चाडपर्वले खानपान, नाचगान गरी रमाइलो गर्ने, साथी भाइ र नाताकुटुम्बका साथै परिवारसँग सुखद समय बिताउने, घुमघाम गरेर रमाउने आदि अवसर प्रदान गर्दछ । चाडपर्वले मानिसको निरस दैनिक जीवनलाई पनि नौलो र बेग्लै खालको अनुभूति दिलाउँछ । त्यसैले प्रत्येक देशले विभिन्न चाडपर्व, जात्रा र दिवस आदिको आयोजना गर्ने परिपाटी बसालेका हुन्छन् । नेपालमा त्यस्ता विभिन्न चाडपर्व, जात्रा, मेलाको परापूर्व कालदेखि आयोजना गरिँदै आएको पाइन्छ । अमेरिका पनि चाडपर्व र दिवसको आयोजना गर्न पछि परेको देखिन्न ।
अमेरिका धर्मनिरपेक्ष राष्ट्र हो । सबै धर्मलाई सम्मान गर्छ तर राष्ट्र निरपेक्ष रहन्छ । इसाइहरूको वाहुल्यता भए तापनि यहाँ इसाइ, इस्लाम, यहुदी, सिख, हिन्दु, बौद्ध आदि विविध धर्मको अस्तित्व नदेखिने होइन । चर्चका साथै मन्दिर, मस्जित, गुरुद्वारा आदि विभिन्न धर्मका मठमन्दिर पनि भेटिन्छन् । प्राचीन पादरी र चर्चहरूको बोलबालालाई अमेरिकाले धरै पछाडि छोडिसकेको देखिन्छ । नेपाल धर्मनिरपेक्ष राष्ट््र धोषित भइसकेर पनि पूर्ण निरपेक्ष हुन सकिरहेको पाइन्न । नेपालको भूराजनीतिक र सामाजिक कारणले पनि यस्तो भएको हुनसक्छ । नेपाली मौलिक संस्कृति र परम्परा बनिसकेका चाडपर्वहरूको जोगाड गर्नु पनि त राष्ट्रको दायित्वभित्र पर्दछ । तर अमेरिकाले औपचारिकरूपमा कुनै पनि धर्मलाई आत्मसात गरेको पाइन्न । सायद प्रवासीहरूको बाक्लो जमघटले गर्दा अमेरिकालाई आपूmलाई धर्मनिरपेक्ष राष्ट्र बनाउन सजिलो भयो होला । हुन त यहाँ पनि चर्च वा कट्टर पादरीहरूले राज्य हाँकेको कालो इतिहास नपाइने होइन । तर त्यस्तो कट्टरतालाई उछिन्दै अमेरिका यस मामिलामा धेरै अघि बढिसकेको देखिन्छ । एकाध चाडपर्वलाई राष्ट्रले आत्मसात गरेको नपाइने पनि होइनन् ।
यति हुँदाहुँदै पनि अमेरिकामा विभिन्न थरीका चाडपर्वहरू छन् । कुनै धार्मिक छन् त कुनै सामाजिक, कुनै राष्ट्रिय त कुनै अन्तर्राष्ट्रिय । कुनै परम्परागत त कुनै नयाँ र नौला । परम्परित चाडपर्वहरू बढी धार्मिक विश्वासमा आधारित छन् । क्रिसमस इसाइ धर्मको महान चाडको रूपमा लिइन्छ । अमेरिकामा यो चाड औपचारिककै रूपमा भव्यताका साथ मनाइन्छ । यस्ता धार्मिक चाडपर्वहरूका साथै हलोविन पर्व, क्वान्जा पर्व जस्ता कृषिबालीसँग सम्बन्धित ऋतुअनुसारका परम्परागत चाडपर्वहरू पनि थुप्रै छन् । बाजेबज्यै, आमा बुबाका लागिका पर्वहरू जस्ता केही चाडपर्वहरू मान्यजनप्रति श्रद्धाभाव दर्शाउने छन् भने मार्टिन लुथर किङ डे, राष्ट्रपति डे, भेट्रान डे, कोलम्बस डे जस्ता केही महान् व्यक्तिहरूको सम्मान प्रदान गर्ने खालका पनि छन् । कुनै महान् कार्यको सस्मरणका लागि छन् त कुनै रमाइलोका लागि आयोजना गरिएका नयाँ पर्व वा दिवसहरू पनि छन् । कुनै बालबालिकासँग सम्बन्धित रमाइला चाडपर्वहरू पनि रहेका छन् ।
ग्राउच डे, हलोविन डे, स्यान्डविच डे, थ्याङ्कगिभिङ डे, क्वान्जा डे, ग्राउन्डहग डे, जोनी एपलसिड डे, मदर गुज डे, लेप्mटहान्डर्स डे जस्ता केही नौला र घत्लाग्दा चाडपर्व वा दिवसहरू पनि अमेरिकामा प्रचलनमा रहेका छन् । अमेरिकामा यस्ता प्रशस्त चाडपर्वहरू अस्तित्व रहे तापनि चाडपर्वका लागि सरकारी बिदा भने वर्षमा दश बा¥ह दिनभन्दा बढी पाइन्न ।
यिनै चाडपर्वहरूको सेरोफेरोमा रहेर आपूmलाई रोचक लागेका र बालबालिका सम्बन्धित केही पर्व वा दिवसहरूको मात्र यस लेखमा छोटो चर्चा गर्न चाहन्छु ।
हलोविन (Halloween)
अक्टोबर ३१
हलोविन पर्व प्राचीन कालदेखि बाली भित्र्याउने याममा मनाउँदै आएको पाइन्छ । यस पर्वमा बालबालिकाहरू समेत अनौठा अनौठा र भूतप्रेतजस्ता देखिने लुगा लगाएर रमाइलो गर्ने गर्छन् । यस अवशरमा उनीहरू ख्यालठट्टा गरी रमाइलो गर्छन् । अद्भूत र अनौठा खेलैनाहरूसँग खेल्छन् । एक अर्कामा चकलेट आदि खानेकुरा बाँड्छन् । त्यस दिन केटाकेटीहरू भूतप्रेत, बोक्सी जस्ता रङ्गीविरङ्गी रूप लिएर घरघरमा पुग्छन्, त्यति बेला घर धनीले उनीहरूलाई चकलेट आदि दिएर रमाउँछन् । त्यस्तै उनीहरू भूतप्रेतका पुस्तकहरू पढ्न रुचाउँछन् ।
The phrase “Trick or treat means of course, “Give me a treat or I’ll play a trick on you” अर्थात् ‘छक्याऊ वा भोज ख्वाऊ’ वाक्यांशको अर्थ सायद ‘कि मलाई भोज ख्वाऊ, कि त म तिमीलाई छक्याउँछु’ हुन्छ । यो चलन प्राचीन कालमा सेल्टस् (Celts)हरू जो बेलायत, आएरल्याण्ड र उत्तरी फ्रान्समा बस्दथे, तिनीहरूले Samhain (उच्चारण Sah-wen) नामको उत्सव मनाउँथे । यो पर्व नयाँ वर्षको पहिलो रात मनाइन्थ्यो जुन हिँउदको जाडो सुरु हुनुभन्दा अघि र बाली काटिसकेपछि मनाइन्थ्यो । सेल्टस्हरू के विश्वास गर्थे भने त्यस रात बोक्सी, भूतप्रेतहरू चारैतिर घुम्छन् र मृतकको आत्माहरू आपूm पहिले बसेको ठाउँमा घुम्न आउँछन् । बोक्सीहरूको डर भगाउन ठूलो धुनी (Huge Bonfires) जगाइन्थ्यो भने मृतकको आत्माको शान्तिका लागि खाना र लाल्टिन राखिन्थ्यो ।
पछि रोमनहरूले जितेपछि पनि सबैले सहविन (Samhain) पर्व मनाइरहे । आठौँ शताब्दीमा क्याथोलिक चर्चले नोभेम्भर १ लाई All Saints या All Hallows Day को रूपमा यस पर्व मनाउन उर्दी जारी ग¥यो । उनीहरूले पुराना मान्यतालाई छोडेर यस पर्वलाई All Hallows Even or Eve बाट V अक्षर निकालेर Halloween बनाएर पर्व मान्न थालेको मानिन्छ ।
बुट्टा कुँदेर सिँगारिएको फर्सीलाई प्राचीन कालदेखि हलोविनको प्रतीक मानिँदै आएको छ । एउटा पुरानो कथा अनुसार ज्याक नामको व्यक्तिले devil भूतप्रेतलाई छक्याउने गथ्योँ । सजायको रूपमा भूतले उसलाई सधैँ हिँडिरहनुपर्ने बनाइ दियो । अर्को भनाइ अनुसार भूतले ज्याकलाई बलेको कोइला दियो र ज्याकले त्यसलाई सलगम (turnip)मा राखेर खायो र बाटोको उज्यालोका लागि आफैले फर्सी प्वाल पारेर त्यसभित्र मैनबत्ती बालेर लाल्टेन बनायो । जसलाई Jack-o’lanterns भनिन्छ । खोक्रो र कुँदेर बुट्टा पारिएको फर्सीको भित्र मैनबत्ती बालेर हलिविन पर्व मनाउने अझैसम्म प्रचलनमा छ । साथै हलोविन पर्वमा भूत, प्रेत, मृतक आत्मा, बोक्सी आदिका डरलाग्दा कथाहरू भन्ने चलन पनि छ ।
धन्यवाद ज्ञापन पर्व (Thanksgiving day)
(नोभेम्बरको चौथो विहिवार)
धन्यवाद ज्ञापन पर्व अमेिरकाको ठूलो र प्रसिद्ध पर्व हो । यसलाई नेपालको दसैँ पर्व भन्न सकिन्छ । यस पर्वका लागि देश परदेशमा टाढाटाढा रहेका परिवारजनहरू पनि आइपुग्छन् । परिवारका अधिकांश सदस्यहरू, नातागोता आदि सबै जम्मा भएर यो पर्व प्रत्येक नोबेम्बरको चौथो विहिवारको दिनमा धुमधामले मनाइन्छ । यो पर्व सर्वप्रथम सन् १६२१ देखि सुरु भएको मानिन्छ । त्यस वर्ष अमेरिकामा राम्रो बाली भित्रिएको थियो । यसका साथै युरोपबाट आएका नव आगन्तुकहरू र यहाँका आदिवासी रेड इन्डियन मिलेर एउटा मिलीजुली भोजको आयोजना गरेका थिए । त्यस अवसरमा टर्की चरा पोलेर आपसमा खानपान र सद्भावना बाँडेका थिए । धन्यवाद आदानप्रदान गरेका थिए । यसरी मेलमिलाप भएको दिनलाई सम्झनाको रूपमा Thanksgiving Day धन्यवाद ज्ञापन पर्व मनाउन थालेको मानिन्छ ।
अर्को भनाई अनुसार सन् १६१९ मा क्याप्टेन जोन उडिफ नेल्ट (John Wodeef Knelt) को नेतृत्वमा आएको युरोपियन तथा ब्रिटिश कोलोनिष्टसमेतको टोली उत्तर अमेरिकामा बसोवास गर्न आउने क्रममा आरामसाथ एटलान्टिक महासागर पार गरेर अमेरिका आइपुगेको खुसियालीमा ईश्वरलाई धन्यवाद दिन नोबेम्वरको चौथो बिहिवार यो चाडको आयोजना गरिएको थियो । तर त्यसको भोलिपल्ट भने कालो दिनको रूपमा मनाउने गरिएको छ । भनिन्छ त्यस दिन नवआगन्तुक युरोपियनहरूले रैथानेहरूलाई सखाप पारेका थिए रे ।
मूलतः उत्तर अमेरिकामा मात्र पाइने टर्की चराको मासु खाइने सत्रौँ शताब्दीमा सुरु भएको यस पर्वले राष्ट्रपति अब्राहम लिङ्कनको पालामा मात्र राष्ट्रिय चाडको मान्यता पायो । सन् १९४१ देखि त सरकारी बिदा पनि दिन थालिएको रहेछ । यस दिनलाई अमेरिकीहरू विशेष चाडको रूपमा मान्दछन् ।
क्वान्जा ( Kwanzaa )
(डिसेम्बर २६–जनवरी १)
क्वान्जा अफ्रिकन अमेरिकी पर्व हो । यो पर्व सन् १९६० देखि अमेरिकामा सुरु भएको हो । अफ्रिकामा बोलिने स्वाहिली (Swahili) भाषाको क्वान्जा (Kwanzaa) शब्दको अर्थ पहिलो फल (First fruits) हो । यो पर्व अफ्रिकाको बाली भित्र्याउने याममा मनाइने पर्वसँग सम्बन्धित छ । अफ्रिकाका पूर्खाहरूको इतिहास र संस्कृतिको सत्कारका लागि मनाइने गरिएको हो । एकता, आत्म निर्णय, सामूहिक कार्य र उत्तरदायित्व, सहकारी अर्थव्यवस्था, खास उद्देश्य, रचनात्मकता र इमान्दारिता जस्ता सात सिद्धान्तमा यो पर्व विश्वास राख्दछ ।
यस पर्वको अवधिमा घर रातो, कालो र हरियो रङले रङ्गाउने, केका (Mkeka) भनिने परालको चारपाटे (डस्ना) बनाएर सानो टेबलमा राख्ने गरिन्छ, यसो गर्नाले अफ्रिकाको परम्परागत संस्कृति दर्शाएको मानिन्छ । हरेक राति केकोको बिचमा सात सिद्धान्तको सङ्केतको रूपमा एउटा मैनबत्ती बालिन्छ । ३१ डिसेम्बरमा भोजको आयोजना गरिन्छ । नाचगान र कथावाचन गरेर पर्व धुमधामले मनाइन्छ ।
मैलाना करेङ्गा नामका एक शिक्षक र समाजसेवीले अमेरिकामा यो पर्व मनाउनु पर्ने अवधारणा ल्याएका थिए । उनको यो पर्र्वले काला अमेरिकन नागरिकको सम्मान गरिने छ भन्ने मान्यता थियो । यो पर्व कुनै धार्मिक स्तरको नभएकोले आआप्mनै तरिकाले मनाउने गरिन्छ । खासगरी हाल क्वान्जा कार्ड आदानप्रदान गर्नु, बालबालिकाहरूका लागि विशेष क्वान्जा कथाहरू भन्नुका साथै स्कुल, सङ्ग्रहालय, विभिन्न सामाजिक केन्द्रहरू सिँगार्ने गरिन्छ । यस समयमा कको सम्बन्धी कथाहरू भन्ने प्रचलन अहिलेसम्म छ ।
मदर गुज डे (Mother Goose Day)
(मई १)
यो दिवस सानो छँदा मन पराइने प्राचीन लोरी वा गीतको सम्झनामा मनाइन्छ । अमेरिकामा यसको मुख्य उद्देश्य एक्लै होस् वा दुक्लै वास्तवमै बाल्यकालका मन परेका र अनुभूत भएका आमा गुजको लोरीलाई सम्झनु हो । अहिले त्यस्ता बाल लोरी गीतहरूलाई मदर गुज बालगीत (Mother Goose rhymes) भनिन्छ । तर मदर गुज भनिने व्यक्ति को हुन् अझै एकिन भएको छैन । कसैले सन् ७८३ तिर फ्रान्स र जर्मनमा धेरै वर्ष शासन गरेका सम्राट चार्ल माग्नेका आमा रानी बर्थ हुन् भनी अड्कल गरेका छन् । किनभने उनी गसज फुटेड बर्थ (Goose-Footed Bertha) उपनामले प्रसिद्ध थिइन् ।
अर्को भनाइमा सन् १७१९ तिर एलिजावेथ गुज नामकी महिला बोस्टनमा बस्थिन् । उनी नातिनातिनालाई यस्तै मिठामिठा बालगीत, लोरी गीत गाएर सुताउने गर्थिन् । उनले गाएका गीतहरू उनका ज्वाँइले ‘सङ्स फर द नर्सरी’, अथवा ‘मदर गुजेज मेलोडिज’ (Songs for the Nursery, or Mother Goose’s Melodies) शीर्षकमा सानो पुस्तिका छापिदिएका थिए रे । तर यो पुस्तक अहिले कतै पाइँदैन किंबदन्तीको रूपमा मात्र लिइन्छ । सन् १६५० मा फ्रान्समा ‘लाइक अ मदर गुज स्टोरी’ (Like a Mother Goose story) को नामबाट पुस्तक निस्किसकेकोले पनि यो भनाई साँचो देखिन्न । त्यसैले मदर गुज को हुन् अझै स्पष्ट छैन । सम्भवतः पोथी राजहंस (Mother goose) ले आप्mना बचेरालाई चिर्बिराउँदै चारा खान दिँदाको गुन्जनले लोरी वा बालगीतको सिर्जना हुनपुगेको सम्झनामा यो पर्व ‘मदर गुज डे’ (Mother Goose Day) को रूपमा पो मानिन थालिएको हो कि ?
जे होस, अहिले मदर गुज नामका बालगीतका बालपुस्तकहरू प्रशस्त छापिएका छन् । बालबालिकाका लागि बालगीतको सुरुवात गरिएको सन्दर्भमा पर्व मनाइनु राम्रै पक्ष हो । बालसाहित्यको सम्वद्र्धनका लागि यसले ठूलो टेवा पु¥याउँछ ।
भ्यालेन्टाइन पर्व
(फरवरी १४)
भ्यालन्टाइन पर्व सदियौँदेखि बेलायत, फ्रान्स, क्यानाडा र अमेरिकामा चल्दै आएको हो । यस दिनलाई प्रेम, मित्रता, सुन्दर कार्ड र पूmलको प्रतीकका रूपमा मानिने कुरा धेरैलाई थाहा छ तर भ्यालन्टाइन पर्व भनेर किन चलाइयो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । भनिन्छ यो पर्व भ्यालेन्टाइन नामका एक जना क्रिस्चियनको नामबाट चलेको हो । किम्बदन्ती अनुसार ऊ क्राइष्टको कट्टर भक्त थियो । उसको क्रइष्ट र ईसाइ (क्रिस्चियन) धर्म सम्बन्धी अटल विश्वासको विरुद्धमा रोमनद्वारा उसलाई ई.सं २७० तिर जेलमा राखेका थिए । रहँदा बस्दा ऊ राखिएको जेलका हाकिमकी छोरीसँग उनको मित्रता भयो । दबैमा मायाप्रीति बस्यो । जेलको अन्तिम दिनमा उसले जेलका हाकिमकी छोरीलाई चिठ्ठी लेखेर ‘तिम्रो भ्यालेन्टाइन’ भनेर हस्ताक्षर गरेर दियो । उसले पत्र लेखेको दिन १४ फरवरीलाई ‘महात्मा भ्यालेन्टाइन पर्व’ (St. Valentine’s Day) भनियो । पछि भेलेन्टाइन डे मात्र भन्न थालियो । अचेल पनि आप्mना प्रियजनलाई कार्ड पठाउँदा ‘तिम्रो भ्यालेन्टाइन’ लेख्ने गरिन्छ । सायद यसको प्रतीकको रूपमा कार्डमा लाल रङले भरिएको मुटुको चित्र लेखिने गरिन्छ । “तिमीलाई मेरो महत्वपूर्ण मुटु वा हृदय नै दिदँैछु” भन्ने अभिव्यक्ति रहेको मानिन्छ । अचेल रातो गुलाफ फूलको प्रस्तुतिमा सबै माया समेटिएको पाइन्छ । पहिले पहिले आफनो प्रेमी वा प्रियसीलाई मात्र यस दिनमा महत्व दिइन्थ्यो भने अहिले केही परिवर्तन भई आफ्नो मायाका पात्र आमाबाबा, नातागोता, साथीभाइ पनि समेटिएको हुन्छन् । अर्थात् सबैलाई भ्यालेन्टाइन पर्वको शुभकामना आदानप्रदान हुन्छ । मूलतः रातो गुलाफका साथै कार्डमा प्रेमका प्रतीक ढुकुर वा परेवाको चित्र पनि अङ्कित गरिन्छन् ।
अप्रिलफूलको पर्व
(अप्रिल १)
अप्रिलफुलको चलन ज्यादै पुरानो मानिन्छ । अधिकांश विद्वान्को सन् १५०० को दशकमा जोक अर्थात् चुट्किला वा हँस्यौली सुरु भएको अवधारणा छ । फ्रान्सका राजाले अहिले प्रचलनमा रहेको नयाँ ग्रिगोरिन (Gregorin) क्यालेन्डर प्रयोग गर्नु भन्दा पहिले अप्रिल एकलाई नयाँ वर्षको रूपमा मानिन्थ्यो । पछि जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मानिन थालियो । तर केही मूर्खहरूले नयाँ वर्ष फेरिएको थाहा नपाएर वा बिर्सिएर नयाँ वर्षको उपहार अप्रिल १ मै साथीभाइलाई पठाए । आफू हुस्सु (fool) बनेको थाहा पाएर अप्रिल १ लाई अप्रिलफुलको रूपमा लिन थाले ।
मानिसलाई मूर्ख बनाउने र बन्ने दिनको रूपमा यस दिनलाई लिन थालियो । त्यस दिन झूटो बोलेर आनन्द लिने गरियो । एक अर्कालाई असत्य कुरा सुनाएर मूर्ख बाउनु नै यस पर्वको विशेषता बन्यो । भए नभएका उत्पट्याङ कुरा र काम गरेर अरुलाई मूर्ख बनाउने र आपूm हाँस्नु नै अप्रिलफुल हो । तर यस्तो मूर्ख बनाउने काम अप्रिल १ अर्थात् अप्रिलफुलकै दिनमा मात्र गर्न पाइन्छ । यसमा प्राचीनदेखि आधुनिक जोकहरूको प्रयोग गरी हाँस्ने हँसाउने पनि गरिन्छ । हाल यो विश्वव्यापी रूपमा प्रचलनमा छ ।
लिफ इरिक्सन दिवस
अक्टोबर ९
कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा पहिले अरु युरोपियनहरू उत्तर अमेरिका पुगिसकेको विश्वास गरिन्छ । छैठो शताब्दीमा इरिश पादरी ब्रेन्डमले क्यानाडामा एउटा सानो डुङ्गा जफत गरेको कुरामा विश्वसनीयता नभए तापनि त्यति बेला ग्रीनल्यान्डमा बस्ने लिफ इरिक्सनले ग्रिनल्यान्डबाट उत्तर अमेरिकासम्म यात्रा गरेको कुरा उल्लेख पाइन्छ । यो एक हजारदेखि एक हजार तीन सालसम्मको समय थियो ।
इतिहास कारहरूले प्राचीन सन्तहरूको भनाई उद्धृत गर्दै लिफ इरिक्सनले उत्तर अमेरिकाको यात्रा गरेको साँचो हो भन्ने निर्कोल गरेका छन् । लिफ इरिक्सनले पत्ता लगाएको भूमि भिन्ल्यान्ड( Vinland) हो । त्यसैले उनैको सम्झना र सम्मानका लागि सन् १९६४ अक्टोबर ९ मा लिफ इरिक्सन दिवसको रूपमा घोषणा गरिएको थियो ।
कोलम्बस दिवस
(अक्टोबर १२)
क्रिस्टोफर कोलम्बस अमेरिका पत्ता लगाउने पहिलो व्यक्ति मानिन्छन् । उनी एसियातर्फको बाटो पहिल्याउँदै अमेरिका पुगेका थिए । १४९२ अक्टोबर १२ मा कोलम्बस एउटा सानो डुङ्गामा बसेर पहिलो पल्ट अमेरिका पुगे । उनीभन्दा पहिले अरु पुगिसकेको भए तापनि उनले अमेरिकाको धेरै भूभाग र संस्कृतिको पहिलोपल्ट परिचय गराएका थिए । युरोपियनहरू पुग्नुभन्दा अगाडिका रैथाने वासिन्दालाई पनि उनले नै परिचित गराए । उनले युरोपियनलाई नयाँ संसार चिनाएर इतिहासमै परिवर्तन ल्याएका थिए । उनैले यहाँका रैथाने वासिन्दाहरूलाई इन्डियन भनेर नामाकरण गरेका थिए भनिन्छ । उनैले मकै, गोलभेँडा र आलु जस्ता खाद्यपदार्थ युरोपवासीलाई पहिलोपल्ट चिनाएका थिए । यो दिवस अमेरिका जस्तो विशाल देश पत्ता लगाएको सन्दर्भमा सम्मान दर्शाउन मनाउन थालिएको हो ।
शब्दकोश दिवस (Dictionary Day )
अक्टोबर १६
‘शब्दकोश दिवस’ विद्यार्थी, शिक्षक, लेखकहरूका लागि विशेष दिन हो । यसै दिनमा पहिलो अमेरिकी शब्दकोशका लेखक नोह वेब्सटर (Noah Webster) जन्मेका थिए । उनको सम्मानका रूपमा उनको जन्म दिनलाई शब्दकोश दिवस मानियो । उनले पहिलो अमेरिकी शब्दकोश सन् १८०६ मा प्रकाशित गराएका थिए । बाइस वर्षपछि उनले वृहद् शब्दकोश ‘अमेरिकन डिक्सनरी अफ द इङ्लिस ल्याङ्ग्वेज’ (The American Dictionary of the English Language) निकाले । यसमा उनले सत्तरी हजार शब्द सङ्कलन गरेका थिए । यसरी शब्दकोश प्रकाशित गराए वापत लेखक वेब्सटरको सम्झनामा या्े दिवस मनाउन थालिएको हो ।
अन्तरराष्ट्रिय बालपुस्तक दिवस
(अफ्रिल २)
डेनमार्कका ह्यान्स क्रिस्टियन एन्डरसनले थुप्रै परी कथाहरू लेखेका छन् । उनको जन्म सन् १८०५मा डेनमार्कमा भएको हो । एन्डरसन गरिब परिवारमा जन्मेका थिए । उनको बाल्यकाल एउटै कोठामा बित्यो, जहाँ परिवारका सबैजना बस्ने, खाने र सुत्ने गर्नुपर्दथ्यो । उनी एघार वर्ष हुँदा उनको बुबा बिते । उनको पढाइ बिग्रियो । चौध वर्षको उमेरमा उनी घर छोडेर गायक वा कलाकार बन्न भौतारिए । तर सत्र वर्षको उमेरमा उनी फेरि स्कुल भर्ना भए । चौबिस वर्षमा उनले पढाइ सकेर निबन्ध तथा कथाहरू लेख्न सुरु गरे । अन्त्यमा उनी रमाइला र रोचक परी कथा लेखकको रूपमा विश्वविख्यात भए । विश्वका बालबालिकाहरूले उनका बालकथा र परीकथाहरू खुब मन पराउँछन् र उनलाई सदैव सम्झिरहन्छन् । यस्ता महान् बालसाहित्यकार एनडरसनको सम्मानमा आईबीबीवाई अर्थात् ‘इन्टरनेशनल बोर्ड अन बुक फर योङ पिपुल’ (IBBY –International Board on Book for Young People) नामको अन्तरराष्ट्रिय संस्थाले उनको जन्मदिनलाई अन्तरराष्ट्रिय बालपुस्तक दिवसको रूपमा मनाउन थाल्यो । उनको नाममा विभिन्न पुरस्कारहरू पनि स्थापना भएका छन् । अमेरिकामा पनि नेपालमा झैँ यो पर्व विभिन्न कार्यक्रमका साथ मनाइन्छ ।
राष्ट्रिय बाजे बज्यैको पर्व ( National Grand Parents Day)
(सेप्टेम्बरको पहिलो आइतवार)
यो पर्व एक जना पश्चिम भर्जिनियाका महिला म्यारिन म्याक क्वैड (Marian McQuade)को पहलमा स्थापित भएको थियो । उनले सन् १८७३ मा भर्जिनिया सरकारलाई बाजेबजैको पर्व पनि मनाउनु पर्छ भनी आवेदन दिइन् । उनी जेष्ठ नागरिकको एक्लोपनप्रति संवेदनशील थिइन् । बुढेसकालको एकलो पन कति झर्को लाग्दो र कष्टकर हुन्छ भन्ने कुरा उनी स्वयम्ले व्यहोरेकी थिइन् । जेष्ठ नागरिकहरूलाई पुस्तान्तरणसँगै परिवारमा घुलमिल गराउन सकिन्छ भन्ने सोचेर उनले यो कदम चालेकी थिइन् । त्यसैले उनले बुढेसकालमा बाजेबज्यै नातिनातिनाहरूका साथ रहन पाउन् र नातिनातिनाहरूले पनि आफ्ना बाजेबजैलाई आदर सत्कार गरुन्, माया गरुन् र गर्नुपर्छ भन्ने सम्झाउन यो पर्वको माग गरेकी थिइन् । यो कुरा भर्जिनियाका गभर्नर मुर (Moore) लाई मन पर्यो र उनले पश्चिम भर्जिनियामा तत्काल यस पर्वको घोषणा गरे । त्यसपछि क्रमशः अन्य राज्यमा पनि यो पर्व मनाउन थालियो र सन् १९७८मा संयुक्त राज्य अमेरिकाले राष्ट्रिय बाजे बज्यैको पर्वकै घोषणा ग¥यो । यस्तो पुनीत कार्य नेपालमा अहिलेसम्म हुन सकेको पाइन्न । बरु बाजे बज्यै र नातिनातिनाहरूको पुस्तानतरण बढ्दो देखापर्न थालेको छ । पहिलेको जस्तो नातिनातिनालाई आफ्नो साथी मानी माया दिने बाजे बज्यैको काखमा बसेर कथा, गीत सुन्ने वातावरण नै छ, नत कसैलाई रत्तीभर फुर्सद नै छ । फुर्सद भए पनि भिडियो गेम वा मोवाइलमा एकोहोरिनु आजकालका केटाकेटीहरूको दैनीकी नै बन्दै गएको देखिन्छ । त्यसैले पनि नेपालमा बाजे बज्यै दिवसको आवश्यकता झन् टड्कारो देखापरेको छ ।
मातृ पर्व
(मई, दोस्रो आइतवार)
अमेरिकामा सन् १९१४ मा राष्ट्रपति उड्रो विल्सन (Woodrow Wilson) ले १९१४मा मईको दोस्रो आइतवारलाई मातृ पर्वको मान्यता दिएका थिए । नेपालमा मातृपर्व परापूर्वकालदेखि ‘आमाको मुख हेर्ने’ पर्वको रूपमा मनाउँदै आएको छ । आमालाई देवताको रूपमा पुज्ने नेपाली संस्कारले एक दिन आमालाई अझ बढी सम्झने, माया गर्ने, मिठो मिठो खाने कुरा खुवाउने परम्परा बसालेको छ । आमाको मुख हेर्ने दिन बैशाख कृष्ण औँसी (अप्रिलमा) को दिनमा धुमधामले मनाइन्छ । तर अमेरिकामा भने यो दिवसले मान्यता पाउन १९१४ सम्म कुर्नु प¥यो । अमेरिकामा यो पर्व मनाउन पर्ने अवधारणा १८७२ मा जुलिया वार्ड होउ (Julia Ward Howe) नामकी महिलाले निकालेकी हुन् । बोस्टनमा उनले यस बारे धेरै पटक बैठक पनि राखिन् । तर १९०७ सम्म यसले कुनै आकार लिन सकेन । यसै समयमा यस सन्दर्भमा अन्ना जर्भिक नामकी महिलाले फिलाडेल्फियामा आन्दोलन नै चलाइन् । १९०८ मा ग्राफुटन र फिलाडेल्फियामा मातृ पर्व (Mother Day) पहिलोपटक आयोजना गरियो । १९११ देखि अधिकांश राज्यमा यो पर्व मनाउन थालिएपछि बल्ल सन् १९१४ मा यस पर्वले राष्ट्रिय पर्वको रूपमा मान्यता पायो ।
पितृ पर्व
(जुनको तेसा्रे आइतवार)
पितृ पर्वले अमेरिकामा सन् १९६६ मा मात्र सरकारी मान्यता पायो । जुन १९, १९१० मा स्पोकन, वासिङ्टनका श्रीमती जोन बी. डड (John B.Dodd) ले पहिलोपल्ट यस दिवसको आवश्यकता औल्याएका हुन् भने उनलाई स्पोकनका मेयरले साथ दिएका थिए । साथै यस विषयलाई वासिङ्टनका गभर्नरले औपचारिकता दिलाए । पछि राष्टपति काभिन कूूलिड (Calvin Coolidge) ले सन् १९६६ मा सरकारी मान्यता दिए । तर नेपालमा भने यो दिवस बुबाको मुख हेर्ने (भदौको कुसे औँसीको दिन) पर्वको रूपमा परापूर्वकालदेखि मनाउँदै आएको छ ।
अन्तर्राष्टिय देब्रेहाते पर्व
(अगष्ट १३)
यो पर्व १९७६ देखि मनाउँदै आएको हो । आयरल्याण्डको किम्बदन्ती अनुसार देब्रेहातेहरू अलौकिक शक्ति र परीहरूका मित्र हुन्छन् । अरु सोच्छन् देबे्रहातेहरू अभागी हुन्छन् । हुन त यो नौलो अवधारणा हैन । पन्द्रौ शताब्दी मै केर (Kerr) नामका स्कट आइरिश परिवारमा धेरैजसो देब्रे हाते सदस्य भएकाले उनीहरूले एउटा विशेष देब्रे घुमेको भरेङ (spiral staircase) नै बनाएका थिए । यस कार्यले देब्रेहातेका महत्व दर्शाएको छ । देब्रेहातेको विशेषतालाई औँल्याउँदै देब्रेहाते समूहको आव्हानमा यो पर्व मनाउन थालिएको हो । देब्रे हाते अर्थात् बाँया हात वा देब्रेहातले सबै काम गर्ने व्यक्तिलाई देब्रेहाते भनिएको हो । देब्रे हाते प्रख्यात व्यक्तिमा अलेक्जेन्डर द ग्रेट, जुलियस सिजर्स, जोन अफ आर्च, नेपोलियन, माइकेल एन्जेलो, लियोनार्डा डा भिन्ची, लुउइस कारोल, मार्क टुइन, थोमस एडिसन जस्ता विश्वविख्यात व्यक्तित्वहरू पनि छन् । देब्रेहातेको यो अन्तर्राष्ट्रिय पर्व पनि रमाइलोसँग मनाइने गरिन्छ ।
निक्यौल
अमेरिका धेरैपछि पत्ता लागेको विशाल देश हो । अहिले यसमा बाउन्न ओटा राज्यहरू संयुक्त भएका छन् । त्यसैले त यस देशलाई संयुक्त राज्य अमेरिका भनिन्छ । कोलम्बसले यो भूमि पत्ता लगाउँदा यहाँका रैथाने बासिन्दाहरू ज्यादै नगन्य थिए । पछि झन् घट्दै गए । यस देशलाई युरोपका विभिन्न देशका वासिन्दाहरू आएर आवाद गर्न थाले । यहाँका आदिवासीहरू, जसलाई रेड इन्डियन भनिन्छ, लाई अल्पमतमा पार्दै युरोपवासीहरूले यस देशमा हैकम जमाए । लडाइँ झगडा प्रशस्त भए । युरोपका विभिन्न देशले यस देशका भूभागहरू कब्जा गरे । त्यसैले पनि यस देशमा विभिन्न धर्म, रीतिरिवाज, चालचलन, भाषा, भेष देखा पर्नथाले । कयौँ पुराना सभ्यता र चालचलनलाई विस्तापित गरेर नयाँ चालचलन थालनी हुन थाल्यो । यसरी नै चाडपर्वमा पनि नौला नौला प्रयोगहरू भएका थिए । पुराना चाडपर्वलाई पनि केही परिमार्जन गरी बचाइएका पनि छन् । आदिवासीहरूको चाडपर्वहरू अझ रोचक र अर्थपूर्ण देखिन्छन् । यति हुँदाहुँदै पनि अमेरिकामा नयाँ र नौला चाडपर्वहरू प्रशस्त थपिएका छन् । धार्मिक, सामाजिक, राजनैतिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका चाडपर्वहरूमा अमेरिकी जनता रमाइरहेका छन् । अमेरिकी बालबालिकाहरू मख्खिएका छन् । आधुनिक विकासको शिखरमा पुगेको अमेरिकी समाज स्वतन्त्ररूपमा विविध चालचलन, रीतिरिवाज, चाडपर्व, दिवस आदिमा पनि रमाइरहेको छ ।
सन्दर्भ ग्रन्थ
० कारोल बर्किन तथा इलिजाबेथ जेम्स : द होलिडे ह्यान्डबुक, क्लारिवन बुक्स, न्युयोर्क, १९९४
० बुर्नेट बेर्निक : होलिडेजः ए फस्ट रेफरेन्स बुक, न्युयोर्क, फ्राक्लिन वाट्स, १९८३
० तेजप्रकाश श्रेष्ठ : स्वप्नलोकको पदचाप, काठमाडौँ, प्रतिभारश्मी प्रकाशन, वि.सं. २०६७