यो मन ढुंगा भए
के नै हुन्थ्यो होला र ?
मनै मन का घर हुन्थे
बाटो मनै को हुन्थ्यो
अनि मुर्ति पनि
अनि ढाडमा बालक बोकेर
एउटी महिलाले
दिनभर मन कुट थिन्
हिड्दा हिड्दै
मन मा ठेस लाग्थ्यो
छाप्रो को छाना उडाउला कि भनेर
पातालाई मन ले थिच्थे
आन्दोलनमा मन प्रहार हुन्थे
मन भन्दा बढि शरीर के दुख्थ्यो र ?
डर मा अनि आक्रोश मा
च्याप्प मन समाउथे मुट्ठी मा
रित्तो बगर मा मनै मन को थुप्रो हुन्थे
पूर्व मन पश्चिम मन
उत्तर मन दक्षिण मन
यो मन ढुंगा भए
बढी के नै हुन्थ्यो र ?