जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

न्यूरोसर्जरी क्षेत्रका एक नक्षत्र बालकृष्ण थापा

मेरा यी शब्दहरु केवल सस्तो आडम्बर र गुणगान गाउनको लागि मात्र होइन । मैले यस्तो अकबरी सुनको कुरा कहन लागेको छु, जसलाई कसी लाउन कति पनि आवश्यक छैन

प्रा.डा.सुमनराज ताम्राकार प्रा.डा.सुमनराज ताम्राकार
प्रकाशित २८ असार २०७८, सोमबार
सर्जक बिशेष भित्र
0
न्यूरोसर्जरी क्षेत्रका एक नक्षत्र बालकृष्ण थापा

मेरा यी शब्दहरु केवल सस्तो आडम्बर र गुणगान गाउनको लागि मात्र होइन । मैले यस्तो अकबरी सुनको कुरा कहन लागेको छु, जसलाई कसी लाउन कति पनि आवश्यक छैन । बोल्ने पिठो बोल्ने जमानामा गाउँले परिवेशबाट चिकित्सा क्षेत्रमा उदाएका नक्षत्रका कतिपय अन्तरकुन्तर जनमानस बीच नराख्ने हो भने इतिहासमा मात्र समेटिन बेर लाग्दैन । हो, म केही वर्ष अगाडि भएको विमान दुर्घटनामा दिवंगत वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापामाथि अक्षरका माध्यमबाट श्रद्धा अर्पण गर्दैछु ।

मानविय त्रुटीका कारण विमान दुर्घटनामा बालकृष्ण थापाको मृत्युबाट पुगेको अपूरनिय क्षतिलाई तौलँदा आज फेरि उहिलेको जस्तो वादविवादमा ‘विज्ञान अभिशाप नै हो’ भन्ने पक्षको पल्ला भारी हुन गएको छ ।

तीस र चालीसको दशकमा नेपालमा अहिले जस्तो बग्रेल्ती मेडिकल कलेजहरु थिएनन् । र, पैसाकै बलबुतामा चिकित्सा शिक्षा अध्ययन गर्ने त कल्पनै गर्न सकिन्नथ्यो । देशभरका हजारौं एक से एक विद्यार्थीहरुको लिगलिगे दौडमा नेपालकै एकमात्र चिकित्सा शास्त्र अध्ययन संस्थानमा केवल ३०, ४० जना भित्र नाम निकाल्नु चानचुने होइन । त्यो पनि नेपालका अन्यत्र भैंm सालाखालाको सरकारी स्कुल कुशादेवीको प्रडक्टले । अहिले जस्तो च्याउसरी उम्रिएका मेडिकल कलेजहरु अनि पैसा भएकै कारणले पढ्न पाउने माहोलका बीच मेडिकल क्षेत्रका विकृतिलाई लिएर हिलो छयापाछ्याप भैरहेको बेला डा. बालकृष्ण थापाले मेडिकल प्रवेश परीक्षा दिने ताका तत्कालीन डिनकै छोरीले एकाध पटक प्रवेश परीक्षामा नाम निकाल्न नसकेर विदेशमा पढ्न पठाउनु भएको थियो । परीक्षालाई लिएर त्यति गुणस्तर, संवेदनशीलता अनि शुद्धता थियो । त्यस्तो बेलामा पनि बालकृष्ण थापाले एकै पटकमा नाम निकाल्नु भयो ।

नेपालमा अभैmपनि डाक्टर हुन कम्ताको मेहनत आवश्यक पर्दैन । त्यसमाथि विशेषज्ञता हासिल गर्न । त्यो भन्दा माथि न्यूरो सर्जरीमै क्यारियर बनाउन । सबैभन्दा ठूलो कुरा त विरामीको, विरामीको नातेदारको हृदयमै बस्ने डाक्टर बन्न । पैसा कमाउने डाक्टर होइन गाउँको माटो सँुघेर, खेलेर हुर्केका बालकृष्ण थापालाई गरिबी के हो अनि गरिब गुरुवाहरुको स्वास्थ्यमा कतिको पहुँच छ ? गाउँमा, दुर्गमा एक जना मानिस विरामी हुँदा अप्रत्यक्ष रुपमा अन्य कति जना विरामी सरह हुन्छन् ? तिनका पशुपंक्षी कतिका भोका प्यासा हुन्छन् ? यसको हिसाब देखाउन बालकृष्ण थापालाई क्याल्कुलेटर थिचेर देखाउन आवश्यक थिएन । त्यसैले पनि बालकृष्ण थापाले आवश्यक उपचार त निःशुल्क भैहाल्यो कति पटक उल्टै विरामीलाई पकेट मनी, बाटो खर्च दिइ पठाउनु भएको दृष्टान्त छ । महाराजगंज क्याम्पसबाटै प्रमाणपत्र तहको हेल्थ असिस्टन्ट कोर्स पढाई पछि जागीरको सिलसिलामा बाग्लुङमा सेभ द चिल्ड्रेन गैरसरकारी संस्था अन्तर्गत मातृ तथा शिशु क्षेत्रमा काम गर्दा ताकाको कुनाकाप्चाको भ्रमण अनि त्यहाँ छँदै आपूm एपेन्डिसाइटिसबाट थलिएर पोखरा हुँदै काठमाण्डौसम्मको अपरेशन यात्राले डा. बालकृष्ण थापालाई काठमाण्डौ केन्द्रित मेडिकल सेवाको प्रतिपक्ष कित्तामा उभ्याए ।

एमबीबीएसमा नाम निकाल्न कठिन छ, यो सबैले बुझेको कुरा हो । आफ्नै मेहनत अनि लगनले चिकित्सा विषयमा राखिएका भएभरका गोल्ड मेडल कुम्ल्याउनु निकै भिन्न कुरा हो । त्यसो त मेडिसिन घोकेर, कण्ठस्थ पारेर पढिने विषय होइन । दिमाग अनि भित्री मनले पढ्न आवश्यक हुन्छ । बालकृष्ण थापा नै एकमात्र यस्ता चिकित्सा क्षेत्रका विद्यार्थी होला, जसले एमबीबीएस उत्तिर्ण गर्दा त्यो बेलाको दश मध्ये आठवटा गोल्ड मेडल उछिट्याउनु भएको थियो । दुई पनि महिला विद्यार्थीको लागि छुट्याएको भएर । भनेर बालकृृष्ण थापा किताबको किरो मात्र होइन । यी गोल्ड मेडलहरु पाउनकै खातिर बालकृष्ण थापाले होस्टल रुम अनि टिचिङको पुस्तकालयमा मात्र हरदम गुँड लगाउनु भएन । त्यसो भएर पनि होला उहाँको तीक्ष्ण मस्तिष्कको चर्चाको विषय हुन्थ्यो ।

हामीले गुरुलाई चिन्छौं, प्रोफेसरलाई चिन्छौं तर बालकृष्ण थापाले जस्तो उत्तर पुस्तिकामा लेखेको उत्तरले, अनि मौखिक परीक्षामा दिएको मौलिक उत्तरले अनि ईन्टर्नशीपका क्रममा विरामीलाई पु¥याएको सेवाले गुरुवर्गको मन मस्तिष्कमा छाप छोड्नु चाहिँ चानचुने कुरा होइन । प्रोफेसरले चिन्न चाहने, आपूmसँगै काम गर्न चाहने, आफ्नै युनिटमा काम गराउन चाहने विद्यार्थी हुन् । ‘हि ईज द स्मार्ट पर्सन विथ ब्रेन’ ।
कुशादेवीको साधारण स्कुले जीवन देखिको कक्षामा प्रथम हुने रेकर्ड ढाकामा एम सी एच सरहको एम एस न्यूरो गर्ने बेलासम्म कायम राख्नु भयो । २०५१ मा चिकित्सा शास्त्र अध्ययन संस्थानबाट पास आउट हुँदा उहाँ कन्ट्री टपर बन्न सफल हुनुभयो । मेडिकल पढ्ने विद्याथीहरुलाई सोध्नुस्, बंगलादेशमा त्यो बेलाको मेडिकल पढाई कति गाह्रो अनि त्रासमयी हुन्थ्यो, तर बालकृष्ण थापाले ढाका स्थित बंगबन्धु शेखमुजिव मेडिकल युनिभर्सिटीमा एम एस न्यूरो सर्जरी पढेर पास गर्ने पहिलो विदेशी विद्यार्थी मात्र बन्नु भएन आफ्नो ब्याचमा पास गर्ने प्रथम विद्यार्थी पनि । रेकर्ड माथि रेकर्ड । यदि यस्तै रेकर्डहरु पनि गिनिजमा समावेश गर्ने भए बालकृष्ण थापाको नाम पनि अवश्य अंकित हुने थियो ।

मेडिकल क्षेत्रमा पढाईपछि पनि आपूmलाई अपडेट बनाइराख्नुपर्छ, त्यसमा पनि सर्जरी एलाईडका विषयमा । न्यूरो सर्जरीमा त झनै । यदि उम्दाको मेडिकल एकेडेमिसिएन बनिरहने हो, यसलाई कायम राखिरहने हो भने मेडिकल क्षेत्रको क्यारियरमा सभा सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने तथा शोधग्रन्थ, जर्नलहरुमा शोधकार्यका नतिजाहरु प्रकाशित गरिरहनु पर्दछ । बालकृष्ण थापाले यस मामिलामा पनि पछि पर्नु भएन ।

उहाँमा बौद्धिक अब्बलताका साथै राजनीति र साहित्यमा उतिकै दखल थियो । अहिलेको राजनैतिक परिवेशलाई सुहाउँदो घोचक कविता उतिबेलै कोर्न सिपालु बालकृष्ण थापा वामपन्थी विचारधारा प्रति झुकाव राख्नु हुने भएपनि २०४६ को प्रथम जनआन्दोलन ताका टिचिङ अस्पताल र महाराजगंज होस्टेल बीचको पर्खाल चढी क्लिष्ट नेपाली भाषामा उहाँले त्यो बेलाका शासकहरु प्रति प्रहार गरेर गरेका भाषण सुन्दा रगत नै उम्लिन्थ्यो । त्यैबेला नारायणहिटी दरबारको पर्खाल भत्काउन जाउँ जस्तो हुन्थ्यो । पृथक विचारधाराकै विद्यार्थी किन नहोस् उहाँको भाषणमा ताली पिटिरहेको हुन्थ्यो । उहाँको वाकपटुटा गजबको थियो । बहुसंख्यक मेडिकल विद्यार्थीहरु प्रजातान्त्रिक विचार भएको बेलामा पनि उहाँले नेपाल मेडिकलद स्टुडेन्ट सोसाईटीको अध्यक्ष पद जित्न सफल हुनु भयो । जन आन्दोलनकै क्रममा कति पटक महाराजगंंज होस्टलमा मेडिकल विद्यार्थी र प्रहरीबीच मुसा बिरालो खेल भयो । तर शासक समर्थित प्रहरीको टार्गेट चाहिँ बालकृष्ण थापा भैरह्यो । वाम विचारधाराका भएपनि हिंसा र अवसरवादको पक्षपाती हुनुभएन ।

कतिन्जेल हजुर
कतिन्जेल हो हजुर
म गुलाम बन्नै पर्ने
कतिन्जेल हो हजुर
निगाहा मैले सहनै पर्ने
कतिन्जेल हो हजुर
मैले मेरो भावना मार्नै पर्ने
कतिन्जेल हो हजुर
मेरो अन्तर आत्मामा चोट लगाइराख्ने
(साभारः डाक्टरका कविता, डा.बालकृष्ण थापा)

डाक्टर र विरामी बीच अहिले नाना तरहको रस्साकस्सी भैरहेको बेला डा. बालकृष्ण थापाको उपलब्धि अपवाद सरह हुनसक्छ । २०६२ मा उहाँले चितवन छाड्ने निर्णय गर्दा रुपन्देही तथा चितवनका करिब १४०० विरामीहरुले वी पी क्यान्सर अस्पतालमा उहाँको सेवा अनवरत पाउँ भनि निवेदन नै दिएका थिए । कसैको नजरमा बस्न गाह्रो । त्यो भन्दा गाह्रो त कसैको आँखा नबिझिकन बसिरहन । तर बालकृष्ण थापा धेरै सेवाग्रहीको नजरमा बसिरहन सफल भइरहे । बालकृष्ण थापाको बडी टिचिङकै फरेन्सिक ल्याबमा पोष्टमार्टम भैरहँदा विमान दुर्घटना प्रति अनभिज्ञ कतिपय सेवाग्रहीहरु अभैm पनि उहाँकै बाटो हेरिरहेको होला, शायद ।

शायद, भगवान् भन्ने छ भने, भगवान्को लागि पनि बालकृष्ण थापा जस्तै राम्रो मान्छे चाहिने रहेछ । शायद, पुनर्जन्म भन्ने चीज छ भने । कति दीन दुःखी क्यान्सर रोगीले अर्को जुनीमा पनि डाक्टर बालकृष्ण थापा फेरि फेरि डाक्टर नै, सहृदयी डाक्टर नै, अब्बल डाक्टर नै, उम्दाको न्यरो सर्जन नै बनोस् भनि कामना गरिरहेका होलान् ।

मानविय संवेदना, पीडा, दुःख अनि आशा बीच खेलिरहनु पर्ने, गुज्रिरहनु पर्ने पेशा हो चिकित्सा क्षेत्र । त्यसैले पनि विरामी अनि तिनीहरुका नातेदारको आशा, अपेक्षा अनि विश्वासमा अलिकति पनि तल माथि हुँदा हिस्रंक भइहाल्ने, उग्र भइहाल्ने हुन्छ । डाक्टर पनि मानिस हो । डाक्टरको मन र मुटु हुन्छ । डाक्टरलाई पनि मानविय संवेदनाले भित्रै देखि छुन्छ, भलै शब्दमा कोर्ने एकाध डाक्टरहरु मात्र भएपनि । डा. बालकृष्ण थापा पनि यस्तै साहित्य मन भएका डाक्टर हुन् । विरामी नेपाली अनि विरामी देश नेपालले उहाँको मन, मुटु छोएको हुनुपर्छ । त्यसैले त जातीय तथा क्षेत्रिय प्रतिनिधित्व तथा पेशाकर्मीहरुको थलो हुनुपर्छ राष्टिय सभा भन्ने शिर्षकबाट लेखन क्षेत्रमा आएका डा. थापाले एकपछि अर्को गर्दै डाक्टरी कविता (२०६१), डाक्टरका कविता (२०६९) र चिरफार निबन्ध संग्रह (२०७०) प्रकाशनमा ल्याउनु भयो । यसको अलावा आफ्नो बारे, आफ्नो कर्मस्थल, आफ्नै विरामी तथा शोधकार्यका कतिपय लेखहरु समेटेर न्यरोअन्कोसर्जरी ईन नेपाल नामक पुस्तक पनि प्रकाशन गर्नु भएको थियो, २०१३ मा । यस्तै संविधान लेख्न अन्योल भइरहेको बेला बावापुरा मोडेल समावेशी संविधान २०६३, जेष्ठ (सहलेखन) प्रकाशनमा ल्याउनु भएको थियो ।

नेता र राजनैतिक वातावरण प्रति मात्र किन आफ्नै पेशा प्रति पनि व्यङ्ग्य कोर्न पछि पर्नु भएन डा. बालकृष्ण थापा ।

ऐ डाक्टर के डाक्टर
औषधि नै मात्र लेख्न त
किन डाक्टर बन्नु प¥यो र ?
मेडिकल पसलेले पनि त दिएकै छन्
कम्पनीलाई थर्काउन मात्र त
किन डिग्री भिर्नु प¥यो र ?
भन्सारीयाहरुले थर्काएकै छन्
आपूmलाई घमण्डी देखाउन त
किन डाक्टर बन्नु प¥यो र ?
राजनेताले नै देखाएक छन् ।
(साभारः डाक्टरी कविता, डा.बालकृष्ण थापा)

यसरी युएस बांगला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्टिय विमानघाट धलपल गर्दै रनवे बाहिर धसिए लगत्तै विमानमा भएको आगलागी अनि क्षतविक्षतले नेपाली चिकित्सा क्षेत्रमा गजबको इपिसेन्टरको काम ग¥यो । यो धक्काले असंख्य विरामीको विश्वास ढल्यो । कुशादेवी क्षेत्रले एक सपुत गुमायो । नेपालको चिकित्सा क्षेत्र अनि न्यरो सर्जरी क्षेत्रमा कहिल्यै नपुरिने घाउ बन्यो । परिवारजन, आफन्तको मनमा मात्र नभई चितवनवासी अनि हजारौंको सेवाग्रही आशा भरोसा ढल्यो ।

बालकृष्ण थापाको मेडिकल यात्रा नजिकबाट नियाल्न पाएका कारण ल्यापटपको किबोर्डमा यो संस्मरण टाइप गर्न बस्दा उहाँसँगका सम्झनाहरु एक पछि अर्को गर्दै कस्तरी तँछाडमछाड गर्दै थियो भने मेरा हातका आंैलाहरु थर्थराइरहेका थिए, काँपिरहेका थिए, केवल शब्दहीन । कुशादेवी पुत्र तपाईंको वैकुण्ठबास होस् । ईतिश्री ।


अघिल्लो पोष्ट

डा. रामप्रसाद दाहाल

पछिल्लो पोस्ट

पहिलो यात्रा

प्रा.डा.सुमनराज ताम्राकार

प्रा.डा.सुमनराज ताम्राकार

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
पहिलो यात्रा

पहिलो यात्रा

अनुराधा मेडिकल

अनुराधा मेडिकल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

५ जेष्ठ २०८१, शनिबार
पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करणको लोकार्पण

पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करणको लोकार्पण

४ जेष्ठ २०८०, बिहीबार
सिमियोनले जिते दोस्रो संस्करणको ‘द पोएट आइडल’

सिमियोनले जिते दोस्रो संस्करणको ‘द पोएट आइडल’

५ जेष्ठ २०८१, शनिबार
मालिका केशरीको  ‘दुङाल’

मालिका केशरीको ‘दुङाल’

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक