बिहानै परेको पानीले
सुकेको धर्तीको ओठलाई सरर भिजायो
खुम्चिनै लागेको मेरो उदास मन पनि
जरैबाट रसायो,
आहा !
यो झरी भै बर्सेको त आशा रहेछ,
खुसी रहेछ यो झरी !
पानी !
जता हेरे पनि पानी
जीवनको पुनर्सिञ्चन,
प्रकृतिको एउटा सुन्दर संगीत
आकाश र धर्तीको दोहरी गीत
असारे गीत
प्रेम गीत
जीवन जतिकै सुन्दर
जीवनकै गीत
असार !
आहा जीवन ।