जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

स्रष्टाहरूको आँखामा भानुभक्त आचार्य

जनमत जनमत
प्रकाशित ३० असार २०८१, शनिबार
सर्जक बिशेष भित्र
0
स्रष्टाहरूको आँखामा भानुभक्त आचार्य

भानुभक्तका रचना त्यसबेला निकै लोकप्रिय बनेपछि र मोतीरामले प्रकाशित गरिदिएपछि स्वदेश तथा विदेशका नेपाली भाषाप्रेमीका हात हातमा पुगे । अध्यात्म रामायणको कथावस्तु लिएर आफ्नै पाराले रामायण तयार पारे । बधुशिक्षा औपदेशिक काव्य पनि लेखे । फुटकर रचनामा पनि तत्कालीन सामाजिक यथार्थ स्थितिको झलक पाइन्छ । सबैतिर सरल, सरस र रोचक पद्यहरूको रचनाद्वारा ख्याति पाउने भानुको जीवनी १९८४ मा मोतीरामले र १९६९ मा शम्भुप्रसादले लेखे । त्यसपछि नेपाली सम्मेलनले भानुभक्त स्मारक ग्रन्थ निकाल्यो । जुद्ध शमशेरले आदिकविको सम्मान प्रदान गरे । नेपाली भाषा र साहित्यका आदिकविका रूपमा उनको महत्वपूर्ण स्थान छ ।
— घटराज भट्टराई

कविका रूपमा देखिने पहिलो व्यक्ति भानुभक्त नै हुन् । अतः उनलाई नै आदिकवि मान्नुपर्छ । रामायण अनुवाद भए पनि शैली छ, मिठास छ, आफ्नो भाषा छ, लोकको हित गर्ने लक्ष्य छ । उनको फुटकर कविताले उनको कवि व्यक्तित्वलाई झन प्रष्ट पारेको छ ।
— मोहनराज शर्मा

शब्दयोजना, सुन्दर शैली, विषयवस्तु तथा कथावस्तुको एकता भानुभक्तका काव्यमा अक्षुण्ण रूपले सुरक्षित छन् । यसैले भानुभक्तका काव्य–साहित्यले नेपाली जनहृदयको धड्कनलाई छुन सकेको छ र भानुभक्त नेपाली साहित्यसंसारका नायक र अमर गायक मानिएका छन् ।
— प्रा. डिल्लीराम तिमसिना

अङ्ग्रेजी साहित्यको जग स्थापित गर्ने चसरको जो स्थान छ कवि भानुभक्तको हाम्रो भाषा र साहित्यमा त्यहि स्थान हुनुपर्छ । भानुभक्त नेपाली भाषाका चसर हुन् ।
— रूपनारायण सिंह

भानुभक्तभन्दा अघि वर्तमान नेपाली भाषा केवल खस कुरा थियो, नेपाली भाषालाई राष्ट्रभाषामा ल्याएको श्रेय भानुभक्तलाई नै छ ।
— हृदयचन्द्रसिंह प्रधान

यिनको रचनाप्रणाली अत्यन्त सरल र आकर्षक छ, काव्यमा (कवितामा) रहनुपर्ने प्रसाद, अर्थव्यक्ति, ओजकान्ति, समाधि प्रभृति गुण र रसाभिव्यक्ति समेत यिनका काव्यमा यत्रतत्र व्याप्त छन् ।
— कुलचन्द्र गौतम

संस्कृतको परम्परालाई वास्ता नगरी सर्वसाधारणले समेत बुझ्ने ढङ्गले भाषामा लयवद्ध गरी भाषालाई साहित्यिक परिधान दिने श्रेय भानुभक्तलाई छ ।
— यज्ञराज सत्याल

सरस, सरल, सुन्दर र सुकोमल अभिव्यञ्जना भानुभक्तको काव्यात्मक गुण हो ।
— अगमसिंह गिरी

भानुभक्त कविताको मर्म जानी पद्य लेख्ने प्रथम कवि हुन् ।
— मोतीराम भट्ट

भानुभक्त शुद्ध नेपालीका प्रथम प्रयोक्ता हुन् ।
— पारसमणि प्रधान

लेखनाथ पूर्व सरलता र लालित्य केवल भानुभक्तमा थियो ।
— बाबुराम आचार्य

हाम्रो साहित्यको यो महलकन खडा गर्नमा अग्रगण्य
उत्साही भानुभक्त प्रिय कविवर लोक सम्पूज्य धन्य ।
— लेखनाथ पौड्याल

भानुभक्त जनताका कवि भएका हुनाले महान् छन् ।
— कृष्णप्रसाद ज्ञवाली

हाम्रा आदिकवि भानुभक्तले हाम्रो देशमा युग परिवर्तन ल्याए । उनको प्रेरणाले नेपाल नयाँ बन्यो ।
— बालकृष्ण सम

साहित्यलाई मूलतः जातीय उत्थानको माध्यम बनाई जातीय सेवाको कवि कर्तव्यको निर्वाहमा उनले जुन भूमिका खेले त्यो नेपाली साहित्यको इतिहासमा अविस्मरणीय छ ।
— केशवप्रसाद उपाध्याय

बडामहाराज पृथ्वीनारायण शाहले खुकुरी, तरवार र बन्दुकका बलले नेपाललाई एकताको सूत्रमा आवद्ध गरेका थिए । त्यस्तै आदिकवि भानुभक्त आचार्यले कलम, मसी, कागजको शक्तिले नेपाली जातिमा भावनात्मक एकता स्थापित गरे ।
— भीमनिधि तिवारी

भानुले नेपाली साहित्यको आदिकालको प्रवर्तन गरे, उनी आदिकवि हुन् ।
— रत्नध्वज जोशी

उनी स्वयं पनि एक सोझा र इमान्दार व्यक्ति थिए र उनमा अहंवाद थिएन । सामन्ती समाजमा सबै तर्फबाट हेपिएको साधारण निम्नवर्गीय घाँसीबाट पनि अर्ती लिने र सार्वजनिक रूपमा आत्म—आलोचना गर्दै ऊभन्दा आफू पछि परेको कुरा निशंकोच सकार्ने भानुभक्तको त्यो स्वाभाविक सरलता र इमानदारी अचेलका अहंकारी–व्यक्तिवादी साहित्यकारहरूको अगाडि एक अनुकरणीय उदाहरण बन्न सक्दछ ।
— गोविन्द भट्ट

भानुभक्त आदिकवि हुन् र रहिरहने छन् ।
– महानन्द सापकोटा

भानुभक्त हाम्रो जुन आस्थामा बाँचेका छन्, जुन कृतज्ञतामा उनले गौरव पाए, जुन सद्भावनामा उपाधि कमाए ती हाम्रा दया होइनन्, कृपा होइनन्, उनकै ऐतिहासिक कार्य र कृति विशेषको निरापद कमाइ हो ।
— कृष्णचन्द्रसिंह प्रधान

कविवर भानुभक्तको मूल महत्व रामायणको काव्यमा त्यति छैन जतिको उनको साँस्कृतिक उत्थानमा छ । सजिलो नेपाली भाषामा, गद्य छन्दमा रामकथा गाउन लगाइदिने मद्दत सेवाको काम श्री भानुभक्तले नै गरे । रामकथालाई सीमित ज्ञानीहरूकै परिधिमा नछोडी जनसाधारणमा पु¥याउने काम भानुभक्तीय रामायणले नै गरेको छ । नेपाली संस्कृति उनको चिरऋणी रहने छ ।
— भवानी भिक्षु

नेपाली भाषा छउन्जेल भानुभक्त कहिल्यै बिर्सिने छैनन् । हामीलाई यस देशमा जीउन र जिलाउन उनले ठूलो गुण लगाएर गएका छन् । हामी उनलाई महापुरूषको गणनामा राख्छौं ।
— सिद्धिचरण श्रेष्ठ

भानुभक्तलाई हामीले पायौं, बाहुन र पण्डितले मात्र होइन, थोरै पढेकाले पनि ‘एक दिन नारद सत्यलोक’ भन्दै भाखा हाल्दै पढ्न पाए । हाम्रो मातृभाषा नेपाली साझे बोली भयो । हाम्रो साहित्यिक र सांस्कृतिक एकता भण्डारमा पनि सामल थपियो । अब यसलाई बढारेर फ्याँक्ने कि जोगाइराख्ने ?
— देवकुमारी थापा

भानुभक्तको छन्द चुनाइ, वाक्य योजना, शैलीको माधुर्य सबैले उनी महान् छन् । विभिन्न प्रकारले भेदभाव भएका हाम्रा मानिसहरूलाई एक गराए भानुले —उनी हाम्रा एकताका केन्द्र बने ।
— जगत क्षेत्री


अघिल्लो पोष्ट

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

पछिल्लो पोस्ट

अभिशप्त

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
अभिशप्त

अभिशप्त

रुसका महान् साहित्यकार अलेक्सान्द्र सोल्झेनित्सिन

रुसका महान् साहित्यकार अलेक्सान्द्र सोल्झेनित्सिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

शिक्षा परिषद् र रमा शर्माको पसिना

शिक्षा परिषद् र रमा शर्माको पसिना

२३ फाल्गुन २०७९, मंगलवार
भेनिससँगको तीन दिन

भेनिससँगको तीन दिन

२३ फाल्गुन २०७७, आईतवार
आमाको काठको सन्दुक

आमाको काठको सन्दुक

२३ फाल्गुन २०७८, सोमबार
जनमत सम्मानको घोषणा

जनमत सम्मानको घोषणा

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक