नबोलाउ मलाई त्यो तिम्रो सहरमा
जहाँ लुटिन्छन नारी हरेक प्रहरमा
लुट्नेको सिर निहुरिन्न कहिल्यै
लुटीने नै गिर्छन सबको नजरमा
जहाँ लुटिन्छन नारी हरेक प्रहरमा
दिनको रामनै रातको रावण
हराउछे सीता अयोध्या नगरमा
जहाँ लुटिन्छन नारी हरेक प्रहरमा
साटिन्छ अस्मिता रात्री प्याला भरी
बेचिन्छे द्रौपदी कृष्णकै घरमा
जहाँ लुटिन्छन नारी हरेक प्रहरमा
नबोलाउ मलाई त्यो तिम्रो सहरमा
जहाँ लुटिन्छन नारी हरेक प्रहरमा