जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

गन्हाएको मोजा

नीरज लवजू नीरज लवजू
प्रकाशित १८ भाद्र २०७८, शुक्रबार
आख्यान, कथा भित्र
0
गन्हाएको मोजा

‘पैसाले पैसा तान्छ ।’ यो कथन उसले किशोर उमेरमै सुनेको थियो । त्यत्तिबेला यसको खास अर्थ त उसले बुझेको थिएन, तर जुन दिनदेखि उसले व्यापारमा हात हाल्यो, उसको लागि यो उखान मूलमन्त्र जस्तै बन्यो । पैसाले पैसा तानेको उसले धेरै ठाउँमा देख्यो, धेरै पटक अनुभव गर्‍यो । पैसाले कसरी पैसा तान्ने विषयको विशेषज्ञ नै बनिसकेको छ ऊ ।

उसले पैसा कमाएको र पैसा चलाएको देखेर ताजुब नपर्ने कोही पनि छैनन् । ऊ सरर चिल्लो मोटर गाडी हाँकेर गएको देख्दा फुटपाथमा मान्छेहरु भन्छन्, ‘यो मान्छेले के गरी पैसा कमायो ?’
अडकल आ–आफ्नै छन् । कोही भन्छन्, ‘माओवादी लडाकुहरुले बैंक लुटेर भाग्दै गर्दा उसको घरमा एक झोला पैसा फालेर गएका थिए । लडाकुहरु त्यो झोला लिन आउँछन् भनी केही महिनासम्म झोला सुरक्षित रुपमा लुकाएर राखियो । तर धेरै वर्षसम्म झोला कसैले लिन आएन । सायद पैसो भएको झोला फालेर भागेका माओवादी लडाकूहरु कतै इन्काउन्टरमा परे होलान् । उसको लागि फलिफाप बन्यो ।’
‘भारतले नाकाबन्दी लगाएको बेलामा रक्सौलको एक जना मान्छेले कालो बजारी गरी ल्याएको सामानको जिम्मा लिए पछि ऊ मालामाल भएको हो ।’, कोही भन्छन् ।

घरजग्गावालाले जग्गा किनबेच गर्ने नाममा उसकै नामसँग ठ्याक्कै मिल्ने जग्गाधनी भएको जग्गा भेट्टाएछन् । मालपोलका कर्मचारीसँग मिलेर घरजग्गा कारोबारीले उसलाई नै वास्तविक जग्गाधनी बनाएर जग्गा बेचे । त्यसको कमिशन वापत उसले प्रशस्त पैसा कमायो । त्यही पैसा उसले घरजग्गा कारोबारमा लगायो । त्यसैले उसलाई धनी बनायो ।’, यस्तो पनि कुरा सुनियो ।
अझ कसैकसैले त उसले चलाइरहेको पैसा आफ्नै नभई पहिले ऊ काम गर्ने अफिसको हाकिमको भिनाजुको हो समेत भन्छन् । हाकिमको भिनाजु बेलाबेलामा मन्त्री बनिरहने नेता हुन् ।
यस्ता धेरै अडकलबाजी आउनुको मूल कारण भनेको उसले निकै छोटो समयमा अस्वाभाविक रुपमा कमाएको अकूट सम्पत्ति नै हो । उसको टोल छिमेकलाई पाँच वर्षअघि उसको हालत के हो, राम्ररी थाहा छ । निकै नाजुक थियो, उसको परिवारको आर्थिक अवस्था । खान समेत धौधौ । उसको एकजना बहिनी त ब्रेन ट्युमरको उपचार हुन नसकेर मरेकी थिई । अस्पतालमा राखेको बहिनीको सक्दो उपचारमा सहयोग होस् भनी टोलका केही समाजसेवीले केही रकम जम्मा गरेर उसलाई दिएको थियो । टोलको यस्तो सहयोग हातमा पर्दा ऊ भावुक भएर निकै बेर रोएको थियो ।
उसको बुबा र आमाको जिउमा कहिल्यै पनि सुकिलो लुगा परेन । आज ऊ अकूट सम्पत्तिको मालिक भइसकेर पनि आमाबुबा लगाउन अप्ठेरो मानेर भएका राम्रालुगा पनि लगाउँदैनन् ।
मुख्य जिज्ञासा के हो भने उसले यति छोटो समयमा यति धेरै पैसा कसरी कमाउन सक्यो । मानिसहरु बिहान काग उड्नु अघि उठेर भिंद्योको तस्वीरमा सर्वसुगन्धित धुप बालेर रातदिन गोरुले काम गरे जस्तै काम गर्दा पनि यति पैसा कमाउन सकेका छैनन् । तर पहिला हेर्दा पनि गोज्याग्रो जस्तो मान्छेले कसरी सम्पन्नताको यो उचाई हासिल गर्न सम्भव भयो !

धेरै वर्गीकृत विज्ञापनको पछि लागिसके पछि एउटा विज्ञापन गरिएको कार्यालयमा उसले सौभाग्यवश काम पायो – पियनको । उसको निम्ति त्यही काम पनि ठूलो भरोसा बनेको थियो । कम्तीमा अब महिना मर्ने बेला केही हजार भए पनि गोजीमा पर्ने भयो । जागिर पक्का भएको दिन उसले भगवानलाई निकै बेर धन्यवाद दिएका थिए । पियन नै सही, दैनिक गाडी चढेर ऊ पनि अफिसमा जाने भयो । शनिबार बिदा मनाउने भयो । झुण्डिने एउटा ठाउँ पायो उसले ।

अफिसमा उसको काम धेरै थिएन – हाकिमले भनेको बेला हाकिमको कार्यकक्षमा चिया टक््रयाउने । हाकिमले अरु कुनै काम अह्राए, गर्ने । हाकिम असलै लाग्थ्यो । कुन मन्त्रीको सालो रे । मन्त्री नै त्यहाँ आएको त उसले देखेन, तर मन्त्रीका श्रीमतीको बेला–बेला त्यहाँ सवारी भइरहन्थ्यो । मन्त्रीको परिवार आएको दिन हाकिमले कोठामा विशेष कफी बनाउन अह्राउँथ्यो । त्यो दिन ऊ पनि विशेष मिहिनेत गरी कफी बनाउँथ्यो । कफी गिलासमा मज्जाले फिटेर । दुध पनि मज्जाले उमालेर ।

यसरी नै चलिरहेको थियो जिन्दगी । महिनाको ८ हजारको आँट बोकेर उसले जिन्दगी हाँकिरहेको थियो ।
तर एक दिन यो सिलसिला टुट्यो । सिलसिला टुट्यो भनूँ वा उसको भाग्य खुल्यो भनूँ । परिणाम हेर्दा त त्यो सिलसिला टुटेर उसको नसिबमा चमकको बहार ल्याइदियो ।

हाकिमले पुतलीसडक गएर केही सामान किनेर ल्याउन अह«ाएको थियो । अरु बेला त्यसरी टाढा सामान किन्न पठाउँदा आफ्नै भए आफ्नै, नभए अफिसको कोही स्टाफको मोटरसाइकल दिएर पठाउने हाकिमले त्यो दिन किन हो, उसलाई गाडीमा जान भन्यो । उसलाई एक क्षण त रिस पनि उठेको थियो, मोटरसाइकल नदिई गाडीमा जान भनेकोेले । तर हाकिमको अगाडि पियनको रिसको के माने हुन सक्छ र !
ऊ लुखुरलुखुर हिंड्यो पुतलीसडक । भीडमभीड गाडी, जाम, गर्मीले बानेश्वरदेखि पुतलीसडक पुगेर फर्कन समय त लाग्ने नै भयो । समय निकै बेर लाग्यो ।

समय धेरै बितेकाले ऊ हतारमा थियो । सिधै ऊ हाकिमको कोठाभित्र पस्यो । हतारमा उसले ढोका ढकढकाउनुपर्ने अनुशासन पनि बिस्र्यो । ऊ हाकिमको कोठाभित्र पस्यो ।
उफ्, कोठाभित्र उसले जे देख्यो, त्यो दृश्य उसले कहिल्यै नदेखेको भए हुने खालको थियो । एकै क्षण सम्पूर्ण ब्रम्हाण्ड नै बन्द भएको जस्तो लाग्यो उसलाई । सबै प्राणीले श्वास फेर्न एकै क्षणलाई बिर्सेजस्तो भयो । सब एकदम ठप्प । तर त्यो क्षण पछि भने उसका लागि सबै संसार परिवर्तन भयो । अचानक र अनपेक्षित रुपमा सबै कुराले रुप बदलिएको जस्तो अनुभव गर्‍यो उसले । कोठाभित्र हाकिमसँगै थिए उनका भिनाजुकी बहिनी । अर्थात् मन्त्रीकी बहिनी । जसको विवाह भएको महिना दिन पनि बितिसकेको थिएन । हाकिमले आफ्नो प्रेमिकासमक्ष विवाह पछि पनि पे्रम पोख्न छाडेका रहेनछन् ।

‘तिमीले जे देख्यौ, त्यो सबै जीवनभरका लागि बिर्सिदेऊ ।’, हाकिमले त सुरुमा उसलाई त्रसित बनाउन चर्को स्वरमा बोलेको थियो ।
उसले केही बोल्नै सकेको थिएन । ऊ मात्र मौन बस्यो । मानौं उसले कुनै भयानक सपना देखेको होस् । कोठाभित्र रहेकी महिला केही नबोली बाहिर गयो, चिल्लो कारमा बसेर बाहिर हुइँकिइन् ।
उसलाई केही भन्नु थिएन । तर हाकिम उसको निर्दोष मौनताबाट निकै आत्तियो । हाकिमले उसलाई हजार कुरा गरेर फकाउन खोज्यो, तर्साउन खोज्यो । ऊ मात्र मौन बस्यो । ऊ घर फर्कियो । रातभरि ऊ सुत्न सकेन ।
भोलिपल्ट उसले कार्यालय नजाने विचार गरेको थियो । तर हाकिमले उसलाई फोन गरेर बोलायो । कार्यालयमा हाकिमले भन्यो, ‘हिजो तिमीले जे देख्यौ, त्यो बिर्सिदेऊ । त्यो कुरा कसैलाई भने तिमी र तिम्रो परिवारलाई राम्रो हुने छैन । बरु म तिम्रो मौनताको मूल्य तिर्न सक्छु । भन तिमी कति पैसा माग्छौ ?’
विचरा उसले के भनोस् !
हाकिमले उसको मौनताको मूल्य दुई करोड तिर्ने प्रस्ताव गर्‍यो । उसलाई के भन्नुथिएन । त्यो दिनबाट ऊ कार्यालय गएन, हाकिमलाई भेटेन, मन्त्रीकी बहिनीलाई कहीं पनि चिने जस्तो व्यवहार गरेन । बरु भगवानले छप्पर फाडेर दिएको दुई करोड उसले आफ्नै एकजना साथीमार्फत् घरजग्गा कारोबारमा लगायो । अनि ऊ धनी बन्यो । उसको सम्पन्नताको कथा यति हो । तर कथा भने अझै सकिएको छैन ।

अनि सुरु भयो उसको समृद्धिको कहानी । हो, त्यही बेलादेखि उसले पैसाले पैसा तान्छ भन्ने कथनलाई आफ्नो मूलमन्त्र बनायो । पैसाले कसरी पैसा तान्छ भन्ने कुरा उसले धेरै ठाउँमा पटक–पटक अनुभव गर्‍यो । ऊ ठूलाबडाको भोजमा आमन्त्रित पाहुना हुनथाल्यो । उसको बहिनी अस्पतालको बेडमा अन्तिम श्वास फेर्दै गर्दा टोलभरि सय–डेढ सय रुपैंया जम्मा गरी दिन आएका टोलबासी उसलाई कसो कसो फोहोरी, पुरानो विचारका, समयको संकेत नबुझेका लाग्न थाल्यो ।

तिनका अघि भन्न नसके पनि आफ्नो पासासर्कलमा फूर्ती गर्न थाल्यो, ‘त्यो कृष्णे, त्यत्रो समाज सेवा गर्‍यो जस्ताको तस्तै छ । अहिले पनि टोलको धारामा गाग्री बोकेर पानी थप्न आउँछ ।’
ऊ ठूलै पार्टीको नेताको संगतमा लाग्यो । धाकधम्की, रवाफले सगरमाथा नाघ्यो । उसले आफूलाई ठूलै दर्जामा देख्न थाल्यो । आफ्नो दर्जा देखाउन उसले घाँटीमा सुनको माला, हातमा सुनको ब्रास्लेट लगाएर हिँड्न थाल्यो । उसको श्रीमतीको त फूर्ती उसको भन्दा कम्तीमा दुई इन्च अग्लो भयो । मानौं उनीहरु राणाकी छोरी हुन् । केही समय यसरी नै बित्दै गयो ।
जीवनका लागि आवश्यक सबै पाठ समयले सधैं सिकाइरहँदैन । तर मसिनै आकारमा भए पनि यदाकदा समयले धेरै पाठ सिकाइरहेको हुन्छ । उसको सन्दर्भमा पनि एक दिन आयो – उसको उचाईले एक दिन जमिनमा टेक्ने दिन ।
उसका पछिल्लो समय सरसंगत भएको साथी हो श्रीकान्त । श्रीकान्तको छोरीको जन्म दिनमा आयोजित पारिवारिक भोजमा ऊ स–परिवार आमन्त्रित थियो । श्रीकान्तको परिवार त्यो समुदायको उच्च घरानामा गनिने परिवार हो । त्यो परिवारले उसलाई पारिवारिक भोजमा आमन्त्रण गर्नु भनेको पैसाले पैसा तान्छ भन्ने उसको मूलमन्त्रको अर्को संस्करण थियो । नत्र श्रीकान्तका बाजेले धेरै पटक उसको बुबालाई रामधुलाई गरेको विगत धेरै पुरानो होइन ।

श्रीकान्तको घरमा भोज बर्थडे पार्टीमा जान उसको घरमा विशेष तयारी चल्यो । उसको श्रीमतीको त हप्ता दिनदेखिको तयारी हो–साडी, गरगहना, जुत्ता, श्रृंगार अनि अरु पनि धेरै ।
उसले पनि आफूलाई निकै मज्जाले सजायो । जीउभरि सबै नयाँ लुगा लगायो । टोपीदेखि मोजासम्म नयाँ । अत्तर छर्कियो जीउभरि । अनि गयो – श्रीकान्तको घरमा ।

श्रीकान्तको भव्य महलको सबभन्दा तल्लो भर्‍याङमुनि जुत्ता फुकाल्ने बन्दोबस्त गरिएको थियो । बर्थडे भोजमा धेरै पाहुना थिएन । श्रीकान्तका केही आफन्त, श्रीमतीको माइत र केही साथीहरु ।
श्रीकान्त बन्दोबस्तको काममा नै लाग्यो । ‘साथी हो, म यसो बन्दोबस्तमा व्यस्त हुन्छु । तिमीहरु यसो कोठामा रमाइलो गर्दै गरौं ।’, श्रीकान्तले भन्यो ।

सबै कोठाभित्र पसे । चौडा कोठामा ओछ्याइएको भव्य बुट्टेदार कार्पेटमा बसे । श्रीकान्त ब्राण्डेड रक्सीका बोटल र गिलास लिएर पस्यो ।
रक्सी गिलासमा मिठासपूर्वक खन्याइयो । यतिकैमा श्रीकान्तले भन्यो, ‘यहाँ कोठामा के गन्हाएको ?’
सँगैको एकजनाले पनि थप्यो, ‘त्यही त अघि बस्दादेखि मलाई पनि मोजा गन्हाएको जस्तो लागिरहेको छ ।’
सबैले एक अर्काको मुखामुख गरे । तर भोजको आयोजक श्रीकान्तको आँखा भने उसमाथि टाँसिएका थिए । आँखामा टाँसिदा केही फरक पर्दैनथ्यो । श्रीकान्तले मुखै फोडेर भन्यो, ‘तिम्रै मोजा गन्हाएजस्तो छ । मोजा धुन भ्याएनौ कि क्या हो ।’
श्रीकान्तको यो वचनसँगै उसमाथि ठूलो आकाश खसेजस्तो महसुस गर्‍यो । उसले नयाँ मोजा र जुत्ता लगाएको आएको, लगाएर एक घण्टा भएको छैन । तर पनि श्रीकान्तले किन उसैको मोजा गन्हाएको ठोकुवा गर्‍यो । उसको मोजा गन्हाएकै थिएन, तथापि उसैमाथि श्रीकान्त किन पोखियो !

उसले यसो वरपरका साथीहरु हेर्‍यो, सबै हैसियतवालाहरुका सन्तान थिए । उही थियो, पैसाले तानेर त्यो उचाईसम्म ल्याइपुर्‍याएको ।
उसलाई अचानक चक्कर लागेको अनुभव भयो । अचानक परेको ठूलो वर्षाजस्तै आकाश नै उल्टिएर आए जस्तै विगतका धेरै घटना मानसपटलमा ओइरिएर आयो । तीमध्ये पनि सबभन्दा पहिले सम्झना त आफ्नो बहिनी बे्रन ट्युमरले थलिएको बेला जम्मा १५ हजार पैसा टोल छिमेकबाट उठाएर अस्पतालमा एक किलो स्याउ लिएर कृष्ण आएको याद आयो ।

कृष्णले भन्यो, ‘तिमी कति पनि नआत्तिनु हामी भएसम्म । हामी सबैले माना कटाएर पनि तिमीलाई साथ दिनेछौं ।’
उसलाई सार्‍है सकस भयो । उकुसमुकुस भयो । अनि भन्यो, ‘मेरै मोजा गन्हाएको रहेछ । म जान्छु ।’
उसको कुरा सुनेर श्रीकान्त वाल्ल पर्‍यो । अरु सबै हेराहेर गर्न थाले ।
त्यो रात ऊ रातभर सुत्न सकेन ।


Tags: कथागन्हाएको मोजाजनमत
अघिल्लो पोष्ट

धेरैथोकमा विभाजित विद्वान् आनन्ददेव भट्ट

पछिल्लो पोस्ट

अन्धकारभित्रको अन्धकार – ६

नीरज लवजू

नीरज लवजू

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
अन्धकारभित्रको अन्धकार – ६

अन्धकारभित्रको अन्धकार – ६

विन्द्या सुब्बाको कथाकारिता

विन्द्या सुब्बाको कथाकारिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कपिल लामिछानेको ‘माग्ने’ लघुकथाको विश्लेषण

कपिल लामिछानेको ‘माग्ने’ लघुकथाको विश्लेषण

४ जेष्ठ २०७८, मंगलवार
डा. रामप्रसाद दाहालसँग जनमत विशेषाङ्कका लागि लिइएको अन्तर्वार्ता—

डा. रामप्रसाद दाहालसँग जनमत विशेषाङ्कका लागि लिइएको अन्तर्वार्ता—

४ जेष्ठ २०७८, मंगलवार
मातृभाषाका स्रष्टा र साहित्य

मातृभाषाका स्रष्टा र साहित्य

४ जेष्ठ २०८०, बिहीबार
किम्फ आजदेखि

किम्फ आजदेखि

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक