जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

छड्के तिलहरी

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
प्रकाशित १० जेष्ठ २०७९, मंगलवार
आख्यान, कथा भित्र
0
छड्के तिलहरी

मैना झ्सिमिसेमै उठी । आँखा मिच्दै उसले पोतारो खोजी र पिंढी पोल्न थाली । त्यसपछि हतारहतार बच्चा काखीमा च्यापेर अँगार टोक्दै पँधेरोतिर लागी । सधैं यस्तै हो उसलाई । तर सधैंभन्दा आज अझ्ै छिटो उठेकी हो । यति बेला नउठे काम भ्याइन्न । आज लामिछानेकी छोरीको बिहे । अन्माएको हेर्न जानुछ । त्यसैले सब काम हतारमै भ्याउनुछ ।

पँधेरामा पुग्दा सुन्तली पनि ऊभन्दा अघि नै पुगिसकेकी रहिछ । धमाधम खरानीले गाग्री माझदै रहिछ । गाग्री माझ्सिकेपछि उसले पखालपुखुल पारी अनि गाग्री भरुन्जेल हातखुट्टाका मयल माड्न थाली । गाग्री भरिएर पानी पोखिन थाल्यो र त्यही पोखिएको पानीले उसले हात खुट्टा धोई । अलिकति पानी गाग्रीको मुखबाट हातले फाली अनि पर्खालमाथि राखी ।

मैना ! तँ पानी भर्दै गर् म बाहिर बसेर आउँछु है !भनेर सुन्तली पँधेरोबाट झडीतिर लागी । चोरऔंलाले अँगार मञ्जन गरी अनि कुलकुल गरी । खोकलखाकल गरिसकेपछि मुख धोई अनि फरियाको फेरले पुछी । घल्चा माझ्ी अनि पखाली । घल्चा टिलिक्क टल्कियो । त्यसपछि घल्चा थापी धारामा ।

घल्चा भरिएपछि सुन्तली पनि आइपुगी । दुवै गफ गर्दै पँधेराबाट फर्कन थाले ।
लामिछानेकी छोरीले राम्रै पोई पाएकी हो हगि ! काठमाडौंमा राम्रो जागिर छ रे !सुन्तलीले भनी ।
आफ्नो–आफ्नो कर्म हो, राम्रो होस् । झयालमा राखेर पालोस् !मैनाले भनी ।

अँ, आजकालका आइमाई झयालमा बस्छन् खुब ! काठमाडौंमा त लोग्नेस्वास्नी दुवैले जागिर खान्छन् । दुवैले कमाइ गर्छन् !सुन्तलीले भनी ।
पढेकी छ । झ्न् राम्रै भो नि ! हामीले त पढ्न पाएनौं । यही ढिकी, जाँतो, पानी पँधेरो, भकारो जे भने पनि यही हो । कहिले तीज आउला र दुईचार दिन हाँसखेल गर्न माइत जान पाइएला भनी कुर्नुपर्छ !मैनाले भनी ।

राति जन्ती पर्सेको हेर्न गा’की हैनौ ? कति बेला आयौ ?सुन्तलीले कुराको प्रसङ्ग अन्त लगी ।
धेरै बेर बसिनँ । आउन लागेकी थिएँ, लामिछाने बूढीले दुइटा कसार भए’नि नटोकी जान पाइन्न भनिन् । यसो खाएजस्तो गरेँ र फर्किहालेँ । छोरालाई अलिकलि ज्वरो आएको थियो । मैनाले भनी ।

अन्माउने बेलामा सँगै जाउँला है !मैनाले भनी ।
हुन्छ, हुन्छ ! म बोलाउन आउँली । अहिले जाऊँ है !सुन्तलीले भनी र दोबाटोबाट छुट्टिई ।
मैना पानी लिएर भान्सामा पुगी । पानीको घल्चा बिसाई । अनि अँगेनामा गएर आगो फुक्न थाली । आगो झ्ट्ट बलेन । धूवाँले आँखा पीरो भयो र आँसु आयो । आँसु पुछ्दै ढुङ्ग्रोले आगो फुकी । बल्ल हुर्हुरी बल्न थाल्यो दाउरा, र कुँडो बसाली ।

घाँस त हिजै मनग्यै डोकोमा चुली पारेर ल्याएकी थिई । पुगिहाल्छ, नभए अलिकति पराल हाल्दिउँला । कहिलेकाहीँ त पराल पनि ख्वाउनुपर्छ । अलिकति दूध घट्ने त हो नि !

मैना ! ए मैना ! सानो बाबु उठ्यो ?एक्कासि सासूआमा चोटाबाट ओर्लंदै कराइन् ।
उठेको छैन आमा ! अलिकलि तातै थियो निधार म उठ्दा !मैनाले भनी ।
बुहारी ! मैले त साह्रै नराम्रो सपना देखें ! अझ्ै मुटु काम्दैछ !सासूले भनिन् ।
आ… शीतको सपना त्यस्तै हो । मैले पनि कति दिनदेखि यस्तै कच्याककुचुक सपना देखिरा’छु । बाहिर बस्दा कहन्छु, सकियो !मैनाले भनी ।
सासूआमाले लामो सास फेरिन् अनि मुख धुन लोटामा पानी सार्न थालिन् ।

त्यतिन्जेल घाम झ्लमल्ल लागिसकेको थियो । मैना हतारहतार गाई दुहुन गई । गाईले साविकको दूध दियो । अनि दूध कुँडेमा बसालेर छोरालाई उठाउन गई । छोरो आँखा मिच्दै उठ्यो अनि उठ्नेबित्तिकै मुख बिगार्दै कराउन थाल्यो – आमा ! भोक लाग्यो !
दूध बसालेको छ, एकछिन पख् । बरु छिट्टै मुख धो !मैनाले भनी ।
भोटो र कट्टु लगाएको चार वर्षे छोरो टुकुटुकु हिँडेर आँगनको डिलमा हजुरआमासँग मुख धुन पानी माग्न पुग्यो ।
ल–ल, मै धोइदिन्छु मेरो नातिको मुख ! ल यता आ !बूढीले भनिन् र नातिको मुख धोइदिइन् !

अलिअलि ज्वरो आ’को रैछ नातिलाई !बूढीले तोतेबोली निकालेर भनिन् र नातिको मुख पुछिदिइन् आफ्नो फरियाको फेरले । त्यसपछि नाति चुल्होमा गएर दूध उम्लने प्रतीक्षा गर्न थाल्यो ।

दूध उम्लिएपछि एक कचौरा दूध र एक मुठ्ठी चिउरा दिई मैनाले छोरालाई । अनि छोरो सुरूप सुरूप गर्दै दूध पिउन र चिउरा चपाउन थाल्यो ।
एई मैना ! दुलही अन्माएको हेर्न जाने होइन ?साइँली आँगनमा आएर चिच्याएको सुनेपछि मैनाले झयालबाट हेरी ।
मेरो त घरधन्दा सकिएकै छैन । तँ जाँदै गर् । म पछि आउँछु !मैनाले भनी ।
आमा ! तपाई पनि जाने होइन दुलही अन्माएको हेर्न ?मैनाले सोधी ।

हेर बाबै ! तेरो पो उमेर छ र रमाइलो लाग्छ । तँै जा । छोरालाई पनि लिएर जा । मचाहिँ पिँढीमा पल्टिरहन्छु । बरु अन्माइसक्नेबित्तिकै आउनू ! बूढीले भनिन् ।

सासूआमाले त्यति भनेपछि मैना चोटामा उक्लिएर ट्याङ्का खोल्न पुगी । उसले आज सपनामा बिहाको बेलाको रातो सारी लाएर ठाँटिदै पाखा हल्लाउने गरी जुहारी खेलेको देखेकी थिई । उसलाई त्यही लुगा लगाउन मन लाग्यो । अलिअलि खुज्मुजिएको थियो – फरिया, चोलो, पेटिकोट सबै । तानतुन पारेर त्यही लगाई । कपाल कोरीबाटी गरी । अनि विस्तारै ट्याङ्काको एक कुनामा पोको पारेर राखेको छड्के तिलहरी निकाली ।

हातमा तिलहरी लिनेबित्तिकै मैनालाई आफ्नो श्रीमान्को झ्झ्ल्को आयो । कुन पहाडको कुन कुनामा ड्युटीमा होला । के गर्दै होला । उसिना चामलको भातदेखि वाक्कै लागिसक्यो भन्थ्यो ।

मैनाले बिहेमा छड्के तिलहरी लाउन पाएकी थिइन् । त्यसैले ऊ बेलामौकामा यसको गुनासो गर्थी ।

एकपल्ट छुट्टीमा आएको बेला उसले मोटो झ्ुत्ता पोते उसलाई दिएको थियो । मैना मरिमरि हाँसेकी थिई । मैना हाँसेकी देखेर ऊ अरकच्चै परेको थियो ।

किन हाँसेकी ?उसले सोधेको थियो ।
अहिले त म मात्रै हाँसें । त्यो पोते मात्रै लाएर हिँडेँ भने सारा गाउँले हाँस्छन् । ठूलो तिलहरी नहाली यो पोते त लाइँदैन नि !मैनाले भनेकी थिई ।

अच्छा ! कुरा त्यसो पो ! … फेरि सरुवा भएको छ मेरो । अब त नयाँ ठाउँमा तलब पनि बढी पाइन्छ, भत्ता पाइन्छ । म पैसा पठाउँला, तँ आफै गएर किन्नु नि बाँडाकहाँ गएर !लोग्नेले भनेको थियो ।
फेरि सरुवा ?मैनाले सोधेकी थिई ।
जहाँ भए’नि कामै गर्नुपर्ने हो । जहाँ गए पनि घरभन्दा टाढा हो – के फरक पर्छ र ! उसले भनेको थियो ।

त्यो त हो !उसले यति भनेकी थिई । साँच्चै तीन महिनापछि गाउँकै घलेदाइ छुट्टीमा आएका थिए र ल्याइदिएका थिए एघार हजार रुपियाँ । अनि उसले त्यो रुपियाँ सासुूआमाको हातमा राखिदिएकी थिई ।

मलाई किन दिएकी बुहारी यो रुपियाँ ! सबैथोक पुगेको छ । ऋण छैन । तिरोतारो छैन । तँलाई तिलहरी किन्ने कुरा थियो हैन ….. त्यही किने भएन र ! सासूआमाले भनेकी दिइन् ।

साँच्चै असल सासू पाएकी हो मैनाले । सबैका सासू कहाँ यस्ता हुन्छन् ! कस्तो बुहार्तन खप्नुपर्छ !
किनौं त तिलहरी ?उसले फेरि सोधेकी थिई !
तेरो उमेर छ । लाउँलाउँ, खाउँखाउँको बेला छ । अहिले नलाए कहिले लाउने ? अब मैले यो उमेरमा रहर गरेर हुन्छ ? … किन् बा किन् ! रहर पुर्‍याउनुपर्छ । सासूले भनेकी थिइन् ।

अनि छड्के तिलहरी बनाएकी थिई उसले सवा तोलाको । हरियो पोतेमा पहेँलो तिलहरी झ्लल देखिएको थियो । तर त्यो ट्याङ्कामा राख्नुसिवाय अरू केही गर्न पाएकी थिइन् । तीज आएको थिएन । कुनै बिहे बर्तमान थिएन । कहाँ जाँदा लाउने ? त्यत्तिकै थियो । लामिछानेकी छोरीको बिहाले गर्दा लगाउन पाइयो !

मैना यस्तै मनमनै कुरा खेलाउँदै थिई – यत्तिकैमा छोरो पनि फरियाको फेर समातेर झ्ुन्डिन आइपुग्यो । उसले छोरालाई उचाली र गालामा च्वाप्प म्वाइँ खाई ।
नाक त ठ्याक्कै बाउको जस्तो छ । मैनाले छोराको नाक समाती । उसलाई आफ्नै पोइको नाकको झ्झ्ल्को आयो ।
मैनाले छोरालाई पनि नयाँ लुगा र च्वाई–च्वाई आवाज आउने जुत्ता लगाउन दिई । लुगा र जुत्ता लगाइसकेपछि छोरो भर्‍याङ ओर्लेर आँगनमा यताउति चहलपहल गर्न लाग्यो ।

क्रिम, पाउडर, गाजल, लिपिस्टिक लाएर अग्लो सुर भएको जुत्तासहित मैना पनि तयार भएर ढोकाबाट बाहिर निस्किई । सासूआमा पिँढीमै गुन्द्रीमा पल्टिरहेकी थिइन् ।
म गएँ त है आमा !मैनाले सासूआमालाई भनी ।
हजुरआमा पनि जाने हैन ?छोराले सासूलाई कोट्याउन पुग्यो ।
तिमीहरू जाउ बा ! म घर कुरिरहन्छु । सासूले भनिन् ।

त्यत्तिकैमा सुन्तली पनि आइपुगी । छोरा मैना र सुन्तलीको औँला समातेर कहिले हिँड्दै कहिले झ्ुन्डिदै गर्न लाग्यो ।
लामिछानेको घर जन्ती र दुलहीतिरका आफन्तहरू, गाउँलेहरूले भरिभराउ थियो । दुलही अन्माउने बेला भइसकेको थिएन । लामिछानेकी छोरी प्रमिला दुलहीको सिँगारपटारले झ्लमल्ल बलेको बत्तीझ्ैं उज्याली थिई । मैना र सुन्तली पुगेपछि उसले दुवैको हात समातेर माया नमार है भनेर तुरुक्क आँसु खसाली ।

मैना र सुन्तलीका आँखा पनि रसाए ।
प्रमिलालाई अन्माएपछि यो घर कति च्याँउच्याउँतो हुने होला । सारा आ–आफ्ना घर जान्छन् । शून्य–शून्य हुनेछ यो घर ! बाबुआमा पनि रुनेछन् । आँखा राताराता पार्नेछन् । मैना यस्तै केही सोच्न थाली । उसको बिहामा पनि त उसका बा, आमा, भाइ, बहिनी सबै रोएका थिए । बिछोडमा रूनुपर्ने, आँसु आउने यौटा चलन ।
मैना ! तँलाई यो छड्के तिलहरी कस्तो सुहाएको ?लामिछान्नी बूढीले भनिन् । मैनाले हाँसेर टारी । केही भनिन ।

लौ, लौ, बाजा बजाउनुपर्‍यो । छिट्टै दुलही अन्माउन तताउनुपर्‍यो ।जन्तीतिरकाले कराउन थाले र बाजा घन्काउन थाल्यो ।
साँझ नपरी कहाँ अन्माउने !दुलहीतिरका कसैले भन्यो ।
साँझ्मा त दुलही भिœयाउनुपर्छ । त्यत्रो लामो बाटो छ ।जन्तीतिरकै अर्को कसैले भन्यो ।
विस्तार–विस्तार बाजाको धुनसँगै दुलहीघरमा रौनकता छायो । बाजाको स्वरले गर्दा मान्छेहरूले चिच्याइचिच्याई कुरा गर्नुपर्ने भयो ।
यत्तिकैमा त्यहीँ एउटा बर्दीवाला प्रहरी देखापर्‍यो । गाउँकै चौकीको प्रहरी । उसले सुन्तलीलाई भन्यो – सुन्तली ! मैनालाई लिएर तुरुन्त घर हिंडा त !

किन ? के भयो ?सुन्तलीले सोधी ।
खुरुक्क भनेको मान् न !पुलिसले भन्यो ।
सुन्तलीले मैनालाई खोजी र भनी – मैना ! छिट्टै घर जानुपर्‍यो ! ल हिंड !
किन ?मैनाले सोधी ।
हिंड् न छिटो ! जरुरी छ रे क्या !सुन्तलीले भनी ।

केही कुरा नबुझ्ेर मुटु ढक्कढक्क पार्दै छोरालाई समातेर सुन्तलीको साथ लागेर मैना घरतिर हिंडी । बाटोमा क्यै बोलिन सुन्तली । मैना पनि चुप थिई र छोरा पनि चुप थियो । के, किन, कसो, केही सोचविचार गर्न सकिरहेकी थिइन् मैनाले ।

आँगनछेउ पुग्दा मैनाले पुलिसको भ्यान देखी । भ्यानबाहिर पुलिसहरू, इन्स्पेक्टर निन्याउरो मुख लाएर उभिएका थिए ।
मैना आँगनमा ठिङ्ग उभिई ।
इन्स्पेक्टरले मैनाछेउ आएर भन्यो – बहिनी ! सृष्टिको लीला यस्तै हो ! तपाईका श्रीमान्ले रुकुमकोटमा वीरगति प्राप्त गर्नुभयो !
मैना पत्थर भई ।
के भो बाबु ! …. कसलाई खोज्न आउनुभएको ?सासूआमा पनि मैनाछेउ उभिन आइपुगिन् !
आमा ! तपाईका छोरा सहिद हुनुभयो !प्रहरी इन्स्पेक्टरले भन्यो ।
आमा एकातिर लडिन् । मैना पनि आँधीले लडाएको रुखझ्ैं अर्कोतिर ढली । सुन्तली पनि डाँको छोडेर रुन थाली । लामिछानेको घरबाट आएको बाजाको धूनलाई मैनाको आँगनमा क्रमश: बढ्दै गएको छिमेकीहरूको रुवाइले विस्मृत र मधुरो–मलिनो पार्दै गयो ।

असइले भन्यो – आमा र श्रीमतीलाई अन्तिम दर्शन गर्न त दिनुपर्‍यो नि हैन सा’प !
त्यो त हो !इन्स्पेक्टरले गम्भीर भएर भन्यो ।

तपाईहरूले पनि सम्झइबुझइ गर्नुपर्‍यो ! इन्स्पेक्टरले गाउँलेहरूलाई भन्यो ।
प्रहरी भ्यानबाट लास निकालियो । अनुहार कालो भएको थिायो । ओठ पनि कालो/नीलो थियो । बन्द आँखा, नाकमा कपास कोचिएको थियो । गालामा धारिलो हतियारले काटेको डोब देखिन्थ्यो । घाँटी क्षतविक्षत भएको देखिन्थ्यो । त्यसमुनिको भाग सेतो कपडाले छोपिएको थियो । मैना र सासूआमालाई मुस्किलले एकपल्ट अनुहार हेराइयो । दुवैलाई सम्हाल्न कठिन थियो । दुवै लासमाथि घोप्टिन चाहन्थे । अँगालो हाल्न चाहन्थे । सुम्सुम्याउन चाहन्थे ।

अब ढिलो नगरौं !इन्स्पेक्टरले भन्यो । गाउँका मानिसहरू, छिमेकहरू मलामीका लागि तयार भए ।
प्रहरीले शोकधुन बजाउन सुरु गरे । चार जना प्रहरीले लास उठाए । अनि लास घाटतर्फ लगियो । शोकधूनसँगै सारा मलामीका आँखाबाट बरबर आँसु झ्रिरहेका थिए । घाटमा पुगेपछि अन्तिम संस्कारका लागि जोरजाम सुरु भयो । दाउराको चाङ लाग्यो । त्यसमाथि लास राखियो । सबैले फूल र माला चढाए आँसु झर्दै ।

त्यहाँ कुरो उठ्यो – दागबत्ती कसले दिने ?
प्रहरी जवान मीनबहादुर क्षेत्रीका आमा, छोरा र श्रीमतीबाहेक केही थिएनन् ।
नाबालक छ छोरो !कसैले भन्यो ।

अरू कोही नभए त उसैलाई ल्याउनुपर्छ ! इन्स्पेक्टरले भन्यो ।
घरमा गएर छोरालाई ल्याइयो । प्रहरी ब्यान्डले अन्तिम शोक–सलामी अर्पण गर्‍यो र चार वर्षे बालकले दागबत्ती दियो । त्यसपछि हेर्दाहेर्दै एउटा जिन्दगी खरानी र धूवाँमा परिणत भयो ।

मैनालाई सपना हो कि विपना हो कि, के हो छुट्याउन कठिन भइरहेको थियो । एउटा सपनाको अन्त्य भएको थियो । अकल्पनीय घटना भएको थियो ।

बूढी पनि छोराको मृत्युको यथार्थलाई सामना गर्न सकिरहेकी थिइनन् – कसले मार्‍यो मेरो छोरोलाई ! उसले के बिगार गरेको थियो ?

अघि भर्खरसम्म छड्के तिलहरी र बिहाको रातो कपडामा लपेटिएकी मैना अहिले सेतो खद्दरको कपडामा बेरिन पुगिकी थिई । सबथोक समाप्त भएको झ्ैं भएको थियो ।

त्यो चारवर्षे अबोध छोरो भने यी सबबाट बेखबर निर्बन्ध खेलिरहेको थियो । उसलाई मृत्युका विषयमा केही थाहा थिएन, न त उसले दागबत्तीको अर्थ नै बुझ्ेको थियो ।

अचानक त्यो बालक मैनाको काखमा बस्न आइपुग्यो र भन्यो – हाम्लो बाले लुकुमकोतबात धैलै पापा ल्याउनुहुन्थ हगि !

त्यसपछि एक्कासि मैना र सासूआमा डाँको छोडेर रुन थाले । छड्के तिलहरी किलामा त्यत्तिकै झ्ुन्डिरहेको थियो – मूल्यहीनझ्ैं भएर !


Tags: गोविन्द गिरी “प्रेरणा”छड्के तिलहरी
अघिल्लो पोष्ट

पेपे

पछिल्लो पोस्ट

बूँद रानाका कवितामा संस्कृति

गोविन्द गिरी प्रेरणा

गोविन्द गिरी प्रेरणा

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
बूँद रानाका कवितामा संस्कृति

बूँद रानाका कवितामा संस्कृति

कस्तो मज्जा

कस्तो मज्जा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

घोडा

घोडा

५ जेष्ठ २०८०, शुक्रबार
कालीप्रसाद रिजाल र उषा शेरचनलाई वानीरा पुरस्कार

कालीप्रसाद रिजाल र उषा शेरचनलाई वानीरा पुरस्कार

५ जेष्ठ २०७९, बिहीबार
प्राचीन १५ लिपिको एउटै तालिका

प्राचीन १५ लिपिको एउटै तालिका

५ जेष्ठ २०७९, बिहीबार
लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

४ पुष २०८१, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक