उड्यो समयको गन्ध नसुँघीकन रग्मग
गुम्यो प्रगतिको छन्द नबुनीकन जग्मग ।
थियो अमृतको प्याला हातैमा सब रित्तियो ।।
देवदानवझैं आज आफ्नै जीवन मन्थन
मोहले नै भयो भारी नभै अमृत चिन्तन ।
जले समयका मूल्य जल्यो यो द्वन्द्वमै जुनी
जागेर भोगका तृष्णा ज्वाला भैकन दन्दनी ।
जलेका यी सबै मार्ग जलेका यी सबै कण
भोलिको दिन सम्झेर चल्न गाह्रो छ जीवन ।
जलेका यी सबै अङ्ग जलेका यी सबै घर
पारुन् शान्त सकेसम्म प्रकृति परमेश्वर ।।