जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

सुन्दर कलाका रेखाङ्कनकर्ता राधेश्याम मुल्मी

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २२ कार्तिक २०७९, मंगलवार
कला, चित्रकला, सर्जक बिशेष भित्र
0
सुन्दर कलाका रेखाङ्कनकर्ता राधेश्याम मुल्मी

राधेश्याम मुल्मी । सरलताका धनी मान्छे । वरिष्ठ कलाकार । कलामा सिङ्गो जीवन समर्पित गर्दै कलाकारितामा एउटा अजङ्गको पहाडजस्तो बिम्ब बनाइसकेका मान्छे । जीवनमा यिनले सानै छँदा नै कला मन पराए । ६ वर्षको बालक छँदा नै फालिएका कागज टुक्राहरु बटुल्दै यिनी कला सिर्जनामा रमाए । पोखराको माटोमा जन्मन पाएर यिनले त्यहाँ अवस्थित सुन्दर अन्नपूर्ण हिमालका सुरम्य मुहारहरु नियाल्दै, बेगनास+रुपाजस्ता थुप्रै तालहरुमा मन भुलाउँदै, संवेदनाका अनेकौं झरनाहरुका झरझर आवाजमा आनन्द भोग्दै कला सिर्जनामा मन दिन पाएका हुन् । काका देवीमान मुल्मीबाट धेरै खालका उत्प्रेरणा प्राप्त गर्दै कलाकारितामा मन दिन पाएका यिनका सिर्जनाहरु सबैका लागि प्रिय चित्रहरु हुन पाएका छन् ।

बिम्ब लुकेको सरल चित्र कोर्न सिपालु कलाकार राधेश्याम मुल्मीका कला रेखाङ्कनहरु सुन्दर र स्पष्ट छन् । देशकै चित्र कोर्न सिपालु यिनी चित्रकारले देशकै अवस्थाबारे जनताकै स्थिति र अवस्थितिबारे थुप्रै चित्रहरु बनाएका छन् । स्कूल जीवनदेखि अर्थात् कक्षा १ मा पोखरास्थित नवीन प्राविमा पढ्दादेखि नै गुरुहरुको प्रेरणा प्राप्त गर्दै चित्रकारितामा मन दिन पाएको उनी बताउने गर्छन् । यसरी नवीन प्रावि.बाट प्रारम्भिक कलामा प्रोत्साहन, अभ्यास प्राप्त गरेपछि बाराही जनता मावि पोखरामा भर्ना भए । त्यसैताका त्यस विद्यालयका प्रधानाध्यापक धु्रबबहादुर श्रेष्ठ उनले खुकुरीमा खोपेको कला सिर्जनाबाट निकै प्रभावित भए । त्यसपछि उनको चर्चा स्कुलमा चल्दै गयो । त्यसैताका खिचेका हिमालका सुन्दर चित्रहरु, देवदेवीका आकर्षक कलाहरु, प्राकृतिक दृश्यहरुका रेखाङ्कनहरु, जनजीवनका प्रतिच्छायाको बिम्बहरुका लागि यिनले सम्मान र पुरस्कार पाउँदै गरे । विद्यालयमा पढ्दै गर्दा प्रधानाध्यापकले उनमाथि गरेको सद्व्यवहारहरुलाई यिनले कहिल्यै बिर्सन सकेनन् । यिनका कलाहरु स्कुलका शोभा चित्रहरु बने । ३५–३६ वर्ष अगाडि स्कुलमा राजा महेन्द्रको आगमन भएको थियो । राजा महेन्द्रले यिनको कला मन पराएर त्यसताका रु. ५०।– दिएको क्षण यिनका लागि अविस्मरणीय क्षण रह्यो । यसरी विद्यालय पढ्दादेखि नै चित्रकारितामा सबल बनिसकेका यिनी जीवनमा हालसम्म पनि कुचीलाई खियाएर नै आफ्नो परिचय राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा देखाइरहन सफल छन् ।

विद्यालयदेखि कलासँग लुकामारी खेल्दै जीवनका यात्राहरुमा रमाउँदै जीवन खोज्दै आएका यिनी एस.एल.सी. उत्तीर्ण गरेपछि ललितकला क्याम्पसमा पत्रकारितामा जीवन्तता र सबलता थप्न अध्ययन गर्न आएको देखिन्छ । त्यस क्याम्पसबाट ललित कला विषयमा आई.ए. उत्तीर्ण गर्ने पहिलो विद्यार्थीका रुपमा आफूलाई यिनले चिनाउन पाए । त्यसैताका प्राध्यापक तथा कलाकार कालीदास श्रेष्ठलगायत त्यहाँ अध्यापनरत वरिष्ठ कलाकारहरु गोविन्दनारायण ज्यापू र चन्द्रमान मास्केले सधैं यिनलाई प्रोत्साहन र प्रेरणा दिएको कुरा यिनी सम्झनामा उल्लेख गर्ने गर्छन् । क्याम्पसको पढाइमा पनि यिनी प्रतिभावान छात्रका रुपमा मात्र देखापरेनन्, सबैका प्यारा विद्यार्थी र मित्र बने ।

शिष्ट र सरल मान्छे । लगनशीलताका एउटा नाम । उत्कृष्ट कला लेखनका एउटा सुन्दर कुची । यस्तै थुप्रै खालका विशेषणहरुले व्याप्त एकजना सुन्दर कलाकार हुन् राधेश्याम मुल्मी । पोखराबाट प्रारम्भिक कला सिकेर, काठमाडौंस्थित ललितकला क्याम्पसका सुन्दर पारखी भएर यिनले कलामा आफ्नो छवि देखाउन पाए । ललित कला क्याम्पसबाट आई.ए. उत्तीर्ण भइसकेपछि यिनी छात्रवृत्ति पाएर पाकिस्तानमा बी.ए. पढ्न गए । पञ्जाब विश्वविद्यालयबाट ग्राफिक डिजाइनिङ प्रथम श्रेणीमा स्नातकोत्तर गर्न पाएका यिनले त्यहाँ पनि थुप्रै कला प्रतियोगितामा भाग लिए । कभर डिजाइनिङमा प्रथम भएका यिनले त्यसताका स्वर्ण पदकसम्म प्राप्त गरे । यसरी बिते यिनका कला शिक्षणहरु । यसरी बने यिनी मर्मज्ञ कलाकार ।
३८ वर्षको उमेरमा पाकिस्तानबाट फर्केर यिनी शिक्षाशास्त्र क्याम्पसको सहायक प्राध्यापक बने । विद्यार्थी बनेको १४ वर्षपछि त्यही ललितकला क्याम्पसमा यिनी सहायक प्राध्यापक, सह प्राध्यापक हुँदै हाल यिनी यस क्याम्पसका सहायक क्याम्पस प्रमुखसम्म भई सेवा पुर्‍याउँदैछन् । जीवनका धेरैजसो क्षणहरु कला हेर्दै, कला सिर्जना गर्दै बाँच्न पाएका यिनी वि.सं. २००६ साल माघ १२ गते पृथ्वीचोक रामकृष्ण टोल, पोखरामा सूर्यमान र विष्णुमायाका छोरा भई जन्मन पाएका हुन् । हाल यिनी रानीबारी मार्ग, सामाखुशी, काठमाडौंमा राममायाको माया पाएर सिजन र सुलभ मुल्मीलाई माया दिएर बाँच्न पाएका छन् ।

नाटकको कलाकारजस्तै हुन्छ जीवन भन्न रुचाउने यिनी आफूमा छाप परेका र लुकेका कुराहरुलाई क्यानभास वा कागजमा रेखा र रङ्गको समिश्रण गर्नु नै कला हो भन्छन् । विशेषतया कालीदास श्रेष्ठ, चन्द्रमान सिंह मास्के, अमर चित्रकार, दुर्गा बराल, मनुजबाबु मिश्रका कला र साधनाबाट प्रभावित यिनी विदेशी कलाकारहरुमा लियोनार्दो भिन्ची, माइकेलेञ्जेलो, राफेल, भ्यानगग, रुविन, दाली आदिलाई मन पराउँछन् । निलो रङ्ग प्रिय रङ्ग भन्न रुचाउने यिनी डिजाइनको छुट्टै क्याम्पसमा विभाग हुनुपर्ने धारणा राख्दछन् । डिजाइनसम्बन्धी थुप्रै लेखहरु पत्र पत्रिकामा प्रकाशित गराइसकेका यिनका थुप्रै पत्रपत्रिका, पुस्तकका आवरण चित्रहरु प्रकाशित छन् । लोगो र मुद्राका पनि डिजाइनर भई सेवा पुर्‍याइसकेका यिनका थुप्रै चित्रहरु प्रकाशोन्मुख छन् । यिनी थुप्रै खालका पुरस्कार र थुप्रै सामाजिक संघ संस्थाहरुमा पनि संलग्न छन् । कलाकार समाज, कमर्सियल आर्टिस्ट संघ, सिर्जना कलेज, ब्रह्मकुमारी राजयोग आदि संघ संस्थामा संलग्न रहेर आफूलाई राष्ट्रमा चिनाइरहेका कलाकार मुल्मी विदेशमा भारत, पाकिस्तान र अफगानिस्तानसम्म घुम्न पाएका छन् । १७ वर्षकै उमेरमा गण्डकी अञ्चलस्तरीय कला प्रतियोगितामा प्रथम भएका यिनले पाकिस्तानमा भएको पोष्टर प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका थिए । त्यस्तै, पुस्तक आवरण प्रतियोगितामा पनि पाकिस्तानमा यिनी प्रथम हुन पाएका हुन् । वि.सं. २०३७ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्टुन प्रतियोगितामा पनि यिनी प्रथम भएका हुन् । प्रबल गोरखा दक्षिण बाहुसम्म प्राप्त गर्न सफल यिनी कलाकारले थुप्रै खालका कला क्षेत्रहरुमा आफ्नो मर्महरु पोख्न पाएका छन् । शाही नेपाल वायुसेवा निगम र शाही नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका डिजाइनर भएर, विश्वविद्यालय शिक्षक संघका कोषाध्यक्ष भएर सेवा पुर्‍याइसकेका कलाकार राधेश्याम मुल्मीले अरु थुप्रै संघ संस्थामा रहेर, कलाका अनगिन्ति संगठनहरुमा रहेर सेवा पुर्‍याएका छन् ।

चित्रकला एक किसिमको मान्छेभित्रको मर्म पोख्ने कलात्मक माध्यम भएको हुनाले सर्वसाधारणले अस्पष्ट कलाहरु बुझ्न नसकिने कारणले कलामा जीवन्तता सबैले राख्न सकोस् भनेर कलात्मक ढंगले स्पष्ट बुझ्ने कला लेख्न उनी रुचाउँछन् । अस्पष्ट छैनन्, यिनका कला रेखाङ्कनहरु । कलाकारजस्तै सोझो र स्पष्ट छन् यिनका कलाहरु । यिनका धेरैजसो कलाकृतिहरु मैले हेर्न पाएको कारणले म भन्न सक्छु – यिनका कलाकृतिहरु सर्वसाधारणले बुझ्ने खालका तर कलात्मक र सुन्दर बिम्बसहितका आवश्यक रङ्गका समिश्रणबाट बनेका छन् । अमेरिकाबाट प्रकाशित म्यगदभि ख्ष्कष्यलमा कला र डिजाइन पोख्न पाएका यिनी बालक बालपत्रिकामा पनि एकजना सम्पादक सदस्य भएर सेवा गर्न श्रम खर्च गरेका छन् ।

सत् व्यवहार गर्दै सेवामा रम्नु हो जीवन । जीवन–जगत्मा मान्छे भई आफूलाई देखाइसकेपछि आफ्नो सत् कर्म देखाइरहनुपर्छ । मनले पुकारेको गन्तव्यतिर पुग्नका लागि प्रयासरत रहनु नै यात्रा हो । यात्रामा रम्न जानेपछि र यात्रामा कुडिरहन सिकेपछि जीवनमा जीवन खुल्छ । अरुलाई सकेको राम्रो गर्नु, समाज र देशमा प्रगति रोप्न र संरक्षण गर्न खोज्नु मानवीय चरित्र बन्नुपर्छ । यस्तै–यस्तै धारणामा उनीसँग व्याप्त भएर म यिनका कला ग्यालेरीमा कलाहरु हेर्न पाएका क्षणहरु मनमा राखिरहेछु ।

प्रा.वि. स्तरका विद्यार्थीहरुका लागि यिनीद्वारा लिखित चित्रकलाका पुस्तक र शिक्षक निर्देशन पुस्तिका शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित छन् । मेरो संसार पुस्तकका कला संयोजकसमेत रहेका यिनले युवामञ्च, मुना, युवा लगायत अन्य थुप्रै पत्रपत्रिकामा पनि व्यङ्ग्यचित्र, कला दिएर सहयोग पुर्‍याइसकेका छन् । कलामा मन दिएर लागेवापत वरिष्ठ कलाकार बन्न पाएका यिनी हाल कलाकै कक्षा लिएर, कला संयोजन गरेर, सामाजिक कृयाकलापमा लागेर आफूलाई अझ सबल कला यात्रीका रुपमा प्रसिद्धि बाँड्न तल्लीन छन् । रानीबारी समाजमा सक्रिय रहेर आफू बसेको समाजमा पनि केही न केही प्रगतिका रेखाङ्कनहरु खिँच्न तल्लीन यिनी भावनामा हैन व्यवहारमा केही न केही राम्रा सन्दर्भहरु वितरण गर्न चाहन्छन् । 

Tags: जनमतमोहन दुवालराधेश्याम मुल्मी
अघिल्लो पोष्ट

स्रष्टा सम्मान, कृति विमोचन तथा सिर्जना उत्सव सम्पन्न

पछिल्लो पोस्ट

दुर्गादेवीलाई गोधूलि विशेष पुरस्कार–२०७९

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
पछिल्लो पोष्ट
दुर्गादेवीलाई गोधूलि विशेष पुरस्कार–२०७९

दुर्गादेवीलाई गोधूलि विशेष पुरस्कार–२०७९

नजरबन्दबाट 

नजरबन्दबाट 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गजल

गजल

४ जेष्ठ २०८०, बिहीबार
 छोरी र छाया

 छोरी र छाया

४ जेष्ठ २०७९, बुधबार
साइबर सुरक्षा पुस्तक सार्वजनिक

साइबर सुरक्षा पुस्तक सार्वजनिक

४ जेष्ठ २०८०, बिहीबार
मानवीय संवेदना र पीँधमा रहेका  सरोकारका विषयवस्तुले बढी छुन्छ : विमला तुम्खेवा

मानवीय संवेदना र पीँधमा रहेका सरोकारका विषयवस्तुले बढी छुन्छ : विमला तुम्खेवा

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक