जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

मूर्तिलाई साक्षी राखेर साहित्य लेखिन : युवराज नयाँघरे

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित १९ असार २०८०, मंगलवार
अन्तर्वार्ता, जनमत वार्ता भित्र
0
मूर्तिलाई साक्षी राखेर साहित्य लेखिन : युवराज नयाँघरे

अमेरिका, अस्ट्रेलिया, सिङापुर, जापान, बर्मा, भारत, कतार लगायत २२ देश र नेपालका ७७ जिल्ला भ्रमण गरेका युवराज नयाँघरेको मूल विधा– निबन्ध र नियात्रा हो । नेपाली ठेट, झर्‍ओ शैली, ग्रामीण जीवनको सूक्ष्म अध्ययन नै उहाँको लेखनको मुख्य विशेषता हो। उखान र टुक्काको अधिक प्रयोग गर्ने खप्पिस उहाँका नदी, अनाम पहाडमा फनफनी, डलरको डायरी, आमिल, ह्वाइट हाउसको घामपानी, नीलडाम,तनक्खा, हरियो राहदानी, घामको चुम्बन, याकजी आदि प्रकाशित कृतिहरू हुन् । नेपाली साहित्यमा निबन्ध र नियात्रामा  अनवरत लेख्दै आउनुभएका युवराज नयाँघरे संग जनमतले पुस्तक र पढ्ने प्रवृत्तिको सेरोफेरोमा रहेर गरेको कुराकानी ।

यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
अहिले म बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’ पढ्दै छु । इतिहास,भाषा, जाति र सभ्यताको
निकै सूक्ष्म विवेचना गरिएको पुस्तक रहेछ यो ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
पुस्तक धेरै पढियो । जाने देखि पढ्न थालेको त्यो गति रोकिएको छैन पनि । महाकवि देवकोटाको
कुञ्जिनी, पर्ल एसको द गुड अर्थ र निर्मल वर्माको चिडौँ पर चाँदनीले हृदयमा गहिरो छाप छोडेका छन् ।


तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?

मलाई शान्त र एकान्त ठाउँ भए पुग्छ । लेखकका लागि यो ऐकान्तिक वातावरण बढी चाहिन्छ । पढ्नका लागि पहिला–पहिला राति पढ्न गर्थे । अहिले पछिल्लो समय यात्रा गर्दा प्राय: पढ्ने मन हुन्छ ।

साहित्यका विविध विधा मध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
मलाई साहित्यमा हरेक विधाको महत्त्व उत्तिकै, ऊर्जाशील र अर्थपूर्ण नै छ जस्तो लाग्छ । तर पनि निबन्ध विशेष, शालीन र उच्च तहको लाग्छ । किनभने बौद्धिकता र कलाको अद्भुत अभि व्यक्ति हुने ठाउँ यही मात्र हो भन्ने मेरो ठम्याइ छ ।

सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
सानोमा मैले भेटे सम्मका पुस्तकहरू पढेँ । यो–त्यो, राम्रो–नराम्रो वा योग्य–अयोग्य भन्ने छुटाइनँ । अझ बढी त प्रकाश कोविद, युधीर थापाका उपन्यास बढी पढिए । पछि उपन्यासको त्यही पढ्ने लतले बिपी, इन्द्रबहादुर राई, विजय मल्ल, पारिजात, गोठाले र भवानी भिक्षुका उपन्यास पनि छिचोलियो । नबुझे पनि पढ्ने चेतनाले निरन्तर चिमोटिरहने हुनाले हृदय बलशाली भएको हुनुपर्छ मेरो ।

कस्ता पुस्तकहरू पढ्न बढी मन पर्थ्यो ?
कथा, छन्दका पुस्तक पनि मैले छानेर पढेँ । माधव घिमिरे, लेखनाथको छन्द उडान र सरलतापन म निकै रुचाएर पढेँ । अलिक पछि तारानाथ शर्माका नियात्राले तानेर उनलाई खुबै पढेँ मैले ।

तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
चार–पाँच कक्षा देखि एसएलसी परीक्षा दिउन्जेल निकै कृतिहरू पढेँ । आइए र बिए पढ्दासम्म निकै छानेर, रोजेर र खोजेर पुस्तक पढ्ने आनीबानी बसिसकेको थियो । बरु पछिल्लो समय पुस्तकसँग नजिकिन सकेको छैन म । औपचारिक जीवनशैलीले अल्मलाएको छ मलाई ।

धेरै पटक दोहोर्‍याएर पढेका पुस्तकहरू कुन–कुन  हुन् ?
भूपिका कविता, देवकोटाका निबन्ध, बिपीका उपन्यासहरू निकै खेप पढेको छु । घुम्ने मेच माथि अन्धो मान्छे, देवकोटाको लक्ष्मी निबन्ध सङ्ग्रह र बिपीको सुम्निमा र तीन घुम्ती दोहोर्‍याएर मात्र होइन तेहेर्‍याएर पनि पढेको छु । अहिले तारानाथ शर्माको चरी भर्र भन्ने निबन्ध सङ्ग्रह दोहोर्‍याउँदै छु ।

दोहोर्‍याएर पढ्नुको कारण खासमा के थियो ?
लेखकभन्दा लेखन ठूलो कुरा हो । लेखनमा जीवन, काल चेत, हार्दिकता र सरलताले तानेपछि पाठक सधैँ लेखक प्रति आकर्षित भइरहन्छ । मलाई लाग्छ माथि दोहोर्‍याएका कृति मात्यो गुण, विशेषता र लेखकीय खुबी भएकैले म नजिक हुन सकेँ हुँला ।

ती पुस्तकहरूमा असाध्यै मन परेका पक्ष के हुन् ?
कला र विचारको सुन्दर अभिव्यक्ति सँगै कला प्रमुख भएकैले मैले माथि भनिएका कृतिहरू पटक–पटक पढ्न सकेको हुँ । संवेदनालाई साथी बनाएर लेखिएका कृति सँग हाम्रो पनि हृदय जोडिन्छ । धेरै पाठकको चाहना पनि त्यही हुँदो हो ।

पुस्तक पढिरहँदात्यसकापात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
पुस्तकमा डुब्नु भनेको अर्को लोकमा पुग्नु हो । जब अर्को लोकमा पुगेर पढ्ने गरिन्छ बल्ल ज्ञानगंगामा पौडेको आनन्द र सुख पाइन्छ । धेरै किताबहरू अनुभूति भन्दा विवरण हुन्छन् ।विवरणलाई आँखाले पढे पनि चेतनाले पढ्दैन । पात्र, लेखक र परिवेशलाई हातेमालो गरी–गरी पढ्दा बल्ल कृति भित्र प्रवेश गरेको खुसी आउँछ ।

तपाईँको विचारमा पढ्नु केका लागि हो ?
आफ्नो ज्ञानको आकाश बिस्तार गर्न पनि पढ्नु पर्छ । अझ आफ्नो सिर्जनात्मक गतिमा बल, सामर्थ्य र क्षमता थप्न पनि पढ्नु आवश्यक छ । नपढ्नेले गफ जति गरे पनि हुन्छ– साँच्चैको सही कुरा गर्न नपढेर हुँदैन नि !

कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
कला, विचार र हार्दिकता भएका कृतिसँग जीवनको नाता नजिकको हुन्छ । म दर्शनलाई सरलता र सकारात्मक भावले लेखिएका कृतिबाट बढ्ता छोइन्छ ।

पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
धेरै कृति छन् । बाहिरका किताब बारे मेरो ज्ञान फराकिलो छैन । नेपालीमा सकारात्मक, चाखलाग्दा र गहकिलाकिताबनिकै छन् । देवकोटाको कुञ्जिनी, शङ्कर लामिछानेको एब्स्ट्राक्ट चिन्तन प्याज, कृष्णचन्द्रसिंह प्रधानको आगत पालामा टेकेर, इन्द्रबहादुर राईको आज रमिता छ, बिपीको आत्मवृत्तान्त, लैनसिंह बाङदेलको रोमको एउटा पूmल र पेरिसको एउटा काँडा, ध्रुवचन्द्र गौतमको अलिखित, पारिजातको अनिँदो पहाडसँगै, डा. माधव पोखरेलको मेरो मान्छे, कृष्ण धरावासीको शरणार्थी हुन्– त्यसो त झट्ट सम्झिँदा मन परेका यति कृतिमा पनि अनेक कारणले सम्झिनुपर्ने अन्य निकै पुस्तक नभएका होइनन् ।

तपाइसँग कति जति पुस्तकहरूको कलेक्सन होला?
म सँगअहिले पाँच हजारको संख्यामा किताब छन् । डेरा सरिरहँदा धेरै किताबका व्यवस्थापन गर्न काठमाडौंमा गाह्रो छ । धेरै पुस्तकहरू देशका विभिन्न ठाउँमा बनेका पुस्तकालयलाई दिँदा–दिँदा आवश्यक पुस्तकहरू अहिले रहेका यत्ति छन् । तर पनि व्यवस्थित गर्न सकेको छैन मैले ।

पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक?
धेरै छन् । रुसी साहित्यका चेखोव, भोल्टेयर, पुस्किन सबैका किताब पढ्न मन छ । भारतको प्राचीन साहित्यतिर मन गएको छ । दक्षिण अमेरिकी साहित्यमा प्रतिनिधि ग्रन्थहरु के के छन् भनेर अचेल खोज खाज गर्दैछु । हेरौँ,कति भेला पारेर पढ्न सक्छु ।

मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमाल मलाई विशेष मन पर्छन् । भारतका निर्मल बर्मा, प्रेम चन्दलाई रुचाएर पढेँ । रुसका एन्टोन चेखोव अद्भुत लेखक लाग्छन् मलाई ।

अध्ययन र लेखाइबाहेकका रुचिहरू के छन् ?
लेख्नु, पढ्नु जीवनकै अंग भइसक्यो । हिमालतिर घुम्न, सङ्गीत सुन्न विशेष मन पर्छ । हिमाल वा पहाड घुमेर आएका दिन अरू १० वर्ष उमेर ज्यानमा भरेर फर्किएँ भन्ने खुसीले मलाई अँगालो हालिरहन्छ ।

नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
नेपाली साहित्यमा भाषा, दर्शन, कला र शैलीको उन्नति कालागि पढ्नुपर्ने धेरै पुस्तकहरूको सूची भेटिन्छ । देवकोटा, माधव घिमिरे, शङ्कर लामिछाने, तारानाथ शर्मा, इन्द्रबहादुर राई र भूपी शेरचनका सबै पुस्तक पढ्दा हुन्छ– नयाँ पुस्ताले । किनभने उनीहरुका लगभग सबै पुस्तकहरू मानक छन् । एउटाले अपुरो होइन्छ– त्यसैले नाम लिएका सबै लेखक युग हाँकेका र समयलाई नेतृत्व दिएका बलशाली लेखकहरू हुन् । तिनलाई पढ्न सके प्रज्ञाको राप, ताप र आलोक पाइन्छ ।

तपाईँका पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
सुरुमा लामो समय म निबन्धमा केन्द्रित भएँ । विगत २० वर्षयता नियात्रामा डुबेर लागिपरेँ– त्यही विधामा ५–६ वटा नियात्राका कृति आए । अब बिस्तारै फेरि निबन्धतिर लाग्ने मन पलाएको छ । खास स्वप्न योजना नभए पनि अलिक फरक धारमा निबन्ध लेख्ने कुरो गुजुगुजु खेल्दै छ मनमा । त्यसो त म घुम्ने कुरामा सम्झौता गर्दिनँ । यो पनि लेखनकै एउटा हाँगो हो भन्ने लागिरहेको छ ।

स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
स्रष्टा र सिर्जना बीच आत्मा र देहको जत्तिकै सम्बन्ध छ । लेखकले नलेखे, सिर्जना हुन्न । सिर्जनालाई लेख्ने नै स्रष्टा हो । शरीरबाट छायाँ जान नसके जस्तै, इन्द्रेणीबाट रङ छुट्याउन नसके जस्तै, नदीबाट लहर अलग्याउन नसके जस्तै र ओठबाट वाणी बेग्ल्याउन नसकेजस्तै हो लेखक र रचनाको सम्बन्ध । त्यसैले स्रष्टाले अनुभव गरेका, भोगेका, कल्पेका र मन्थन गरेका धेरै कुरा सिर्जनामा आउँछन् । किनभने सिर्जनामा त्यो आउनु नै सत्य र जीवनको समग्रता हो ।

तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
म कुनै खास आइकन राखेर अगाडि बढेको लेखक होइन । हुरीको पात भएर उड्दै गएको पात हुँ म । तुलसीको मोठमा परेँ र पूजित भएँ– गोबरको खाडलमा खसेको भएँ त्यहीँ कुहिन्थेँ । समाजको घन ठोकाइ, आफ्नो मिहिनेत र समयको थिचथाच बाट आँट गरी निस्केको म लेखक हुँ । कुनै एक पक्ष वा घचेटाइले मेरो सिर्जनात्मक गति हुर्दुराएको होइन । हो, मेरो जीवनमा उड्न, वेग मार्न र पखेटा फड्फडाउन सिकाउने मेरी आमाको अत्यन्तै ठुलो योगदान छ । आमा पछि दिदी देवीका बरालको तिर्नै नसक्ने गुन छ । अरू राखिएका सालिक वा मूर्तिलाई साक्षी राखेर मैले साहित्य लेखिनँ । मेरो मनको, समाजको सालिक नै मसँग गाली र ताली दिइरहने एउटा प्रबल आधार हो भन्ने ठानेको छु मैले ।


Tags: पुस्तकयुवराज नयाँघरे
अघिल्लो पोष्ट

अनामिका

पछिल्लो पोस्ट

देवकोटासँग एउटा साँझको कायान्तरण

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
देवकोटासँग एउटा साँझको कायान्तरण

देवकोटासँग एउटा साँझको कायान्तरण

कलात्मक शैली साहित्यकारहरुमा हुनुपर्ने अनिवार्य सीप : गंगा कसजू

कलात्मक शैली साहित्यकारहरुमा हुनुपर्ने अनिवार्य सीप : गंगा कसजू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

 छोरी र छाया

 छोरी र छाया

३ जेष्ठ २०७९, मंगलवार
जीवनका क्षणहरू : मेरा जीवन संगिनी र सुखद यात्राहरू

जीवनका क्षणहरू : मेरा जीवन संगिनी र सुखद यात्राहरू

३ जेष्ठ २०८०, बुधबार
पश्चाताप

पश्चाताप

३ जेष्ठ २०७८, सोमबार
छटपटी

छटपटी

४ असार २०८१, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक