कवि नवराज पराजुलीको आधिकारिक युट्युब च्यानलमार्फत‘स्कुल’ रिलिज गरेका छन् । ‘ग्रामी अवार्ड’का लागि मनोनीत अमेरिकी सङ्गीतकार एन्ड्रु बोर्कोवोस्कीसँगको सहकार्यमा कवि पराजुलीको आफ्नो प्रकाशोन्मुख कवितासङ्ग्रह ‘घर’मा सङ्ग्रहित ‘स्कुल’लाई गीति भर्सनमा रिलिज गरेका हुन्
स्कुलहरूले फरक भाषा र प्रतिभालाई ठाउँ नदिँदा विद्यार्थीलाई कसरी असर परिरहेको छ ? भन्ने प्रश्नका अनेक आयामहरूलाई ‘स्कुल’मा समेटिएको छ।
एन्ड्रुसहित ‘स्कुल’ मा १६ अमेरिकी र ७ नेपाली वाद्यवादक संलग्न छन्। भुवन आचार्यले निर्माण गरेको ‘स्कुल’मा कवि पराजुलीकै शब्द र सङ्गीत छ भने रिदम कँडेलले सङ्गीत संयोजन गरेका छन्। पराजुलीसहित कँडेल र अनिल सुब्बाले यसमा स्वर भरेका छन्।
‘स्कुल’ मा १२ नेपाली भाषाका कलाकारहरूले स्वर दिएका छन् । सन्थाली भाषामा झापाकी अन्जली कास्कीले स्वर दिएकी छिन् भने राई (दुङ्माली) भाषामा अल्ट्रा धावक मीरा राईको स्वर छ । तामाङ भाषामा नेपाली तारा सन्तोष लामा र मैथिली भाषामा कलाकार तथा निर्देशक सरिता शाहले स्वर दिएका छन् । त्यस्तै, भोजपुरीमा अनिल कुर्मी, लिम्बूमा अनिल सुब्बा, गुरुङमा सुरज तमू, मगरमा जेम्स मगर, अवधीमा अजय पाण्डे, कोइचमा इंगि होपो कोइंच सुनुवार र नेवारीमा फिल्म निर्देशक राजिन महर्जनको स्वर छ ।
रचनामा मनिष गन्धर्वले सारङ्गी, किरण बरालले बाँसुरी, जगन्नाथ धौगोडाले तबला, दिपेश राईले ढोल, सम्यक महर्जनले सिंगिङ बाउल र आशुतोषले शङ्ख बजाएका छन् ।
स्कुलहरूले फरक भाषा र प्रतिभालाई ठाउँ नदिँदा विद्यार्थीलाई कसरी असर परिरहेको छ ? भन्ने प्रश्नका अनेक आयामहरूलाई ‘स्कुल’ मा समेटिएको छ।