् कयौं बेथितीहरुसँग हार खाए । विचरा कविले परिवेश बुझे तर परिवेशमा केही गर्न पाएनन् । उनी सिर्फ हास्यका पात्र बने, प्रवासबाट स्वदेश फर्के – स्वदेशबाट पुन: प्रवास लखेटिए । यस्तै रीत र बेढङ्गका थुप्रै खालका शासना पाएर उनी कायल मात्र बनेनन्, रक्सी सेवन गर्ने खराब लतमा पुगेर गुनगुनाए । मान्छेका अनेकौं काला देखिने खराब मनोवृत्तिबाट लेखेटिँदै गरेका यिनी मान्छेका जीवन प्रसङ्गहरु भोगेर पनि हैरान हैरान भए । त्यसैले त उनी रक्सीलाई सजिलोसित जिउने एउटा क्याप्सुलजस्तै सम्झिन्छन् :
सपना बोकेर आइदिने रातहरुलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रयासलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठा निहुँ पाइएको छ –
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम ।

वि.सं. १९९० असार १८ मा जन्मेका हरिभक्त कटुवाल रक्सीलाई सलाम गर्दागर्दै रक्सीकै मोहकता र सम्मोहनमा परेर २०३७ भदौ २५ गते ४७ वर्षको युवावयमा आफूलाई मान्छेको भीडबाट पराजित हुँदै जीवनक्रमबाट अन्त्य गराए । वि.सं. २०२९ सालमा प्रकाशित यो जिन्दगी के जिन्दगी कवितासङ्ग्रहमा आफ्नो कुरामा उनले साहित्यसम्बन्धमा यसरी विचार पोखेका छन् –“कुनै परिभाषा, मान्यता अथवा वादलाई मनमा राखेर मैले कविता कहिल्यै लेखिनँ ।” कविताकै सन्दर्भमा लेख्दालेख्दै, कविता खोज्दाखोज्दै कवि बनेकै कारणले यिनका कवितामा कवित्व देख्न पाइन्छ । यसै क्रममा उनी आफ्नो विचार पोख्छन् –“मानिसको जिन्दगीमा हाँसो पनि छ र आँसु पनि छ । जिन्दगी जिउने क्रममा जब म निराश भएँ, निराशाकै कविता लेखेँ । जब आनन्दले उद्वेलित भएँ हर्षका गीत गाएँ । म आँसु लुकाएर हाँसोको कथा कसरी लेखूँ ? टन्न गरम कपडा लगाएर, ठूला ठूला होटलमा कफी र ड्रिङक्स खाएर जाडो लाग्यो पाँच पैसा भन्ने बालकको कविता मलाई लेख्न मन लाग्दैन ।” जिन्दगीलाई कविताप्रति नै समर्पित गरिसकेका कटुवालले १४ वर्षको उमेरदेखि नै कविता–गीतमा आफ्नो मनलाई भुलाइरहे ।

वि.सं. १९९२ असार १८ गते भारतको आसाम राज्यमा पर्ने डिबु्रगढ अन्तर्गतको बोगिबल गाउँमा पिता वीरबहादुर तथा माता विष्णुमाया कटुवालका छोराका रुपमा जन्म पाएका हुन् हरिभक्त कटुवाल । आई.ए.सम्मको परीक्षा उत्तीर्ण गरिसकेका यिनले पछि घरको आर्थिक स्थिति कमजोर रहेको कारणले बी.ए. पढ्न पाएनन् । पहिलोचोटि वि.संं २०१३ सालतिर पब्लिक हेल्थ इन्सपेक्टर भई आसाममा सेवा पुर्‍याइसकेका यिनी २०१४ सालमा शिक्षक पनि भएर कार्य गरे । थुप्रै क्षेत्रमा परिश्रम बगाउँदा–बगाउँदै आसामबाट पछि राजा महेन्द्रको बोलावटमा २०२४ सालतिर नेपालमा पुगेका यिनले नेपाली साहित्य संस्था, काठमाडौंमा कार्यालय सचिव भएर पनि सेवा पुर्‍याए । वि.सं. २०२६ मा तत्कालीन नेराप्रप्रमा जागीर खाएका यिनी पछिसम्म त्यहाँको जागीरमा टिक्न पाएनन् ।आफ्नै खालका दृष्टिबिम्बमा आफूलाई ढालेर स्वाभिमानका पद्चापहरु टेक्दै आएका यिनी त्यता पनि टिक्न नपाएपछि अभिव्यक्ति साहित्यिक पत्रिकामा सम्पादन सहयोगी रहेर सेवा पुर्‍याए ।रुपरेखामा पनि यिनले सेवा पुर्‍याएको देखिन्छ । पछि वि.सं. २०३० सालमा साझा प्रकाशनमा जागिर खाएका यिनी त्यहाँ केही क्षणमात्र टिके । यसरी थुप्रै ठाउँमा पुग्दै, त्यस ठाउँलाई छोड्दै जीवन भोग्दै बाँचेका कवि कटुवालले यस्तै अनुभव साटेर बाँचेका जीवन क्रमहरुकै विषयवस्तु बनाएर कविता, गीत, कथा, एकाङ्की, उपन्यास आदि सबै खालका विधाहरुमा आफूलाई समाहित तुल्याए । तर पनि यिनी गीत, कविता अनि मुक्तकमा साँचेर बाँचे ।

कवितामा बिम्ब साँच्न जानेका, सीपलाई प्रयोग गर्न सिकेका, विषयवस्तुमा स्वाभाविकता भर्न सिपालु कवि हरिभक्त कटुवाल आसाममा जन्मेर नेपाली भाषामा कविता बिम्ब छोड्न सफल एकजना प्रतिभासम्पन्न नेपालका कवि हुन् । कवितामा अलङ्कार प्रयोग गर्न खप्पिस, स्वाभाविक बिम्ब भर्न सिपालु, प्रतीक र अनुप्रासलाई ओजपूर्ण ढङ्गले गाँस्न जानेका भएर नै हरिभक्त कटुवाल सफल कविका रुपमा चर्चित रहे । यिनका प्रकाशित पुस्तकहरुमासम्झना (गीतसङ्ग्रह, २०१६),भित्री मान्छे बोल्न सक्छ (कविता सङ्ग्रह, २०१८),ऐतिहासिक कथासङ्ग्रह (सहलेखन, २०२०),सुधा (खण्ड– काव्य, २०२१),पूर्व किरण (कवितासङ्ग्रह, सम्पादित २०२१), यो जिन्दगी खै के जिन्दगी (कवितासङ्ग्रह, २०२७),स्पष्टीकरण (कथासङ्ग्रह, २०३०), म मरेको छैन (एकाङ्की नाटकसङ्ग्रह),बद्नाम मेरा यी आँखाहरु (कविता–सङ्ग्रह, २०३०) छन् । सम्पादनमा पनि विशेष योगदान पुर्‍याइसकेका यिनले मुक्ति, हिमालय, प्रज्ञा, हिमानी, संगीत, सरिता, बान्की, अभिव्यक्ति लगायत अरु पत्रपत्रिकाको पनि सम्पादन गरेर सेवा पुर्‍याएका छन् । सन् १९५९ मा सर्वश्रेष्ठ कविका रुपमा रोयल एकेडेमी पदक प्राप्त गरेका यिनले वि.सं. २०२४ मा स्वर्णपदक, वि.सं. २०२५ र २०२८ मा श्रेष्ठ साहित्यकारका रुपमा ९८९/– र १३००/– रुपियाँ नगद पुरस्कार पनि प्राप्त गरेका हुन् ।

“कोठाभरि अँध्यारो छ । अँध्यारो मलाई मन पर्दैन । सायद कसैलाई मन पर्दैन । बत्ती बालूँ त ? भयो । आज अँँध्यारो मन नपरे पनि बेस छ । मन परेका कुरा के कति पाइएको छ र जिन्दगीमा ? मन नपरेको यस अन्धकारमा बसेर मन परेका तर नजुरेका कुराहरु सोच्न मन लागिरहेछ ।” यो चिन्तन हरिभक्त कटुवालले जीवनकै क्रममा प्रतीकात्मक भाषामा लेखेका छन् । नेपालको सडक कविता क्रान्तिमा प्रजातन्त्रको पक्षमा सडक–सडकमा पुगेर यिनले जनाइदिएको सहभागिता बिर्सिनसक्नु छ । कवितामा हुँकार बोलेर, मुक्तकमा मार्मिकता साँचेर कविता सुनाइदिँदा यिनको कविचेत उल्लेखयोग्य छन् । कवितामा उच्चकोटीको विचार भर्न सिपालु कवि कटुवालले गणतन्त्रप्रति आफ्नो आशक्ति जनाएर भोलिको नेपालको खाका नेपालीहरुले कोर्नेछन् भनी कवितामा लेखेका छन् यसरी :
ती जो बिहानै काखीमा पुस्तकको ठेली च्यापेर
हूलका हूल निस्किरहेछन् गल्ली गल्लीबाट
तिनलाई बाटो छोडिदेऊ ।
ती लहरजस्तै उर्लेर आइरहेछन्,
यी घर – जसलाई हामी घर ठानिरहेका छौं
यी सडक – जसलाई हामी सडक भनिरहेका छौं
यी मन्दिर – जसलाई हामी मन्दिर सम्झिरहेका छौं
यी केही पनि प्रशस्त हुने छैनन् उनीहरुका लागि ।
ती त सपना बोकेर आइरहेछन् – निर्माणको गीत गाउँदै
उनीहरुलाई छेक्न नखोज
आफूलाई चाहिने घर
आफूलाई चाहिने सडक
आफूलाई चाहिने मन्दिर
उनीहरु आफै बनाउने छन्
निश्चित छ –
भोलिको नेपाल उनीहरुले चाहेजस्तै हुनेछ ।

कवितामा सरल भाषा प्रयोग गरेर मान्छेलाई मान्छेकै वृत्तमा राखेर छाम्न सिपालु कवि कटुवालले मानवीय भावनालाई स्वाभाविक ढङ्गले कवितामा प्रष्ट्याएका छन् । आँसु–हाँसो, दु:ख–सुख, अँध्यारो–उज्यालो दुवैको समिश्रण जीवन हो भनेर जीवनलाई कवितामा अथ्र्याउन जानेका कवि हरिभक्तले जीवनमा थुपै्रखालका आरोह अवरोह भोगे । त्यसैले उनी भन्छन् –“यस्तो लागिरहेछ, आफैलाई यो जीवन – अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।” कवि हरिभक्त कटुवालका जीवन प्रसङ्गहरुका साथै उनले परिभाषित गरेका कवितामा देखेका जीवनहरु स्वाभाविक ढङ्गले परिचालित छन् । त्यतिमात्र होइन, यिनले साहित्यबारे पनि आफ्नो धारणा भनेर आफ्नो डायरीमा यसरी २०२६ सालतिर नै लेखेका थिए –“साहित्यमा चलिरहेको विभिन्न वादहरुदेखि पर आफू एउटा अपवाद भएझैं लाग्छ । आफू धेरै टाढा छोडिएको देख्छु र पछिल्तिर हेर्छु त्यहाँ असङ्ख्य–असङ्ख्य उदासहरुले मतिर हेरिरहेका देख्छु, मलाई लाज लाग्छ, म केवल मेरै लागि मात्र जन्मेजस्तो लाग्छ, मैले मेरो कलमले खै तिनीहरुका लागि गोरेटो बनाएको ? खै मैले ती असंख्य अनुहारका लागि साहित्य सिर्जना गरेको ?” कति स्वाभाविकता पोख्न जानेको ? कस्तो मानवीयताको व्याख्या गर्न सिकेको?

निकै संवेदनशील रहेकै कारणले धेरै खालका मानवीय तरङ्गहरुसँग यिनले सङ्घर्ष गरे । कवितालाई चेतनाकै स्पर्शका रुपमा अभिव्यक्ति पोख्न सिपालु भएकै कारणले कवि कटुवालले कवितालाई आफ्नो विचारकै झण्डाका रुपमा फरफराउन सफल रहे । कविता नबुझने देशमा, कविको महत्व र अर्थ नभएको हाम्रोजस्तो देशमा हरिभक्त कटुवालले पनि ‘कवि’को अहमत्वमा प्रश्न गरेर कवितामा यसरी लेखे:
जाति हुन्थ्यो बरु म कवि नभएर
त्यही रित्तो भाँडोभरि मट्टितेल हुन सकेको भए
मेरो देशको एउटा घरमा एकरात, एकछाक बल्न सक्थेँ
एउटा बृद्धको खिन्न अनुहार केही क्षण उज्यालो पार्न सक्थेँ ।

तसर्थ भन्न सकिन्छ, हरिभक्त कटुवाल कविताका कवि हुन् । कवि भएकै कारणले यिनी सुन्दर कविता लेख्न जानेका कवि भए । कवि मात्र नभएर मान्छेका मन छाम्न सफल कवि । शैली, बिम्ब, प्रतीक र अलङ्कारमा अभिव्यक्ति पोख्न सिपालु कवि भएकैले यिनले कवितामा ख्याति कमाए । अझ भनौं, मानव मन छाम्न जानेका एकजना सुुुन्दर कविभएर हरिभक्त कटुवालले कविका रुपमा आफूलाई स्थापित तुल्याए ।


Tags: हरिभक्त कटुवाल
अघिल्लो पोष्ट

जयगाउँमा हरिभक्त जयन्ती

पछिल्लो पोस्ट

साहित्यकार विजय खरेलको निधन

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
साहित्यकार विजय खरेलको निधन

साहित्यकार विजय खरेलको निधन

गुरुपूर्णिमा

गुरुपूर्णिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कविताका कवि हरिभक्त कटुवाल

कविताका कवि हरिभक्त कटुवाल

२३ फाल्गुन २०७९, मंगलवार
साहित्यकार विजय बजिमयको निधन

साहित्यकार विजय बजिमयको निधन

२३ फाल्गुन २०७८, सोमबार
अमेरिकासित साक्षात्कार – १ ( साँझपख प्रभातसँग भेट )

अमेरिकासित साक्षात्कार – १ ( साँझपख प्रभातसँग भेट )

२३ फाल्गुन २०७९, मंगलवार
शान्तिको खोज

शान्तिको खोज

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक