माननीय उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालको प्रमुख आतिथ्यतामा वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशी बा को एकल पेन्टिङ ” क्यानभासमा सत्यमोहन बा ” प्रदर्शनीको उद्घाटन कार्यक्रम सम्पन्न भयो । ]
कार्यक्रममा आयोजक संस्था योंग पिकासोका अजय देसारले स्वागत मन्तव्य दिनु भएको थियो । यसैगरी ललित कला एकेडेमीका उप कुलपति गोपाल चित्रकार, संघीय सांसद कृष्ण लाल महर्जन लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । वांगमय शताब्दी पुरुषको मन्तब्य पश्चात् प्रमुख अतिथि पम्फा भुषालले वांङमय शताब्दी पुरुषको संग्रहालयको लागि सरकारको तर्फबाट सक्दो सहयोग गर्नुका साथै ब्यक्तिगत रुपमा पनि एक महिनाको तलब लोक साहित्य भवन को लागि सहयोग गर्ने वचन दिनु भयो ।
कार्यक्रमको अन्त्यमा ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जाेशीले सम्पूर्णलाई धन्यवाद दिंदै पाठ्यक्रममा पनि सत्य मोहन बा विषयक विषयवस्तु समावेश गर्नु पर्ने बताएका थिए । उक्त कार्यक्रमको संचालन बि एम आचार्यले गर्नु भएको थियो । प्रदर्शनी आजबाट ५ दिन अर्थात् यही मंसिर २४ गते शुक्रबार सम्म शताब्दी पुरुष निवास ललितपुर बखुंबहालमा बिहान ११बजे देखि ४ बजे सम्म हुनेछ ।