वि.सं. २०२८ भाद्र २६ गते सिमोरिया, सुनसरीमा जन्मेकी सरोजा खड्गी हाल पथरी, शनिश्चरे, मोरङ्गमा रहेर कला सिर्जनामा र कला प्रचार अभियानमा लागेर आफूलाई ‘धन्य’ सम्झिरहेकी छिन् । कलाका थुप्रै आयामहरुमा आफूलाई व्यक्त गर्दै आएकी सरोजाले करिव १५०० वटाजति कलाकृतिहरु आफ्नो क्यानभासमा खोपिसकेका छन् । निकै सक्रियतापूर्वक आफूलाई कलामा पोख्न सफल यिनी सरोजाले मोरङ र सुनसरीमा सक्रिय कलाकारका रुपमा देखाउन क्रियाशील छन् । कला प्रदर्शनी, कला गोष्ठी र कला समुदायमा पुर्याउने अभियानमा यिनी लागेको लाग्यै छन् । सक्रिय कलाकारका रुपमा आफूलाई देखाउँदै आएका यिनी नेपाल ललितकला प्रतिष्ठानका सदस्य पनि हुन् । ललितकलाका सुन्दर नाम बन्न सङ्घर्षरत यिनी पेन्टिङ र ह्याण्डीक्राफ्ट कला सिर्जनाका सक्रिय नाम हुन् ।
क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा आफूलाई कलाकारका रुपमा चिनाउँदै आएका यिनी मोफसलमा रहेर पनि आफूलाई सक्रियतापूर्वक देखाइरहन सफल कलाकार हुन् । थुप्रै ठाउँबाट अर्थात् दुईदर्जन सङ्घ–संस्थाबाट विभिन्न खालका पदक, सम्मान, पुरस्कार प्राप्त गरिसकेकी सरोजाले माटोमा, कागजमा, कपडामा कला सिंचन गर्दै आएकी देखिन्छ । ललितकला संगम विराटनगरका सल्लाहकार, युवा कला केन्द्र, धरानका सदस्य रहेका यिनी नेक्स युस, काठमाडौंमा सङ्लग्न भएको देखिन्छ ।
समकालीन कलाक्षेत्रमा समर्पित रहँदै आफूलाई कलामा पोख्दै, कलाबाट आफूलाई देखाउँदै, कला लेखेर जीवनका रेखाङ्कनहरु खिँच्दै बाँच्न जानेकी सरोजा खड्गी आफ्नै घर–आँगनमा ‘एभरेष्ट आर्ट फ्यूजन । पथरी शनिश्चरेमा खोलेर आफूलाई राष्ट्रमा देखाउँदै छन् ।