जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

साहित्यिक ‘नासो’ गुरुप्रसाद मैनाली

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १९ चैत्र २०७८, शनिबार
स्मृतिमा स्रस्टा भित्र
0
साहित्यिक ‘नासो’ गुरुप्रसाद मैनाली

आधुनिक नेपाली कथाका फाँटमा सामाजिक यथार्थवादका प्रथम प्रयोक्ता भन्दा अस्वाभाविक नहुने कथाकार गुरुप्रसाद मैनालीले थोरै करीब ११ वटा कथाहरुमात्र लेखेर पनि आफ्नो ठाउँ र नाउँ छोडेर जान सफल छन् । वि.सं. १९५७ भाद्र १३ गते धनकुटामा जन्मेका मैनालीको पुख्र्यौली घर कानपुर, काभ्रेमा भएको र पछि पश्चिम १ नम्बर नुवाकोट कविलास रिठ्ठेचौरमा बसोबास गरेको देखिन्छ । मध्यमवर्गीय परिवारमा जन्मिएका उनका पिता पनि जागीरमा नै आश्रित व्यक्ति भएको कारणले पछि उनी निजामती सेवा र न्यायसेवामा निकै समयसम्म जागीर भई सेवा पु¥याई लेफ्टिनेन्टसम्म भई सेवा गरेको देखिन्छ । सधै सबै बेलाजसो जागीरे जीवनमा व्यस्त रहेर पनि गुरुप्रसाद मैनालीले ग्रामीण जनजीवनको मार्मिक यथार्थ र जीवनका व्यथाहरु कथामा सफलतापूर्वक उतार्न सफल भएका छन् । वि.सं. १९८६ देखि नै कथा लेख्न सुरु गरेका कथाकार मैनालीले नेपाली कथाको परम्परामा नौलो आयाम थपेका छन् ।

११ वटा कथाहरु लेखेका बाहेक केही कविता, दुइटा निबन्ध र कथाकै सम्बन्धमा एउटा प्रबन्धमात्र लेखेका कथाकार मैनालीले कथाको परिभाषामा आफ्नो अनुभूति यसरी पोखेका छन् –“कुनै एउटा पात्रका जीवनको संकटमय घटनालाई कलापूर्ण रीतिले लेख्नु नै कथा रचना हो ।” उनको भनाइमा उनले कथा लेख्नुभन्दा पहिलो कथानक र घटनाको कल्पना गर्छन् र साथै घटना सोच्दा आदर्शवादबाट प्रभावित भएर सोच्ने गर्छन् । साहित्यको मुख्य उद्देश्य समाज र देशमा सुधार गर्नु नै हो भन्ने मान्यताकै आधारमा साहित्य सिर्जनामा परिवर्तनको कल्पना गर्न समर्थ छन् तर प्रगतिवादीहरुले झैं पात्रहरुलाई क्रान्तिकारी र परिवर्तनकामी बनाएको देखिँदैन । सुधारवादी–चेत नै उनको मान्यता भएको कारणले उनका पात्रहरु सुधारवादी र आदर्शमुखी मान्यताबाट नै विशेष प्रभावित छन् ।

प्रथम आधुनिक कथाकारकै रुपमा स्थापित भएका गुरुप्रसाद मैनालीले सामाजिक परम्परा र परिवेशलाई विषयवस्तु बनाई गाउँलेहरुकै बोलीचालीको भाषामा कथा लेखेको पाइए तापनि उनले लेखेका कथाहरु तत्कालीन स्थितिका लागि अति सुन्दर कथाहरु भइदिएका छन् । सबैभन्दा पहिले शारदा साहित्यिक पत्रिकामा वि.सं. १९९२ मा नासो कथा लेखेर देखापरेका मैनालीको ‘नासो’ कथासङ्ग्रह वि.सं. २०२० मा मात्र डा. तारानाथ शर्माको सम्पादनमा प्रकाशित भएको कृति हो । सरल भाषामा सामान्य विषयवस्तुको चित्रण गरी कथा लेख्न सिद्धहस्त कथाकार मैनालीले आफ्ना कथाहरुमा सत्यको जीत असत्यको हार हुन्छ भन्ने भावनालाई रोचक ढङ्गले वर्णन गरी कथालाई जीवन्त बनाउन सफल छन् ।

राणाकालीन अवस्थामा त्यो पनि जागीरे भएर सामाजिक सुधारका लागि केही चिन्तनहरु कथाका माध्यमबाट सम्प्रेषण गर्न सक्नु लरतरो काम चाहिँ पटक्कै होइन भन्नुपर्छ । समाजमा राम्रो कामको व्याख्या गर्नुमात्र पनि नराम्रो हुने स्थितिमा समाज र परिवेशमा राम्रो धारणाको प्रचार कथाहरुमार्फत् गुरुप्रसाद मैनालीले व्यक्त गरेका छन्, जुन सह्राहनीय कार्य हो भन्नुपर्छ । गुरुप्रसाद मैनालीले भोगेको परिवेश र तत्कालीन अवस्थाको ख्याल गरेर कृतिको मूल्याङ्कन गरिँदा भन्न सकिन्छ – मैनालीका कथाहरुमा व्यक्त भएका विचार र दृष्टि कमजोर छैनन् ।

पछि १९९४–१९९५ तिर लेफ्टिनेन्ट (अमिनी कचहरीको हाकिम) समेत भई सेवा पु¥याएका गुरुप्रसाद मैनालीले जीवनका धेरै क्षणहरु जागिरे भएर बिताएको देखिन्छ । तर पनि उनको चेतनाले उनलाई कथा लेख्न कुत्कुत्याइदियो । थोरैमात्र समय बचाउन सक्ने उनको त्यसताकाको बाध्यतामा पनि आफूलाई सबल बनाउने खालका कथाहरु लेखेर आफ्नो जाँगर देखाएका छन् । यही नै उनको विशेषता हुन गएको छ । कथामा प्रौढ बान्की र शैलीमात्र होइन भाषामा मृदुलता र सरलता व्याप्त भएका उनका कथाहरु पढेर अहिले पनि तत्कालीन स्थितिको परिवेश नियाल्न सजिलो पर्छ ।

भारतका प्रसिद्ध कथाकार प्रेमचन्दबाट विशेष प्रभावित रहेका मैनालीले बंकिमचन्द्र चट्टोपाध्याय, रविन्द्रनाथ ठाकुर, शरतचन्द्र चट्टोपाध्यायका लेख रचनाहरु पनि मन लगाएर पढ्ने गर्थे भन्ने कुरा उनले कतै उल्लेख गरेको पाइन्छ । आदर्शोन्मुख यथार्थवादी कथाकारकै रुपमा सुपरिचित गुरुप्रसाद मैनालीले आधुनिक कथा लेखनका सम्बन्धमा आफ्नो परिभाषा यसरी व्यक्त गरेका छन् –“कालले गर्दा हाम्रो जीवन सारै सङ्घर्षमय भएको छ । त्यसो हुनाले अघि अघिका मानिसहरुझंै कथा काव्यका ठूला ठूला ठेली अगाडि राखेर दिनभरि आनन्दमा डुबुल्की मारिरहने समय हामी पाउँदैनौं । अब त हामीलाई थोरै समयमा धेरै मनोरञ्जन हुने वस्तु चाहिएको छ । जुन कुरा पढ्नाले मनलाई तृप्ति र फेरि त्यसमा केही रोचकता, नवीनता, केही आदर्श र केही तत्व पनि होस्, हामी त्यही कुरा खोज्दछौं । ती कुराहरु आजकालको कथा साहित्यमा पाइन्छन् ।” वि.सं. १९९७ मा नै गुरुप्रसाद मैनालीले आधुनिक कथाले संरचना गर्ने दृष्टि र धारणाका रुपमा विचार प्रस्तुत गर्नुका साथै केही लेखमा कथा लेख्दा ध्यान दिनुपर्ने विचार यसरी उल्लेख गरेका छन् –“(१) एउटा रीति कस्तो भने सबै कथानक घटनालाई एउटै पात्रले सुनाउँछ अर्थात् सबै पात्रहरुका कथानक घटनाको वर्णन स्वच्छन्दतापूर्वक एउटै पात्र या लेखकले गर्दै जान्छ । (२) दोस्रो रीतिमा कथामा जो जति पात्र छन् ती आफ्नो जटिल र संकटपूर्ण घटनाको वर्णन आ–आफै गर्छन् । यसमा चरित्र चित्रण गर्नु र पात्रहरुका मुखबाट समयोचित कुराहरु भनाउनलाई लेखकलाई बहुतै कठिन पर्छ । यस रीतिमा लेखक मनोविज्ञानको बहुतै ज्ञाता हुनुपर्छ । (३) तेस्रो रीतिलाई चाहिँ पात्र पद्धति भनिन्छ । यस रीतिले कथा लेख्दा सबै कथानक घटनाहरु पात्रद्वारा देखाइन्छ । पात्रहरु आफ्नो मनोभाव पात्रद्वारा व्यक्त गर्दछन् ।” उक्त लेखको अन्तिममा उनले कथाको मार्मिकता हुने स्थितिको व्याख्या यसरी गरेका छन् –“वास्तवमा तपाईंले लेखेका कथाको घटना, चरित्र चित्रण, शैली, भाव, भाषा यस्तो रोचक होस् कि पढ्नेहरुको हृदय प्रेम, करुणा, भक्ति र सहानुभूतिले परिपूर्ण भई त्यो कथा तिनीहरुलाई चीरस्मरणीय भइरहोस् ।”

सामाजिक यथार्थवादकै आधारमा कथा सिर्जना गर्न रुचाउने कथाकार मैनालीका कथाहरु सम्बन्धमा व्यक्त भएका धारणाले स्पष्ट गर्छ उनी कथा लेख्दा ज्यादै सचेत भएर मात्र कथा लेख्छन् । जीवन र जगत्प्रति आफ्नै दृष्टि र चेत भएका कथाकार गुरुप्रसाद मैनालीले आफूले कथा सोच्दा र कथा लेख्दा जहिले पनि आदर्शवादलाई रक्षा गर्नुपर्छ भन्ने सोच बनाएरै कथा लेखेको देखिन्छ र साहित्य लेख्नु भनेको नै सुधार गर्नु हो भन्ने उनको धारणा पाइन्छ । त्यसैले उनले आफ्ना कथाहरुमा पनि आदर्शलाई व्यक्त गर्न भरमग्दुर प्रयास गरेको देखिन्छ । यसर्थ भन्न सकिन्छ गुरुप्रसाद मैनाली आदर्शवादी दृष्टिचेत भएका कथाकार हुन् र उनका कथाहरुमा सुधारकै संकेत अभिव्यक्त भएका छन्, त्यसैले उनी सुधारवादी कथाकार पनि हुन् ।

कथाहरुमा आफ्नै ढङ्गको आदर्शवादी विचारकै नासो छोड्न सफल कथाकार गुरुप्रसाद मैनालीका नासोका भावनाहरु अझसम्म पनि सुरक्षित छन् र यही भावना–चेत्बाट उनले लेखेका कथाहरुबाट नै उनी जीवन्त पनि छन् । उनले लेखेका उत्कृष्ट कथाहरुमध्येमा परालको आगो कथामा व्यक्त भएका हरफहरु –‘गौंथलीले मुसुक्क हाँसेर भनी – भो नहाँस दिदी, फेरि कुन दिन कटाच्छे पर्ने हो । उस्, चाटाचाट गर्न पनि त बेरै लाग्दो रहेनछ नि, लोग्नेस्वास्नीको झगडा परालको आगो ।’ यस्तै कथाका हरफहरु कोर्न सिपालु गुरुप्रसाद मैनालीको वि.सं. २०२८ जेठ २५ मा देहावसान भए पनि नासोका प्रत्येक पानामा उनी सुरक्षित नै छन् र भोलि पनि सुरक्षित रहिरहने छन् भन्न सकिन्छ ।


Tags: गुरुप्रसाद मैनालीनासोमोहन दुवाल
अघिल्लो पोष्ट

चुनिएका संवेदनशील कथाहरू

पछिल्लो पोस्ट

नेपाल लेखक संघको नेतृत्वमा तीर्थ श्रेष्ठ

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
नेपाल लेखक संघको नेतृत्वमा तीर्थ श्रेष्ठ

नेपाल लेखक संघको नेतृत्वमा तीर्थ श्रेष्ठ

लक्ष्मी उप्रेतीका एकल कविता वाचन

लक्ष्मी उप्रेतीका एकल कविता वाचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘शब्दथुम’लाई विमल गुरुङ कृति पुरस्कार

‘शब्दथुम’लाई विमल गुरुङ कृति पुरस्कार

३ मंसिर २०८१, सोमबार
नूर-गङ्गा राष्ट्रिय बाल साहित्य पुरस्कार गेहेन्द्रमान र कन्हैयालाई

नूर-गङ्गा राष्ट्रिय बाल साहित्य पुरस्कार गेहेन्द्रमान र कन्हैयालाई

४ जेष्ठ २०८०, बिहीबार
अपवाद

अपवाद

४ जेष्ठ २०८०, बिहीबार
दाफा पुकारको तेस्रो संस्करण पाटन संग्रहालयमा सम्पन्न

दाफा पुकारको तेस्रो संस्करण पाटन संग्रहालयमा सम्पन्न

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक