जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

क्याम्पस पढाउने रहर बोकेर बाध्यतामा गोरखा पुगेँ

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १८ भाद्र २०७९, शनिबार
सँस्मरण भित्र
0
क्याम्पस पढाउने रहर बोकेर बाध्यतामा गोरखा पुगेँ

शिक्षा शास्त्रको विस्तार क्याम्पसबाट बि.एड. उत्तीर्ण गरिसकेको हुनाले क्याम्पसमा सेवा गर्न जाने रहर भयो । यही रहरलाई पनि मित्र पशुपति कर्माचार्यले साथ दिनुभएको हो अर्थात् उहाँकै भनसुनबाट गोरखा पुग्न पाएको हुँ । त्रिभुवन विश्व विद्यालय, शिक्षा शास्त्र अध्ययन संस्थान अन्तर्गतको गोरखा क्याम्पसमा जीवनमा पहिलो चोटि जागिर काँधमा बोकेर गोरखा पुगेको मलाई याद आइ रहन्छ । झन्झट–झन्झट मात्र बोक्दै शिक्षण सेवामा लाग्दै आएको मलाई स्थायी शिक्षक दरबन्दीको माया लागेन – स्थायी शिक्षण सेवाबाट राजीनामा दिएर गोरखामा आँखा चिम्लेर गएको सम्झना मनमा आइरहन्छ । काभ्रेको आधा दर्जन जति विद्यालयमा सेवा गर्दा ताकाको दुःख, काठमाडौँका चार वटा विद्यालयमा पाएको दुःख, खट्ने स्वभावले पुर्‍याएको धपेडी र घरको डामाडोल आर्थिक स्थिति र भर्खरै विवाह गरेर श्रीमान् बन्दाका कष्टका कारणले स्वास्थ्य स्थिति पनि गिर्दै गरेर मुखबाट रगत वमन हुँदै गर्दाका दुःखद परिस्थितिले मलाई गोरखा पुर्‍याइ दिएको सत्य घटना लुकाएर लुकाउन सकिने विषय होइन । गोरखामा क्याम्पस पढाउन पाउने र उचित जागिरको सुरक्षा हुने स्थिति विचार गरेर र स्वास्थ्य स्थिति पनि बनाउने लोभले त्यहाँ जान खोजको हुँ । 

मेरी जीवन सँगिनी भारतीले मेरो दुःख बुझेनन् अर्थात् मैले मेरो दुःखको कथा उनीलाई बताउन सकिनँ । जान लाग्दा उनी धरधरी रोइदिएको त्यो क्षण सम्झेर मलाई सधैँ दुःख बोध भइरहन्छ । भर्खरै विवाह भएकी श्रीमती भारतीले भक्कानिएर रोइदिएको त्यो क्षण मेरा लागि निकै चोट लाग्दो घटना भई दिएको उक्त क्षण बिर्सी पठाउन निक्कै गार्‍हो छ । 

रामप्रसाद कर्णजीत र निर्मला दम्पतीसँग आँबुखैरेनी सम्म बसबाट पुग्यौँ । केही क्षण आँबुखैरेनीमा रह्यौँ र डाँडो माथि एकान्त ठाउँमा रहेको गोरखामा हामी तीन जना हिँडेर नै पुग्यौँ । सिरसिर हावा आउँदा मनै आनन्द हुने खालका हावा पानीले मनलाई आनन्दित तुल्याइ दियो त्यस क्षण । पोखरी थोकमा सञ्चालित रहेछ क्याम्पस । क्याम्पस वरपर नै बस्ने कोठाको टुङ्गो लगाइयो । रामप्रसाद दम्पती दुवै जना त्यस क्याम्पसका पुराना प्राध्यापकहरू भएकोले र उनीहरूको सहयोग पाएको कारणले मलाई त्यति असहज भएन । स्थानीय शिक्षा सेवी, समाजसेवीहरू मोहननारायण श्रेष्ठ, गोपाल श्रेष्ठ, होमकुमार श्रेष्ठसँग र क्याम्पस प्रमुख गजेन्द्रबहादुर प्रधानाङ्गसँग परिचय भयो । केही दिनपछि नै गोरखा र गोरखा क्याम्पस मेरो मन मझेरीमा झुम्न थाल्यो । 

२०३५ कार्तिक २३ गते सामाजिक विषयको सहायक प्राध्यापक पदमा ३ महिनाको लागि अस्थायी नियुक्ति प्राप्त गरियो । र गोरखा क्याम्पसमा पढाउन थालियो । गोरखाका थुप्रै मित्रहरू सँग मात्र होइन सरकारी अधिकृतहरूसँग पनि सम्पर्क बढ्न थाल्यो । गोरखामा बाटो नपुग्दा ताकाको त्यो समयमा ‘गोरखा’दुर्गम जस्तै थियो । जागिरदारहरूको पनि कतै जाने ठाउँ नभएको त्यो स्थितिमा उनीहरू मिलेर मन बहलाउने ठाउँ ‘तास खेल्ने’ थलोलाई बनाइएको देखिन्छ । क्याम्पस प्रमुखसँग जिल्लाका शिक्षा अधिकारीको कोठामा पुग्ने गर्थें। त्यहीँ नै बनाइएको रहेछ तास खेल्ने थलो । स्वास्थ्य स्थिति सपार्न, कमाउन पुगेको म बबुरो क्याम्पस प्रमुख सँगसँगै लाग्न पाएर गौरवमा फुल्दै तास खेल्न जान्ने बार्‍हमासे पो हुन थालेँ । जिल्लाका हाकिमहरूको अखडामा पुग्न पाएर मक्ख हुँदै बार्‍हमासे बनेको उक्त क्षण मेरा लागि जीवनका अनौठो घटना र क्षण हुन गयो । यसै समयमा गोरखाका एक जना युवा मित्रसँग मेरो मित्रता बढ्न थाल्यो । राती पनि गफ गर्न उनी आउने । घण्टौँ हामीहरू बसेर कुराकानी गर्ने । उनीसँग मित्रता पनि गाढा बन्दै गयो । होमकुमार श्रेष्ठ प्रगतिशील भावना भएका असल मित्र पो रहेछ । उनीसँग सङ्गत गर्दा पो थाहा भयो । मन र आँखामा राखिरहौँ जस्ता युवा होमकुमार श्रेष्ठसँग आत्मीयता बढ्दै गयो । उनको औषधी पसल नै मेरो अखडा बन्यो । बुद्धिचाल खेल्न पाएपछि केही पनि नचाहिने प्रकृतिको म जब मैले बुद्धिचाल खेल्ने ठाउँका रूपमा त्यस ठाउँलाई भेट्टाएँ अनि त तास खेल्न जाने रहर भाँचभुँच भयो । म त्यो तास खेल्ने अखडाबाट पलायन भएर बाहिर आइपुगेँ । 

गोरखाका सर्व साधारणहरूसँग घेरिएर बुद्धिचाल (चेस) खेल्ने लत बसे पछि म त प्रशासनको आँखामा अराष्ट्रिय तत्त्व जस्तै भएँ । म प्रति प्रशासनको आँखा पर्‍यो । हाम्रै क्याम्पसमा पढ्ने एक जना विद्यार्थी मेरो चियोचर्चा गर्ने खुपिया बनाएर पठायो । कक्षामा प्रश्नहरू गरिरहने, यताउता लागेको हेरिरहने उक्त विद्यार्थी मेरो विरुद्ध छोडेको सि आइडी रहेछ । पछि पो बुझेँ । जिल्लाका हाकिमहरू सँग तास खेल्दा सम्म म सुन्दर सर थिएँ तर जब बुद्धिचाल खेल्न थालेँ म त अराष्ट्रिय तत्त्व पो भएँ । एक मनले मलाई हाँसो उठ्यो – पञ्चायतकलाको यस खालको मूल्याङ्कन देखेर मलाई छक्क पनि लाग्यो । 

गोरखा क्याम्पसमा पढाउँदै गर्दा उक्त क्याम्पसको प्रगतिका लागि मूल्याङ्कन समितिको अध्यक्ष, अतिरिक्त क्रियाकलापको अध्यक्ष, योजना तथा अनुसन्धान शाखा प्रमुख समेत भई सेवा गरेको मलाई सम्झना छ । उक्त क्याम्पसमा २०३५ कार्तिक (साउने सत्र) देखि २०३६ साउने सत्रको कार्तिक ५ गतेसम्म दश महिना सेवा गर्न पाएको थिएँ । त्यहाँ काम गर्दाका प्राध्यापक मित्रहरू गजेन्द्रबहादुर प्रधानाङ्ग, तीर्थ खनिया, तेजनारायण भुसाल, अशोककुमार कार्की, रामप्रसाद कर्णजीत, निर्मला कर्णजीतहरु सँग मित्रता र सहयोग मन भरि रहेको मात्र होइन अहिले सम्म पनि स्मरण भइरहन्छ । गोरखामा रहँदा मेरा स्वास्थ्य स्थिति राम्रो हुँदै आयो । खर्चालु स्वभाव भएकोले तलब बचाउन सकिनँ । खाना पकाउने एक जना मगर भाइ मेरा सहयोगी मित्र बनाइएकोले केही रकम दिनुपर्ने र खुवाउनुपर्ने भएकोले खास रकम जोगाउन पाएन । हप्ता–हप्तामा घरमा पुगी रहने । क्यामेराबाट फोटो खिँच्न क्यामेरा मेनहरू डाकिरहने आदि कारणले पनि मैले खर्च जोगाउन पाइएन । त्यसताका गोरखा जिल्लाका थुप्रै गाउँहरू लगायत मनकामना मन्दिर तिर पुगिरहने गर्थें। 

म प्रगतिशील भावनाले ओतप्रोत रहेको मान्छे भएको कारणले सबै दृष्टि र व्यवहारमा पनि प्रगतिशीलता नै अपनाउन प्रयत्न गर्थेँ । प्र अ मोहनकुमार श्रेष्ठ त्यहाँका प्रतिष्ठित बुद्धिजीवीसँग सामाजिक चेतना र भावनाका कुराहरू, गोपाल श्रेष्ठसँग सामाजिक सेवाका प्रसङ्गहरू, होमकुमार श्रेष्ठसँग गीतसङ्गीत, साहित्य र राजनीति कर्मशील भावनाहरू साटासाट गथ्र्यौं । दरबारका सुब्बा साहेबले बोकाका टाउको पठाइ दिने गर्छन्; हामी मीठो मानेर मिलेर खान्थ्यौँ । । धेरै रमाइलो स्वास्थ्यप्रद हावा पानी रहेको गोरखा डाँडामा रहेको शिक्षा शास्त्र अन्तर्गतको गोरखा क्याम्पसमा पढाउँदै गर्दाका विद्यार्थीहरू, प्राध्यापक मित्रहरू, समाजका हितैषीहरू, प्रशासकहरू कोही–कसैसँग दुष्मनी मोल्नु परेन । हावा फेर्न गएजस्तो भयो गोरखा, क्याम्पस सिकाइ कस्तो रहेछ बुझ्न–हेर्न गएजस्तो भयो गोरखा । प्रशासकहरू कस्ता हुँदा रहेछन् देख्न गए जस्तो भयो गोरखा । नेवार बस्ती भएर पनि पोखरी थोकमा नेवारी बोल्न नजानेका नेवारहरू खोज्न गए जस्तो भयो गोरखा ।

००

गोरखामा रहँदा कामको धपेडी भएन । क्याम्पसमा १–२ पिरियड पढाउने काम मात्र हो । समयमा खान पाएँ । स्वच्छ हावामा श्वास फेर्न पाएँ । अनावश्यक मन मुटावमा लाग्नु परेन । सिर्जना र शिक्षाको मात्र कुरा हुने भयो । भद्रता सिक्ने र सिकाउने कामले भद्र मन बन्दै गयो । बुद्धिचाल खेलले मेरो मन भित्रको बुद्धिलाई तीव्र बनाइदियो । गोरखाको माटोमा झुल्दै गरेका फूलहरूसँग स्पर्श गर्न पाइयो । गोरखाका सुन्दर मनहरूसँग मन गाँस्न पाइयो । त्यसैले मैले गोरखालाई भुल्न नसकेर ‘गोरखा’कविता गोरखालाई यसरी अर्थ्याएँ : 

मेरो मनमा दुखेको घाउ थियो 

माया गरेर औषधी छर्की दिएजस्तो गर्‍यो 

गोरखा माथि मुस्कुराउँदै बहने हावाले । 

००

घर छोडेर दुःख बोकेर गएको मलाई

त्यहाँको काम र हावाले सुमसुम्याइ दियो 

तीन छक्क परेँ म – गोरखा देखेर दङदास भएँ म !

०० 

दरौंदी खोलाको पानीले स्पर्श गर्न आए जस्तो लाग्यो 

पृथ्वीनारायणको आँखाले हेरिरहे जस्तो पो भयो 

मनकामनाले मलाई हर्ष छर्किदिए जस्तो गर्‍यो 

गोरखा मैले कसरी भुलूँ; मेरो मन र आँखामा तिमी रहिरह्यौ । 

००

गोरखासँग सधैँ रहने मन थियो; तर के गर्ने गोरखा हिँड्न खोज्दा धरधरी आँसु झार्ने श्रीमती, बूढा–बूढी आमा/बुबाका निराशा लाग्दा चेहराले पनि तिमी फर्क भनी रहे जस्तो देखिएकोले माया लाग्दो गोरखालाई छाडेर म बनेपा फर्किएँ । तर याद त आइरहन्छ – गोरखाका सबै–सबैहरू । केही दिनसम्म त गोरखाले मलाई सपनामा तर्साउन आए जस्तो, कता भागिस् भन्न आए जस्तो पो भइरह्यो । गोरखामा छँदा सधैँ माया गरेर मलाई सहयोग गरेका मित्रहरू विशेषत : रामप्रसाद कारंजीत र निर्मला कारंजीत दम्पतीलाई बिर्सी पठाउन गार्‍हो छ । सधैँझैँ गोरखा बसेसम्म नै मलाई साथ दिनु हुने साथी होमकुमार श्रेष्ठलाई आजपर्यन्त सम्म सम्झना गरिरहेछु । गोरखा बस्दा अन्य थुप्रै सम्झना गर्न लायकका प्रसङ्गहरू र मैले सम्झिनु पर्ने मित्रहरू याद आइरहन्छ । क्याम्पसको प्राध्यापक भएको नाताले राजा वीरेन्द्रलाई भेट्न जाँदा दौरा सुरुवाल लाएर उभिँदाका तस्बिर मनमा आइरहन्छ । यसैले मैले भन्नुपर्छ – मेरो जीवनको एउटा घटना हो गोरखा बसाइँ । 

०००


Tags: मोहन दुवाल
अघिल्लो पोष्ट

कविजीको जुत्ता

पछिल्लो पोस्ट

डा. अशोक थापाको ‘सन्तापको धुन’ 

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
डा. अशोक थापाको ‘सन्तापको धुन’ 

डा. अशोक थापाको ‘सन्तापको धुन’ 

किताब जात्राको पाचौं संस्करण

किताब जात्राको पाचौं संस्करण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अनिदो रात

अनिदो रात

४ जेष्ठ २०७९, बुधबार
कला साहित्य उत्सव फागुन १४ देखि

कला साहित्य उत्सव फागुन १४ देखि

६ फाल्गुन २०८१, मंगलवार
नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

३ मंसिर २०८१, सोमबार
विश्वभर रहेका नेवार समुदायको संगठन डब्लुएनओको अध्यक्षमा संयुक्त श्रेष्ठ

विश्वभर रहेका नेवार समुदायको संगठन डब्लुएनओको अध्यक्षमा संयुक्त श्रेष्ठ

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक