पेपे
पेपे दस वर्षको छ । दुब्लोपातलो, निरीह तर छेपारोजस्तो चञ्चल । रङ्गविरङ्गी टालाहरू उसको काँधमा झुण्डिएक छन्, धूप र धूलोले...
चर्चित उपन्यास ‘आमा’का लेखक म्याक्सिम गोर्की विश्वप्रसिद्ध साहित्यकार हुन्। उनको जन्म सन् १८६८ मा रूसको निझनीनभ्गरोदमा भएको थियो। गोर्की चार वर्षको हुँदा यिनका पिता माक्सिम बेस्कोभको निधन भयो। उनी सात वर्षको हुँदा यिनका आमा भार्भारा पेस्कोभ पनि बितिन्।
गोर्कीको बाल्यककाल निकै गरिबी र दुःखमा बित्यो। हजुरबाले लुगा रंग्याउने पेसा गर्थे। त्यो नचलेपछि खान लाउनको पनि समस्या प¥यो। विरक्तिएका गोर्की आठ वर्षको उमेरमै कामको खोजीमा घरबाट हिँडे। यिनले जुत्ता सिउने काम पनि गरे।
अभिभावक नभएपछि गोर्की फिरन्ते जीवन बिताउन बाध्य भए। उनी धेरै ठाउँमा मानिसहरूको घरेलु बाल कामदार पनि बने। घरायसी काम भुइँ पुछ्ने, लुगा धुनेदेखि भाँडासम्म माझे। उनले स्कुलको मुखसम्म देखे। तर गरिबीको कारण नियमित स्कुल जान पाएनन्। गोर्कीमा अध्ययनको भोक तीव्र थियो। लेखपढ गर्न सक्ने भएपछि प्रसिद्ध लेखकहरूका पुस्तक अध्ययन गर्ने रुचि पलायो। स्वअध्यनपछि यिनी सानै उमेरमा परिपक्व भए।
घुम्दै फिर्दै समाज बदल्न चाहने अगुवाहरूसँग यिनको संगत बढ्यो। लेखनसँगै जार शासनबाट मुक्ति चाहने राजनीतिक पार्टीमा समेत यिनी सामेल भए।
गोर्कीले लेखक कोरालेङकोबाट प्रेरणा पाएका थिए। गरिब परिवारमा जन्मिएका गोर्कीले आफ्नो जीवनका यथार्थ समेटेर धेरै कथा, उपन्यास लेखे। महान् समाजवादी लेखक म्याक्सिम गोर्कीले आफ्नो जीवनमा धेरै पुस्तहरू प्रकाशित गरेका छन्। १९०८ मा प्रकाशित ‘आमा’ उपन्यास गोर्कीको सबैभन्दा महत्त्वपूर्ण कृति हो। यो उपन्यास ५० भन्दा बढी भाषामा अनुवाद भएर प्रकाशित छ। यसको करोडौं प्रति बिक्री भएको छ।
गोर्कीका अन्य उपन्यासमा तीन मान्छेहरू (१९०१), अर्फान पाउल (१८९४), फोमा गर्डियभ (१८९९), थ्री अफ देम (१९००), स्वीकारोक्ति (१९०८), आस्रामोनोभिख व्यवसाय (१९२५) हुन्। त्यस्तै, द लाईफ अफ अ युजलेस म्यानरद स्पाई (१९०७), अ कन्फेसन (१९०८), ओकुरोभ सिटी (१९०८), द लाइफ अफ मात्भी कोजेम्याकिन (१९१०), द आर्टामोनोभ बिजनेस (१९२५) आदि उपन्यास हुन्।
गोर्कीका आरामप्रिय नागरिकहरू (१९०२), निकृष्ट खाल्डो (१९०२), ग्रीष्मकालीन जनता (१९१५) आदि नाटक लेखे। उनका प्रसिद्ध कथाहरूमा नुनिलो सिमसारमा (१८९३), बाजेको गीत (१८९५), आँधीमय पेत्रेल चराको गीत (१९०१) हो। उनले मेरो बाल्यकाल (१९१३), मेरा विश्वविद्यालयहरू आदि आत्मकथा लेखेर विश्वसाहित्यलाई समृद्ध बनाएका छन्।
। केही कमाइ भएपछि प्रकाशन संस्था पनि खोले। दुःखी गरिबका कथा लेख्न रुचाउने लेखक गोर्की आफ्ना रचनाका कारण अहिलेसम्म पनि जीवित छन्।
पेपे दस वर्षको छ । दुब्लोपातलो, निरीह तर छेपारोजस्तो चञ्चल । रङ्गविरङ्गी टालाहरू उसको काँधमा झुण्डिएक छन्, धूप र धूलोले...
एउटा कितावको भूमिका लेखिदिन मलाई अनुरोध गर्नु भएको रहेछ । म चाहि भूमिका–लेखकका रुपमा त्यति गुण भएको मान्छे होइन ।...