समालोचक प्रा.डा.वासुदेव त्रिपाठीले काठमाडौँमा एक समारोहका माझ वानीरा फाउन्डेसन भवनको उद्घाटन गर्नुभयो ।
सोही अवसरमा महासमालोचक प्रा.डा. त्रिपाठीले नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको प्रतिमा उद्घाटन गर्नुभयो । साथै उहाँले आजै वानीरा सङ्ग्रहालयको पनि उद्घाटन गर्नुभयो ।
समालोचक प्रा.डा.वासुदेव त्रिपाठीले आजै सुप्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई एक लाख रुपियाँ राशि सहित वानीरा प्रज्ञा पुरस्कार, मुक्तक सम्राज्ञी उषा शेरचनलाई पचास हजार रपियाँ राशि सहित वानीरा पुरस्कार र मूर्तिकार महेश तुलाधरलाई पच्चीस हजार रुपियाँ राशि सहित वानीरा कला पुरस्कार समर्पण गर्नुभयो ।
इञ्जिनियर शङ्कर गिरीको प्रवल इच्छा बमोजिम वानीरा फाउन्डेसनको स्थापना भएको हो । डा.वानीरा गिरीको २०७८ साल जेठ ९ गते कोरानाका कारण निधन भएको थियो ।
श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, कालीप्रसाद रिजाल, उषा शेरचन, वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरी र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो ।