समाजका हरेक तह र तप्काका मानिसहरुले आ–आफ्नै शैलीमा तीजलाई उत्सवको रुपमा मनाउन थालेका छन् । यही क्रममा जनमत साहित्य डटकमको आयोजनामा तीजको अवसरमा दश नारी हस्ताक्षर कार्यक्रम भयो ।
कार्यक्रममा एउटा आमालाई सम्बोधन गर्दै र एउटा बाबालाई सम्बोधन गर्दै डा.बिन्दु शर्माले कविता वाचन गरेकी थिईन् । उनले कवितामा माईती आगन र बालापनका मिठा पललाई सुन्दर ढंगले प्रस्तुत गरेकी थिईन् । कविता वाचन गर्नुभन्दा पहिला उनले सुन्दर पहिरन पहिरिएर, चिटिक्क परेर, राम्रो भएर गीत गाएर नाच्नु मात्रै तीजको मुख्य अस्तित्व नभएको । रमाईलो संगसंगै तीज पर्वलाई विस्तारै सिर्जनाको माध्यमबाट परिवर्तनको धारमा ल्याउन सकिन्छ र रचनाबाट बिचारलाई प्रबल बनाउन सकिन्छ भन्ने कुरालाई नकार्न नसक्ने बताईन् ।