जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता प्रोफाइल

संस्कृति विश्वकोषका रचयिता हरिराम जोशी

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ३ आश्विन २०७८, आईतवार
प्रोफाइल भित्र
0
संस्कृति विश्वकोषका रचयिता  हरिराम जोशी

म पागल, तिमी पागल, पागल यहाँ को छैन ?
जता हेर्‍यो भोका, नाङ्गाहरुको ता“ती छ
उनीहरुको करुण रोदन छ
उनीहरुको चित्कार छ
यस्तो समय छ त कसको दिल पागल हुँदैन ?

यी माथिका मार्मिक कविता पङ्क्तिहरु …. को पागल हुँदैन ? शीर्षकमा रचित भएको वरिष्ठ संस्कृतिविद् हरिराम जोशीका काव्यभित्रका मर्महरु हुन् । हरिराम जोशी कविता पनि लेख्दारहेछन् । उनका कविताका पुस्तकहरु पनि प्रकाशित भएका छन् भन्दा सबैजसो आश्चर्य व्यक्त गर्छन् । तर उनी समसामयिक विचारका राम्रा कविताहरु लेख्न माहिर छन् । इतिहास र संस्कृति विषयका प्रखर विद्वान, खोजकर्ता, लेखक आदि जे नाम र विशेषण दिँदा पनि उपयुक्त हुने हरिराम जोशीका इतिहासभित्रका मर्मशील संस्कृतिका प्रसङ्गहरु चर्चा गर्न लायकका छन् । इतिहासकार स्वतन्त्र हुनुपर्छ, इतिहास पक्षपातरहित हुनुपर्छ भन्ने मान्यतामा इतिहासलाई पढ्न र लेख्न रुचाउने यिनी इतिहासले विश्वलाई सही बाटो प्रदर्शन गर्नुपर्छ भन्छन् । सुरुदेखि अनुसन्धानमा संलग्न यिनका महत्वपूर्ण कार्यहरु भनेको अनुसन्धान गर्दै इतिहास र संस्कृतिको खोजी गर्नु नै हो ।

संस्कृति विषयमा स्नातकोत्तर उत्तीर्ण गर्न पाएका यिनले २८ वर्षसम्म श्री ५ को सरकारका विभिन्न कार्यालयहरुमा कार्य गरेर आफ्नो दक्षता प्रदर्शन गर्न सफल रहेका छन् । उनको सेवाक्षेत्र नेपाल म्युजियम र रक्षा मन्त्रालय रह्यो । जागिरे जीवनबाट अवकास प्राप्त भइसकेपछि यिनी संस्कृतिको खोजीमा निरन्तर लागिरहन पाए । पुस्तकहरुको अध्ययन गर्ने, टिपोट बनाउने र लेख्ने कार्य नै यिनका जीवनकालका लागि महत्वपूर्ण कार्य भयो । ठोस अध्ययन गरी इतिहास र संस्कृतिका आवश्यक ग्रन्थहरु तयार हुन नसकेको सन्दर्भमा उनी चित्त दुखाउने गर्छन् ।

अभिनव संस्कृति कोष ग्रन्थका लागि २०५९ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल संस्कृतिविद् लेखक हरिराम जोशी गुणराज पुरस्कार र राष्ट्रिय प्रतिभा पुरस्कारबाट पनि सम्मानित छन् । यसैगरी गणेशमान सिंह अध्ययन प्रतिष्ठान, संस्कृति शिक्षक समाज, श्री महालक्ष्मी गुठी, जोशी समाज, कुमारी प्रकाशन, योगी नरहरिनाथ ट्रष्ट, नेपालभाषा साहित्य त:मूंज्या, केदारनाथ प्रधान सम्मान लगायत थुप्रै सङ्घ संस्थाबाट यिनी सम्मानित छन् । जनताका तर्फबाट अभिनन्दित हुँदै संस्कृति शिरोमणि प्राप्त गरेका यिनी हाल पनि संस्कृतिको खोजमा नै जीवन खर्चिंदैछन् ।

तारी, कदम खण्डकाव्य, उपहार कवितासङ्ग्रह प्रकाशित गराइसकेका यिनका थुप्रै समसामयिक कविताहरु अप्रकाशित छन् । समसामयिक स्थितिमा काव्यात्मक भावना पोख्न सक्षम कविका रुपमा परिचय दिन सकिने यिनका भावना र अनुभूतिहरु कवितामा छरपष्ट छन् । संस्कृतिका वरिष्ठ लेखकका रुपमा राष्ट्रमा पहिचान देखाइसकेका यिनका कविताका हरफहरु संस्कृतिका अजगङ्का चित्रपटले थिचिएका छन् अर्थात् किचिएका छन् । हाम्रो प्राचीन संस्कृति, इतिहासको खोजी गर्ने कार्यमा यिनको अनुसन्धान उल्लेखयोग्य छन् ।अभिनव संस्कृति कोषलगायत प्रदीप अभिनव संस्कृति विश्वकोष निर्माण गरी प्रकाशन गर्ने जुन महत्वपूर्ण कार्य यिनीबाट भयो, त्यो ऐतिहासिक हुनाका साथै गौरवपूर्ण ऐतिहासिक कार्यका रुपमा प्रमाणित हुन गएको छ । नेपाललाई विश्वमा चिनाउने ग्रन्थका सङ्ग्रहकर्ता एवं रचयिता यिनी वि.सं. १९९२ चैत्रकृष्ण द्वितीयमा पिता भारथराम जोशी र माता हेमकुमारी जोशीका छोराका रुपमा ललितपुर न्हागलटोलमा जन्मेका हुन् । यिनीद्वारा लेखिएको पछिल्लोपल्ट २०७० माघमा प्रकाशित प्रदीप अभिनव संस्कृति विश्वकोषले संस्कृतिविद् हरिराम जोशीलाई विस्तृत रुपमा चिनाउने कार्य ‘वर्कस पब्लिकेशन भक्तपुर’ले गरे । जुन प्रशंसनीय र उदाहरणीय कार्य हो ।

सत्यमा आधारित प्राचीन इतिहास तथा संस्कृतिलाई उजागर गर्ने उद्देश्य बनाई हरिराम जोशीले आफ्नै सक्रियतामा जोशी रिसर्च इन्ष्टिच्यूट नामक संस्था ३२ औं वर्षअगाडि स्थापना गरेका थिए । यस संस्थाबाट नै ३३ वर्ष अगाडि रोलम्ब नामक अनुसन्धानात्मक त्रैमासिक अंग्रेजी जर्नलका रुपमा प्रकाशित गराउँदै विश्वमा नेपालको परिचय दिने यस पत्रिकाको सम्पादन र प्रकाशन गर्ने सुन्दर कार्य गरेर हरिराम जोशीले आफ्नो श्रम र पसिनालाई सार्थक तुल्याएका छन् । यिनीबाट भएका अध्ययन, अनुसन्धान, खोजी र लेखनमा भएको ठोस कार्यहरु भनेको प्राचीन अभिलेख, प्राचीन मुद्रा, ग्रन्थपुष्पिका, धर्म, संस्कृति, इतिहास, कोष आदि विषयका अनेकौं महत्वपूर्ण ग्रन्थहरु तयार हुनु हो ।
अनुसन्धान गर्नु उनको दिनचर्या हो । अध्ययनमा डुब्नु यिनको भावना र उद्देश्य हो । लेखनमा मर्म पोख्नु यिनको कर्मशीलता हो । प्राचीन इतिहास र संस्कृति यिनका लागि गौरवपूर्ण विषय हो । कविताहरु यिनका लागि भावनाशील मर्म–प्रसङ्गहरु बनिदिएका छन् । हरिराम जोशीले आफूलाई धेरै थोकमा रम्न दिएर, धेरै खालका अनुभवहरुमा आफूलाई सँभाल्न लगाएर बाङ्गाटिङ्गा जीवनका जङ्घारहरु तरिसकेका छन् । परिपक्व र गम्भीर ढङ्गले विषयलाई केलाउँदै संस्कृतिका हरफहरु इतिहासमा खोज्न सिपालु लेखक हरिराम जोशीले बहिनीपूजाको प्रसङ्ग चलाएर नारी मन र कर्मलाई अभिवादन गरेका छन् । यिनले वि.सं. २०१० सालमा नै समाजको विकास भन्ने पुस्तिका अनुवाद गरेर रुसका प्रसिद्ध लेखक लियोण्टियोबलाई नेपाली पाठकमाझ चिनाइदिएका छन् ।

‘वसन्त’ उपनाम आफ्नो नाममा जोडेर देखापरेका लेखक हरिराम जोशीले इतिहास, संस्कृति र साहित्यमा कृतिहरु लेखेर, ग्रन्थहरु प्रकाशन गरेर, अनुवाद गरेर, सङ्ग्रहित गरेर आफ्नो पहिचान दह्रो ढङ्गले राष्ट्रमा देखाउन सफल छन् । यिनका प्रकाशित इतिहास र संस्कृतिका कृतिहरुमा समाजको विकास, बहिनीपूजा, प्राचीन नेपाल, श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको व्यक्तित्व, नेपाली संस्कृति, नेपालको प्राचीन अभिलेख, उत्तर प्राचीनकालीन मुद्रा, हाम्रो संस्कृति, हिन्दू देवी देवता, मध्यकालीन अभिलेख, अभिनव संस्कृति कोष, नेपालका चाडपर्व र त्रिदेव स्वरुप ब्राह्मण, कर्माचार्य, जोशी, लोकतन्त्र छन् । अंग्रेजीमा:भमष्बभखब िऋययिउजयलक, एबनभक या तजभ ायचनयततभल उबकतर न्ष्mिउकभक या ब्लअष्भलत उयष्तिथ पुस्तक प्रकाशित भएको देखिन्न्छ ।

बालकृष्ण समले यिनको तारी (खण्डकाव्य) पढेपछि २०१७ साल जेठ १४ गते आफ्नो प्रतिक्रियामा यसरी लेखेका छन् –‘म चाहन्छु उहाँ धेरै कविता रचिरहनुहोस् ।’कवितामा मन दिएर पनि कवितामा यिनी जम्न सकेनन् तर इतिहास र संस्कृतिका लागि त यिनको बखान जति गरे पनि नपुग्ने भएको छ । यसै सन्दर्भमा यहाँ म यिनकाबारे डिल्लीरमण रेग्मीले लेखेका केही ऐतिहासिक उद्धरणहरु अगाडि सार्न चाहन्छु । उनी लेख्छन् –‘देशको इतिहास लेखनमा श्री हरिराम जोशीबाट भएको अनवरत सेवाका जति बखान गरे पनि थोरै हुन्छ ।रोलम्ब त्रैमासिक पत्रिका, उहाँबाट तयार पारिएका अनेक कृतिहरु नेपालको इतिहासमा चिरस्मरणीय रहने छन् ।रोलम्ब एकमात्र उच्चकोटीको इतिहास प्रधान पत्रिकाको रुपमा निक्लिरहेको छ जसको तुलनामा रोलम्बले हामीलाई इतिहासमा मात्र होइन तत्सम्बन्धी अन्य विषयमा पनि गहकिला, महत्वपूर्ण लेखहरु दिएको छ ।श्री हरिराम जोशीका कृतिहरु विद्वतापूर्ण बेजोड रुपमा प्रस्तुत गरिएको पाउँदछु ।श्री हरिराम जोशी आफ्नो क्षेत्रमा उच्चकोटीका विद्वान् हुनुहुन्छ ।’

हरिराम जोशी एकताकाका कम्युनिष्ट । हरिराम जोशी एकताकाका इमान्दार कर्मचारी । हरिराम जोशी – कवि । हरिराम जोशी – इतिहासकार । हरिराम जोशी – अन्वेषक । हरिराम जोशी सफल संस्कृतिविद् … नेपालको इतिहासमा यिनी इतिहासभित्रका उल्लेखयोग्य इतिहास भइसकेका छन् । उनी मान्छे हुने चाहना यसरी कवितामा व्यक्त गर्छन् :

न म हिन्दू हूँ । न मुसलमान ।
न बौद्ध । न जैन । न ईसाई ।
न पारसी । म त खाली मानव हूँ, मानव ।
यसैले मलाई मानव धर्म नै मन लाग्छ ।
तिम्रो र मेरो होइन ।
हाम्रो भन्ने भावनमै जिउन मन लाग्छ ।


Tags: जनमतमोहन दुवालहरिराम जोशी
अघिल्लो पोष्ट

जनमत कविता – समाश्री

पछिल्लो पोस्ट

अनुसन्धानात्मक पुस्तक सती : इतिहास र मीमांसा

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
प्रयोगशील कवि  पूर्ण वैद्य
प्रोफाइल

प्रयोगशील कवि पूर्ण वैद्य

६ बैशाख २०८१, बिहीबार
यात्रालेखनमा घनश्याम राजकर्णिकारको योगदान
प्रोफाइल

यात्रालेखनमा घनश्याम राजकर्णिकारको योगदान

१७ आश्विन २०८०, बुधबार
पछिल्लो पोष्ट
अनुसन्धानात्मक पुस्तक  सती : इतिहास र मीमांसा

अनुसन्धानात्मक पुस्तक सती : इतिहास र मीमांसा

कलम र भोका शब्दहरु

कलम र भोका शब्दहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

आदिकवि भानुभक्त आचार्यका कविताकृतिमा लोकजीवन

आदिकवि भानुभक्त आचार्यका कविताकृतिमा लोकजीवन

२३ फाल्गुन २०८०, बुधबार
तपाईंको चरित्र नै तपाईंको सम्पत्ति हो

तपाईंको चरित्र नै तपाईंको सम्पत्ति हो

२२ फाल्गुन २०७९, सोमबार
बालकथा लेखनबारे केही कुरा

बालकथा लेखनबारे केही कुरा

२२ फाल्गुन २०७८, आईतवार
चित्रकला यात्राका मेरा अनुभूति

चित्रकला यात्राका मेरा अनुभूति

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक