किरातेश्वर संगीताश्रमले हरेक वर्ष राष्ट्रव्यापी बाल शास्त्रीय सङ्गीत प्रतियोगिता आयोजना गर्ने गर्दछ । २९ औँ राष्ट्रव्यापी बाल शास्त्रीय सङ्गीत प्रतियोगितामा २३ जना बाल कलाकारहरुले सुर वादन , गायन र ताल वादनमा भाग लिएका थिए । रूपक महर्जन (बेला) प्रथम , नूर श्रेष्ठ (इसराज )दोस्रो, सौम्य सिंह (बेला) तेस्रो भएकी थिइन् भने आहाना महर्जन (बेला) ले सान्त्वना पुरस्कार पाइन् ।
गायन तर्फ समुन्द्र भट्टराई , सिल्भिया प्रजापति, एञ्जल बाबु कटेल र वाटिका बिजुक्छेले क्रमशः पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै ताल वादन तर्फ चार जना प्रतियोगीको मात्रै सहभागिता भएकोले पहिलो आर्जन डङ्गोल र सान्त्वना स्वरूप प्रहर्ष महर्जन दुई जनालाई पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको निर्णायकको रूपमा गायनमा लावनी चक्रवर्ती, तबलामा जीवन राई, अनि सुर वादनमा दुर्गा प्रसाद खतिवडा हुनुहुन्थ्यो ।