०६२/६३ सालको जनआन्दोलनका बेला उदाएका कवि हुन् , अर्जुन पराजुली । तत्कालीन राजसंस्थाविरुद्ध कविता लेखेर उनले निकै चर्चा कमाए । त्यतिबेला पराजुलीका सडक कविताहरूले आन्दोलनकारीको रगत उमाल्ने काम गर्थे । कविताका हरेक हरफ यति शक्तिशाली हुन्थ्यो त्यति बेला उनले रचना गरेका कविताहरू आन्दोलनकारी लाई जुरुक्क उचालेर आन्दोलनको पठाउने मन्त्र जस्ता थिए ।
सानै देखि कविता लेख्ने गरेका कवि पराजुलीले २०४३ सल देखि हास्यव्यङ्ग्य लेख्न सुरु गरेका हुन् । अहिले उनी आजभोलिको सामाजिक सञ्जाल मार्फत आफ्नो भावनाहरू, परिवर्तनका आवाजहरू सहित हस्तलिखित कवितालाई फेसबुकको भित्तामा हाल्छन् । ती कविताहरू छोटा मिठा अनि दमदार छन् । अहिलेको राजनीति, समाजका कुरुतीहरु लाई व्यङ्ग्यका रूपमा पोख्न सिपालु कवि अर्जुन पराजुलीकोे लेखन र वाचन शैली आफ्नै छ ।हामीले उनका केही थान छोटा मिठा कविताहरूलाई भिडियो मार्फत प्रस्तुत गर्दैछौं ।
१. अर्जुन पराजुलीको ब्यङ्गय कविता १ : धोका खान नपाई बाँच्नै नसक्ने भयौं
२. अर्जुन पराजुलीको व्यङ्ग्य कविता २ : एक जना हर्क साम्पाङ देऊ
३. अर्जुन पराजुलीको व्यङ्ग्य कविता ३: त्यो देश मेरो हो
४. अर्जुन पराजुलीको व्यङ्ग्य कविता ४ – प्रतिगमन
५. अर्जुन पराजुलीको व्यङ्ग्य कविता ५ – चोरले भन्छ, चोरलाई चुनाव जिताउनु हुँदैन
६. अर्जुन पराजुलीको व्यङ्ग्य कविता ६ – राजनीतिमा आउनु अघि सिकेर आउनु
७. अर्जुन पराजुलीको व्यङ्ग्य कविता ७ – खल्तीमा आम्दानी बढाऊँ छैन
८. अर्जुन पराजुलीको व्यङ्ग्य कविता ८ : आमा