नेपाल सहभागीमूलक कार्य समूह (नेपान)ले ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार–२०८०’ अभियन्ता तथा लेखक डा. अरूणा उप्रेतीलाई प्रदान गर्ने भएको छ ।
महिला अधिकार र पोषणसम्बन्धी विषयमा निरन्तर कलम चलाउँदै आएकी उप्रेतीका पुस्तकहरूसमेत प्रकाशित छन् ।
उक्त पुरस्कार नेपानको २९औँ वार्षिक साधारण सभाको अवसर पारेर भदौ २३ गते प्रदान गरिने जनाइएको छ ।
यसअघि यो पुरस्कार सहप्राध्यापक गम्भीरबहादुर हाडा, द्वन्द्वविद् डा. विष्णुराज उप्रेती, व्यवस्थापनविद् डा. मानबहादुर विश्वकर्मा, ग्रामीण विकासविद् प्रा.डा. नरविक्रम थापा र डा. चण्डीप्रसाद चापागाईंलाई प्रदान गरिसकिएको छ ।