जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

एउटा आख्यानको सार दुई लाइनको कविता बराबर नै हुन्छ : मालिका केशरी

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित ६ पुष २०७९, बुधबार
अन्तर्वार्ता भित्र
0
एउटा आख्यानको सार दुई लाइनको कविता बराबर नै हुन्छ : मालिका केशरी

मालिका केशरी विशेषतः आख्यानका क्षेत्रमा कलम चलाउँछन् । नारीका कथा व्यथा र संवेदनालाई आफ्नो लेखनको विषय बनाउने केशरीका शुवर्णलता, पुनरूत्थान र ‘दुङाल  गरी ३ वटा उपन्यास प्रकाशित भइसकेका छन् । ‘सुवर्णलता’र  ‘पुनरुत्थान’ उपन्यास बौद्ध दर्शनबाट प्रभावित छ भने दुङालमा बुद्धका ज्ञानलाई समेट्ने प्रयास गरेको छ । देशबाट लखेटिएर नेपालमा शरणार्थी जीवन बिताइरहेका तिब्बतीहरूको भोगाइ र अनुभव नै दुङालको मुख्य विषय रहेको छ । खोजमूलक र ऐतिहासिक विषयमा रुची राख्ने मालिका नयाँ तथा पुराना कृतिहरू पनि पढ्न रुचाउँछन् । मालिका सङ पुस्तक अध्ययनकै सेरोफेरोमा रहेर  गरेको कुराकानी : 

यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
सञ्जय घिमिरेजीको पात्रहरु पढिरहेको छु । जीवन यात्राको दौरानमा भेटिने फरक फरक पात्र र परिवेशलाई समेटेर लेखिएको पुस्तक अत्यन्त रमाइलो लागिरहेको छ । 

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
मन पर्ने पुस्तकहरू धेरै छन् । एउटा मात्र पुस्तकको नाम भन्नु गाह्रो काम हो । पछिल्लो समय पढेको पुस्तकहरूमा केशवराज ज्ञवालीको अर्को भोर अत्यन्त मन परेको पुस्तकमा पर्छ  ।

तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
यही नै उपयुक्त समय हो भन्ने छैन । तर पनि विशेषतः रातको समयमा लेख्न मन पर्छ भने दिउँसो समय मिलेमा पढ्न रुचाउँछु ।

साहित्यका विविध विधा मध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
सबै विधाको आ–आफ्नै महत्त्व छ । मलाई आख्यानमा रुचि लाग्ने भएकाले म अलि बढी आख्यान तर्फ झुकाव राख्छु तर एउटा आख्यान पुस्तकको सार भनेको दुई लाइनको कविता बराबर नै हुन्छ । 

सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
बाल साहित्यका परीका कथा, नेपाली लोक कथाका पुस्तकहरु बुबाले ल्याइदिनु हुन्थ्यो । तिनै कथा पढ्दै रमाउँथेँ । अलिक ठुलो भए पछि भने युधिर थापाको उपन्यास स्थानीय स्टेशनरीले केही रुपैया लिएर तीन दिनदेखि हप्ता दिनको लागि भाडामा दिन्थ्यो । तिनै उपन्यास पढियो । ती उपन्यासमा यौन भावना बढाउने प्रसङ्ग बढिहुन्थ्यो त्यसैले परिवारबाट लुकाएर रातमा वा घरभन्दा पर गएर पढिन्थ्यो । त्यहीताका वेद प्रकाश शर्मा, मनोज त्रिपाठीका हिन्दी उपन्यासहरू पाइन्थ्यो । ती हिन्दी उपन्यासहरू पनि खुबै पढियो ।

कस्ता पुस्तकहरू पढ्न बढी मनपथ्र्यो ?
प्राय उपन्यास र कथाहरू मेरो पहिलो रोजाइ हुन्थ्यो । यो अलावा धर्म दर्शनका पुस्तक पनि मलाई मन पर्ने पुस्तक हुन् । 

तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
स्कुलको अन्तिम तिर जुन तहमा हिन्दी उपन्यास पढ्ने भूत जागेको थियो त्यो पछि कहिल्यै फर्किएन । मलाई लाग्छ पुस्तक त आजभोलि पनि पढ्छु तर पढ्नमा त्यति मग्न चाहिँ भएर पढ्न सक्दिन ।

धेरै पटक दोहोर्‍याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
मैले धेरै पुस्तकहरू दोहोर्‍याएर पढेको छु । सरुभक्तको पागल बस्ती, बिपी कोइरालाका तीन घुम्ती, सुन्नीमा, अर्को भोर, नयाँ घर लगायतका पुस्तकहरू दोहोर्‍याएर पढेको छु ।

दोहोर्‍याएर पढ्नुका कारण खासमा के थियो ?
कति अवस्थामा मैले कथामा अझ गहिरिनका लागि दोहोर्‍याउँछु भने, कति अवस्थामा लेखन शैली, कथाको प्रवाह शैलीलाई पछ्याउन तथा ती पुस्तकको माध्यमबाट केही नयाँ कुरा सिक्नका लागि नै हो ।

ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
जीवन्त कथा, कथा प्रवाह शैली, दर्शन आदि पक्ष नै हुन् । जसले हृदयमा रमाइला प्रकारको तरङ्ग ल्याइदिन्छ । जब मैले खोजेका यी तत्त्वहरू पुस्तकमा पाउँछ, ती पुस्तक असाध्यै प्रिय लाग्छ । 

पुस्तक पढी रहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
पक्कै पनि पढी रहँदा हामी पात्र र परिवेशमा बहिरहेका हुन्छौ । कहिले हँसाउने त ,कहिले आँखा ओसिलो पर्ने काम गर्छ । कति पात्रले त लामो समयसम्मै मनमा असर पारी रहेको हुन्छ ।

तपाईँको विचार पढ्नु केका लागि हो ?
सबैको आ आफ्नो तर्क हुन्छ , तर मेरो भने जीवन र परिवेशलाई गहिरो गरेर बुझ्नका लागि । एकै जुनीमा कयौँ व्यक्तिले बाँचेको जीवन बुझ्नका लागि । सोचको दायर बिस्तार र जीवन प्रति आशावादी दृष्टिकोण राख्नका लागि नै पढ्छु ।
 
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
सबै पुस्तकले कुनै न कुनै माध्यमबाट जीवनमा सघाए जस्तो लाग्छ । कुनै पुस्तकले जीवनमा आर्थिक उपार्जनका लागि मद्दतगार भए भने कति पुस्तकहरू जीवनको गहिराइ पहिल्याउनका लागि सहयोगी भए । कुनै पनि पुस्तक लेखकले बिना परिश्रम लेखेको हुँदैन ।

पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
पाठकका चाहना अनुसार रोजाइ फरक हुन सक्छ । मैले चयन गर्नु पर्दा अर्को भोर, राधा, खोला वारी खोला पारी, प्रेतकल्प, सिद्धार्थ, खस जातीको इतिहास, म्युजिक इन द स्काई, जर्नी टु टिवेट लस्ट लामा, सुवर्णलता आदि ।

तपाइसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
हाल म परदेशमा रहेकाले साथमा पुगनपुग सय थान मात्र पुस्तक छन् । तर घरमा मेरा हजार भन्दा ज्यादा पुस्तक छन् ।

पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
त्यस्तो त खासै छैन । अहिले इन्टरनेटले चाहेका पुस्तक पढ्न सक्ने बनाएको छ । बरु पुस्तक खोज्ने बहानामा सोसल मिडियामा बढी समय बित्दो छ । 

मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
सरुभक्त, बिपी कोइराला, कृष्ण धारवासी, केशवराज ज्ञवाली, अमर न्यौपाने मन पर्ने लेखक हुन् ।

अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
मलाई घुम्न सारै मन पर्छ विशेष गरेर ऐतिहासिक धरोहर, स्मारकको अवलोकन गर्न रुचाउँछु । भत्किएको खण्डहर हेरेर कल्पना गर्छु त्यो समय जब यो पूर्ण थियो कस्तो थियो होला । 

तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
एउटा उपन्यास लेखिरहेको छु । त्यसैलाई पूर्णता दिन लागि परेको छु । 

स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ ?
सिर्जनाले नै स्रष्टालाई जीवन्त राख्छ । स्रष्टाको अस्तित्व सृजनासँग हुन्छ । 

तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
ऋतुजी जसको सकारात्मक ऊर्जाले नै जीवनलाई अगाडि बढ्न सहज बनायो ।


अघिल्लो पोष्ट

शिक्षा परिषद् र रमा शर्माको पसिना

पछिल्लो पोस्ट

बालकथा : सिर्जना र परिवेश परिचर्चा

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
बालकथा : सिर्जना र परिवेश परिचर्चा

बालकथा : सिर्जना र परिवेश परिचर्चा

बौद्धमा हिमालयन म्युजियम

बौद्धमा हिमालयन म्युजियम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बाह्रखरीलाई कथा आह्वान

बाह्रखरीलाई कथा आह्वान

२२ फाल्गुन २०७८, आईतवार
कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

२२ फाल्गुन २०८१, बिहीबार
प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्टि हुन्छ नै  : पारिजात

प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्टि हुन्छ नै : पारिजात

२३ फाल्गुन २०८०, बुधबार
आवाजका लहरहरु

आवाजका लहरहरु

२३ फाल्गुन २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक