जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

जनताका लेखक श्यामप्रसाद शर्मा

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २ असार २०७९, बिहीबार
सर्जक बिशेष, स्मृतिमा स्रस्टा भित्र
0
जनताका लेखक श्यामप्रसाद शर्मा

आफ्नो उद्देश्यबाट अलिकति पनि विचलित नभई नेपाल र संसारकै जनताको हित हुने काम–कुरामा केही न केही योगदान गरिरहन सकूँ भन्न रुचाउने साहित्यिक तपस्वीको नाम हो श्यामप्रसाद अर्थात् श्यामप्रसाद शर्मा । व्यवहारमा सिधापन, रहनसहनमा सादा जीवन र लेखनसिर्जनामा सरलता व्यक्त गरिरहने एकजना स्रष्टाको सुन्दर नाम हो श्यामप्रसाद । युग र जनताकै लागि चेतनावाहक जीवनसङ्घर्षको एउटा अनुपम उदाहरण र निरन्तर साधनामा कठिन अनुभव गर्ने एकजना साहित्यिक यात्रीको नाम हो श्यामप्रसाद । निकै बेनामी साहित्यिक नामहरु जुराएर साहित्यिक कृतिहरुका रचयिता र व्यावहारिक ज्ञान र चेतनाका स–साना पुस्तकहरु नेपाली पाठकहरुलाई झिँजो नमानीकन फिँजाउँदै रहने एकजना लेखकको नाम हो श्यामप्रसाद । माक्र्सवादी सिद्धान्तमा आधारित जीवनदृष्टि बोकेर आफ्नो विचार र भावनालाई सकेसम्म मीठो–रसिलो किसिमबाट भाषामा व्यक्त गरिरहन रुचाउने प्रगतिवादी साहित्यिक धरोहर हो – श्यामप्रसाद ।

वि.सं. १९८६ असार ६ गते मकवानपुर जिल्लाको सोलीथुम गाउँमा जन्मेका साहित्यकार श्यामप्रसाद शर्मा निकै सानो उमेरदेखि नै कठिन परिश्रम गरी जीवन निर्वाहको लागि निरन्तररुपमा सङ्घर्षमा जुट्दै आएका हुन् । उनका पिता उनी सानैछँदा बित्नुभएकोले सानैछँदादेखि नै उनले पत्र–पत्रिका बेच्ने, ट्युशन पढाउने, पत्रकारितामा काम गरेर जीविकोपार्जन गर्नेजस्ता कठिन कार्यहरुमा दिनचर्याहरु बिताउन थाले ।आफ्नै ढङ्गका कामहरु गर्न सिपालु कार्यकर्ता, इमान्दार चरित्रका धनी, कसैलाई नबिझ्ने सरलताकै एउटा जीवन बोकेर कार्यक्षेत्रमा उत्रेका साहित्यकार श्यामप्रसादले व्यावहारिक जीवनमा सुखानुभूति अनुभव गर्न पाउनु भएन । सानैछँदा विवाह गरेकी श्रीमतीले जीवनक्रम नबुझेर पारपाचुके गरे । त्यस्तै पछिल्लो पटक विवाह गरेकी श्रीमतीसँग पनि उहाँको उठबस मिलेन, त्यसैले एक अर्कोबाट टाढिन पुगे । पछिल्ली श्रीमतीबाट सम्झना र सपना साँचेका श्यामप्रसादले शिक्षाको हकमा एस.एल.सी. सम्ममात्र पढेको देखिन्छ । तर पनि दर्जनौं पत्र–पत्रिकाको सम्पादन गरेर तीन दर्जन भन्दा बढी स–साना ज्ञानवद्र्धक निबन्ध/प्रबन्ध, कविता, सामालोचनाका पुस्तकहरु प्रकाशन गरेर प्रगतिशील साहित्यिक फाँटमा निकै मलजल दिने काम यिनले गरेको देखिन्छ ।

२०३४ सालदेखि २०४७ सालसम्म भूमिगत जीवन बिताएका श्यामप्रसादले प्रगतिशील लेखन क्षेत्रमा निकै लामो सेवा पुर्‍याएको र निरन्तर साधनामा तल्लिन रहेको मात्र नभई भूमिगत कालपछि प्रगतिशील लेखक संघ, नेपालका अध्यक्ष भई सेवा पनि गरेको देखिन्छ । समयको निक्कै ख्याल गर्ने, लिने–दिने सवालमा इमानदारीको नमूना देखाउने, अर्कालाई हानि–नोक्सानी हुने व्यवहार गर्न नै नखोज्ने, सरल कुराकानी गरेर अरुको मन जित्न मन पराउने साधक श्यामप्रसादले कविता, गीत, निबन्ध, लेख र समालोचना आदि लेखेर प्रगतिशील साहित्यिक क्षेत्रमा निकै योगदान पुर्‍याएको देखिन्छ ।

प्रगतिशील दृष्टि बोकेर निरन्तर सृष्टिमा डटिरहने साधकको रुपमा, निरन्तर साहित्य साधनामा जुटिरहने साहित्यकारको रुपमा उनलाई कृष्णमणि अर्याल साहित्यिक पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, सीताराम पुरस्कारका साथै हालै मात्र पे्रस काउन्सिल नेपालबाट साहित्यिक पत्रकारितामा राम्रो योगदान पुर्‍याएवापत दाङ्मा अभिनन्दन गरेको छ । लगनशीलताको लेखाजोखा गरेर दिएको सम्मान र पुरस्कार थाप्दा श्यामप्रसाद विवादमा पनि फसेका छन् । तर पनि आफ्नो आस्था र विश्वासका कारण उनी डेग चलेनन्, आफूले रोजेको बाटोमा निरन्तर लागिरहे । प्रगतिवादी फाँटमा पनि कोही–कसैले श्यामप्रसादको सम्मान नै जनताको सम्मान भनी व्याख्या र प्रसङ्ग चलाएको पाइन्छ भने कोही–कसैले पुरस्कारकैबारे अनेकौं गालीगलौज पनि गरेका छन् । यस सम्बन्धमा श्यामप्रसादले सम्मान प्राप्त गरे हुन्छ, पुरस्कार लिए हुन्छ तर उनीहरुकै विचार र दृष्टिकोणमा लागेर आफ्नो विचार भाँचभूँच गर्न नहुने र आफ्नै दृष्टि र विचारधारामा निरन्तर लागिरहने प्रण गर्नुपर्ने सटिक जवाफ दिए ।

प्रगतिशील लेखकहरुको हक–हितको निम्ति प्रयत्नशील रहिरहनु, जनविरोधी संस्कृतिको विरुद्ध संघर्ष गरिरहनु, विभिन्न भाषाका साहित्य र संस्कृतिको विकासको निम्ति कोशिस गरिरहनु, विदेशी हस्तक्षेप एवं स्वदेशी प्रतिक्रियावादी क्रियाकलापका विरुद्ध दृढतापूर्वक उभिरहन खोजिरहनु, न्यायपूर्ण संघर्षको पक्षमा कलम चलाउन लागिपरिरहनु नै उनले याने साहित्यकार श्यामप्रसादले जीवनक्रममा गरेर गएका सम्झिनुपर्ने विशेषताहरु हुन् ।गरीबीको रेखामुनि भएका नेपाली जनताले आफ्नो जीवन जसरी बिताइरहेछन् मैले पनि त्यसैगरी गुजार्दैछु भनी आफ्नो कथा–व्यथा बताउने उनले जीवन र जगत्लाई हेर्ने दृष्टिकोण वैज्ञानिक हुनुपर्छ भन्छन् । पछौटे विचारको र प्रतिक्रियावादी आशयको लेखनले समाजलाई वाधा पुर्‍याउने भएको हुनाले यसका विरुद्ध जुट्नुपर्छ उनी भन्ने गर्छन् ।

पिता जगन्नाथ उपाध्याय (लामिछाने) र माता हुतकुमारीदेवीको कोखबाट जन्मेका श्यामप्रसादले निकै ठूलाठूला अप्ठ्यारा जीवन–क्रमहरु गुजार्नुपरेता पनि पटक्कै जीवनको सङ्घर्षमा उनी थाकेनन् । बेथितिलाई पन्छाउँदै यिनी निरन्तर बढिरहे । प्रतिक्रियावादी चिन्तनको बाहुल्य भएको समाजमा हुर्किनुपरेता पनि, जीवन–क्रममा हिंड्नुपर्ने बाटोमा काँडाहरु छर्किदिएतापनि निरन्तर आफ्ना भावनाहरु जनता, देश र समाजकै मुक्तिका लागि पटक्कै नथाकीकन जीवनपथमा लम्किरहने सफल एकजना प्रगतिशील साहित्यिक यात्रीकै नाम हो – श्यामप्रसाद । गोकुल जोशी, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान आदि स्वदेशी साहित्यकारहरु मन पराउने श्यामप्रसादले विदेशी साहित्यकाहरुमा गोर्की, चेखव, टाल्सटाय, कृष्णचन्द्र, प्रेमचन्द, ल्यू स्यून मन पराएको देखिन्छ ।

लेखक–जीवन आरम्भसँगै सम्पादक जीवन पनि शुरु गरेका श्यामप्रसादले २००५ सालतिर हस्तलिखित मासिक सन्देशको सम्पादन कार्य गरेको पाइन्छ ।साहित्यको सम्पादन गरेर यिनले पनि आफू साहित्यिक पत्रकारितामा आयाम थपे । भ्रमणको हकमा उनले अजरबैजान, काजकिस्तान, चीन, बङ्गलादेश, चेकोस्लोभाकिया, जर्मनी, भारत, युक्रेन, रसिया, हंगेरी आदि देशहरु पुगेको देखिन्छ । अम्मल केही सेवन नगर्ने, दाल, भातमात्र भए पुग्ने श्यामप्रसाद अवस्था हेरी फलफूल र सागपात खाने गर्दथे । उनी हरियो र नीलो रङ्गका पारखी हुन् । स–साना, मसिना कुराहरुलाई पनि विषयवस्तु बनाई लेख–रचना सिर्जना गर्नसक्ने यिनले साहित्यको सम्बन्धमा, साहित्यकारहरुको दायित्वको सम्बन्धमा निकै मार्मिक र गहन विचारहरु सन्दर्भमा प्रस्तुत गरेका छन् –“खासगरी काम र कुरालाई गाँस्ने गरौं । काम नबढ्ने कुरा मात्र धेरै हुनगयो भने हामीलाई हानि हुन्छ । व्यावहारिकताको नाउँमा हामीले सिद्धान्तहीन हुन पुग्नुहुँदैन । हाम्रा हरेक व्यवहार सही सिद्धान्तद्वारा डोहोर्‍याइएका हुनुपर्छ ।” प्रगतिशील साहित्यको महत्व र उपादेयताबारे पनि उनले आफ्नो विचार यसरी संप्रेषण गरेको पाइन्छ –“प्रगतिशील साहित्यको उद्देश्य समाजलाई फेर्दै अहिलेको अवस्थाबाट माथि डोर्‍याउनु भएकोले हाम्रा साहित्यकार साथीहरुले देशभक्तिका र जनसेवाका अरु विभिन्न कामहरुमा पनि आफूलाई निरन्तर लगाइरनु पर्छ । त्यसो भए जनताका सुख, दु:खसित अझ बढी राम्ररी गाँसिन पाइन्छ ।” त्यसैले भन्न सकिन्छ श्यामप्रसाद शर्मा जनताका लेखक हुन् । जनताका लागि कामलाग्दा मात्र कुराहरु दिएर जनताकै माया पाएर बाँचेर गएका लेखक हुन् । साहित्यलाई जनताबाट जनतामा पुर्‍याउने, नयाँ नेपालको निर्माण गर्ने महान् उद्देश्यमा समर्पित हुँदै राम्रा प्रगतिशील साहित्यको प्रचार–प्रसार गरेर गएका आदरणीय प्रतिभा हुन् – श्यामप्रसाद शर्मा ।

पारिवारिक रुपमा एक्लो जीवन गुजार्नुपर्ने वाध्यता भए तापनि हतोत्साही नहुने शर्माले जीवनदेखि कहिल्यै दु:ख महसुस गरेको देखिँदैन । जीवनका क्रमहरुमा पहिले गान्धीवादी, पछि २००९ सालतिर नेपाल कम्युनिष्ट पार्टीका सदस्य र हाल स्वतन्त्र वामपन्थीका रुपमा आफ्नो परिचय बताउन रुचाउने श्यामप्रसादका व्यक्तित्वका विशेषताहरु पनि धेरै छन् । उनी प्रगतिशील साहित्यलाई सुसंस्कृत, सुढृढ र रचनात्मक बनाउन क्रियाशील साहित्यकार हुन । उनी जनहित र जनअधिकारका लागि सचेत माक्र्सवादी चिन्तक । समाजमा देखापरेका विसङ्गति, वेथितिका विरुद्धमा राम्रो थिति बसाल्न खोज्ने एउटा सफल निबन्धकार । पत्रकार । संगठक । अनुवादक हुनाका साथै एउटा सुन्दर धरोहर । जनतालाई दिलैदेखि माया गर्ने जनताका सेवक ।

यिनका निबन्ध, प्रबन्धका थुप्रै पुस्तकहरु प्रकाशित छन् । ज्ञानवद्र्धक गुनिला लेख–रचनाहरु लेख्न सिपालु जनताका लेखक श्यामप्रसादका विचार–अनुभूति सबैका लागि अनुकरण गर्न लायकका छन् । चिठी लेखेर, सैद्धान्तिक बहस चलाएर, अनुभवहरुको प्रस्तुति लेखेर, डायरीका पानाहरुमा विचार सम्प्रेषण गरेर यिनले स–साना विचारदृष्टिका पुस्तकहरु प्रकाशन गराएका छन् । यिनका थुप्रै पुस्तकहरुमध्ये तँ, तिमी, तपाईं, हजुर (निबन्धसंग्रह, २०१४) सबभन्दा उत्कृष्ट निबन्धकृतिका रुपमा चर्चा पाएको पुस्तक मानिन्छ । आफ्ना् खालको सरलतामा पोखिँदै तर महत्वपूर्ण कार्यहरु गर्दै यिनी वि.संं. २०७४ वैशाख २४ गते अवसान भए । इतिहासको कालखण्डमा जनताका लेखकका रुपमा सधैं यिनी सम्झिने नाम बनेर गए ।


Tags: श्यामप्रसाद शर्मा
अघिल्लो पोष्ट

सूचक सम्मान असार १८ मा

पछिल्लो पोस्ट

दियाको बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
दियाको बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’

दियाको बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’

चन्द्रगढीदेखि भेल्लोरसम्मको यात्रा

चन्द्रगढीदेखि भेल्लोरसम्मको यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

२३ फाल्गुन २०८०, बुधबार
कविता सबैभन्दा शक्तिशाली विधा हो नारायण श्रेष्ठ

कविता सबैभन्दा शक्तिशाली विधा हो नारायण श्रेष्ठ

२२ फाल्गुन २०७८, आईतवार
“मिस लिटील नेवा:“ १४ओं संस्करण को “ट्यालेण्ट शो राउन्ड“

“मिस लिटील नेवा:“ १४ओं संस्करण को “ट्यालेण्ट शो राउन्ड“

२२ फाल्गुन २०७९, सोमबार
केवलपुरे–जनमत सम्मानबाट सुमित्रा सुमी सम्मानित

केवलपुरे–जनमत सम्मानबाट सुमित्रा सुमी सम्मानित

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक