हेमाङ्ग दीक्षितको जन्म बुबा सिद्धिमणि र आमा हेमप्रभाको कोखबाट सन् १९३७ मा काठमाडौंमा भएको थियो । भारतको नैनीतालस्थित शेरउड कलेज र शिमलास्थित बिशप कटन स्कुलबाट विद्यालयस्तरको पढाईपछि ए लेभल पढ्नको लागि बेलायत जानुभयो । चेरिङ्ग क्रस हस्पिटल मेडिकल स्कुल अफ लण्डन युनिभर्सिटीमा सन् १९५६ मा मेडिकल शिक्षा थाल्नुभयो भने सन् १९६१ मा एमबीबीएस (युलण्डन) का साथै एलआरसीपी (लाईसेन्सिएट अफ द रोयल कलेज अफ फिजिसियन्स), एमआरसीपी (मेम्बर्स अफ द रोयल कलेज अफ फिजिसियन्स) कन्ज्वाईन्ट बोर्ड गर्नुभयो । चेरिङ्ग क्रस अस्पताल स्ट्राण्ड, लण्डनमा ईन्टर्नशीप पछि लण्डन स्कुल अफ हाईजिन एण्ड ट्रपिकल मेडिसिनबाट डीटीएम (डिप्लोमा ईन ट्रपिकल मेडिसिन) एण्ड हाईजिन र कन्ज्वाईन्ट बोर्ड, लण्डनबाट डीसीएच गर्नुभयो ।
आफ्नो परिवारबारे हेमाङ्ग दीक्षित सम्झिनुहुन्छ ‘त्यसो त त्यो बेला दीक्षित एवं आचार्य परिवारको मुख्य काम पण्डित्याईं नै थियो । मेरो हजुरबुबा सदाशिव आचार्य आयुर्वेद चिकित्सक भइकन पनि भीम शमशेरको दरबारमा पण्डित्याईं पनि गर्नुहुन्थ्यो । मेरो जिजुबुबा शिरोमणि आफ्नो बाको निधनपछि जन्मिनुभएको र उहाँ (शिरोमणि) को आमालाई सती जान दिइएन र बनारस गई पण्डित्याईं गरेर बस्छु भन्नुभयो । नेपाल फर्केर आएपछि एकजना माथेमाको घरमा बच्चाहरुलाई पढाउन थाल्नु भयो । माथेमा धीर शमशेरको दरबारमा काम गर्नुहुन्थ्यो । एकदिन धीर शमशेरले आफ्ना रानीसाहेबहरुलाई पढाउन एकजना गुरु खोजी दिन अनुरोध भएपछि माथेमाले मेरो घरमा यस्तो यस्तो मान्छे छ, यसले पढाई दिन सक्छ भन्नुभयो । शिरोमणिले धीर शमशेरका रानी र वरिपरिकालाई पढाउन थाल्नुभयो । धीर शमशेरको ईच्छा होम गर्ने पनि रहेछ । पछि धीर शमशेरकैमा मेरो जिजुबुबाले पण्डित्याईं गर्न थाल्नुभयो । उहाँको छोराहरुले पनि धीर शमशेरका छोराहरुकहाँ पण्डित्यार्इं गर्न थाल्नुभयो । माइलो छोरा चन्द्र शमशेरकहाँ, साईंलो छोरा (सदाशिव) भीम शमशेरकहाँ, चौथो छोरा सबैतिर जानुहुन्थ्यो भने कान्छो छोरा देव शमशेरकहाँ पण्डित्याईं गर्नुहुन्थ्यो । पछि चन्द्र शमशेरले आपूmलाई सहायकहरु चाहिएला भनेर दीक्षितहरु एवं अरुहरुलाई पैसा दिएर कलकत्तामा पढ्न पठाउनु भएको थियो । सबैजना नेपाली पढाउने, संस्कृत पढाउने भन्नेमा लागे पनि सदाशिवले चाहिँ जमाना अनुसार अंग्रेजी पनि पढाउनु पर्छ भन्ने मनसाय राख्यो । शिरोमणिले मेरो कसैलाई पनि अंग्रेजी पढाउन दिन्न भने पनि शिरोमणिको निधन पश्चात् मात्र अंग्रेजी पढ्न सम्भव भएको थियो । मेरो बुबाले त्यो बेला संस्कृत मात्र पढ्नु भएको रहेछ । चन्द्र शमशेरकहाँ यो (मेरो बुबा सिद्धिमणि) डाक्टरी पढ्न चाहन्छ भनेपछि, पढ्न गए हुन्छ तर यसको पाप (शिरोमणिका नातिले अंग्रेजी पढेर हड्डी छोयो भन्ने) चाहिँ मलाई नलागोस् भनेर चन्द्र शमशेरले भन्नुभएको थियो रे । त्यो बेला एलएमएफ (लाईसेन्सिएट अफ मेडिकल फ्याकल्टी) भन्ने मात्र थियो । पाटनमा रत्नदास वैद्य बंगालीमा एलएमएफ गर्नुभएको र चन्द्र शमशेर बेलायत जाँदाको टोलीमा हुनुहुन्थ्यो र रत्नदासको नाउँमा उहाँको परिवारजनले अभैm पनि छात्रवृत्ति दिइरहेको छ । मेरो बुबाले सन् १९२१ मा एमबी (ब्याचलर ईन मेडिसिन) गर्नु भएपनि सीमित मात्रामा सर्जरी पनि गर्न पाउनुहुन्थ्यो । पछि एमबीलाई एमबीबीएस भन्न थालियो ।’
हेमाङ्ग दीक्षितका हजुरबुबा सदाशिवले घर टोलका बालबालिकाहरुलाई पढाउन थाल्नुभयो । घरवरिपरि जोशी एवं सुवेदी परिवारका पनि थिए । त्यो बेला केटीहरुलाई पढाउने चलन नभएपनि दिदीलाई पनि पढाउनु भएको थियो, यस हिसाबले सदाशिव अग्रगामी सोचको हुनुहुन्थ्यो । हेमाङ्ग दीक्षितको शुरुवाती पढाई घरमा गुरुहरुबाटै शुरु भयो । नैनीताल जान उर्दु सिकेर जानु भएको थियो । अगस्टमा (सन् १९४७) स्वतन्त्रता भयो, त्यतिन्जेलसम्म उर्दूमै पढ्नुपथ्र्यो । त्यसपछि हिन्दी पढ्न थालेको, नेपालीसँग मिल्दोजुल्दो भएकोले राम्रो अङ्क ल्याउनुहुन्थ्यो । नैनीताल टाढा भयो, हेमाङ्ग दीक्षित दुब्लाउन थाल्यो, एकपटक गएपछि ८, ९ महिना आउन पाउँथेन भनेर हेमाङ्ग दीक्षितलाई तीनवर्षमै शिमलामा शिफ्ट गरिदिनुभयो । त्यो बेला भारत जान गाह्रो थियो । थानकोटको बाटो भएर चित्लाङ पछि कुलेखानीमा भात खानुहुन्थ्यो र भीमफेदीमा बास बस्नुहुन्थ्यो र खाना पनि आपैंm पकाउनु हुन्थ्यो । भोलिपल्ट लहरी चढेर अमलेखगञ्ज पुगेपछि एनजीआर (नेपाल गभर्मेन्ट रेल्वे) भन्ने थियो, त्यसैगरी सिमरामा प्लेन ल्याण्डिङ गरेको देख्नु भएको थियो । अनि बीरगंजमा गएर नेपाल आयल स्टोरको घरमा एकरात बसेर भोलिपल्ट बोर्डर क्रस गरी रक्सौलमा गई रेल चढेर जानुहुन्थ्यो । शिमला हाईस्कुल सिध्याएपछि सिनियर क्याम्ब्रिज गरेर डिसेम्बरमा फर्किनुभयो ।
नैनीतालस्थित स्कुलमा सलमान हैदर भन्ने घनिष्ठ साथी थिए । पछि भारतको विदेश सचिव पनि बन्नुभयो । त्यसको ३०, ४० वर्षपछि आउनुहुँदा नेपालका दीक्षित भन्ने पनि साथी थियो भनेर सोधखोज गर्दा मधुकर शमशेरले भेट्टाउन ल्याउनु भएको थियो ।
एकपटक तत्कालीन राजारानी विरेन्द्र र ऐश्वर्यको सवारी पोखरामा थियो, करिब एक महिनाको बसाई थियो । राजारानीको रेखदेखका लागि डा. पहारी हुनुहुन्थ्यो भने दिपेन्द्र, श्रुतीको स्वास्थ्य रेखदेखका लागि उहाँ जानुभएको थियो । त्यसैबेला फुर्सदको बेला पोखरा यताउती घुमेर ड्रग्स, सेक्स, त्यहाँको पर्यावरण समेटेर मणि दीक्षित उपनाममा रेड टेम्पल नामक पुस्तक प्रकाशित गर्नुभयो । पछि उही सलमान हैदरले एक भारतीय विदेश सचिवको नाम पनि मणि दीक्षित नै रहेछ, पुस्तक उपहार लगिदिन्छु भन्नुभएको थियो ।
१९५१ जनवरीमा कलकत्ताको सेन्ट जेभियर्समा आईएस्सीमा भर्ना हुनुभयो । त्यसको दुई महिनामै बेलायत जाने कुरा भएपनि घर आउनु भयो । हेमाङ्ग दीक्षितको बुबा डाक्टर नै भएपनि सीमित आयका बाबजूद आफ्नै पैसाले त्यो बेला दाईलाई अमेरिकामा ईञ्जिनियरिङ र उहाँलाई बेलायतमा डाक्टरी पढाउन पठाउनु भयो ।
बेलायतमा एमबीबीएस पढ्दैता गर्दाका गोट्स क्लब भन्ने संस्था थियो । प्रत्येक मंगलबार त्यहाँ नामूद व्यक्तित्वहरु आउँथे । बेलाबखत एकपटक त क्विन मदर, सगरमाथा चढेका मेजर वायले, भारतका राजदूत राजेश्वरी लक्ष्मी (नेहरुकी बहिनी), टिएस ईलियट लगायत आउनुभएको हेमाङ्ग दीक्षित सम्झिनुहुन्छ, यी सबै विवरण उहाँको टु इनिङ्स पुस्तकमा समेटिएको छ । उहाँका निकट आफन्त नरेन्द्रमणि बेलायत जाँदा लडाईंका बेला भएकाले फर्किन नसकेकाले ८ वर्ष त्यहीँ बस्न बाध्य हुनुुभएको थियो । पछि उहाँले नै बुबाको लागि चिठीपत्र लेखिदिने गर्नुहुन्थ्यो । उहाँकै पहलमा मेरी त्रिविलियन भन्ने महिला हेमाङ्ग दीक्षितको अभिभावक बन्न राजी हुनुभयो, जीसीई र एडभान्स लेभल गर्दा ताका । पछि लण्डन युनिभर्सिटी ज्वाईन गर्दा ताका गोट्स क्लब ज्वाइन गर्नुभयो ।
बुबाले शुरुवाती दुई वर्ष पैसा पठाउनुभयो । छोरा बीचमा फर्किन नहाल्ने भएपछि आमा चारधाम जाने क्रममा वीरगञ्ज पुग्दा लु लागेर बित्नुभयो । पछि बुबा पनि बिरामी हुनुभयो । यसैबीच कोलम्बो प्लान अन्तर्गत आंशिक छात्रवृत्ति पाउन सफल हुनुभयो । एमबीबीएस सकेर नेपाल फर्किनुपर्ने शर्त थियो, त्यसो त उहाँ पढाई सकेपछि नेपाल फर्किने सोचमै हुनुहुन्थ्यो । सन् १९६५ मा नेपाल फर्केपछि वीर अस्पतालमा काम गर्न थाल्नुभयो । त्यहाँ तीनवटा मात्र दरबन्दी खाली रहेछ, शुरुमा त्यहाँ ठाउँ खाली थिएन । उहाँ जाने अघिल्लो दिन मात्र एकजना अगाडि मिलिटरी अस्पतालमा जानुभएको कारण जागिर पाउन सम्भव भयो । तर वीर अस्पतालमा त्यो बेला ३५० तलबमान भएपनि साँढे दस महिनाजति आधा रकममै काम गर्न थाल्नुभयो । पछि लोकसेवा पास गरि वीरमा संलग्न हुनुभयो । त्यहाँ करीब ५ वर्ष जति काम गर्नुभयो, र सेकेण्ड क्लाससम्म पुग्नुभयो । त्यहाँ बालरोग हेर्नुहुन्थ्यो, डा. महेन्द्रप्रसादको मातहतमा रहेर चिल्ड्रेन विभागको हेड भएर पनि काम गर्नुभयो । त्यसबेलासम्म ५, ६ जना बालरोग विशेषज्ञ पढेर आइसकेका थिए । पछि त्यहाँको टिम नै सन् १९७० मा भर्खरै स्थापित कान्ति बाल अस्पतालमा जानुभयो । राजीनामा स्वीकृत नहुने सम्भावना भएकाले तीन महिना घर बिदा लिई एक महिनापछि रजिष्ट्री मार्पmत् जागिर छोड्नु भएको थियो । विरेन्द्र सरकारका बच्चाहरुको रेखदेख गर्ने भएकाले राजा विरेन्द्रलाई जानकारी गराएरै, दिपेन्द्र श्रुतीहरुको रेखदेखलाई निरन्तरता दिने शर्तमा सन् १९७५ मा सरकारी जागिर त्याग्नुभयो । तर पनि तत्कालिन स्वास्थ्यमन्त्री जङ्गिएका थिए रे ! वीर अस्पतालमै छँदा डा. अच्युत आचार्य, ज्वालाराज पाण्डे १५ दिन त्रिशुलीमा नेपाली स्वास्थ्य इतिहासमा पहिलोचोटि बहुविधागत (मल्टी डिसिप्लिनरी) वृहत् स्वास्थ्य शिविर सञ्चालन गर्नुभयो ।
नेपालमा चिकित्सा शिक्षाको शुरुवातबारे हेमाङ्ग दीक्षित सम्झिनुहुन्छ ‘म दुई वर्ष खाली नै बसेको थिएँ, डा. मोइन शाहले डाक्टरी पढाई शुरु गर्ने भनेर अनुभवी चिकित्सकहरु जम्मा गर्न थाल्नुभयो । यस क्रममा भीष्मराज प्रसाईं, दामोदर उपाध्याय, गोपाल आचार्यसँगै उहाँ पनि जोडिनु भयो । त्यसो त नेपालमा डाक्टरी पढाईबारे सन् १९६२ बाटै कुरा उठेको भएपनि सन् १९७८ तिर मात्र सम्भव भयो । सन् १९७२ बाट नयाँ शिक्षा लागू भइसकेको थियो । हार्वर्ड र विश्व स्वास्थ्य संगठनले खोले हुन्छ भनिसकेको र भारतको सवाकर कमिटीले स्वीकृति दिने कुरा थियो । महेन्द्रको पालामा डाक्टर भन्दा पहिले हेल्थ असिस्टेन्ट डाक्टरी पढाई शुरु भयो भने अवसर दिने भनेर फकाई पछि वाचा पूरा पनि भयो । एमबीबीएस कोर्स खुल्यो । शुरुको एमबीबीएस ब्याचमा २२ जना मात्र थिए । मोइन शाहले पहिलो क्लास लिनुभयो । र, मोइन शाह शुरुको दुई कार्यकाल डिन हुनुभयो । कान्ति बाल अस्पताल, बीरमा, प्रसुतीमा, आँखा अस्पतालमा पोस्टिङ भयो ।’
एवं त्यसबेलाको स्वास्थ्य स्थितिबारे उहाँ भन्नुहुन्छ ‘त्यो बेलाको बालबालिकाको समस्याको कुरा गर्दा दादुरा लाग्दा गुट्मुट्याएर राख्थे, औषधि गर्न नहुने भन्थे, खोप थिएन, सुन्दरीजल क्षेत्रमा १८, २० जना मरि नै सकेका थिए । त्यो बेला तिब्बती शरणार्थी पनि आउन थालेका थिए । तिनीहरुका बच्चाहरुसँगै तिनीहरुका आमाबुबालाई पनि दादुरा लाग्यो । लहरेखोकीको बिरामी पनि खुबै हुन्थ्यो । डीपीटी खोप थिएन । त्यो बेला डा. बरालसँगै काम गर्दैगर्दा पिसाबले छटपटी भएको बच्चा ल्याउँदा कतै पत्थरी त होइन भनेर, एक्सरे गर्दा यत्रो पत्थर पत्ता लगाएको थिएँ, पानीको अभावले पनि होला । अपरेशनको सुविधा बिस्तारै शुरु भयो । त्यो बेला ड्युली फाउण्डेशनले बीर अस्पताललाई सघाइरहेको थियो । एकपटक डा. नारायण केशरी शाह (पछि विश्व स्वास्थ्य संगठनमा काम पनि गर्नुभयो) ले सो फाउण्डेशनबाट एक एक्सपर्ट डाक्टर ल्याउनु भएको थियो । वीर अस्पतालका डा. सुरेन्द्र दास गुप्ताले आँखा हेरेर अंकुशे जुका पत्ता लगाउँदाको घटनाले त्यो अमेरिकन एक्स्पर्ट डाक्टर हे¥याहे¥यै भएका थिए । पछि ड्युली फाउण्डेशनबाटै पहिलो हेल्थ सर्भेबाटै भएको थियो ।’
सन् १९७७ मा चिकित्सा शास्त्र अध्ययन संस्थानमा बालरोग विभागमा रिडरका रुपमा आफ्नो क्यारियर शुरु गर्नुुभएको थियो । सन् १९७९ मा चार वर्षका लागि चिकित्साशास्त्र अध्ययन संस्थानको डिन बन्नुभयो । डिनका रुपमा कार्यभार सम्हालिसकेपछि सन् १९८५ मा बालरोग विभागका प्राध्यापक बन्नुभयो । सोही क्षमतामा काज (डेप्युटेशन) मा फेरि एकपटक कान्ति बालरोग अस्पतालमा काम गर्न थाल्नुभयो । त्यसैबखत उहाँ चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वास्थ्य शिक्षा सामग्री केन्द्रका निर्देशकका रुपमा रहनुभई धेरै खाले स्वास्थ्य शिक्षा सामग्रीहरुको उत्पादनमा संलग्न हुनुभयो । चिकित्सा शास्त्र अध्ययन संस्थान (चिशाअसं) स्थापनाको केही समयपछि उहाँ डिन हुँदा (१९७८÷८०) त्रिविको सबै पढाई बीस वर्षमा नेपालीमै गर्ने महत्वकांक्षा राखियो । सोही अनुरुप अंग्रेजीबाट नेपाली शब्दकोष तयार गरियो । डाक्टर नभएमा नेपालीमा अनुवाद गर्नुभयो । हेल्थ लर्निङ मटेरियल सेन्टरको स्थापना ग¥यौं । पछि विश्व स्वास्थ्य संगठनसँग मिलेर थुप्रै स्वास्थ्य शिक्षा सामग्री तयार पार्नुभयो । उहाँ डिन हुँदा चिशाअसं अन्तर्गतका सबै क्याम्पसमा वर्षको एकचोटि जानुहुन्थ्यो । त्यो बेला वीरगंज, सुर्खेत र नेपालगञ्जमा आङ्गिक क्याम्पसहरु थिए भने धनकुटाको क्याम्पस बनाउँदा उहाँ नै डिन हुनुहुन्थ्यो ।
त्रिवि शिक्षण अस्पतालबारे उहाँ थप्नुहुन्छ ‘टिचिङ अस्पताल स्थापना गर्ने ताका यो कसले बनाउने भन्ने विषयमा रसियन र जापानिजहरुको रुची भएपनि डा. तुलसी गिरी रुस गएर सहयोग मागे पनि रुची देखाएनन् भने जापानिज सरकारले राजा विरेन्द्रलाई उपहार स्वरुप बनाइदिने निर्णय भयो । जापान सरकारले बनाइदिने भएपछि म डिन हुने बित्तिकै नेगोसियट गर्न जापान जानुप¥यो । कहाँ बनाउने भन्ने सवालमा तीनवटा विकल्प टेकुमा स्वास्थ्यको जग्गामा, त्रिवि परिसरमै र तेश्रो महाराजगञ्जमा । बालरोगको अनुभवी भारतीय विशेषज्ञ ओपीघाई नेपाल आउँदा हड्ताल भइरहन्छ, विश्वविद्यालय परिसरमा नबनाउ भन्ने सल्लाह दिनुभयो । महाराजगञ्जको जग्गा आर्मीको रहेछ । त्यो बेलाका कमाण्डर ईन चिफ सिंहप्रताप शाहका नातिनातिनीहरुलाई पनि म हेर्ने गर्थें भने उहाँ बेलायतमा मिलिटरी एट्याची हुँदैदेखि चिनिराखेको भएकोले शंखमूलमा श्रोतभर्ना दिने गरी महाराजगञ्जको जग्गा पाइयो । उक्त सोधभर्ना ५० वर्षपछि हालै मात्र नामसारी भयो । त्रिवि शिक्षण अस्पतालको शिलान्यास भट्ट शिक्षामन्त्री हुँदा भयो । पछि यो अस्पताल त्रिवि अन्तर्गत राख्ने कि मन्त्रालय अन्तर्गत ? विवाद भएको थियो । दिपेन्द्र, श्रुती सरकारको हेरचाह गर्ने भएकोले त्रिविबाट टिचिङ झिक्ने कुरालाई मान्यता नदिन दरबारका सचिव नारायणप्रसाद मार्पmत् बिन्ती चढाएको थिएँ ।’
सन् २००१ देखि २०१३ सम्म काठमाडौं मेडिकल कलेजका प्रिन्सिपलका रुपमा कार्यरत रहनुभयो । यसैबीच मे २००६ मा उहाँमाथि सांघातिक हमला भयो । निकै घाइते हुनु भएपनि उहाँले दोश्रो जीवन पाउन सफल हुनुभयो । त्यसै लगत्तै उहाँले माई सेकेण्ड इनिङ्ग (संस्मरणात्मक पुस्तक) २००९ मा प्रकाशन गर्नुभयो ।
त्रिवि शिक्षण अस्पतालबाट सेवा निवृत्त भएका कुरा यसरी सम्झिनुहुन्छ ‘टिचिङपछि एक वर्ष सिद्धी मेमोरियल भक्तपुरमा शुरुवात गर्न सहयोग गरें । त्यसपछि सन् २००१ देखि २०१२÷१३ सम्म काठमाडांै मेडिकल कलेजको प्रिन्सिपलको जिम्मेवारीमा रहें । म त्यहाँ हुँदा दुइटा घटना नराम्रो तरिकाले भएको सम्झिन्छु । एउटा, ऋतिक रोशन घटनापछि कतिपय भारतीय विद्यार्थीहरु एमबीबीएस पढ्न छोडेर गए । अर्को घटना, ममाथि गोली प्रहार गर्नु अगाडि सन्दिप पाठक भन्नेले र पछि च्यामेले पैसा ल्याउ भनेर फोन गथ्र्यो । तीन करोड मागेका थिए । मैले म यो मेडिकल कलेजको मालिक होइन, म हेडमास्टर मात्र हुँ । मसँग त पैसा हुँदैन भनें । बुढ्यौलीमा पनि मस्तिष्क तिखारी राख्न म सोडुको वा क्रसवर्ड खेल्ने गर्थें । एकदिन गाडीमा खेल्दै बानेश्वर जाँँदै गर्दा उकालोमा पुग्दा ढ्याङ आवाज आएजस्तो लाग्यो, दुखेको छैन घाउको याद भएन तर गर्दनमा रगत छाम्न पुगें । ड्राईभर रामलाई छिटो इमर्जेन्सी लगि हाल भनें । बिहानकै समय भएकोले, सबै डाक्टर उपलब्ध हुने बेलातिर भएकोले धेरै राम्रो भयो । डा. सुनिल शर्माको टिमले इमर्जेन्सीबाट तुरुन्तै अपरेशन थियटरमा लगेर उपचार गरिदिनु भयो । बेलुकीपख बाँचे रे, फेरि आउँछु भन्थ्यो रे । ७–१० दिन अस्पतालको बसाईपछि डिस्चार्ज भएँ । उपयुक्त कानुनको अभावमा तिनीहरुलाई पछि ड्रग्सको केसमा लामो समय थुन्यो क्यारे ।’
पहिले एसओएसका अध्यक्ष शारदा सरकार हुनुहुन्थ्यो । दरबार हत्याकाण्डपछि ८ वर्ष म कार्यवाहक अध्यक्ष भएँ, पछि उमेरको हदले छोड्नु प¥यो । त्यस क्रममा नेपालगञ्ज, सुर्खेत भरतपुर घुम्नुभयो । पछि सल्लाहकारका रुपमा रहनुभयो । त्यसैगरी पोलियो उन्मुलनको क्रममा पनि उहाँ देशभरि घुम्नु भयो । मुस्ताङ मात्र जानु भएको छैन । एकपटक त्यहाँ जाने मौका पनि आएको थियो तर श्रीमती हाइपोग्लाईसेमियामा जाला, राति गाह्रो होला भनेर जानु भएन । काठमाडौं बाहिर जाँदा मुग्लिङमा शुद्ध मारवाडी खाना खाने ठाउँ थियो । हिले जाँदा तोङ्बा पिउने गर्छु । खानामा उहाँ त्यस्तो परहेज गर्नुहुन्न ।
सन् १९७३ (वि.सं. २०२९) मा राज्याभिषेक पदक पाउनुभयो । वि.सं. २०५० मा सुप्रबल गोरखा दक्षिण बाहु पाउनु भयो । १९९४ फेब्रुअरीमा नयाँ दिल्लीमा आयोजित पेडियाट्रिक सम्मेलनमा एपसियर कन्ट्रिजमा बालरोग विकासमा उत्कृष्ट योगदान पु¥याए वापत स्वर्णपदक पाउनुभयो । डा. बलराम जोशी ज्ञान विज्ञान पुरस्कार प्रतिष्ठानबाट गुणस्तरीय शिक्षक पुरस्कार अक्टोबर २००९ मा पाउनुभयो ।
उहाँ नेपाल पेडियाट्रिक सोसाईटी (सन् १९८६÷८७) र नेपाल मेडिकल एशोशिएसन (सन् १९९०÷९१) को सभापति बन्नुभयो । त्यसैगरी नेपाल मेडिकल काउन्सिलमा वर्षौंसम्म सेवा पु¥याउनु भयो भने करिब आठ वर्ष त उपाध्यक्षका रुपमा रहनुभयो (सन् १९९६ सम्म) । उहाँको लेखकीय जीवन नेपालमा फर्के लगत्तैदेखि हो । अर्थात् नेपाल मेडिकल एशोशिएसनको जर्नलमा प्रधान सम्पादक १९६५÷६६ को दुईवर्षे कार्यकाल देखि हो । सन् १९८३ देखि १९९२ सम्म उहाँ चिकित्सा शास्त्र अध्ययन संस्थानको जर्नलको पनि प्रधान सम्पादक पनि रहनु भयो ।
बुबाको डाक्टरी व्यस्तता देखेर डाक्टरको श्रीमतीको नियतिका कारण आमाले मलाई डाक्टर नबन भन्नुहुन्थ्यो तर बुबाले डाक्टर नै पढाउन चाहनुभयो । डाक्टर नबनेको भए खासमा म लेखक हुन चाहन्थें, पछि उहाँलाई झल्याँस्स बुद्धि आयो पुस्तक निकालेर बिक्री भएन भने डाक्टरी नै पढौं भन्ने लाग्यो । त्यसो भने पनि ढिलो चाँडो चिकित्सक भएपछि साहित्य सेवामा पनि कदम चाल्न थाल्नुभयो ।
उहाँका नन–फिक्सनमा शिरोमणि (राणाकालका जीवन र समय सन्दर्भहरु) (२०१६), नेपाल्स क्वेस्ट फर हेल्थ (२०१४, चौथो संस्करण) तीन किताप (२०१२) अ कन्साईस हिस्ट्री अफ मेडिसिन (२०१०), माई सेकेण्ड ईनिङ्ग्स (२००९, दोश्रो संस्करण), फिफ्टी इअर्स अफ एनएमए (२००१) प्रकाशित भइसकेको छ भने फिक्सनमा रिफ्लेक्शन डाउन द एजेज (२०१९), गुर्खाज ईन फोर ल्याण्ड्स (२०१६), निर्वाणा लज (२०१५) शत्रु अफ काठमाडौं (२०११), कम टुमरो (२०००), कन्फ्लिक्ट इन द हिमालयाज (१९९८), द रेड टेम्पल (१९९७), ओभर द माउण्टेन्स (१९९५) प्रकाशित भैसकेको छ । बाल साहित्यतर्पm फ्रेण्ड्स कोलोनी (२००५), ह्यापेनिङ्स इन साङ्ग्रिला (२०००), द एडभेन्चर्स अफ चन्द्र एण्ड डमरु (१९९६) र कविता विधामा नन्सेन्स भर्सेस फ्रम नेपाल (२०००), द एभेजिङ्ग घोस्ट (१९९९) प्रकाशित भइसकेको छ ।
उहाँ ल्यान (लिटरेरी एशोशिएसन अफ नेपाल) मा पनि आबद्ध हुनुहुन्छ । उहाँ अहिले काठमाडौंबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरुमा पनि समसामयिक विषयमा लेखहरु लेख्नुहुन्छ । न्यू स्पटलाईट अंग्रेजी पाक्षिक पत्रिकामा स्तम्भ नियमित रुपमा लेखिरहनु भएको छ भने हाल अन्नपूर्ण फ्यान्टसीको रिप्रिन्ट÷पुनर्लेखन), एउटा बालकथा (अंग्रेजीमा), नाईन लाईभ्स लेखन, अ कन्साईज हिस्ट्री अफ मेडिसिनको अद्यावधिक गर्दै हुनुहुन्छ ।
अधिकांश पुस्तकहरु अंग्रेजीमै प्रकाशन गर्नु परेकोबार भन्नुहुन्छ ‘७ कक्षादेखि उतै भइयो । शेरउडमा हिन्दी कि गुरुमुखी (पञ्जाबी) अनि बेलायत गएपछि अंग्रेजी त अनिवार्य नै भैहाल्यो । जर्मन भाषा पनि ओ लेभलसम्म सिकें । नेपाल फर्केर डा. मनिन्द्र रञ्जन बराल र म मिलेर हाईफाई (हाईजिन र फिजियोलोजी) र शिशु स्याहार कनिकुथी नेपालीमा प्रकाशन गरेको थिएँ । भक्तपुरको थुम्को (जासुसी उपन्यास) भने पूर्णता दिन सकिएन ।’
आफ्नो विवाहबारे हेमाङ्ग दीक्षित सम्झिनुहुन्छ ‘एमबीबीएस पढाई सकेर त्यस्तै २ वर्ष जति भएको थियो । बनारसमै आईए पढेका आशासँग मेरो विवाह भयो । मेरो श्रीमती आशाकी बुबा र हजुरबुबा (होमनाथ र केदारनाथ) वि.सं. १९९६ सालमै देश निकालामा परेको थियो । मेरो जेठी दिदीको बिहाको लागि भनेर नेपाल आउन उहाँहरुले १५ दिनको अनुमति पाउनु भएको थियो । पछि दिदीकै देवरको छोरीसँग मेरो विवाह भयो । त्यो बेला परिवारबीच एकआपसमा साटफेर गर्ने चलन थियो । पछि मेरी श्रीमती आशाले पद्मकन्यामा बीए ज्वाईन गरिन् तर कम्प्लिट गरिनन् । गर्भवती पनि भईन् । उनलाई मधुमेहको समस्या थियो, सन् २०१९ मा बित्नुभयो । त्यसो त मलाई पनि सन् १९९० देखि मधुमेह छ, ईन्सुलिन लिन्छु ।’
विगत सम्झिँदै भन्नुहुन्छ ‘राणा परिवारमा पण्डित्याईंदेखि शाहकालमा राजपरिवारहरुको रेखदेखमा संलग्न भएकोले छोरीको बिहेमा विरेन्द्र सरकारलाई निम्तो गरेको थिएँ । राजा महेन्द्रलाई पनि सानोमा बुबाले हेर्नुभएकै थियो । राजा त्रिभुवनलाई २००७ साल फागुन ४ गते बानेश्वरमा जेठोबुबा (शिरोमणिका जेठो छोरा) घरबाट देखेको थिएँ । राजालाई देख्यो भने ४ दिनको पाप जान्छ भन्ने भनाई थियो ।’