जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

सफल नियात्राकार घनश्याम राजकर्णिकार

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २ आश्विन २०८०, मंगलवार
सर्जक बिशेष भित्र
0
सफल नियात्राकार घनश्याम राजकर्णिकार

सफल उघोग व्यवसायी भएर पनि साहित्यमा केही न केही लेखिरहन र केही गरिरहन रुचाउने घनश्याम राजकर्णिकार यात्रावृत्तको साहित्यिक क्षितिजमा उल्लेख गर्नुपर्ने एउटा नाम हो । धेरै मान्छेहरु आफ्नो सम्पन्नतामा मख्ख पर्छन्, भौतिक प्रवलतामा आफूलाई संभ्रान्त सम्झिरहन्छन् र जीवन–जगत्मा आफ्नो उदयलाई सार्थक र सफल भयो भनी मस्त हुन्छन् । तर थोरै मात्र मान्छेहरु भौतिक सुख–सयललाई एकातिर पन्छाएर बुद्ध जस्तै सानो बुद्ध हुन निकै कठिनतम प्रयास गर्छन् । समाजमा केही गरेर वा साहित्यिक चिन्तनहरु लिपिवद्ध गरेर अथवा केही गर्नेलाई केही न केही सहयोग गरेर बाँच्न खोज्नेहरु जो जस्तै हुन् केही नगर्ने लोभीहरुभन्दा निकै महान् छन् । उनीहरुलाई हामीले रुचाइदिनुपर्छ । राजकर्णिकारको नाम पनि यस्तै केही गर्ने, सोच्ने र लेख्ने कोटीमा अवश्य पर्दछ ।

घनश्याम राजकर्णिकारका निबन्धहरु, यात्रा–वृत्तान्तहरु निकै रोचक र बोधगम्य छन् । सरल ढङ्गले आफ्ना अनुभूति पोख्न सिपालु उनले आफ्नो यात्रा साहित्यमा विदेशको वर्णन रमाइलो ढङ्गले पोखेका छन् । यिनका निबन्ध तथा संस्मरणहरुमा जिज्ञासापूर्ण भावसंयोग, भावपूर्ण तार्किकता, रोचक विषयवस्तुको प्रस्तुति र जीवन्तता पाइन्छ । भाषा सरल हुनु, शैलीमा रमणीयता रहनु, अभिव्यक्तिमा गहनता लुक्नु नै उनको लेखनशैलीको विशेषता हो भन्नुपर्दछ । यात्रा–क्रममा देखे–भोगेका, पाए–बटुलेका अनुभव, छाप तथा भाव–भावनाहरु नै उनका संस्मरणात्मक निबन्धहरु हुन् । यस्तै खालका निबन्ध र संस्मरण लेख्न रुचाउने राजकर्णिकारका हालसम्म प्रकाशित कृतिहरुमा केही चिन्तन केही मन्थन (कथा, एकाङ्की, यात्रा संस्मरण, प्रेरणा साहित्य, आर्थिक (लेखसङ्ग्रह–२०३५), विदेशको यात्रा स्वदेशको सम्झना (नियात्रा–२०३७), देश प्रदेशको भ्रमण : केही संस्मरण (यात्रा विवरण–२०४५), सम्झनाको लहरमा लहरिँदै जाँदा (संस्मरण–२०५२), पवित्र सम्झना आमाको (संस्मरण, २०५५) बौद्ध तीर्थयात्रा : नालन्दादेखि लुम्बिनीसम्म (नियात्रा–२०६०), गजराज राजकर्णिकारको वंशावली (अनुसन्धान–२०६१), अनुभव र अभिव्यक्तिमा घनश्याम राजकर्णिकार (अन्तर्वार्ता–२०६२), बुद्ध ज्योतिका केही रश्मि (निबन्धसङ्ग्रह–२०६४), यात्रा अमेरिकाको माया नेपालको (नियात्रा–२०६९) छन् । साथै बुद्ध सम्बन्धमा विद्वान् लेखकहरुका लेख–रचना सङ्ग्रह गरी उनले बुद्धको सम्झना कल्याणको कामना नामक पुस्तकको २०३९ सालमा सम्पादन पनि गरेका छन् ।वि.सं. १९९८ माघ ३ गते पिता कृष्णबहादुर राजकर्णिकार र माता प्राणमायाको कोखबाट जन्मेका घनश्यामले अर्थशास्त्रमा एम.ए. उत्तीर्ण गर्नुका साथै केही वर्ष पश्चिम जर्मनीमा रही जर्मन भाषा सिकी व्यावहारिक शिक्षामा उच्च शिक्षा पनि प्राप्त गरेका थिए । उद्योग–व्यवसायमा संलग्न भई सेवा पुर्‍याइसकेपछि उनले युरोपका थुप्रै देशहरुमा र एसियाका जापान, कोरिया, थाइल्याण्ड, हङकङको भ्रमण गरिसकेका छन् ।

वि.सं. २०४२ सालमा रत्नश्री स्वर्णपदक प्राप्त गरिसकेका राजकर्णिकारले पछिल्लोपल्ट थुप्रै साहित्यिक संघ–संस्थाबाट पुरस्कृत र सम्मानित भएका छन् । महाकवि देवकोटा पुरस्कार र समी साहित्य साधना सम्मानले यिनी २०७१ र २०७३ मा सम्मानित हुनाका साथै रु. १ लाख रकम पुरस्कार पनि प्राप्त गरेका छन् । उनले साहित्यको उद्देश्य सम्बन्धमा आफ्नो विचार यसरी व्यक्त गरेका छन् –‘साहित्यको लक्ष्य शाश्वतलाई अँगाली जीवनको रमाइलो तथा अन्धकार दुवै पक्षप्रति सजक भई समाजलाई अन्धकारबाट उज्यालोतिर लग्नु हो । यसैले उसको कार्य कुनै सीमित पक्ष, सीमित वाद तथा सीमित सिद्धान्तमा केन्द्रित भएको देखिँदैन । साहित्य–सिर्जना गर्नु भनेको संकीर्णताको घेराबाट फुत्केर स्वच्छन्द तरिकाले जीवन–जगत्का विभिन्न पक्षमा विचरण गरी आफ्नो केही सन्देश विचारधारा वा दृष्टिकोण प्रस्तुत गर्नु हो । उद्योग व्यवसायमा संलग्न भई साहित्य सिर्जना र सेवामा आफूले सक्दो योगदान पुर्‍याउँदै आएका घनश्याम राजकर्णिकार साहित्यमा नयाँ किसिमको सिर्जना र क्रियाकलाप चाहिन्छ भन्छन् । विशेषगरी निबन्ध, यात्रा–वर्णन, संस्मरण पढ्न र लेख्न रुचाउने घनश्याम राजकर्णिकारका लागि नेपाली निबन्धकारहरुमा कमलमणि दीक्षित, मदनमणि दीक्षित, माधवलाल कर्माचार्य, डा. तारानाथ शर्मा, कृष्णचन्द्रसिंह प्रधान, गोविन्द भट्ट आदि आफूलाई मनपर्ने बताउँछन् । उनलाई मनपर्ने दिवंगत स्रष्टाहरुमा बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, लीलाध्वज थापा हुन् । केदारमान व्यथित र दिनेश अधिकारीका कविताहरु मन पराउने घनश्यामले नेपाली रामायण खूब चाख राखेर अध्ययन गरेको कुरो बताउने गर्छन् ।

आफूले प्रत्यक्ष देखेभोगेका कथा अनुभूत गरेका कुराहरुलाई सरल तथा यथार्थपरक रुपमा पाठकसमक्ष प्रस्तुत गर्न साहित्य सिर्जना गर्ने राजकर्णिकार सिधा स्वभावका, थोरै मात्र बोल्न रुचाउने व्यक्तित्वमा पर्छन् । घनश्याम राजकर्णिकारले साहित्यको परिभाषामा आफ्नो विचार यसरी व्यक्त गरेका छन् –‘जनसाधारणका लागि उनीहरुलाई नै दृष्टिगत गरी लेखिने दु:ख, सुखका बोधहरुलाई कलात्मक तरिकाले अभिव्यक्ति दिने माध्यम साहित्य हो ।’ उक्त भनाइले घनश्याम राजकर्णिकारको साहित्यिक चिन्तन ठम्याउन सजिलो पर्छ । देखेका, भोगेका क्रमहरु समेट्दै लग्ने चिन्तनले नै उनलाई साहित्यकार बनायो । घनश्यामका यात्रावृत्तान्तहरुमा पनि शिल्प र कलाको समन्वय विषयवस्तुमा हुँदै गएको पाइन्छ । कुनै पनि लेखकले समाज र देशलाई कल्पनाको संसारमा पाठकलाई नडोर्‍याएर वास्तविक जीवनसँग साक्षात्कार गराइदिनुपर्छ । यही कटु सत्यलाई उनले आफ्नो यात्रा साहित्यमा समेट्न खोजेका छन् । यी नै उनका आफ्नो मौलिक पहिचान र विशेषता पनि हुन् । यात्रा साहित्यका एउटा सुपरिचित नाम घनश्याम राजकर्णिकारले प्रेम भनेको पवित्र आत्माबाट स्फुरण हुने स्वच्छ भावनाको अभिव्यक्ति हो भनेर प्रेमको परिभाषा गरेका छन् । प्रेमलाई स्वच्छ भावनाको अभिव्यक्ति बनाउन नसकेसम्म मान्छेहरु महान् हुनै सक्दैन । मान्छेको आधार भनेको प्रेम हो । प्रेमलाई जीवन्तता प्रदान गरिदिनुपर्छं भन्ने उनको आशयले उनको उदारता र महानता स्फूरण हुन्छ । प्रेमलाई मान्छेले हुर्काउनु पर्छ । प्रेमलाई सदासयतामा झुल्न दिनुपर्छ । प्रेमकै पर्यायवाची रुप हो मान्छे भन्न रुचाउने उनले मान्छेको परिभाषामा यसरी अथ्र्याए –‘सृष्टिको निकै उच्चतम प्रादुर्भावको रुप हो मान्छे ।’ मान्छेकै खोजीमा मान्छेहरु लाग्छन् । उनी पनि सही मान्छेको खोजीमा तल्लीन छन् । मान्छेलाई सुन्दर, सौन्दर्यपूर्ण, सत्यवादी र मान्छेकै लागि बनाइदिनुपर्छ भन्ने उनी साहित्यिक, सामाजिक, औद्योगिक सबै क्षेत्रमा रचनात्मक योगदान दिने इच्छा व्यक्त गर्छन् । समाज र देशको लागि केही भलाई नहुने कार्य गर्नुहुन्न भन्ने राजकर्णिकार अहिलेभन्दा बलियो ढङ्गले समाज, देश र जनताकै लागि पनि केही गर्न सकोस् – मान्छेकै भलाइका लागि उनको यात्रा निरन्तर बढिरहोस् ।


Tags: जनमतमोहन दुवाल
अघिल्लो पोष्ट

मिथिलामा चौरचन पर्व 

पछिल्लो पोस्ट

‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

बालसाहित्य सर्जक विजयराज आचार्यको ‘मत्स्यकन्या’

बालसाहित्य सर्जक विजयराज आचार्यको 'मत्स्यकन्या'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

स्त्री

स्त्री

३ जेष्ठ २०७८, सोमबार
तेस्रो हेटौँडा बाल कला–साहित्य महोत्सव २०७९ आयोजना गर्ने

तेस्रो हेटौँडा बाल कला–साहित्य महोत्सव २०७९ आयोजना गर्ने

३ जेष्ठ २०८०, बुधबार
दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार

दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार

३ जेष्ठ २०७९, मंगलवार
बहुभाषिक नाट्य उत्सव

बहुभाषिक नाट्य उत्सव

३ जेष्ठ २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक