नेपाली भाषा साहित्य, नाट्य तथा क्षेत्रमा विशेष योगदान पुर्याएका स्रष्टाहरुलाई त्रिमूर्ति निकेतनले विविध विधाका पुरस्कार प्रदान गरेको छ । निकेतनको १६ औं स्थापना दिवसका अवसरमा काठमाडौं सञ्चारग्राममा आयोजित कार्यक्रममा गोविन्दराज विनोदी, मिथिला शर्मा, शैलेन्द्र साकारलाई क्रमश: लेखनाथ पौड्याल पुरस्कार, बालकृष्ण सम पुरस्कार र देवकोटा काव्य पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारमा सम्मानपत्र र जनही एक लाख रुपैयाँ नगद राशि छ । त्यस्तै जनही २५ हजार रुपैयाँ राशिसहितको भद्र घले पदक तारानाथ दाहाल र प्रा.डा. उषा ठाकुरलाई दिइयो ।
दिवसकै अवसरमा कान्तिपुरकर्मी कृष्णगोपाल श्रेष्ठ र सुशीला तामाङलाई सत्यमोहन जोशी शताब्दी पदक प्रदान गरियो । त्रिमूर्तिको सत्यमोहन जोशी शताब्दी महोत्सवमा सक्रिय योगदान गरेकोमा कान्तिपुरकर्मी कृष्णगोपाल श्रेष्ठ र सुशीला तामाङसँगै अजरमान जोशी, अनुराधा थापा, आभा श्रेष्ठ कर्ण, कञ्चनजंघा प्रसाई, कावेरी जोशी, प्रमोद प्रधान, मणि लोहनी लगायत ५८ जनालाई वासुदेव त्रिपाठी र त्रिमूर्तिका अध्यक्ष इन्दिरा प्रसाईंले प्रशस्तिपत्रसहित पदक प्रदान गरे