जीवनको अर्को नाम ‘प्रेम पनिहो । बिनाशर्त आदान प्रदान गरिएको माया, प्रेम बाहेक अरु अपेक्षा नबोकेको माया र निडरता पूर्वक गरिएको माया नै सार्थक हुन्छ । मान्छे हुनुको कारण विवेकको उच्चतम प्रयोग गर्दै बढी भन्दा बढीलाई माया गर्नु र सकेसम्मअरुको हानीनगर्नुमानै विशेष महत्वरहन्छ । आफुले आफैंलाई मायागर्नु, मातापिता, बन्धु, साथीसंगी, इष्टमित्र आदिलाई माया गर्नु, आफुले देखेको र भोगेको संसारलाई माया गर्नु र आफुलाई मन परेको मान्छेलाई माया गर्नु जस्ता रुपहरूमा मायाको विविधता देखिन्छन् । जे जसरी गरिए पनि मायाआकर्षण हो, विश्वास हो, खुशी हो र समर्पण पनि हो । संसार प्रेममा चलेको छ, प्रकृतिको फेरबदल पनि प्रेमकै उपलब्धी हो । सम्पर्क, वातावरण, आवश्यकता र प्रभावले प्रेमको दायरा निर्धारण गर्दछ । धनी होस् या गरीब, मूर्ख होस् या विद्वान, नेताहोस् या नागरिक, कर्मचारी होस् या व्यवसायी, समाजसेवी होस् वा कार्यकर्मी जो सुकैको लागि प्रेम जत्तिको प्रिय अरु केही छैन । प्रेम अध्यात्मिक र भौतिकमा विभाजित छैन, विज्ञान होस् या धर्म– कसैले नकारेको छैन ।
म यतिखेर कवि सरिता पराजुलीको कविता सङ्ग्रह— प्रेमिल प्रति ध्वनि बारेमा केही लेख्न लागेको छु । ६८ कविताहरू समेटेको प्रेमिल प्रतिध्वनिमा सरिताले सबै कविताहरूलाई प्रेमको रङ्ग र प्रेमको सुगन्धले सजाएकी छिन् । प्रेमका विभिन्न सन्दर्भहरूलाई कोट्याएर रचिएका सरिताका कविताहरू प्रेमिल मन्त्रहरू जस्ता लाग्दछन् । यी हरेक कवितामा प्रेम साँच्चै स्पर्श, अनुभूति, उद्वेग र समर्पण बनेर ब्युँझिएको देखिन्छ । सरिताका कविताहरू सर्शर्ती पढ्दा प्रेमका सामान्यलहरहरू जस्ता लाग्दछन्, तर, गहिरिएर मनन गर्ने हो भने यी कविताहरूले प्रेमको स्वच्छता, स्वार्थहीनता, प्रेमिल रोमान्टिकता र प्रेमको उत्कर्ष समेत उजागर गर्दछन् । एउटा मान्छेभित्र प्रेमको कति गहिरो सागर हुन्छ र त्यसले आफ्नो मायालु प्रतिक ति विशाल प्रेम अर्पण गर्न सक्तछ भन्ने व्यहोराको प्रेमिल साक्ष्य पनि सरिताका कविताहरूले पुष्टि गरेका छन् । यो सङ्ग्रहमा सरिता भित्रको पवित्र प्रेम सरिता मात्र नभई सागर बनेर समय सँगै अनेकौं लहर बोकेर बगिरहेछ, जसको आस्वादनले प्रत्येक पाठकपनि पवित्र, प्रेमिल र पर सम्मानमा प्रेरित बन्न उत्साहित बन्दछ । विभिन्न शीर्षकमा बाँडिएपनि उनकायी सबै कविताहरू प्रेम केन्द्रितनै भएकाले यिनलाई प्रेमका शृङ्खलाबद्ध कविता अथवा प्रेमको सुन्दर काव्य भन्दा पनि फरक पर्दैन ।
सरिता पराजुली साहित्य सिर्जना, समाजसेवा र गृहस्थकर्म लाई एकैसाथ अघि बढाइ रहेकी प्रतिभा हुन् । आम मान्छेहरू समाजसेवा, गृहस्थकर्म वा पेशा व्यवसायमा लागे पछि साहित्य सिर्जन गर्न तम्सदैनन् । सरिताले आफ्नो घर परिवारलाई सुन्दर ढङ्गले अघि बढाएर र समाजसेवा गरेरपनि साहित्य अध्ययनगर्ने र कविता लेख्ने काम गरिन् । कृति प्रकाशितगर्नु भएको सामाजिक जिम्मेवारी पुरा गर्नु स्रष्टा स्वयम्ले आपूm लाई अमर बनाउनु पनि हो । कवि सरिता पराजुलीको यस अर्थमामुग्ध कण्ठले प्रशंसा गर्नै पर्दछ ।
सरिता पराजुलीको प्रेमिल प्रति ध्वनि मूलत: प्रेमिल कविताहरूको सङ्ग्रह हो । तर, यी कविताहरू प्रेममामात्र सीमित छैनन् । यी कविताहरूमा समसामयिक युगीन यथार्थको प्रकटीकरण पनि छ । सामाजिक र आर्थिक विकृति विसंगतिहरू पनि यी कवितामा विभिन्न कोणबाट उदाएका छन् । आफ्ना भोगाई, आपूm बाँचेको समय र परिवेशलाई प्रेमिल कोणबाट प्रेममय ढङ्गले उतार्ने प्रयास पनि यी कविताहरूमा पाउँन सकिन्छ । संसारमा प्रेम साह्रै सरल कुरा हो । प्रेमगर्नु, प्रेम पाउँनु र जीवनलाई प्रेमकै रसरङ्गमा घोलिरहनु भने धेरै गाह्रो कुरा पनिहो । प्रेममा सफल मान्छेनै जीवनमा सबैभन्दाखुशी र सुखी हुन्छ । सरिताले प्रेमलाई कवितामाअत्यन्त सरल ढङ्गमाअभिव्यक्त गरेकी छिन् । यद्यपि यी कवितामा प्रेमले निम्त्याएका पीडा, प्रेममा उब्जने आशंका प्रेममा निरन्तरता नहोला कि भन्ने भय जस्ता विषयहरूलाई पनि सुन्दर शैलीमाअभिव्यक्त गरिएको छ । मान्छेको जीवनमा मायाले कति ठूलो स्थान कायम गर्दछ भन्ने व्यहोरा पनि यी कविताहरूले उजागर गरेका छन् ।
कविता पढ्दा लाग्छ— सरिता स्वतन्त्र र पवित्र प्रेमको पक्षधर हुन् । कार्यमा व्यस्त बन्दा, यात्रा गर्दा, खाँदा, बस्दा जीवनका हर क्षणमा उनी प्रेमको प्रसङ्ग सम्झिन्छिन्, मायाको रङ्गमा महकिन्छिन् र आफ्नो मायालुले आपूmभन्दा बढी माया देओस् भन्ने अपेक्षा गर्छिन् । उनको प्रेमको परिधिमाउनको मायालु मात्र छैन, घर, परिवार, समाज, देश र आपूmले टेकिरहेको संसारपनि छ । उनकाकविताहरू पढ्दा उनी प्रेममाचुर्लुम्म डुबेकी छिन् । प्रेममानै उनको जीवन केन्द्रित छ । उनकाकविताहरू अध्ययन गरेपछि पेरिसले हिल्टनलाई गरेको पवित्र प्रेम, क्लियोपाट्राले मार्क एन्टोनीलाई गरेको स्वच्छ र सफा प्रेम, रोमियो र जुलियटको गाढा प्रेम, मीराको एकोहोरो प्रेम आदिआदि संसारका धेरै उच्च प्रेमिलजोडिको सम्झना गराउँछ ।
कविताले हृदयलाई कोट्याउँछ, मस्तिष्कलाई स्पर्श गर्दछ । कविता पढेपछि मान्छेको हृदय र मस्तिष्कदुवैमा एउटा मीठो तरङ्ग उत्पन्न गराउँछ । सरिताकाकविता पढ्दा पाठकलाई हृदय र मस्तिष्कदुवैमाउज्यालो ज्योति प्रकट गर्दछ, त्यो पनि प्रेमको सप्तरङ्गी स्वादमा ।
कवि सरिता पराजुली नेपालीकविताको क्षेत्रमात्यति धेरै सुनिएको नामहोइन । उनले कविता लेख्ने कामभने सानो उमेरदेखिनै आरम्भ गरेकीहुन् । अझएकदशकयता सामाजिक सञ्जाल र पत्रपत्रिकामा छापिन थालेपछि उनको प्रसिद्धी बढ्न थालेको छ । प्रेमिलप्रतिध्वनिप्रकाशमा आएपछि नेपालीकाव्य साहित्यमा प्रेमिलकविताको अध्ययन र अध्यापनगर्ने जोसुकैको छनौटमापनि पर्ने कुरामा सन्देह रहँदैन । काठमाडौँ उपत्यकाको उत्तरी भेक धर्मस्थलीमाजन्मे हुर्केर दक्षिणी भेग कोटेश्वर र बालकोट कर्मथलो बनाएकीकवि सरिताकायीकविताहरूमा प्रेमको माध्यमबाट उपत्यका र यस वरिपरिको समय र परिस्थितिबुझ्न सकिन्छ । कतिकविता त उनले युरोप, अमेरिका र एशियालीमुलुकको यात्राको क्रममा रचेकी छिन् । ती सबै कवितामा प्रेम झरिलो, सुकिलो र सुगन्धित बनेर फक्रिएको छ ।
जीवनमा प्रेमनपाएर दु:खीबन्ने धेरै छन् । प्रेम पाउँनु र प्रेम गर्न जान्नु भनेको जीवनलाई रङ्गिन, सुगन्धित र अर्थपूर्ण बनाउन समर्थ हुनु हो । प्रेमिलप्रतिध्वनिमा संग्रहितकविताहरू पढ्दा कवि सरिता पराजुलीले प्रेमको अर्थपूर्ण जीवनबाँचिरहेको आभास हुन्छ । सरिताकाकवितामाविचारको स्पष्टता छ, जीवन र जगतलाई प्रेमिल कोणबाट नियाल्ने क्षमता छ, चिन्तनमा सकारात्मकता यथेष्ट छ, प्रेमकै माध्यमबाट जीवनको अर्थ खोज्ने प्रयास जारीपनि छ ।
प्रेम गरेर मात्र प्रेम बुझ्न सकिन्छ । सत्य र पवित्र प्रेम कथाको अन्त्यहुँदैन चलिरहन्छ युगयुगसम्म । प्रेमगर्नु र प्रेम पाउँनु जीवनलाई उज्यालो उचाईमा पुर्याउँनु पनि हो । प्रेमको बयान गरेर कहिल्यै सकिँदैन । तर, प्रेम गर्नु, प्रेम पाउँनु र प्रेमका सिर्जना लेख्नु साँच्चै महान काम हो, जुन सरिताले सङ्ग्रहनिकालेर पुष्टि गरेकी छिन् ।
सरिता पराजुली मेरी बाल सखा पनि हुन् । हामी दुवैले ग्रामसेवा माध्यमिक विद्यालय धर्मस्थलीमा एकै कक्षामाअध्ययन गरेका हौँ । विद्यालय पढ्दानै उनीकविता त लेख्थिन् तर सुनाउँन लाज मान्थिन् । समयको अन्तरालमा धेरै वर्षसम्म हाम्रो भेट भएन । भेटेको केही वर्ष पछि उनको प्रेमिल प्रतिध्वनि नामको कविता सङ्ग्रहको पाण्डुलिपी मलाई दिइन् र यसको भूमिका लेखि दिन भनिन् । कविताहरू पढ्दा मलाई औधि खुशी लाग्यो, उनले कविता सिर्जना कर्मलाई निरन्तरता दिएको पाएर । उनको यो कवितासङ्ग्रह पढेपछि स्रष्टाहरू कहिल्यै रोकिदैनन् भन्ने लाग्यो र राम्रो काम गरेकोमा तत्कालै बधाई पनि दिएँ ।
सरिताआफैं नदीहुन् । नदी रोकिनजान्दिनन् । नदी रोकियो भने समय रोकिन्छ, प्रकृति रोकिन्छ र संसारका सबै सुन्दरता नासिन्छ । प्रेमिलप्रतिध्वनि सरिताको पहिलो कवितासङ्ग्रहहो । सिर्जनाकर्ममा यो उनको शुरुवातहो, अन्त्यहोइन । अरु विधामा र कवितामापनि अरु विषयहरू समेटेर रचिएकाउनका कृतिहरू पढ्न पाउने हामी पाठकको दृढ विश्वासलाई उनले सधैं मनन् गर्नेछिन् भन्ने आशा म मापलाएको छ ।
अन्त्यमा प्रसिद्ध अमेरिकीकविमाया एङ्गेलुको एउटा कवितायहाँ उद्धरण गर्दै यो लेखनीयहीँ बिसाउँछु ।
‘यो सारा विश्वमा
तिम्रो जस्तो मुटु
मेरोलागि अरु कसैको छैन
यो सारा विश्वमा
तिम्रोलागि मेरो जस्तो माया
अरु कसैको हुनै सक्तैन’
माया एङ्गेलु