यो प्रेम गल्लीमा, हाम्रो रोमान्स हुन्छ
चराहरु मिरमिरे विहानीमा होइन
हाम्रो मिरमिरे प्रेमालाप सुनेर जाग्छन् यहाँ
सुनौलो बिहानी पनि हाम्रो प्रेमालाप हेर्न
पहाडको फेडबाट चिहाउन आउँछन यहाँ
यो प्रेम गल्लीमा, हामी खुब डुल्छौं
एकअर्कालाई चुम्बनको टिका लगाई
एकअर्कालाई पिरतीको गित सिकाई
एकअर्काको बन्धनमा स्वतन्त्र भई
एकअर्काको नशामा उन्मुक्त भई
यो प्रेम गल्लीमा, हाम्रो रोमान्स हुन्छ
राँको लिएर दौड्ने विरोधीहरु
हाम्रो पीरती देखेर शान्त हुन्छन्
प्रेममा धोका खाएकाहरु पनि
हाम्रो प्रेम गल्लीको प्रेम कहानी सुनेर
तृप्त भई जीवनमा नयाँ कदम चाल्छन
यही प्रेम गल्लीेलेहाम्रो प्रेमको मिलनमा
वरीपरी धकमक्क फुल फुलाएर
रंगी चंगी बगैचा बनाइदिन्छन
सफलताको प्रतिक जोडी भनी
संसारमा चिनाई दिन्छन