जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज व्यङ्ग्य

टाइम पास

तपाईंहरुले नडराइकन बताउनु भए हुन्छ, कहीँ कसैले कतैबाट उजुरबाजुर गरेर होइन है भन्न आए भने पनि पैसा नलिइकन मुद्दा फैसला गरिदिए हुन्छ, यो टाइम पास फेल नहुने खेल नै हो

गायत्री लम्साल गायत्री लम्साल
प्रकाशित २८ असार २०७८, सोमबार
व्यङ्ग्य भित्र
0
टाइम पास

कहिल्यै पनि फेल नहुने खेलको नाम हो टाइम पास । तपाईंहरुले नडराइकन बताउनु भए हुन्छ, कहीँ कसैले कतैबाट उजुरबाजुर गरेर होइन है भन्न आए भने पनि पैसा नलिइकन मुद्दा फैसला गरिदिए हुन्छ, यो टाइम पास फेल नहुने खेल नै हो । केही नलुकाएर, धक फुकाएर कुरा गर्ने हो भने जीवन जिउने क्रममा पास धेरै ठाउँमा, धेरै पटक गरियो । जताततै पासकै चमत्कार छरियो । सानो छँदा बाबुको खल्तीबाट पैसा चोरी खोपी खेल्न पास भएकै हो, पढाइमा पनि एक, दुई, तीन, चार ……. हुँदै पास भएकै हो, सडाइमा पनि सुर्ती, चुरोट, गाँजा, चरेशतिर पास भएकै हो, उमेर बढ्दै जाँदा जुँगा वा स्तन पलाउन थालेपछाडि लुकिछिपी सुकुमार र सुकुमारीहरुको कोमल अङ्गहरु सुम्सुम्याउने काममा पनि पास भएको हो । के मा भइएन र है हामी पास, खाने कुरामा जुस, भुस र घुस सबै खाइयो, लाउने कुरामा टु पिस पेन्टी र ब्रा, थ्री पिस तरुनी, तास र नशा मात्र होइन ट्याक, ढ्याक, ब्याक, रोदी, दोहोरी र मोहनी त अनिवार्यमा नै परे अझ मौका मिल्दा र पाउँदा जुत्ताको माला र कालोमोसो पनि लाएकै हो, धाउने कुरामा पनि फेल त कहिल्यै भइएन, दोबाटो, रोदीघर, मामाघर, डिस्कोबार, कट्टी पसल, भट्टीपसल, तारे होटल, भाले होटल, अर्काको घरबार, सिँहदरवार ,…. सबै ठाउँमा धाइयो । जे–जे खोजेका थियाँै, त्यही–त्यही पाइयो, युवक–युवती, श्रीमान्–श्रीमती, प्रेमी प्रेमिका, छोरा–छोरी, धन सम्पत्ति, इज्जत मान प्रतिष्ठा, घृणा, बेइज्जत, सत्ता, शक्ति र सुन्दरी मात्र होइन बीउ बिनाको फल र मुहान बिनाको जल पनि पाइयो । 

जहिले, जताबाट, जसरी जहाँ खेले पनि पास हुने खेलको नाम हो टाइम पास । खेल खेल्नलाई न त नियम छ, न त स्थान छ, न त खेलाडी संख्या किटान छ, न त ड्रेसको फिटान छ, तर पनि राम्रोसँग खेल्न सक्छौं हामी टाइम पास । खेलहरुमै सर्वोत्कृष्ट खेल घोषणा गरे हुन्छ, यस खेललाई । यस खेल खेल्नलाई सबैका आ–आफ्नै तरिकाहरु छन्, तरिकालाई मिठो बनाउने परिकारहरु छन् । आखिर जे–जस्तोसुकै गरे पनि गर्नलाई हो टाइम पास । किताव पढे पनि, जवानी पढे पनि, चोट लेखे पनि, खोट लेखे पनि, नोट पाए पनि भोट पाए पनि, कुरा काटे पनि, चुरा काटे पनि, चरेश खाए पनि, हरेस खाए पनि, खाटमा भए पनि, घाटमा भए पनि, पाले पनि–फाले पनि, माया गरे पनि–घृणा गरे पनि, मिले पनि–छिने पनि, …. जे–जेसुकै गरे पनि हुन्छ है टाइम पास । जसले जस्तो ठाउँमा जस्तोसुकै प्रश्नहरु सोधे पनि उत्तर दिन निकै सजिलो हुन्छ भनिदिए मात्र पुग्छ, गरेको छु, टाइम पास । 

टाइम पास गर्न पल्केकाहरु हामी, टाइम पास गर्न लम्केकाहरु हामी, राम्रो काम किन गर्नु प¥यो, उन्नति–प्रगति किन गर्नुप¥यो, गरेहुन्छ केवल वाहियात काम कुराहरु र गरे हुन्छ मज्जाले टाइम पास । आफूलाई मन लागेको काम कुरामा गर्नुपर्छ टाइम पास, मार्ने गर्नुपर्छ अरुहरुले गरेका आस, दिनरातभर गराउनुपर्छ भट्टीको बास, खेल्नुपर्छ जुवा र तास, साँच्चै–साँच्चै बन्ने गर्नुपर्छ जिउँदो लास । आजको आधुनिक जमानामा होड पनि त यसैमा चम्केको छ, भोट पनि त यसैमा लम्केको छ, जति जनाले जति वर्षको टाइम पास गरे पनि आखिर थारो बन्यो संविधान, सँविधान मात्र होइन, अहिले त अझ देश नै धारो बनाउने काम कुरामा, देशलाई अस्तु लैजाने घारो बनाउने काम कुरामा टाइम पास गरिरहेका छन् । सत्ता, शक्ति र सुन्दरीमा नै लडिरहेका छन् । यसैका खातिर अगाडि बढिरहेका छन् । 

तपाइँ हामी पनि एउटै सन्तान, एउटै दरसन्तान, केही मानेमा पछि छैनौं टाइम पास गर्ने सवालमा, सर्वनाश गर्ने सवालमा, आफु भलो त जगत भलो होइन, आफू फलो भए अरु सबै मरो भन्छौ हामी, कति स्वार्थी छ जमाना, कति स्वार्थी छ मान्छे तर पनि भएकै छ टाइम पास । यस खेल खेल्नलाई कसैले सिकाउन नै परेन, कसैले अ¥हाउन नै परेन, जन्मसिद्द नैसर्गिक रुपमा खेल्न पाइने खेल हो टाइम पास । यस खेल खेल्नलाई कोही पछि परेका छैनन्, कसैले पछि खेल्छु भनेर साँचेका पनि छैनन् । फन्केको फन्केइ छन्, दन्केको दन्केइ छन् । आखिर टाइम पास गर्नलाई नै त हो । एउटी श्रीमतीले काम चलाउनु पर्नेमा दुई चार ओटी भिरेका छन् । मन्दिरमा जाने उमेरमा पनि भट्टी र डान्सबारतिर छिरेका छन् । मुटुभरिको माया दिन्छु तिमीलाई भने पो हुन्थ्यो, आकाशको जुन दिन्छु तिमीलाई भनेका छन् । भेट्ने, छेक्ने साँध सिमाना रातीमा त ठीक नै थियो, त्यसमा पनि गोधुलि र उषामा सारेका छन्, विकास गर्छु भन्ने कुरामा धक्कु लगाउन पर्दा बिना फलको बोटमा झटारो हानेका छन्, धरोधर्म के नै पो गरेका छैनन् र गर्नलाई टाइम पास ।

हुन पनि जसरी पनि त हुने रहेछ टाइम पास, भोकै बसे पनि, नाङ्गै बसे पनि, खरानी घसे पनि, एक–दुइ–तीन नम्बरी जे जस्ता काम कुराहरु गरे पनि, रिस पिए पनि, विष पिए पनि, मान्छे भएर पशुको व्यवहार गरे पनि भएकै छ टाइम पास, गरेकै छन् टाइम पास । जन्मिएकै  हामी टाइम पास गर्नलाई हो, टाइम पास गरेर मर्नलाई हो । यो जमाना टाइम पासको हो । जे, जसरी, जहाँ, जहिले, जस्तो भए पनि मन लागेको कुरामा गर्नोस् ल टाइम पास, यसमा नै सबैको हित छ, यसमा नै सबैको जित छ । हाम्रा कुरा यहाँहरुलाई कस्तो लाग्यो कुन्नि खबर गर्न नबिर्सनुहोला ल । 


अघिल्लो पोष्ट

यौटा मान्छेको ….

पछिल्लो पोस्ट

डा. रामप्रसाद दाहाल

गायत्री लम्साल

गायत्री लम्साल

सम्बन्धित पोष्टहरू

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?
निबन्ध

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

२७ माघ २०७९, शुक्रबार
धनको सङ्ग्राम
व्यङ्ग्य

धनको सङ्ग्राम

१५ मंसिर २०७९, बिहीबार
सिंहदरबार माने बाघदरबार
व्यङ्ग्य

सिंहदरबार माने बाघदरबार

१० फाल्गुन २०७८, मंगलवार
छेउको बधशाला
व्यङ्ग्य

छेउको बधशाला

१ पुष २०७८, बिहीबार
पछिल्लो पोष्ट
डा. रामप्रसाद दाहाल

डा. रामप्रसाद दाहाल

न्यूरोसर्जरी क्षेत्रका एक नक्षत्र बालकृष्ण थापा

न्यूरोसर्जरी क्षेत्रका एक नक्षत्र बालकृष्ण थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

चम्किला भाषासेवी–साहित्यकार : मोतीराम भट्ट

चम्किला भाषासेवी–साहित्यकार : मोतीराम भट्ट

२३ फाल्गुन २०७८, सोमबार
नातीकाजीको स्मृतिमा पशुपतिनाथमा भजन

नातीकाजीको स्मृतिमा पशुपतिनाथमा भजन

२४ फाल्गुन २०८०, बिहीबार
नारी अस्तित्व

नारी अस्तित्व

२३ फाल्गुन २०७८, सोमबार
डायरीको च्यातिएको पानाबाट..

डायरीको च्यातिएको पानाबाट..

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक