जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

अन्धकारभित्रको अन्धकार – १४

शान्ता श्रेष्ठ शान्ता श्रेष्ठ
प्रकाशित २१ मंसिर २०७८, मंगलवार
निबन्ध, सँस्मरण भित्र
0
अन्धकारभित्रको अन्धकार – १४

“हेर्नुस् । तपाईंलाई बारम्बार भनिसकेका छौँ कि तपाईंलाई यस अवस्थामा हामीले चाहेर राखेका होइनौँ । तपाईंले साँचो कुरा भनेर हामीलाई सहयोग गर्नुस् । तपाईंलाई तुरुन्त मुक्त गर्नेछौँ ।”
“मैले झूट कुरा गरेको ? मैले ?? मेरो इतिहास पल्टाएर हेर्नुस् । म जतिको सत्यवादी तपार्ईंले अरु पाउन सक्नुहुन्न । यस उमेरमा मलाई पक्रेर ल्याई यस अवस्थामा राखेर मात्र चित्त नबुझी मैले झूट बोलेको आरोप लगाउने? एउटी अति नै साधारण आइमाईको पूर्ण जानकारी दिएन भनेर । बरु डा. बाबुराम भट्टराई र प्रचण्डको बारेमा जानकारी दिइएन भनेर यातना दिनुस् न । मेरो इज्जत त बढ्नेछ । तपाईंले बटरिङ्ग नगर्नुहोस् । मबाट केही पनि पाउनुहुन्न ।”
“हामीले बटरिङ्ग गरेका छैनौँ ।”


“अनि के गर्नुभएको त ? देशको धरोहरसरोहर भनेर । तपाईंहरुले मान्नुभएको देशको जिउँदो इतिहास म । मलाई यस अवस्थामा राखेर इतिहाससित खेलबाड मात्र होइन महाअन्धकारमा राखी कतिको मानसिक र शारीरिक यातना दिइरहनुभएको छ ? मे

रा ठाउँमा बसेर हेर्नुस् । अनि मात्र मसित कुरा गर्न आउनुस् ।”
“तपाईंले अझै पनि सत्य कुरा सकार्नुभएको छैन ।”
“सत्यवादीले मात्र सत्य कुरा गर्न सुहाउँछ । भन्नुस् मैले कुन सत्य कुरा सकारिनँ ?”
“त्यही मनु हुमागाईंलाई तपाईंले आफ्नो घरमा राख्नुभएको । हेर्नुस् दिदी ! तपाईं एक्लो हुनुभएकाले तपाईंबाट तिनीहरुले धेरै फाइदा उठाएका थिए ।”
“मबाट कसले फाइदा उठाएका छैनन् ? राजादेखि लिएर रङ्कले समेत फाइदा उठाएका थिए । राजाले शासन फिर्ता पाएका, प्रदीप नेपाल सञ्चारमन्त्री छँदा मेरो रगत पसिनाको कमाइ सवालाख रुपैयाँ हात पारेको आदि त सुनाइसकेकी छु । भन्नुस्, मनुले मबाट कस्तो फाइदा उठाएकी थिइन् ?”
“त्यही तपाईंकहाँ बस्ने खाने योजना बनाउने मान्छेहरुसित भेट्ने :बहष्mगm टेलिफोनको युज गरेकी थिइन् ।”


“यो पनि कुनै चार्ज हो ? तपाईंजस्ता अधिकृतले यस्तो कुरा गर्न कसरी सुहायो ? मेरो टेलिफोनको :बहष्mगmयुज गरेको थियो भन्नुभयो । महिनाको ४ सय नपुगेको बिललाई :बहष्mगm युज भनिन्छ ? तपाईंले बिल नै नहेरी जे मन लाग्यो, त्यो बोल्ने ? उनले मेरो घरमा बसेर योजना बनाइन् भन्नुभो । कस्तो योजना ? जूवा–तास, रक्सी, देहव्यापार आदिको विरोधमा या मान्छे मार्ने, बम ब्लास्ट गर्ने, मान्छे अपहरण गर्ने आदिको समर्थनमा गरिने ? तपाईंहरु जस्ताको तीन–तीन महिनाको अनुसन्धानले त अवश्य पनि पत्ता लगाउनुभएको होला । योजना मनु एक्लैले बनाउने या अन्य अरु पनि सरिक थिए ? या म पनि संलग्न थिएँ ? के छ तपाईंहरुको रिपोर्टमा ? ल्याउनुस् अगाडि । अनि मात्र मसित प्रश्न गर्नुस् ।”
“त्यसो भए मनु हुमागाईं तपाईंकहाँ आएकै छैन ?”
“कसले भन्यो आएकै छैन । आएकी थिइन् ।”
“होइन तपाईंले भातै खुवाउनुहुन्छ रे ।”


“रे ? रेको कुरा गर्न तपाईंजस्तालाई सुहाउँदैन । भात खुवाउनु अपराध हो ? भन्नुस् ? अपराध हो ?”
त्यतिबेला माओवादीलाई खाना ख्वाएको अभियोगमा मारिएका अनगिन्ति निर्दोष नेपाली मेरो छातीमा अटाइ नअटाई बस्न आएका थिए । हिन्दुधर्मको यत्रो उपहास ? पाहुनालाई ईश्वर मान भनेर धर्मशास्त्रले भनेको छ । आफूसित जे छ, त्यो खुवाएर सत्कार गर भनेर गीताले उपदेश दिएको छ । भोक लाग्यो, जे छ त्यो खान देऊ भनेर खान मागेकालाई मकै भुटेर खुवाएको अभियोगमा गोलीले भुटेर मार्दै जानु, यही हो हिन्दुधर्म ? अनि त्यसरी अत्याचार गरी मारिएकाहरुको लास दाहसंस्कार समेत गर्न नदिनु यही हो हिन्दुधर्मको मर्म ? हिन्दु धर्म त मागीखाने भाँडो हो । यसका अनुयायीहरु गुरुपुरोहितहरु नै हिन्दुधर्मको सरकारी सञ्चार माध्यमबाट २०२ मानिस माओवादीको नामबाट एकैपल्ट एकै स्थानमा मारिएको खबर हप्तौंसम्म प्रसारण गरिरहँदा पनि लास के गरियो ? कता फालियो भनेर प्रश्न गर्ने एउटा हिन्दु पनि निस्कन सकेन, यो कस्तो अत्याचार ? यो कस्तो हिन्दुधर्म ? यो कस्तो संस्कार ?
“तपाईं सेना र प्रहरीले माओवादीलाई खाना खुवायो भनेर धेरैलाई मार्नुभएको छ । यो कुरा मैले पत्रपत्रिकाबाट थाहा पाएकी छु । तपाईं हिन्दु शास्त्रमा पाहुनालाई, माओवादी होस् या अन्य अरु शत्रु भात या खाना खुवाएकालाई तत्काल मृत्युदण्ड दिनुपर्ने लेखेको रहेछ । तर मेरो हिन्दुशास्त्रमा पाहुना ईश्वर हुन् । जे छ, त्यो खान दिई सत्कार गरिनु परम कर्तव्य र धर्म हो । मकहाँ जो आए पनि जे छ त्यो मैले खुवाउने गरेकी छु । तपाईंले मृत्युदण्ड दिनुस् मलाई स्वीकार छ ।”


“तपार्ईंले लामो कुरा नगर्नुस् ।”
“लामो कुरा गर्न लगाउने नै तपाईं ।”
“ल ठीक छ । तपाईंको घरमा ऊ नआएको कति भयो ?”
“भयो होला त्यस्तै तीन महिना जति ।”
“मतलब संकटकालको घोषणापछि पनि तपाईंकहाँ आउने गरेकी थिइन् ।”
“आउने गरेकी थिइन् भन्नाले त्यस्तै २/३ पटक आएकी थिइन् ।”
“त्जबतुक तजभ ाबगति, लौ हेर्नुस् । तपाईंले कत्रो गल्ती गर्नुभयो ? यसको मतलब तपाईंले आतंककारीलाई मद्दत गरिरहनुभएको छ । तपाईंले मनु हुमागाईंलाई मद्दत गरिआउनुभएको छ ।”
“मनुलाई तपाईं र सरकारले आतंककारी मान्दैमा मैले पनि मान्नु जरुरी छैन । मैले भनिहालें – आतंककारी त शासक–दल, कमिसनखोरहरु हुन् । जसले तपाईंहरुलाई समेत mष्कगकभगरी, निर्दोष जनतालाई अझै पनि मार्न लगाउँदै छन् । राष्ट्र नै कङ्गाल पारी भिख मागेर खाने अवस्थामा पुर्‍याएकालाई तपाईं सेनाले समेत संरक्षण दिई मनग्य लुट्न दिइनु के यो घोर अत्याचार र आतंकवाद होइन ? सेनाको घोर दुरुपयोग भइरहेको छ अहिले ।”
“त्यसो भए तपाईंले माओवादीलाई आतंककारी मान्नुहुन्न ?”


“अहँ मान्दिनँ । कुन आधारले मान्ने ? आतंककारीको परिभाषा खोइ ? भ्रष्ट मन्त्री, प्रधानमन्त्रीले माओवादीलाई मात्र होइन, वर्गीय सङ्गठनहरुलाई समेत आतंककारी भन्दैमा म मान्नेवाला छैन । म त शासक दल तथा भ्रष्ट नेतागणलाई नै आतंककारी मान्दछु । तिनीहरुले मचाएका अनेकौं आतंकहरुमा एउटा मात्र लिउँ न अहिले – ‘एकीकृत महाकाली सन्धि यसबाट अरबौँ अरब तिनीहरुले खाएको तपाईंलाई थाहा छ कि छैन ? छ महिनामा डीपीआर तयार पारिने घोषणा र प्रतिबद्धता खोइ ? कहाँ पुग्यो महाकाली सन्धि ? आठ वर्ष भएन ? अहिले यो सन्धि मरिसक्यो या जिउँदै छ ? खोइ चासो सरकार तथा विपक्षी पार्टीहरुको ? राष्ट्रलाई कङ्गाल पारी भीखमङ्गा तुल्याइरहेका शासकदललाई सलाम ठोकी तपाईंहरुले संरक्षण दिई कहाँसम्म बचाउँदै लाने विचार छ तपाईंहरुको? अनि मनु हुमागाईंजस्ता अति साधारण यो राष्ट्रको एक पैसा नखाएका, जनताको भलो चाहेका महिला आतङ्ककारी? त्यस्ता निर्दोषहरुलाई समातेर ल्याई अमानवीय सजाय कहाँसम्म दिंदै जानुहुन्छ ? छ यसको सीमा, मनुलाई नदेखाएसम्म उनको ष्लक बलम यगतनबताएसम्म मलाई छोड्न नमिल्ने ? मलाई ??धजबत ब कजबmभरु१ मलाई पक्रेर ल्याउनुभन्दा पहिले मनुको ‘वारेन्ट’ किन काट्नुभएन? उनको फोटो किन सार्वजनिक गर्नु भएन ? उल्टो मैले आतंककारीलाई मद्दत गरेँ भनेर मलाई ‘चार्ज’ लगाउने ? उनी आतंककारी भएको के प्रमाण छ ?”
तिनीहरुले आपसमा कुरा गरेको सुनेपछि मैले कुरा गर्न छाडे । फोटो सार्वजनिक नगरेको र वारेन्ट नकाटेकोमा ठूलो अप्ठ्यारो परेको मलाई थाहा हुने बित्तिकै मेरो ‘मोरल’ हाइ भइहाल्यो । मैले फेरि भनेँ – “वार्ता असफल हुने केही मिनेट पहिलेसम्म ‘क्रान्तिकारी’ नेपाल महिला सङ्घका सदस्य राष्ट्रवादी, मान्यवर, महिला हकहितका हिमायती अग्रणी अगुवा, सच्चा देशभक्त मानेर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाई तिनीहरुसित सम्झौता गरी समाज सुधारका कार्यहरु गर्न आदेश दिएकाहरुलाई ‘वार्ता’ असफल हुने बित्तिकै आतंककारी ? जहाँ भेटियो त्यहाँ मार्ने ? अनि मार्न नपाए समातेर ल्याई मनपरी यातना दिई, अङ्ग भङ्ग गरिनु यही हो सेनाको कार्य ? यही हो सेनाको नैतिकता ? यस्तो अपराधले प्रजातन्त्र जोगाउने? तपाईं सेनाले ? तपाईं सेनाका यो अत्याचार, पापाचार र आम जनहत्याले के माओवादीलाई ठूलो बल पुग्न गएको छैन ? माओवादी यतिको झ्याङ्गिनुमा तपाईं सेना र प्रहरी प्रमुखको भूमिका छैन ? मलाई जवाफ दिनुस् । किनभने यो प्रश्न गर्ने र यसको जवाफ पाउने मेरो पूर्ण अधिकार छ । कारण, म यो राष्ट्रको जिउँदो इतिहास हुँ भनेर तपाईं सेनाले पनि मान्नुभएको छ ।
“म प्रजातन्त्र–सेनानी हुँ । यो राष्ट्रको इमान्दारिताका साथ सेवा सङ्घर्ष गरी आएको ५५ वर्ष भयो । राजा त्रिभुवन र राजपरिवारकै निम्ति ठूलो अतुलनीय योगदान दिएको आजसम्म मैले क्यास गरेकी छैन । राजा त्रिभुवनले राजदरबारमा बोलाई मलाई स्वेच्छाले दिएको क्यास पनि मैले लिइनँ । तपाईंले सोध्न सक्नुहुन्छ सरदार हँसमानसिंसित उनी राजा त्रिभुवनको चेक बुक लिई त्यसमा रकम भर्न सँगै उभिइरहेका थिए ।”


“दिदी ! राजाजस्ताले दिएको क्यास तपाईंले किन लिनुभएन ? यसको केही कारण ?”
“हेर्नुस्, राजा त्रिभुवन र राजपरिवारलाई करिब ४ महिनाको भारत प्रवासबाट फर्काउने सङ्घर्षमा मैले पटकपटक लाठी खाएँ । डेनिङ्ग कमिसन आउँदा गोली नै थापेँ । सख्त घाइते भएँ । भूमिगत बसेँ । पढाइ बर्बाद गरेँ । अनेकौँ अकल्पनीय दु:ख, कष्ट र तपस्या र बलिदानको मूल्य नै छैन । मेरो राष्ट्रप्रतिको कर्तव्य र सङ्घर्षको मूल्य क्यास म मान्दिनँ । यो मेरो सानो उमेरदेखिको मूल्य, मान्यता र आदर्श हो । म धनीकी छोरी नभएकीले यसबाट मैले आजसम्म पनि ठूलोठूलो नोक्सान भोग्नुपरेको थियो र छ पनि । तर मेरो छाती भने गौरवले आकाशजत्रो छ । तपाईंजस्ता ठूला सेना अधिकृतसित छाती फुलाएर कुरा गर्न सकेकी छु । मलाई राजनीतिक पीडित भनेर दिएको ३ बिगाह जमिन पनि मैले लिइनँ । कारण म आफूलाई राजनीतिक पीडित यसकारणले मानेकी छैन कि मैले काम गरी खान सक्छु । मेरो अङ्ग भङ्ग भएको छैन ।”


“त्यसैले त तपाईंलाई हामीले मानेका छौँ ।”
“मेरो अनुहारमाथिको कालो नकाब हेरेर मात्र मसित कुरा गर्नुहोला ।”
“दिदीले कति चित्त दुखाउनुभएको ? खैर, ठीक छ, दिदी ! हाम्रो धेरै कुरा भइसक्यो । अब हामी एउटा ‘कम्प्रोमाइज’ मा पुगौँ । तपाईंले के सकार्नुपर्‍यो भने मनु हुमागाईंलाई आफ्ना घरमा बरोबर आउन दिई तपाईंले गल्ती गर्नुभएको हो । यो कुरा तपाईंले नकार्न सक्नुहुन्न । उसले तपाईंलाई ‘अननोइङ्गली मिसयुज’ गरेकै हो । यो कुरा तपाईंले मान्नुहुन्छ कि मान्नुहुन्न ?”
“तपाईं भन्दै जानुस् ।”


“तपाईंले उसलाई तीन महिनासम्म लिई आफ्नो घरमा राख्नुभएकै हो । यति तपाईंले सकार्नुस् तपाईंलाई आजै तपाईंको घरमा पुर्‍याइदिने मेरो जिम्मा भयो, लौ । अब अरु कुरा नगरौं ।”
“हेर्नुस् भाइ । मनुले अननोइङ्गली मबाट के फाइदा उठाइन् ? त्यो मलाई थाहा छैन । मेरो घरमा उनलाई बारम्बार आउन दिएर मैले गल्ती गरेँ भन्ने पक्षमा म छैन । कारण उनी तपाईंहरुका लागि अत्यन्त भयानक आतंककारी आइमाई हुन् । तर मेरो लागि उनी समाजसेवी, महिला हक हितको निम्ति ज्यान दिने, ‘हाण्डी’ आइमाई हुन् र मैले यो उमेरसम्म जति पनि महिलाहरुसित भेटेँ तिनीहरुमा सबैभन्दा बेस मैले उनलाई पाएँ ।”


“देख्नु भो ? देख्नु भो ? अब बल्ल तपाईं खुल्दै आउनुभएको छ । तपाईंको मनमा धेरै कुरा छ । भन्नुस् । उसलाई तपाईंले त्यतिको मनपराउनुको कारण के छ ?”
“फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन । पद्मकन्या क्याम्पसजस्तो शिक्षण संस्थाबाट बी.ए.को उच्च शिक्षा पाएकी आइमाई भर्खर पहाडबाट झरेकी अनपढ गँवार जत्तिकै देखिएकी, आधुनिक फेशनबाट टाढा रहेकी, दुई वटी सौता र तिनीहरुका सन्तानहरुलाई आफ्नो सन्तानलाईभन्दा बढी माया गरेकी, यो सानो कुरा होइन । मलाई उनको अत्यन्त माया लागेको छ । बिचरी कसरी ? कुन मजबुरीमा परी, दुई वटी सौतामाथि परिन् ? मैले सोध्न पाएको छैन । उनका लोग्नेमा त्यस्तो कुनै आकर्षण मैले देखिनँ । न रुप छ, न सीप छ, न धन छ, न उमेर छ, न व्यवहार छ न बोली–बचन केही पनि छैन । त्यस्तासित पनि मिलेर घरगृहस्थी थामेर आएकी आइमाईको बोली र व्यवहारमा मैले समानता पाएँ । अहिले नेपालमा च्याउसरी उम्रेका छन् – सङ्घ संस्थाहरु तर उनी जतिको लगनशील सच्चा समाजसेवी मैले अरु देखिनँ । यदि यो राष्ट्र बनाउनु छ भने देशमा बढ्दै आइरहेका विकृति र विसङ्गति हटाउनुछ भने यस देशलाई उनीजस्ता आइमाईको नितान्त आवश्यकता छ । मतलब ‘क्रान्तिकारी’ महिलाहरुको ।”


“लौ ठीक छ । अब हामी ‘कम्प्रोमाइजमा आऊँ । हेर्नुस् दिदी । हामीले आजसम्म तपाईंले प्रजातन्त्रको निम्ति गर्दै आउनुभएको सङ्घर्षलाई कदर गरेका छौं । तपाईंको इतिहास, तपाईंको इमान्दारिता, तपाईंको स्वभाव, बोेली, बचन, व्यवहार आदिबाट हामी अत्यन्त प्रभावित छौं । हामीले त्यसको कदर र सम्मान गरेका छौं । यी सबै कुराको मूल्यांकन गरी तपाईंलाई ससम्मान छोड्दै छौँ । तपाईंले यहाँबाट छुट्नु भएपछि हामीले गरेका आदर र कदरको महत्व अवश्य पनि राख्नुहुने विश्वास राखेका छौं । तपाईंले हामीलाई सहयोग गर्नुहुने नै छ ।”
“कस्तो सहयोग ? फेरि उही सहयोगको कुरा ?”


“मनु हुमागाईं वा अन्य त्यस्तै मान्छेहरु आए भने तपाईंले हामीलाई खबर गर्नुुहुने यो शर्तमा तपाईंलाई छोड्दै छौं ?”
म मजाले मुस्काएँ । मलाई त सुराकी बनाउन थाले । कस्तो बुद्धि रहेछ तिनीहरुको, मलाई थाहा भयो कि मलाई छोड्न तिनीहरुले निहुँ खोज्दै थिए । अनुहारसम्म देखाउन डराएकोले मैले सम्पर्क राख्ने कुन मानिसको नाम, ठेगाना र टेलिफोन नम्बर दिने रहेछ ? हेर्न थाहा पाउन मैले भनेँ –
“लौ ठीक छ । मैले कोसित कन्ट्याक्ट राख्ने हो ? मलाई नाम, ठेगाना र फोन नम्बर दिनुस् ।”


तपाईंले कुन व्यक्तिसित सम्बन्ध राख्ने हो ? त्यसको नाम, ठेगाना र फोन नम्बर हामी तपाईंलाई दिन्छौ । लौ, कुरा टुङ्गियो । लौ तपाईंभित्र गई आराम गर्नुस् । म तपाईंलाई लिन पठाउँछु ।
तिनीहरु उठेका र शरीर तानतुन गरेको आवाज सुनेँ मैले । मलाई डोर्‍याउँदै भित्र लगेका सेनाले मेरो रिहाइको माग गरी पत्रपत्रिकामा प्रकाशित भएका कुरा सुनाएका थिए । मलाई जति खुसी लाग्नुपर्ने थियो, त्यति लागेन । मेरो अन्धकार आकाशको बादल हट्न सकेको थिएन । तर घरको भात खान पाउने लालच भने जिब्रोमा नै आएर बसेको थियो । सेलाएको शरीरमा सूर्य नै चम्केको आभासले शरीर रनक्क तातेर आएको थियो । बाहिरको प्रकाशले आँखा नै समातेको थियो । अचानक एउटा त्राण उडेर आई मेरो मुटुमा परिहाल्यो– ‘म त छुट्ने भएँ । तर यहाँका अर्ध लासको अन्धकारले बाँचिरहेकाहरु के हुने हुन् ? यहाँबाट बाँचेर निस्कन सक्लान् र ? अचानक मेरो शरीरको सूर्यमा ग्रहण लागिहाल्यो । थुनुवामा रहेका, बेपत्ता परेकाको मौन जुलुस मेरो चेतनामा उठेको थियो । करिब ३ वर्षपहिले बेपत्ता पारेका ७३ जवानलाई सार्वजनिक गर भनी माग राखी त्रिपुरेश्वरस्थित शिक्षण कम्पाउन्डमा आयोजित कार्यक्रममा बेपत्ता पारिएका नवजवानहरुका परिवारहरु विभिन्न मानव अधिकारका सङ्घसंस्थाहरु, बुद्धिजीवी, समाजसेवी र राजनीतिक व्यक्तिहरुको पनि सहभागिता थियो । जनआवाजको कतैबाट सुनुवाइ भएन । त्यतिबेला न त सशस्त्र सेना परिचालित थियो, न संकटकालको घोषणा भएको थियो, न त आतंककारी विधेयक नै पारित गरिएको थियो । ७३ जवानमा कतिलाई मारिसके, कति जीवित छन् ? यो कुरा श्री ५ को सरकारको गर्भभित्रै रहेको छ ।


Tags: अन्धकारभित्रको अन्धकारजनमतशान्ता श्रेष्ठ
अघिल्लो पोष्ट

” क्यानभासमा सत्यमोहन बा “

पछिल्लो पोस्ट

बाल साहित्यकार कृष्णप्रसाद दुवालको प्रतिमा

शान्ता श्रेष्ठ

शान्ता श्रेष्ठ

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
पछिल्लो पोष्ट
बाल साहित्यकार कृष्णप्रसाद दुवालको प्रतिमा

बाल साहित्यकार कृष्णप्रसाद दुवालको प्रतिमा

काभ्रेली नेपाली साहित्यको रुपरेखाको दोश्रो संस्करण

काभ्रेली नेपाली साहित्यको रुपरेखाको दोश्रो संस्करण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

वसन्तपुरमा ठड्याइयो य:सिं

वसन्तपुरमा ठड्याइयो य:सिं

२३ फाल्गुन २०८१, शुक्रबार
दीपक लोहनीलाई हेमलता सम्मान

दीपक लोहनीलाई हेमलता सम्मान

२३ फाल्गुन २०७७, आईतवार
बौद्धमा हिमालयन म्युजियम

बौद्धमा हिमालयन म्युजियम

२३ फाल्गुन २०७९, मंगलवार
राष्ट्रिय कलाश्री २०८० सम्मान र पुरस्कार घोषित

राष्ट्रिय कलाश्री २०८० सम्मान र पुरस्कार घोषित

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक