आफू रोएर अरूलाई हँसाउनेहरू देखेँ
अरूमाथि हाँस्नेमाथि हाँस्नेहरू देखेँ
सहन त सक्ने रहेछ मानिसले पीडाहरू
चोटले त ढुङ्गा पनि टुक्रिरहेको देखेँ
उज्यालो दिन्छ कालो रातलाई पनि हीरा
घाममा त ऐना पनि टल्किरहेको देखेँ
पहाडलाई पनि टेकी उठिरहने आकाश
सागरमा खसेर पनि डुबिरहेको देखेँ
समयभन्दा बलियो कोही हुँदैन रहेछ, विराग
मन्दिरहरूलाई पनि भत्किरहेको देखेँ