जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

बुबाको मुख हेर्ने दिनमा

कुन्ता शर्मा कुन्ता शर्मा
प्रकाशित २८ भाद्र २०८०, बिहीबार
कविता, काव्य भित्र
0
बुबाको मुख हेर्ने दिनमा

साना तेजिला केही धसेका आँखाहरू
लामालामा रौँ झरेका आखिभौँहरू
ठ्याक्कै मसँग मिल्ने तिम्रो अनुहार
अथवा तिमीसँग हुबहु मिल्ने मेरो अनुहार
मेरो प्यारो बुबा
ऐना हेरेजस्तो लाग्छ तिम्रो तस्बिर हेर्दा ।
संसार नाप्ने तिम्रा खिनौटे पैतालाहरू
प्रथम विश्वयुद्धको गर्जन सुन्ने कान
क्षतविक्षत लासहरू देख्ने आँखा
अनि आफैँलाई घाइते बनाएर
युद्धबाट भाग्ने कायर साथीहरू देखेर
वैराग्यले बन्दुक फ्याँकेर हिँड्ने तिमी
बुबा ! आँखा भरिएर आउँछन्
आजको दिनमा
तस्बिरमा तिम्रो मुख हेर्दा ।
प्रौढ वयमा कसिएको तिम्रो लगनगाँठो
अनि जम्मा भएका हामी लालाबालाहरू
समयले लामो हिँडाइ तय गरे पनि
स्मृतिमा धूमिल नभएको तिम्रो अनुहार
पर डाँडामा बलेको कुनै चहकिलो बत्तीजस्तो
बुबा ! तस्बिरमा तिम्रो मुख हेर्दा ।
प्यारो बुबा !
तिमीले ब्यूँझाएको समय अझै साक्षी छ
तिम्रो हातमा भएको लालटिनले
उज्यालेको सहरका कुनाकानी साक्षी छन्
पीडामा तिमीले पुर्‍याएको राहत
तिमीले गरेको व्यथाहरूको निदान
तिमीप्रति भएको मानिसको कृतज्ञताभाव
बुबा ! एकैपल्ट फक्रन्छन्
श्रद्धाका हजारौँ थुँगा फूलहरू
तस्बिरमा तिम्रो मुख हेर्दा ।

गतिवान् समय रोकिने रहेनछ कहिल्यै
वेगवान् नदीजस्तो अविरल अविरल
तर सम्झनाहरू अझ वेगवान् हुँदै छन्
तिम्रो सम्झना इन्द्रेनीजस्ता भएर
फैलिरहेको छ मनको आँगनमा
अनायासै आँखाहरू अश्रुयुक्त हुनपुग्छन्
बुबा ! तस्बिरमा तिम्रो मुहार हेर्दा ।

बुबा ! अतीतको आँगनमा फर्कँदा
भित्री मन चिमोटिएजस्तो लाग्छ बेस्सरी
विह्वल बन्छ कहालिएको मस्तिष्क
बिर्सन नसकिएका बिस्कुनहरू सम्झनाका
अहो कति तीव्र छलाङ लगाइसक्यो समयले
लाग्छ म जड भएर बाँचिरहेको छु
मन असाध्य द्रवित भएर आउँछ
बुबा ! तस्बिरमा तिम्रो मुख हेर्दा ।

सुम्सुम्याउँछु निक्कै बढेका तिम्रा दाढीहरू
लुटुपुटु हुन्छु तिम्रो मायालु काखमा
मगनमस्त हुन्छु तिम्रा भजनका स्वरहरूमा
चलायमान देख्छु तिम्रा जाँगरिला हत्केलाहरू
आर्द्र भएर कहालिन्छ मन
कस्तो हुने थियो होला
एकपल्ट मात्र पनि भेट्न, देख्न पाए तिमीलाई
साह्रै नै तिर्खाएको छ मन तिम्रा लागि
बुबा ! तस्बिरमा तिम्रो मुख हेर्दा ।

अहो ! तिम्रो अनुहार
जीवन्त भन्दा जीवन्त भएर
आउँछ मेरो सामु
तिम्रो तस्बिर रङ उडेर धूमिल भएको छ
धूलधुसरित छ
तर तिमीले गरेको रमझम वृष्टि स्नेहको
तिमीले दिएको अमूल्य संस्कार
तिमीले देखाएको अद्वितीय जीवनमार्ग
तिम्रा स्नेहसिक्त दृष्टिहरू
तिमीले फैलाएका आशीर्वादका हत्केलाहरू
अहो ! सम्झनाले मात्र पनि कण्ठ अवरूद्ध हुन्छ
बुबा ! तस्बिरमा तिम्रो मुख हेर्दा ।

बुबा ! मेरै काखमा
समयका निष्ठूर हत्केलाहरूले
मेटाइसकेका छन् सबै सुन्दर चित्रहरू अतीतका
बिहानै प्रवाहित हुने तिम्रा सुमधुर भजनहरू
निस्तब्धता चिर्ने हाते पङ्खाको स्वर
कतै कुनै आडम्बर नभएको तिम्रो चरित्र
अविरल कार्यशील तिम्रा हत्केलाहरू
खलमा घर्षण गरिरहेको बच्चो
रसायनका कदलीहरू
पारो, गन्धक, मुगा, शङ्ख
सुन, फलाम र सङ्खिया भष्म
फँडिरका थुप्राहरू
एकएक गर्दै अगाडि आउँछन्
तिम्रो अथक श्रमशील जिन्दगी
विभिन्न दृश्य–परिदृश्यहरू
चारै दिशामा तिमीलाई नै देख्छु
अश्रुयुक्त आँखाहरू स्थिर हुन्छन्
तिम्रो धूमिल तस्बिरहरूमा
बुबा ! मन व्यथित हुन्छ
आज बुबाको मुख हेर्ने दिनमा
तस्बिरमा तिम्रो मुख हेर्दा ।


Tags: कुन्ता शर्माबुबाको मुख हेर्ने दिन
अघिल्लो पोष्ट

खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’

पछिल्लो पोस्ट

मेरा बा

कुन्ता शर्मा

कुन्ता शर्मा

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
मेरा बा

मेरा बा

जनमत साहित्य डट कमको तीज कविता वाचन कार्यक्रम

जनमत साहित्य डट कमको तीज कविता वाचन कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘अहिले ‘मोटिभेसनल’ भनिने सस्ता र झुठा किताबले चर्चा पाइरहेका छन्’–सङ्गीत

‘अहिले ‘मोटिभेसनल’ भनिने सस्ता र झुठा किताबले चर्चा पाइरहेका छन्’–सङ्गीत

२४ फाल्गुन २०८०, बिहीबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

२४ फाल्गुन २०८०, बिहीबार
नेपाल व्यावसायिक कलाकार संघवाट कलाकार सम्मान

नेपाल व्यावसायिक कलाकार संघवाट कलाकार सम्मान

२३ फाल्गुन २०७८, सोमबार
साहित्य साधनाको इतिहास : गोमा

साहित्य साधनाको इतिहास : गोमा

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक