जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

यो कस्तो प्रेम

खेमराज मल्ल खेमराज मल्ल
प्रकाशित १४ श्रावण २०७८, बिहीबार
आख्यान, कथा भित्र
0
यो कस्तो प्रेम

मुना र मदनले भर्खर प्रेम विवाह गरे । मुना र मदन नितान्त एक्ला प्राणी थिए । उनीहरुको प्रेम वेदाग थियो । एक अर्कालाई प्रेम गरेर विहे गरेको सायद विशिष्ट किसिमको हुन्छ होला । उनीहरु एक अर्काबिना अधुरा थिए । सँगै बाँच्ने, सँगै मर्ने कसम खाएका छन् । उनीहरुलाई वरपरका छरछिमेकले भन्ने गर्छन्– यस्तो पो प्रेम, यस्तो पो हुनुपर्छ त जोडी हाय ! ढुकुरको जोडीजस्तो ! जता गए पनि जे गर्दा पनि सँगसँगै– कति मीठो माया, कति विशुद्ध प्रेम । जन्म जन्मसम्म पनि यो जोडी छुट्टीने छैन सायद ।


मदन, हामी पनि कति गाउँमा बस्ने, तल्लो घरका रविहरु पनि शहरतिर गए रे । छोराछोरी पनि उतै पढाउँछन् रे । हामी पनि पैसा कमाएर शहरतिर सानो झुप्रो बनाएर बस्न पाए कति आनन्द हुन्थ्यो नि । गाउँको जस्तो हिलो मैलो पनि नहुने । सबै कुराको सुविधा । छोराछोरीलाई पनि राम्रो स्कूलमा पाढाइन्थ्यो होला– अगेना छेउमा रोटी बेल्दै गरेकी मुनाले भनी ।त्यो त हो, तर पैसा कसरी कमाउने ? धन त बाघको मुखमा हुन्छ भन्छन्– तरकारी केलाउँदै गरेका मदनले नमीठो गरी एक घु्ट्का थुक निल्यो र ‘हेर, बाघको मुखमा धन छ भनेर टुलुुटुलु हेरिरहने त कायरले मात्र गर्छ । बहादुरले त बाघसाघ मारेर मुखबाट पैसा झिक्छ, बुझ्यौ ? मान्छेहरु विदेश गएर कति कमाइसके । यही पनि मान्छेले कति कमाइसके के –के गरेर ! तिमीचाहिँ हात बाँधेर बसिराख्छौ अनि कहाँबाट कमाइ हुन्छ ?’–ओठ लेब्य्राउँदै मुनाले भनी नेपालमा रोजगारीको कुनै गुञ्जायसै छैन हेर, के म पनि विदेश जाउँ त ? मबिना तिमी एक्लै तिमीबिना म एक्लै हामी कसरी एक्लाएक्लै रहन सकौला र मुना ?’– मुनाको प्रेमले कसिलो गरी बाँधिएको मदनले फेरि अर्को घुट्को अमिलो थुक निल्यो । ‘पैसा नभई कहाँ जिन्दगी चल्छ त, माया खाएर भएन, माया लाएर भएन’– मुनाले तीतो सत्य ओकली ।

मदनले सुनिरह्यो । उसले केही बोल्न सकेन । हुन पनि भौतिक संसारमा मान्छे पैसाको गुलाम भइसकेको छ । पैसाबिना जीवन एक इञ्च पनि चल्न सक्दनै । लाग्छ, पैसाले संसारमा सबथोक किन्न सक्छ । मुना भर्खरकी पूर्णेको जुनजस्ती सुन्दरी छ । उसको मनभित्र पनि राम्रो लगाउने, मीठो खाने एश आरमसँग बस्ने प्रवल इच्छाहरु छन्– स्वभाविकै हो ।


जापनिज गुडिया जस्ती मुनालाई छाडेर विदेश जान कत्ति मन लागिरहेको छैन मदनलाई । देशकै माटोमा रम्ने, खेल्ने विचार छ उसको मुनासँगै । जति पसिना चुहाए पनि जति रगत बगाए पनि देशकै माटोमा बगाउन मन छ उसलाई । तर न कुनै रोजगारीको राम्रो अवसर छ न त कुनै व्यवसायको ग्यारेन्टी नै । त्यसैले कति नेपालीहरु बैदेशिक रोजगारीको नाममा विदेशको सडकमा भौतारिरहेका छन् । जेहोस् अब घर बसेर पक्कै गुजारा चल्दैन जस्तो लागिसक्यो मदनलाई । मुना पनि दुई जिउकी भई, खर्च पनि बढ्दो छ, महंगीले आकाश छोइसक्यो । गाउँघरको जोरीपारीले तिघ्रा ठटाउन थाले । उता मुनाको सपना……..।


‘मुना, अब म पनि विदेश गएर धेरै धन कमाउँछु र तिमीलाई पनि शहरमा लगेर रानी बनाएर राख्छु’ धेरै दिनपछि मदनले यो निर्णय मुनालई सुनायो । ््््््मुनाले सपना देख्न थाली– आहा ! शहरमा…….।मदनले विदेश जाने निर्णय गरिसकेपछि आफ्नो रन्तरंग साथी शंकरलाई सबै कुरा बेलिविस्तार लगायो– ‘शंकर मलाई विदेश जानुपर्ने भयो । तिमीले आफ्नै घर सम्झेर मुना र यो घरको रेखदेख गरिदिनुपर्छ ।’


केही दिनपछि भिसा आयो । मलेशियाको एक प्राइभेट कम्पनीमा ऊ तीन वर्षका लागि जानुपर्ने भयो । आफ्नो र पेटभित्रको बच्चाको ख्याल राख्नू मुना भन्दै भारी मन लिएर मदन मुनासँग विदा भयो ।गहभरि आँसु बगाउँदै मुनाले विदाईको हात हल्लाई……..


विदेशको माटोको गन्ध फरक छ । स्वदेशको जस्तो प्राकृतिक गन्ध छैन । गगनचुम्बी महलहरु । भौतिक सुविधाले सम्पन्न । छोए मयल लाग्ने जस्ता चिल्ला लम्पसार सडकहरुमा एक तमास हुइँकिने गाडीहरु दिनरात बरोबर । हरेक े कुरा सिस्टममा छ । रुटिनमा चलिरहेछ मान्छे मेसिनझै । कम्पनीको रुटिनमा अभ्यस्त हुँदैछ मदन पनि । आँखाभरि गर्भिली मुनाको सपना अनि मुटुभरि माया बोकेर दिनरात मदनका हात चलिरहेछन् मेसिनउपर तर देखिरहन्छ धेरै धन कमाएर मुनालई खुशीसाथ राख्ने सपना ।


केही समयपश्चात मदनले मुनालई केही पैसा पठायो । गाउँ फर्कने एकजना साथीसँग मोबाइल फोनलगायत केही सामान पनि पठायो । मुना फुरुंग भई ।‘ पैसा पठाइदिएको छु । मीठो मसिनो खानू । मन परेका कपडा लगाउनू । आफ्नो शरीरको धेरै ख्याल राख्नू । अप्ठ्यारो सप्ठ्यारोमा शंकरसँग मद्दत लिन’ू– फोनबाट मनका बोझिला शब्दहरु पोख्यो मदनले । ‘तिमी टाढा हुदा निरास भयो जिन्दगी मदन’– मुनाले फोनमा भनी । ‘तीन वर्ष त हो नि मुना’–मदनले मुनालाई सम्झायो । ‘प्रतिक्षाको घडी धेरै लामो हुँदोरहेछ मदन’– मुनाले बोझिलो स्वरमा भनी । ‘प्रतिक्षाको फल मीठो हुन्छ मुना, सम्हालिएर बस । म फोन गरिराखुँला’– मदनले मुनलाई फेरि सम्झायो ।


फोनमै लामा–लामा कुराकानी हुन्थे । फोनै छोड्न मन लाग्दैनथ्यो । त्यसरी नै जसरी उनीहरु एक अर्कालाई प्रेम गर्दा छुट्नै मन लाग्दैनथ्यो ।फक्रिदो गुलावकी थुंगा जस्ती प्राणप्यारी जीवनसंगिनी हो मुना मदनकी । मुनाको आँखामा संसार बिर्सन्छ मदन अनि मदनको न्यानो मायाले अँगालोमा संसार बिर्सन्छे मुना ।


दुबैका बाबुआमा सानैमा खसेका थिए । मुनालाई फुपूले पालेकी थिइन, मदनलाई अंकलले पालेका थिए । दुबै टुहुरा । दैवले दुई टुहुराको भेट गरायो । पायाप्रीती बस्यो । गहिरो । यो कस्तो प्रेम ? गाउँमा उनीहरुको प्रेम एक उदाहरण बन्यो । चखेवा जोडीझैँ उनीहरु एक अर्काबिना बाँच्न नसक्ने भए । विहे गरे उनीहरुले । सुखद दाम्पत्य जीवन शुरु भयो ।
चौडा छाती, अग्लो, मोटो गोरो अनुहार अविवाहित खाइलाग्दो मोरो शंकरे । केटीहरु उसलाई देखेर मरिहत्ते गर्छन् । मुना पनि भर्खर फक्रिएको गुलाव जस्ती छ । मनभित्र काउकुति लागिरहने उमेर हो यो । शंकरको छातीमा लुटुपुुटु गर्ने मन भित्रैदेखि लागेर आउँछ । आगोको नजिक घिउ पनि पग्लन्छ अवश्य ।

अब मदनको अनुपस्थिति मुनालाई बिझाउँदैन । हरेक काममा मद्दत गर्ने शंकर छँदैछ मदनको विश्वासिलो अन्तरंग साथी । शंकर धेरैजसो मुनाकै घर बस्छ । मुना र शंकरबीचको प्रेमको फुल झाँगिदै जान्छ । उनीहरु एक अर्काबिना बाँच्नै नसक्ने भइसकेको छन् । एक कान, दुई कान मैदान । गाउँमा पनि उनीहरुको सम्बन्धको चर्चा परिचर्चा हुन थालिसकेको छ । मुख देखाउन पनि लाज हुन थालिसकेको छ दुबैलाई गाउँमा । उनीहरुले अब गाउँ छाड्ने निर्णय गरे । दुबैले आ–आफ्ना घरबारी बेचेर शहरतिर लागे । मदनले पठाएको पैसा थपथाप गरी शहरमा घर किने ।शहरको बसाई शुरु भयो । उनीहरुैले विहे पनि गरे । मदनले पैसा पठाइरहेछ ।उनीहरुको दैनिकी चलिरहेछ । शंकर र मुनाको प्रेमको बिचमा एउटा तगारो थियो त्यो मुनाको पेटमा मदनको बच्चा त्यो पनि उनीहरुले गर्भपतन गरेर फ्याँकिदिए । बस् उनीहरु अब आफ्नो प्रेमको दुनियाँमा मस्त छन्– लैला मज्नु । शंकरले शहरमा घरजग्गाको कारोबारबाट राम्रै आम्दानी ग¥यो । उसले घरमा तला थप्यो । अढाई फ्ल्याटको सुन्दर घरमा अहिले शंकरले मुनालाई रानी बनाएर राखेको छ । मुनाले मदनसँग खाएका कसमहरु सबै बिर्सी यसरी कि उसको जीवनमा मदन नाम गरेको कुनै लोग्ने मानिस नै आएन ।
बेलाबखत मदनको फोन आउँछ । मुनालाई अब मदनको फोनेमा कुनै चाख छैन तरभनी भ्याउछे– ‘तिमीबिना मा कसरी यहाँ बाँचेकी हुला भन त । तिम्रो छोरो टाकटुक तिमी जस्तै छ । कति सताउँछ दिनरात । ज्यानै गलिसक्यो ।’‘ मैले पनि त एक एक दिन गनिरहेको छु नि मुना यहाँ । कहिले तिन वर्ष पुग्ला ? उडेर आउँ जस्तो भइसक्यो’– मदनले मनको गह्रौँ भारी बिसायो ।
तीन वर्ष पनि पुग्यो मलेशियाको बसाई । पकेट खर्च राखेर प्यारी मुना र आफ्नो छोरालाई कपडा तथा सामानहरु किनी बाँकी पैसा मुुनालाई मनि ट्रान्फर गरिदियो मदनले ।

एयरपोर्टको टर्मिनल भवनबाट बाहिरियो मदन– अहो ! बल्ल त नेपाल आइपुगियो । अझै गाउँ पुग्न त तीन दिन पो लाग्छ त । मन त भरुरु उडेर गइसक्यो । के–के सामान् ल्याइदिनू भन्थी । टाकटुक म जस्तै छ रे छोरो पनि । हि….हि…हि । गाउँको जग्गा पनि बेच्छु अनि थपथाप गरी शहरमा घर किन्छु अनि सानोतिनो व्यापार शुरु गर्छु । मुनालाई त रानी बनाएर राख्छु् । विदेश त यत्रैसित जाँदै जान्न फेरि । पहिल्यै त कस्ती थिइ मोरी । अहिले झन बैसले भरिएकी सुडौल होली मोरी । तँलाई त च्याप्प समाएर छोड्दै छोड्दिन । त्यो छोरो भुन्टे पनि म जस्तै काले हिस्सी परेको छ रे । त्यसलाई त समाए नचाइरहन्छु ।
तीन दिनको बेलुका मदन आफ्नो घर पुग्यो । ढोकामा ठुलो ताल्चा झुण्डिएको थियो । उसले चारैतिर हे¥यो– सुनसान । मदनले धेरैपटक मुनालाई बोलायो । अहँ मुनाको प्रत्युत्तर कहींबाट आएन । ऊ टुक्रुक्क पेटीमा बस्यो र सामान त्यही पेटीमा राख्यो– आज त आउँछु भनी खवर गरेकै थिएँ, कहाँ गइछ त मोरी । धेरै टाढा त नजानुपर्ने…..
मदन पेटीबाट उठ्यो, घरको चारैतिर हे¥यो र फेरि बोलायो–मुना….. एई मुना….
अहँ ! मुनाको प्रत्युत्तर फेरि पनि आएन । ऊ फेरि टुक्रुक्क पेटीमा बस्यो ।
एकजना गाउँले आएर भने–‘बाबु, मुनाले त शंकर भन्ने केटासँग लागेर यो घरवास सब बेची, त्यसैसँग शहर गई बाबु । त्यसपछि यता देखा नै परेकी छैन ।’ मदनको आँखाबाट आँसुका बलिन्द्र धारा बग्न थाले । ऊ क्वाँ क्वाँ रुन थाल्यो– यो कस्तो प्रेम ग¥यौ मुना तिमीले , यो कस्तो प्रेम…. मलाई जिउँदै मा¥यौँ….।
मदनको आँखामा मुनासँगको विगत फील्मझै फनफनी घुम्न थाल्यो । उसलाई भाउन्न भयो । ऊ त्यही ड्याम्म लड्यो …… ।
घोराही


अघिल्लो पोष्ट

कुर्ची खेलको रमिता

पछिल्लो पोस्ट

अन्तिम चिठी खोली हेर्दा

खेमराज मल्ल

खेमराज मल्ल

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
अन्तिम चिठी खोली हेर्दा

अन्तिम चिठी खोली हेर्दा

स्वतन्त्रता

स्वतन्त्रता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

तुलसी दिवसका तीन कविता

तुलसी दिवसका तीन कविता

९ बैशाख २०८०, शनिबार
इतिहासको एउटा श्रृङ्खला वासुपासा

इतिहासको एउटा श्रृङ्खला वासुपासा

९ बैशाख २०७९, शुक्रबार
एलबीको ‘को हो त्यो मान्छे ?’

एलबीको ‘को हो त्यो मान्छे ?’

९ बैशाख २०८०, शनिबार
पानी परमेश्वर

पानी परमेश्वर

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक