जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

पेपे

म्याक्सिम गोर्की म्याक्सिम गोर्की
प्रकाशित ९ जेष्ठ २०७९, सोमबार
अनुवाद, आख्यान भित्र
0
पेपे

पेपे दस वर्षको छ । दुब्लोपातलो, निरीह तर छेपारोजस्तो चञ्चल । रङ्गविरङ्गी टालाहरू उसको काँधमा झुण्डिएक छन्, धूप र धूलोले कालै पोतिएको उसको शरीर चिथ्राका प्वालहरूबाट चियाइरहेको छ ।

ऊ सुकेको घाँसको त्यस्तो त्यान्द्रोझ्ैं देखिएको छ जुन समुद्री हावाको झेँकामा यताउता उडिरहेको छ । सूर्योदय भएदेखि सूर्यास्तसम्म पेपे टापुमा एउटा चट्टानबाट अर्को चट्टानतर्फ दौडिरहेको हुन्छ र उसको सानो आवाज सधैं बजिरहन्छ –
सुन्दर इटली
मेरो इटली ।

हरेक कुरा उसका लागि रोचक हुन्छ : हरियो धर्तीमा मगमगाउँदै फक्रिरहेको फूल, बैजनी रङ्गका चट्टानमाथि सलबलाउँदै गरेका छेपाराहरू, जैतूनको बोटमा सुक्खा पातहरू तथा लटरम्म फलेका अङ्गुरका झ्ुप्पामा उफ्रिरहेका चराहरू, सागरतलको अँध्यारा बगैंचाका माछाहरू र सहरका सुकिला, बाङ्गाटिङ्गा सडकहरूमा हिँडिरहेका परदेशी, तरबारजस्तो टलकदार मोटो जर्मन, जनशत्रुको भूमिका खेल्ने अभिनेताको सम्झ्ना गराउने अङ्ग्रेज, अङ्ग्रेजजस्तै देखिन असफल प्रयास गर्ने अमेरिकी र चटकेले झ्ैं हल्ला गर्ने बेजोड फ्रान्सेली ।

क्या छ ? आफ्ना तेज आँखाहरू त्यो जर्मनतर्फ गाड्दै पेपे आफ्ना साथीहरूलाई भन्छ – यो जर्मन गमक्क फुलेर ठालुपन देखाउँदैछ, कपाल पनि ठाडा देखिन्छन्, भाइ यसको घिच्रो त मेरो कम्मरजत्रै छ ।

पेपेलाई जर्मनहरू मन पर्दैनन् । उसको विचारमा उनीहरू सडक, चौबाटो तथा स–साना अँधेरा भट्टीहरूमा रक्सी पिउँदा, तास खेल्दा र अखबार पढ्दै राजनीतिक गफ गर्दाका जस्तै छन् ।

हामी दक्षिणका गरिबगुरुवाका लागि बाल्कोनमा स्लाभेलीहरू हाम्रा ती असल मित्रहरूभन्दा कैयौं गुना नजिक छन्, जसले हाम्रो मैत्रीका लागि अफ्रिकाको रेगिस्तान उपहार दिए, ऊ भन्छ ।
दक्षिणका सोझ मानिसहरू बारम्बार यो कुरा दोहोर्‍याइरहन्छ । पेपे सबै कुरा सुन्छ र केही पनि भुल्दैन ।
यता कैंचीगोडे एउटा अङ्ग्रेज लामा–लामा कदम चाल्दै हिँडिरहेको छ । पेपेले उसका अगाडि एउटा साधारण शोकगीत गुनगुनाउँछ :
साथी म जब हिँडे
दु:खित भइन् मेरी प्रिया
बुझन केही म सक्दिनँ
हृदय उसको किन व्यथित छ ।

पेपेका साथीहरू हाँस्दै–हाँस्दै यो गीत दोहोर्‍याउँदै उसको पछाडि लाग्छन् । जब त्यो परदेशीले आफ्ना फिका आँखाहरूले तिनीहरूमाथि शान्त दृष्टि दगुराउँछन् तब उनीहरू झडी वा पर्खालको पछाडि लुक्नका लागि मुसाजस्तै झ्टपट दौडिन्छन् ।

पेपेको विषयमा थुपै्र चाखलाग्दा कथाहरू सुनाउन सकिन्छ ।

एकदिन एउटी सिन्योराले आफ्नै बगैंचाका स्याउहरूले भरिएको डाली पेपेको हातमा आफ्नो साथीकहाँ पठाउन चाही ।
म तिमीलाई एक सोल्दो दिन्छु ।
यसमा तपाईंलाई कुनै घाटा छैन – उसले भन्यो ।
पेपेले तुरुन्त डाली उठायो र आफ्ना टाउकोमा राखेर त्यहाँबाट हिँड्यो । साँझ् परिसके पनि ऊ सोल्दोको लागि फर्केन ।
तिमीलाई केको हतार ? त्यस आइमाईले भनी ,।
ओह, प्रिय सिन्योरा, तर म यति थाकेको छु … सुस्केरा काट्दै पेपे बोल्यो – तपाईं नै सोच्नोस्, दसभन्दा बढी थिए ।
पक्कै ! दसभन्दा … ! भरिएको डाली छँदै थियो ।
स्याउ होइन सिन्योरा, केटाहरू ।
अनि स्याउ के भो त ?
पहिले केटाहरूको कुरा त सुन्नोस् सिन्योरा : मिकेल ज्योवान्नी …
ऊ रिसले आगो भई । पेपेको काँध समाएर उसले जोडसँग हल्लाई ।
मेरो कुराको जवाफ दे । तैंले स्याउ पुर्‍याइस् कि पुर्‍याइनस् ?

सिन्योरा, म स्याउ बोकेर चौबाटोसम्म गएको थिएँ । सुन्नोस्, मैल कस्तो राम्रो चर्तिकला देखाएँ । सुरुसुरुमा मैले उनीहरूको कुरामा ध्यानै दिइनँ । मैले आफूलाई भने गधासँग तुलना गरे पनि सहनेछु – केवल यसकारणले कि म तपाईंको सम्मान गर्छु । तर जब उनीहरूले मेरी आमाको विषयमा नानाथरी कुरा गर्न थाले, सहनुको सीमा भत्कियो, मैले डाली भुइँमा राखेँ र सिन्योरा, तपाईंले देख्नैपर्ने थियो : कसरी मैले ती लफङ्गाहरूमाथि स्याउका डल्लाहरूले तीव्र प्रहार गरेँ । देखेको भए तपाईंलाई साह्रै मजा आउने थियो ।

मेरो स्याउ तिनीहरूले चोरे ! सिन्योरा चिच्याई ।

पेपेले पीडा भरिएको एउटा सुस्केरा तान्दै भन्यो – होइन, जुन स्याउ निशानामा चुक्यो पर्खालमा ठोक्किएर चकनाचुर भयो, तर रहलपहल हामी सबैले खायौं, जब शत्रुलाई परास्त गरेर मैले उनीहरूसँग सम्झैता गरेँ … ।

पेपेको सानो सफाचट शिरमाथि त्यो आइमाईले गालीका पर्राहरू छोडी । उसले नम्र भएर ध्यानपूर्वक सुनिरह्यो । जब कुनै विशेष वाक्व्यवहारको प्रयोग हुन्थ्यो त्यसको प्रशंसामा जिब्रो पड्काउँदै ऊ भन्न थाल्थ्यो – वाह ! कस्तो मुख !

अन्तमा जब ऊ थाकेर त्यहाँबाट जान लागी, पेपे जोडले करायो – यदि तपाईंले तपाईंका राम्रा स्याउहरूले ती ठगहरूको खप्पर कसरी बजाएँ भन्ने दृश्य देखेको भए यसरी रिसाउनुहुने थिएन । तपाईंले हेर्नैपथ्र्यो । यो सब देखेको भए एकको सट्टा दुई सोल्दो दिनुहुने थियो ।

तर त्यो बेसोमत आइमाईले त्यस विजेताको गर्वलाई बुझनै सकिन र पेपेलाई क्रोधित आँखाले हेरी ।
पेपेकी एउटी दिदी थिई । उमेरले ऊभन्दा धेरै ठूली भए पनि चतुर्‍याइँमा सानी । एउटा धनी अमेरिकीको देहाती आरामघरमा ऊ नोकर्नी भएर बस्न थालेपछि उसको हुलिया एकदमै बदलिएको थियो, ऊ सफासुग्घर भएर बस्न थालेकी थिई, स्वादिष्ट खानपिनले उसका गाला गुलाबी देखिन थालेका थिए, ऊ अगष्ट महिनामा फुल्ने फल्ने नासपातीजस्तै उज्याली देखिएकी थिई ।

साँच्चै, तिमी सधैं खाना खान्छ्यौ ? – एकपटक भाइले उसलाई सोध्यो ।
चाहेँ भने दिनमा दुई–तीनपटक पनि – दिदीले रोबका साथ जवाफ दिई ।
ख्याल राख्नु है, कतै तिम्रा दाँत नबिग्रिउन् – पेपेले सल्लाह दियो ।
तिम्रो मालिक धेरै पैसावाल छ ?, केही रोकिएर उसले सोध्यो ।
मलाई त लाग्छ ऊ राजाभन्दा पनि धनी छ ।
तिमीले अरू नै कसैलाई बुद्धु बनाउनू ! भन त उसका कतिवटा पैन्ट छन् ?
भन्न गाह्रो छ ।
दस् ?
शायद त्योभन्दा पनि बढी … ।
त्यसो हो भने तिनीहरूमध्ये एउटा मलाई ल्याइदेऊ । धेरै लामो नहोस् तर न्यानो अवश्य होस्, पेपेले भन्यो ।
किन ?
साँच्चै त्यहाँ हेर्न लायक केही थिएन, किनकि उसको शरीरमा पैन्ट भन्न लायक सायदै केही बाँकी थियो ।
अँ … ऽ तिम्रो लागि साँच्चै केही कपडाको आवश्यकता छ । तर मेरो मालिकले हामीले चोरेको भन्ठान्ने त होइन ?
यो नसोच्नू कि मानिसहरू हामीभन्दा बढी बेवकूफ छन् । जोसँग प्रशस्त छ ऊसँग अलिकति लिनु चोरी होइन, बरु हिस्सेदारी हो, पेपेले उसलाई ढाडस दियो ।

यो कुरा कवितामा ठीक छ, दिदीले आपत्ति जनाई । तर पेपेले तुरुन्त उसको शङ्का निवारण गरायो । दिदी खैरो रङ्गको एउटा राम्रो पैन्ट लिएर भान्सा कोठामा आई । पेपेको पूरा लम्बाइभन्दा पनि त्यो अझ् लामो थियो, तर पेपेले यस कठिनाइबाट कसरी पार पाउने भनेर तुरुन्त निर्णय गर्‍यो ।

खै ! मलाई कैंची देऊ त, उसले भन्यो ।
दुवै मिलेर केही समयमा नै अमेरिकीको त्यो पैन्टलाई केटाको लागि योग्य पोसाकमा परिवर्तन गरे । उनीहरूको प्रयासको परिणाम एउटा बोराजस्तो बन्यो जुन पेपेको लागि असुविधाजनक थिएन । गर्दनमा बाँधेको धागोको दुई टुक्राको सहायताले त्यो उसको काँधमा झ्ुन्डिएको थियो र पैन्टका खल्तीहरूले बाहुलाको काम दियो ।

पैन्टमालिककी पत्नीले यदि उनीहरूको प्रयासमा दखल नदिएकी भए सायद योभन्दा अझ् राम्रो, आरामदायक पोसाक बन्ने थियो होला । तर त्यो आइमाई भान्साकोठामा पसी र थुपैै भाषामा अत्यन्त अशुद्ध उच्चारणमा गालीका पर्राहरू त्यसरी फुटाउन थाली जसरी अमेरिकीले प्रायजसो फुटाउने गथ्र्यो ।

उसको वाकपटुताको यो धाराप्रवाहलाई रोक्ने पेपेका सबै उपायहरू असफल भए । उसले नाक खुम्च्यायो । आफ्नो छातीमा हात राख्दै शिर समातेर जोडले सुस्केरा तान्यो । उसको रिसका पारो अलिकति पनि तल ओर्लेन । अन्तमा उसको लोग्ने त्यहाँ आइपुग्यो ।
के भयो ? उसले सोध्यो ।

जवाफमा पेपेले भन्न थाल्यो – सिन्योर, तपाईंकी सिन्योराले किन त्यसरी हलचल मच्चाउनुभएको, म छक्क परेको छु । साँच्चै भन्ने हो भने तपाईंको लागि मैले यहाँ केही अपमानित हुनुपर्‍यो । जहाँसम्म मेरो सोचाइ छ, उहाँको विचारमा हामीले पैन्टको सर्वनास गरेका छौैं तर म दृढताका साथ भन्छु – यो मेरो लागि एकदमै ठीक छ । सिन्योरालाई लाग्दो हो हामीले तपाईंको अन्तिम पैन्ट लियौं र अब तपाईंलाई अर्को किन्न गाह्रो छ …. ।
पेपेको भाषण शान्तिपूर्वक सुनेपछि अमेरिकीले भन्यो – मेरो विचारमा अब पुलिसलाई बोलाउनुपर्छ, बुझ्स् िकेटा ?
साँच्चै ?, तर केका लागि ?पेपेले आश्चर्यका साथ सोध्यो ।
तँलाई जेल हाल्न … ।

पेपेलाई गहिरो चोट लाग्यो । साँच्चै भन्ने हो भने ऊ रुनै आँटेको थियो तर आँसु भित्रभित्रै सुकाउँदै बडो ठाँटका साथ बोल्यो : सिन्योर, यदि मानिसहरूलाई जेल पठाएर तपाईंलाई मजा आउँछ भने कुरा अर्कै हो । मसँग थुप्रै पैन्ट हुन्थे र तपाईंको एउटा पनि हुँदैन थियो भने मैले कहिल्यै यस्तो गर्ने थिइनँ । मैले तपाईंलाई दुई वा सायद तीनवटा पैन्टहरू पनि दिने थिएँ । यद्यपि एकसाथ तीनवटा पैन्ट लाउन सम्भव छैन, विशेष गरेर गर्मीको मौसममा ।

अमेरिकी जोडले हाँस्यो किनकि धनी मानिसहरू पनि कहिलेकाहीँ प्रसन्नचित्त हुन्छन् । उसले पेपेलाई केही चकलेट दियो र एक फ्रैंकको सिक्का पनि । पेपेले सिक्कालाई दाँतले च्यापेर चाख्यो र दातालाई धन्यवाद दिँदै भन्यो – धन्यवाद, सिन्योर ! म मान्छु सिक्का असली हो ।

तर पेपेको सर्वोत्तम झँकी त्यसबेला देखिन्छ जब ऊ एक्लै चट्टानहरूबीच उभिएर ध्यानपूर्वक तिनीहरूको चर्काइको परीक्षण गर्न थाल्छ, मानौं ऊ चट्टानको जीवनको अन्धकारमय इतिहास पढिरहेको छ । यस्तो अवस्थामा उसका सजीव आँखा विस्फारित तथा झ्ल्लिीदार हुन्छन्, उसका पातला हातहरू पिठ्यूँतर्फ बाँधिएका हुन्छन् र अलिकति झ्ुकेर उसको शिर बायुलहरीमा हल्लिने फूलझ्ैं नाचिरहेका हुन्छन् । ऊ सुस्तसुस्त केही न केही गुनगुनाइरहेको हुन्छ किनकि सङ्गीत उसको प्राण हो ।

फूलहरूलाई, पर्खालमा उम्रिएका पुष्पगुच्छाहरूलाई नियाल्दै गरेको पेपेको अनुहार आकर्षक देखिन्थ्यो । भ्वाइलिनको तारजस्तै तन्किएर ऊ उभिरहेको हुन्थ्यो, मानौं समुद्री हावाको झेँकाबाट उत्पन्न मृदु कम्पनलाई ध्यानपूर्वक सुनिरहेको छ ।

ऊ एकाग्र भएर गाइरहेको हुन्थ्यो –
फिउनीरोनो …. फिउनोरीनो …. (प्राचीन सिक्का)

अनि टाढा कतैबाट समुद्रको दबेको आह सुनिन्थ्यो । फूलहरूमा पुतलीहरू नाचिरहेका छन् । पेपे शिर उठाएर तिनीहरूको नाच निहार्न थाल्छ । सूर्यको प्रकाशमा उसका आँखा चम्किन्छन्, उसका ओठहरू चलमलाउँछन् र त्यहाँ मुस्कानका रेखाहरू दौडिन्छन् । यो मुस्कानमा ईष्र्या र दु:खको छटा छ तर पनि त्यो धर्तीको कुनै एक महान् जीवनको उदार मुस्कान हो । स … ऽ ! हरियो छेपारोलाई तर्साउन ताली बजाएर ऊ चिच्याउँछ ।

अनि जब समुद्र शिशाजस्तै शान्त हुन्छ र चट्टानहरूमा बाढीको सेतो लेसादार फिँजको कुनै चिह्न बाँकी रहँदैन तब पेपे एउटा शिलाखण्डमा बसेर आफ्ना चम्किला आँखाहरूले त्यो पारदर्शक पानीमा एकाग्र भएर हेर्न थाल्छ । राता समुद्री लताहरूबीच माछाहरू सुस्तसुस्त पौडिरहेका हुन्छन् । निस्तब्धतामा त्यो केटोको स्पष्ट चिन्तापूर्ण आवाज नीलो पानीमाथि सुस्तरी लहरिँदै उठिरहेको छ :

सागर ! ए सागर …
बूढापाकाहरू पेपेलाई देखेर भन्ने गर्छन् – यो त अराजकतावादी बन्छ होला ।
र चाँदीमा ढालिएको प्राचीन रोमन सिक्काहरूमा कुँदिएको जस्तो अनुहार बोकेको एउटा बूढो पास्कवालिनो जो एक बुद्धिमान् तथा आदरणीय व्यक्ति हो, आफ्नो मत प्रकट गर्दछ –

हाम्रा नानीहरू हामीभन्दा धेरै असल हुनेछन् र उनीहरूको जीवन पनि अझ् राम्रो हुनेछ ।
कति मानिसहरू उसलाई विश्वास गर्छन् ।
(अनु. : डा. जड्डब चौहान)

जनमत साहित्य मासिकमा प्रकाशित


Tags: पेपे
अघिल्लो पोष्ट

गंकी धुस्वाँ -बसुन्धरा पुरस्कार

पछिल्लो पोस्ट

छड्के तिलहरी

म्याक्सिम गोर्की

म्याक्सिम गोर्की

चर्चित उपन्यास ‘आमा’का लेखक म्याक्सिम गोर्की विश्वप्रसिद्ध साहित्यकार हुन्। उनको जन्म सन् १८६८ मा रूसको निझनीनभ्गरोदमा भएको थियो। गोर्की चार वर्षको हुँदा यिनका पिता माक्सिम बेस्कोभको निधन भयो। उनी सात वर्षको हुँदा यिनका आमा भार्भारा पेस्कोभ पनि बितिन्। गोर्कीको बाल्यककाल निकै गरिबी र दुःखमा बित्यो। हजुरबाले लुगा रंग्याउने पेसा गर्थे। त्यो नचलेपछि खान लाउनको पनि समस्या प¥यो। विरक्तिएका गोर्की आठ वर्षको उमेरमै कामको खोजीमा घरबाट हिँडे। यिनले जुत्ता सिउने काम पनि गरे। अभिभावक नभएपछि गोर्की फिरन्ते जीवन बिताउन बाध्य भए। उनी धेरै ठाउँमा मानिसहरूको घरेलु बाल कामदार पनि बने। घरायसी काम भुइँ पुछ्ने, लुगा धुनेदेखि भाँडासम्म माझे। उनले स्कुलको मुखसम्म देखे। तर गरिबीको कारण नियमित स्कुल जान पाएनन्। गोर्कीमा अध्ययनको भोक तीव्र थियो। लेखपढ गर्न सक्ने भएपछि प्रसिद्ध लेखकहरूका पुस्तक अध्ययन गर्ने रुचि पलायो। स्वअध्यनपछि यिनी सानै उमेरमा परिपक्व भए। घुम्दै फिर्दै समाज बदल्न चाहने अगुवाहरूसँग यिनको संगत बढ्यो। लेखनसँगै जार शासनबाट मुक्ति चाहने राजनीतिक पार्टीमा समेत यिनी सामेल भए। गोर्कीले लेखक कोरालेङकोबाट प्रेरणा पाएका थिए। गरिब परिवारमा जन्मिएका गोर्कीले आफ्नो जीवनका यथार्थ समेटेर धेरै कथा, उपन्यास लेखे। महान् समाजवादी लेखक म्याक्सिम गोर्कीले आफ्नो जीवनमा धेरै पुस्तहरू प्रकाशित गरेका छन्। १९०८ मा प्रकाशित ‘आमा’ उपन्यास गोर्कीको सबैभन्दा महत्त्वपूर्ण कृति हो। यो उपन्यास ५० भन्दा बढी भाषामा अनुवाद भएर प्रकाशित छ। यसको करोडौं प्रति बिक्री भएको छ। गोर्कीका अन्य उपन्यासमा तीन मान्छेहरू (१९०१), अर्फान पाउल (१८९४), फोमा गर्डियभ (१८९९), थ्री अफ देम (१९००), स्वीकारोक्ति (१९०८), आस्रामोनोभिख व्यवसाय (१९२५) हुन्। त्यस्तै, द लाईफ अफ अ युजलेस म्यानरद स्पाई (१९०७), अ कन्फेसन (१९०८), ओकुरोभ सिटी (१९०८), द लाइफ अफ मात्भी कोजेम्याकिन (१९१०), द आर्टामोनोभ बिजनेस (१९२५) आदि उपन्यास हुन्। गोर्कीका आरामप्रिय नागरिकहरू (१९०२), निकृष्ट खाल्डो (१९०२), ग्रीष्मकालीन जनता (१९१५) आदि नाटक लेखे। उनका प्रसिद्ध कथाहरूमा नुनिलो सिमसारमा (१८९३), बाजेको गीत (१८९५), आँधीमय पेत्रेल चराको गीत (१९०१) हो। उनले मेरो बाल्यकाल (१९१३), मेरा विश्वविद्यालयहरू आदि आत्मकथा लेखेर विश्वसाहित्यलाई समृद्ध बनाएका छन्। । केही कमाइ भएपछि प्रकाशन संस्था पनि खोले। दुःखी गरिबका कथा लेख्न रुचाउने लेखक गोर्की आफ्ना रचनाका कारण अहिलेसम्म पनि जीवित छन्।

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पछिल्लो पोष्ट
छड्के तिलहरी

छड्के तिलहरी

बूँद रानाका कवितामा संस्कृति

बूँद रानाका कवितामा संस्कृति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

डा. अशोक थापाको ‘सन्तापको धुन’ 

डा. अशोक थापाको ‘सन्तापको धुन’ 

४ जेष्ठ २०७९, बुधबार
युगका प्रतिनिधि साहित्यकार विजय मल्ल

युगका प्रतिनिधि साहित्यकार विजय मल्ल

४ जेष्ठ २०७९, बुधबार
इङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

इङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

४ जेष्ठ २०७८, मंगलवार
क्षेत्रप्रताप अधिकारीको सम्झँनामा  कविता ‘रियालिटी शो’ आउँदै

क्षेत्रप्रताप अधिकारीको सम्झँनामा कविता ‘रियालिटी शो’ आउँदै

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक