जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला चित्रकला

म मास्केजीको चेलो

कुलमानसिंह भण्डारी कुलमानसिंह भण्डारी
प्रकाशित ६ भाद्र २०८१, बिहीबार
चित्रकला भित्र
0
म मास्केजीको चेलो

मेरो चित्रकारिताप्रतिको आकर्षण तथा झुकाव देखेर बाले मलाई चित्रकला विषयका प्रख्यात गुरुकहाँ लगी केही वर्ष इलम सिकाउन पाए आफ्नो बाटो आफै तय गर्न सक्ने थियो भन्ने बाको मनको धोको अनुसार घर नजिकैको कलाकार गुरु चन्द्रमानसिंह मास्केज्यूकहाँ लैजानु भयो । म केटाकेटी छँदाको कुरा हो यो । त्यसबेला गुरु भरखर जेलबाट मुक्त भई घर आउनुभएको कुरा पनि सुनाउनु भएको थियो । त्यो कुरा सुनेपछि मलाई चाँडै गुरुकहाँ सिक्न जाने हतारो लागिरहेको थियो । गुरु चन्द्रमानसिंह मास्केसँग बाको राम्रो चिनजान रहेछ । “यही हो मेरो छोरा । यसले गरेका कामहरु यतिसम्म भएका छन्” भन्दै मैले लेखेका चित्रहरु देखाउन भन्नुभयो । “अब यसलाई यही काममा पारङ्गत पारिदिनु होला । यसले तपाईंको सम्पर्कमा रही अवश्य केही इलम सिक्नेछ” भनी बाले मलाई चन्द्रमानसिंह मास्केज्यूको जिम्मा लगाई दिनुभयो र म त्यस बेलादेखि गुरु चन्द्रमान मास्केज्यूको कलाकारितामय जीवनसँग घनिष्ठ हुँदै र वहाँको उत्कृष्ट कलाकारिताको ज्ञानमा भिज्न अझै प्रयत्न गर्दै काम सिकिरहेको छु ।

चन्द्रमानसिंह मास्के

यहाँ त्यति बेला १९९७ सालको राजनैतिक घटनाको क्रममा पक्राउमा परी घरखेतलगायत सारा जायजेथा सर्वस्व भएर जेल परेको कारण राजा त्रिभुवन र प्रजातन्त्रको पक्षमा आफ्नो सीपलाई प्रयोग गरेको भन्ने आरोप लागेको कुरा सुने तापनि त्यो विषयमा चासो नभएकोले त्यसबारे कहिल्यै गुरुबारे अरु कसैसँग चर्चा उठाइन । चर्चा उठाउन पनि आफूसँग सुहाउँदो पृष्ठभूमि वा कुनै खुबी भएन भनूँ वा प्रसङ्ग मिलाई कुरा उठाउन जानिन भनुँ । मेरो खास उद्देश्य त प्रष्टसँग छर्लङ्ग हुने गरी छाँट पारेर रेखा कोर्न र स्वाभाविक ढङ्गले रङ्ग भर्न ब्रस चलाउन सिक्नु थियो । त्यसैले गुरुसँग झ्याम्मिदै आफूले कोरेको रेखा कोराइका त्रुटिहरु औंल्याउँदै प्रष्ट बुझिने गरी बताउनु भई सो काम सच्च्याइदिनुहुन्थ्यो । त्यसै गरी रङ्ग भर्ने र ब्रस चलाउने तरिका पनि बडो चित्तबुझ्दो ढङ्गले सिकाउनु हुन्थ्यो । यो सीप दिने सुयोग्य अर्थात् कुशल गुरु पाउन सकेकोले अब म आफ्नो जीवन बाटोमा यस सीपलाई आफ्नो हबिगतले भ्याएसम्म उकास्दै लैजान्छु भन्ने आँट बढेको थियो ।
जेलबाट छुटेपछि गुरु चन्द्रमानसिंह मास्केज्यू कालीमाटी बजारको गोपाल बाजे (गीता गुरु) को घरमा डेरा गरी बस्नुहुन्थ्यो । म र मजस्ता अरु चारपाँच जना सिकारुहरु पनि त्यही रेखा कोर्न र रङ्ग भर्न सिक्थ्यौं । पारसमणि रन्जितकारजीलाई पनि त्यहीँदेखि चिनेको थिएँ ।

गुरु मास्केज्यू त्यति बेला स्कूलमा शिक्षक पेशा अपनाई जीविका गर्नुुहुन्थ्यो भन्ने थाहा पाएको थिएँ । पढाउने लगायत अरु कुनै सहायक पेशा अपनाएको हुनुपर्छ भन्ने लागेको थियो । उहाँको जीवनप्रति मैले कहिल्यै गहिरिएर विचार गरिनँ र खोजीनीति गर्न पट्टि लागिनँ तर अहिले आएर मैले ठूलो मौका चुकाएँ भन्ने लागिरहेको छ । पहिलो पत्नीको देहान्त भए पछि गुरुको दोस्रो विवाह गर्नुभएपछिका बालबच्चाहरु सबैसँग बोलचाल, हिमचिम राम्रो तर घनिष्ठचाहिँ हुन सकेको थिइनँ ।

काम सिकाइसकेपछिको फुर्सदमा हामीहरुलाई वरिपरि राखी उहाँले विभिन्न समय र अवस्थाहरुमा तयार पारेका कलाकृतिहरु एक–एक गरी कुरा बुझाई देखाउनु हुन्थ्यो । तीमध्ये कुनै चित्र पूरा भइसकेका र कुनै अधुरा थिए । कुनै जेलमा बनाएका, कुनै हालसालै बनाएका र पुराना पनि थिए । जेलमा बनाइएका चित्रहरुमध्ये बुद्ध भगवान्को जीवनी चित्र उल्लेखनीय छ । “नेपालका सांस्कृतिक परम्पराको झलक र कृष्ण भगवान्को मुरलीधरका रुपमा अभयदान” स्वरुप चित्र ज्यादै मनमोहक थियो । मलाई साह्रै चित्त बुझेको अर्को चित्रमा भगवान बुद्धले जंगलमा तपस्या गर्दा–गर्दा दुव्लो र जीर्ण शरीर देखेर गोठालालाई करुणा लागेर बाख्राको दूध दुहेर थुनदेखि तपस्वीको मुखसम्म सिर्का पारेर दूध खुवाइरहेको चित्र । त्यो चित्र मेरो जीवनका अविस्मरणीय चित्रहरुमध्ये एक हो । चित्रमा रङ्ग भराइको स्वाभाविक विशेषता पनि ज्यादै उच्चस्तरको मानेको छु । हुनत गुरुका जुनसुकै कलाकृति पनि त्यतिकै गुणस्तरयुक्त हुन्थ्यो । साथै विभिन्न महानुभावहरुमा व्यक्ति–चित्रहरु र भाव–प्रधान चित्रहरु पनि बराबर हेरिरहन पाइने भएकाले हामीले सिकाइमा प्रेरणा थपिरहने गथ्र्यौ ।

हामी वहाँका चेलाहरु विद्यार्थी जीवन व्यतीत गरेर जीवन निर्वाहका लागि विविध पेशामा लाग्यौं । घर–व्यवहारका समस्याका भुमरीमा पनि रन्थनिरहेको भए तापनि यसो कुनै उपायले फुर्सत निकाली हामी गुरु चन्द्रमानसिंह मास्केकहाँ पुगिहाल्थ्यौं । कहिले केहीवेर भलाकुसारी गरेर मात्र पनि फर्कन्थ्यौं भने कहिले अवस्था हेरी तीन–चार घण्टा पनि बसेर चित्रकलासम्बन्धी छलफल गथ्र्यौं । कहिलेकाहीँ सीमित समय लिई गुरुलाई भेट्न जाँदा भने बितेका कुराको सिलसिलावद्ध गफले लामो समय ओगट्दा भने हामीलाई छलफल कहिले टुङ्गिएला भने जस्तो अधैर्यताको अनुभव हुन्थ्यो र अनेक बहाना बनाई चाँडै फर्कन्थ्यौं । फेरि गुरुको गफ जति सुने पनि सुनिरहूँ जस्तो मिठासपूर्ण हुन्थ्यो । कुनै दिन दिनभरि नै फुर्सद मिलाएर कुरा गर्नुपर्ला भन्ने मनमा लागिरहन्थ्यो ।
यसरी धेरै वर्ष बिते, भेटघाट कुराकानी जारी भइरहे, कुराको नयाँ–नयाँ सिलसिला आइनै रह्यो । गुरु र ममा प्रेम र सद्भावनाको विकास–श्रृङ्खला थपिंदै गयो । यसरी नेपालमा कलाको विकास गर्ने भन्ने चिन्तन–मननको निष्कर्षको उद्भव भयो । त्यही निष्कर्ष अनुरुप कला एकेडेमी स्थापना समितिको गठन भयो । त्यसमा मलाई पनि साधारण सदस्य भई आवश्यक कामहरु गर्नुपर्ने भयो । नेपालमा कलाको विकास अविरल गतिले निरन्तर भैरहनका लागि कला एकेडेमी चाहिन्छ भन्ने कुराको कलाकारहरुमा प्रचार हुन थाल्यो । यस समितिको बैठकको सिलसिलामा गुरु मास्केज्यूका साथै हामी धेरै साथीहरु बेलाबेलामा भेला हुने मौका मिल्यो । गुरुज्यूको अध्यक्षतामा भेला हुँदा हामीलाई कला विकासको बाटो पहिल्याउन निर्दिष्ट हुने सौभाग्य मिल्यो । यसरी नै विभिन्न कार्यक्रमहरुको सिलसिलामा भेला भैरहने मौका मिलिरह्यो ।

अस्सी नाघिसकेको उमेरको कारणले गुरुलाई कमजोरी र अस्वस्थताले बरोबर धक्का दिंदै ल्यायो । त्यसैले म भेला–समयबाहेक पनि गुरु हेरचाहको लागि जान थालेँ । गुरु मलाई त्यहीँ बसिरहे हुन्थ्यो वा चाँडो घर नफर्कोस् भन्ने भाव झल्किने गरी कुरा गरिरहनुहुन्थ्यो । छिटो–छिटो आफ्ना पुराना कुराहरु सुनाउनुहुन्थ्यो । “चित्रकला बाहेक अरु कलात्मक र व्यावसायिक विभिन्न जे–जति प्राविधिक काम म आफूले जानेको छु ती सबै काम (मलाई औंल्याउँदै) बाबुलाई सिकाउन चाहेको छु” भनी गुरु भन्नुहुन्थ्यो – “यस सम्बन्धमा उपयुक्त चेलाको खोजी गरिरहेको थिएँ । तपाईंलाई पाएँ, अब चाँडो ती कलात्मक कामहरु सिकाइदिन्छु । फुर्सदको बेलामा सोबारे सम्झाउनु है” भनी गुरुले भन्नुहुन्थ्यो । तर जहिले पनि म उहाँकहाँ गएको बेलामा त्यहाँ गुरुसित भेटघाट गर्न आउने महानुभावहरुको त्यति बेला घुइँचो बढेरै गएकोले “फुर्सदको बेलामा सोबारे सम्झाउनु है भन्नुभए अनुसार उक्त कुरा सम्झाउने मौका पाउन सकिनँ, र त्यो मौका टर्‍यो । गुरुले जोशिएर अरु कुरा थप्दै भन्नुभएको थियो । “मैले अन्तर्राष्ट्रिय विभिन्न मित्रराष्ट्रहरुमा भ्रमण गर्ने अवसर पाएको छु । कति मुलुकमा त तत्कालीन श्री ५ महाराजधिराज महेन्द्र सरकारको राजकीय भ्रमणदलका साथमा सम्मिलित भै जान पाएको छु । स्वर्ग हो कि जस्तो रमाइलो र सुखदायी वातावरण भएका मुलुकहरुमा स्वागत पाउनुका साथै मित्रतामा ठूला उपलब्धिहरु हुन पाउने कुराहरु त्यहाँका मित्रहरुसँग गर्न पाएको त्यो कुरा सम्झँदा अहिले पनि म त दङ्ग पर्छु । छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनमा गएर फर्केका साथीहरुले त्यहाँका विभिन्न क्षेत्रमा उन्नतिको बयान सुनाएको हुँदा आफू पनि त्यो देश हेर्न जान पाए कस्तो हुन्थ्यो भन्ने लागेको थियो । नभन्दै सौभाग्यवश मित्रराष्ट्र चीनतर्फबाट भ्रमणको लागि व्यवस्था मिलाइदिएको थियो । तर उक्त भ्रमणको लागि राहदानी लिन सम्बन्धित अड्डामा कति धाउँदा पनि राहदानी नै लिन नसकिएर त्यो समय टरेर गयो (गुज्रियो) । फेरि यस्तो मौका पाउन गाह्रै पर्ला । निम्त्याइएको त्यो भ्रमण–अवसर खेर गएकोमा साह्रै चित्त दुखेको छ ।” त्यसैक्रममा अरु कुरा थप्दै उहाँले भन्नुभयो “चित्रकलाको क्षेत्रमा परम्परागत र आधुनिक गरी दुबै शैलीमा चीनले उच्चस्तरका उपलब्धिहरु हासिल गरेकाले त्यहाँका पुराना र नयाँ पुस्ताका कलाकारहरुसँग भेटी कला विकास सम्बन्धमा कुरा गर्ने ठूलो धोको थियो, सो पुरा हुन सकेन ।” गुरु चन्द्रमानसिंह मास्केज्यूले यसरी संक्षेपमा भन्नुभयो ।

घर–व्यवहार धान्नका लागि कमाउन चार पाखा ढाक्दै दौडिनुपर्ने उमेरको अवस्था नरहेको र पहिले आफ्नो जति कमाएको वा छोराछोरीले कमाएको खाई सुविस्तासँग बस्नुपर्ने बृद्धावस्थाको बेला हो । आफूले व्यवहारमा भोगेका जीवनसंघर्षमा कमाएका अनुभवहरुको ज्ञान र सीपका कुराहरु छिटो–छिटो अनुयायी (चेला) हरुलाई ती अमूल्य अनुभवहरु आफू नबित्दै दिई उकास्नुपर्ने काम–कर्तव्य देख्नुभएको हुँदा कला विकासको कुराहरु जुनसुकै भेटमा पनि भनिरहनुहुन्थ्यो । “एउटा अर्को कुरा भनुँ बाबु, यो बरोबर नै बाबुलाई र अरुलाई सुनाइरहेको हुँ, फेरि पनि सुनिराख, मलाई आफ्नै जीवनमा चित्रकला संग्रहालय (आर्ट–ग्यालरी) सरकारी स्तरबाट नै खोल्न लाउने ठूलो धोको थियो । त्यो एउटा हामी कलाकारहरुको लागि अत्यन्तै जरुरी काम थियो मैले मेरो जीवनकालमा पूरा गर्न सकिनँ भने बाबुहरुले कसै गरी पनि त्यो काम पूरा गर्ने प्रयत्न छाड्नु हुन्न” भन्नुभयो । “आधुनिक ढाँचाले भव्य ग्यालरी सहरकै नजिक बनाउन सरकारले नसकेसम्मका लागि अस्थायी रुपमा हनुमानढोकाको पुरानो बैठक (हाल मुद्रा संग्रहालय) लाई चित्रकला संग्रहालयको लागि सरकारसँग बिन्ति गर्नुपर्छ” भन्नुभएको थियो । “मैले जीवनमा बनाएका सम्पूर्ण चित्रहरु सकारलाई दिन्छु । यो चित्रकला कालान्तरसम्म सुरक्षित रहोस् । नेपालको लागि जहाँ ग्यालरी बन्छ त्यहाँ मेरा चित्रकलाको लागि पनि एउटा मास्के कक्ष रहोस् । मैले बनाएका चित्रकलाहरु सर्वसाधारणसमेत सबैले हेर्न पाउने व्यवस्था होस् । मलाई यता केही महिनादेखि शारीरिक अस्वस्थताले च्यापेर ल्याएको छ । कुनै दिन घुस्रुक्क हुन सक्छु । बाबु, यो कुरा हाम्रा अरु कलाकार साथीहरुलाई पनि बरोबर सुनाइरहनुपर्छ । सबै कलाकारहरुको आवाज सरकारसमक्ष पुर्‍याउन सकेमा अवश्य पनि सरकारले ढिलो वा चाँडो व्यवस्था गरिछाड्छ” भन्नुभएको थियो । यसरी कुरैकुरामा एकदिन मूर्तिकलाबारे कुरा उठ्यो । दुईवटा माटाको मूर्ति र एउटा काँचको मूर्ति दराजबाट झिकी देखाउनुभयो । यो मूर्ति पहिलेदेखि नै देखिआएको भए पनि त्यस बारेमा बयानहरु सुनेको थिइनँ । “म जेलमा छँदा चूलो बनाउन उनैले (नजिक बसिरहनुभएकी श्रीमतीलाई देखाउँदै) पठाएको माटो उवारी बढी भएको माटोबाट यो मूर्ति बनाएँ । जेलमा चित्र बनाउनलाई कागत लग्न पाइँदैनथ्यो । पुरानो लुगालाई चाहिएको साइजमा च्यातेर चित्र लेख्न हुने गरेर विधि पुर्‍याई चित्र लेख्थें” भन्नुभयो । “यो काँचको मूर्ति पनि नेपालकै खनिज पदार्थबाट बनाई पाक पुर्‍याएर पोलेको हो” पनि भन्नुभयो । त्यो काँचको मूर्ति नेपाली हो भन्नै गाह्रो पर्छ । रुप र छाँटमा नेपालीत्व राम्ररी झल्कने र अरु प्राविधिक हिसाबले पनि उच्च स्तरकै देखिन्छ ।

यता केही वर्षदेखि हामीलाई गुरु मास्केज्यूप्रति चासो बढ्दै गयो । यसरी उहाँको सम्पूर्ण जीवन बुझ्दै जाँदा वहाँ चित्रकलाको क्षेत्रमा यस युगकै महान् प्रतिभाशाली व्यक्तित्व हो भन्ने कुरा मलाई लाग्न थाल्यो । म झन् झन् झ्याम्मिंदै नजिकिन थालें । मैले वहाँबाट अरु थुप्रै प्राविधिक ज्ञानहरु र व्यावहारिक आदर्शका साथै देशभक्तिका कुरा सुन्दा यो वहाँमा भएका ती असल गुणहरु पहिले थाहै रहेनछन् भन्ने लाग्यो । वहाँ व्यावहारिक कठिनाइका भुक्तभोगी, जागरुक र चेतनशील अग्रगामी व्यक्ति हुनुहुँदोरहेछ भन्ने कुरा बल्ल मलाई लागेको बेलामा कला र कलाकार भन्ने पत्रिकामा मास्के अङ्क जस्तै गरी अन्तर्वार्तासहितको रमेश खनालज्यूको लेख छापियो । त्यसको केही महिनापछि रमेश खनालले नै चन्द्रमान सिंहको संक्षिप्त जीवनी पुस्तिका प्रकाशित भयो । फेरि केही समयपछि इनाप भन्ने नेपालभाषाको साप्ताहिक पत्रिकाले प्रकाशित गरेको गुरु मास्केज्यूको अन्तरर्वार्ता पढ्न पाएँ । त्यो अन्तर्वार्ता १ देखि ५ पटकसम्म प्रकाशित भयो र वहाँ बित्नुभएपछि पनि एकपल्ट बाँकी अन्तरवार्ता र बितेको कुरा समेत गरेर ६ पटक इनापमा वृतान्त कुरा निकालिदिंदा गुरु मास्केका अनुयायी चेलाहरुलाई वहाँबारे अरु कुराहरु अझ बढी जान्न ठूलो सघाउ मिल्न गएको छ । यसरी विभिन्न पत्रिकाहरुले लेख निकाली गुरु मास्केबारे थुप्रै ऐतिहासिक र शिक्षाप्रद कुराहरु देखाई हामी पाठकहरुलाई धेरै सघाउ पुर्‍याएको पाएँ ।

चित्रकलाको क्षेत्रमा व्यक्तिगत रुपको साथै सामुहिक र संस्थागत रुपको विकासमा पनि वहाँ जिन्दगीको लामो समयसम्म मरिमेटेर लागिरहनु भएको थियो । उदाहरणस्वरुप २००७ सादेखि नै अनेक असजिला स्थितिहरु पार गर्दै कलासम्बन्धी अनेकौं नाउँका संगठन खोली त्यसको माध्यमबाट कलाको उत्थान हुने धेरै कामहरु वहाँले गर्नुभयो । हालै आएर आफू अध्यक्ष भएको “कला एकेडेमी स्थापनार्थ समिति” को तर्फबाट आँटेको काम पूरा गरेरमात्र मर्ने वहाँको जुन महान् पवित्र इच्छा थियो त्यो पूरा हुन नपाउँदै बित्नुभएकोमा हाम्रो मनमा ज्यादै खल्लो लागिरहेको छ ।
सोखिन वा पेशेवर कलाकार हुन चाहने धेरै जना विद्यार्थीहरुलाई आफूले दिलोज्यानले कला शिक्षा नि:स्वार्थ एवं नि:शुल्क रुपमा दिनुभएको देखेको र भोगेको छु । कला सिकाउँदाको वहाँको शैली सजिलोसँग बुझिने छिटो–छरितो ढङ्गको थियो । चित्तबुझ्दो जाँगर लाग्ने मन प्रशान्त भई उत्साह बढ्ने गरी गहिरिएर ध्यान दिई मलाई सिकाउनु भएको थियो । मैले पनि त्यसै गरी गहिरिएर ध्यान दिई सिकेको हुँदा रेखासम्बन्धी काम गर्दा जहाँ जहिले पनि अघि सर्न समर्थ भएको छु । चित्रको काम सिकाउँदा वा अरु नै व्यावहारिक कुराहरुमा मिटिङ्गमा बस्दा समस्या र असजिलो पर्दा पनि गुरुले झर्कोफर्को खिसी गर्ने खालको बोलीबचन कहिल्यै पनि अरु शिक्षार्थीहरुलाई र मलाई प्रयोग गर्नु भएको सुनेको थिइनँ । त्यसको सट्टा बरु धैर्यपूर्वक सिकाउनुको साथै माया–दया र प्यार–स्नेहको भाव झल्काउनुहुन्थ्यो । कहिले गम्भीर भएर बोल्नुहुन्थ्यो भने कहिले ठट्यौली खालको कुरा गरी हँसाउनु पनि हुन्थ्यो । यसरी आफ्ना शिक्षार्थीहरुलाई रमाइलो वातावरण सृजना गरी हौस्याउनु हुन्थ्यो । गुरुकहाँ शिक्षार्थीहरुलाई आउने जाने समय र दिन तोकिएको हुँदैनथ्यो । काममा जाँगर लागेमा वा इच्छा भएमा जति बेरसम्म काम गरिरहे पनि सुविधा थियो, यसरी त्यहाँ चित्रकला सिक्ने चेलाहरुको घुइँचो लागेको हुन्थ्यो । धेरै जना चेलाहरु कला अध्ययन क्षेत्रको बाटो तय गर्दा गुरु चन्द्रमानसिंह मास्केज्यूको रेखाकारिता र रङ्ग पोताइको जगबाट उठेर पौराणिक र आधुनिक कला मन्दिरको गजुर छुन सक्ने अवस्थामा पुगेका छन् ।

मलाई रेखा कोराइको प्रभावमा त्यसप्रति झुकाउ बढ्यो । स्वाध्यायनमा प्रयत्न गरी अभ्यास बढाउँदै लगें– रेखा कोराइको साथै रङ्गहरुबारे पनि ज्ञान र व्यवहार बढाउने सिलसिलामा वरपरका दृश्य चित्र उतार्न अभ्यास गर्दै जाने गरेको थिएँ ।

रङ्ग भराइका झिलिमिलिले झन झन चित्र लेख्ने रहर ममा बढ्दै गइरहेको थियो । एकदिन गाउँ नजिकको फाँटमा गई दृश्य चित्र उतारिरहेको थिएँ । त्यस बेला एकजना नजिकैको प्रौढ अवस्थाका (पाको उमेरका) तुलसीलाल तण्डुकारजीले मैले लेखिरहेको दृश्य चित्र हेर्दै “त्यो केटा पनि मास्के हुन लागेछ भन्ने तारिफ गर्नुभएको थियो त्यतिबेला त्यो शब्द सुन्दा अनौठो लाथ्यो । त्यसको जवाफमा मैले केही बोल्न जानिनँ र चूप लागिरहेँ । तैपनि त्यो शब्दको अर्थ के होला भनी मनमा खुल्दुली लागिरहेको थियो । त्यो घटनाले केही वर्षपछि गुरु मास्केकहाँ चित्रकला सिक्न जान थालेको निकै वर्षपछि मात्र त्यति बेला तुलसीलाल तण्डुकारजी (हाल वहाँ वृद्धावस्थाको जीवन भोगिरहनु भएको छ) ले भन्नुभएको कुरा सम्झँदा बल्ल वहाँले भन्नुभएको अर्थ आफैं खुल्यो । यसरी त्यति बेला नै गुरु मास्केजीको कलाकारिता गुणको सुवास देशको चारैतिर फैलिसकेको रहेछ भन्ने कुरा बुझें ।

गुरु चन्द्रमानसिंह मास्के पुरानो परम्परावादी सामन्ती संस्कारभित्र जन्मी हुर्की जीवनभर त्यही जंजालभित्र जेलिएको भए पनि हामीभन्दा धेरै आधुनिक प्रगतिशील, जोशिलो, अग्रगामी, परिवर्तनशील भई कलाको क्षेत्रमा उभिरहनुभएको देखेको छु । वहाँ कलाको विकासको लागि बाठो, चनाखो, बोल्नसक्ने, जान्ने खप्पिस पनि हुनुहुन्थ्यो । यसरी यो अवस्थामा यो कुरा बोलेमा यो काम बारे संस्थागत विकास र हितमा यसरी ठीक ठाउँमा पर्छ भन्ने कुरा अगाडि नै वहाँको मनमा प्रष्ट भैसक्ने हुँदा र सो अनुसार व्यवहार गरेको हुँदा वहाँका दूरदर्शिताबाट म प्रभावित जस्ता लागे पनि व्यवहारमा उत्री सबैलाई चित्त बुझ्ने गरी काम गर्ने कलाकारहरु कम पाएको छु । यसरी कलाको विकास गर्न हुरुक्क भई मरिमेट्ने हाम्रा गुरु मास्के जस्ता कलाकार हाम्रो देशमा जन्मनु र हामीले हाम्रा जमानामा हामी सँगसँगै काम गर्न पाउनु मेरो लागि ठूलो सौभाग्यको कुरा हो । वहाँको गुण र सीपलाई युगौंसम्म जीवित राख्न हामीले निरन्तर लागि नै रहनुपर्छ, यो हाम्रा ठूलो कर्तव्य हो ।

जन्म : वि.सं. १९८२ माघ २१
अवसान : वि.सं. २०५७ साउन २

जनमतको ३०० अंकमा पून प्रकाशित


Tags: कुलमानसिंह भण्डारीचन्द्रमान मास्के
अघिल्लो पोष्ट

गुंपुन्हि

पछिल्लो पोस्ट

‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा

कुलमानसिंह भण्डारी

कुलमानसिंह भण्डारी

सम्बन्धित पोष्टहरू

मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक
चित्रकला

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

२५ कार्तिक २०८१, आईतवार
मुस्ताङको ठिनीमा पर्वतीय चित्रकला महोत्सव
चित्रकला

मुस्ताङको ठिनीमा पर्वतीय चित्रकला महोत्सव

१४ कार्तिक २०८१, बुधबार
पछिल्लो पोष्ट
‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा

‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

हरिदेवी कोइरालाको केही कविताहरु

हरिदेवी कोइरालाको केही कविताहरु

३ जेष्ठ २०८०, बुधबार
मलाई क्षमा गर ओ समय

मलाई क्षमा गर ओ समय

३ जेष्ठ २०७९, मंगलवार
भैरव पुरस्कार घोषणा

भैरव पुरस्कार घोषणा

१ आश्विन २०८१, मंगलवार
अन्धकारभित्रको अन्धकार – ८

अन्धकारभित्रको अन्धकार – ८

३ जेष्ठ २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक