जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

उपदेश

ह्दयचन्द्र सिंह ह्दयचन्द्र सिंह
प्रकाशित १८ भाद्र २०७८, शुक्रबार
अनुवाद भित्र
0
उपदेश

मेरी श्रीमतीलाई मातृत्वको वरदान मिल्दै छ, धर्तीको उपकारका निम्ति उपहारस्वरूप उसलाई एक हँसिलो बालक प्राप्त हुनेवाला छ र संसारको जनसङ्ख्यामा अरू एक अङ्कको वृद्धि हुनेवाला छ भन्ने थाहा भएदेखि नै मेरा विचारहरूमाथि मनन गर्दै तिनलाई मूर्त रूप दिन सक्ने एक आकर्षक र प्रभावशाली मेरो साथी आउनेवाला छ भन्ने आशा मभित्र पलाएको छ ।

उसलाई पाएपछि म उसका कानहरूमा सबैभन्दा पहिले यिनै शब्द गुन्जाउनेछु — तिमी सदैव अगाडि बढ, नरोकिऊ ! बाबु हुनुको नाताले उसलाई राम्रो बाटो देखाउनु मेरो दायित्व हो । त्यसैले उसको अगाडि म यही विचार प्रस्तुत गर्नेछु । तर म उसमाथि उपदेशलाई जबर्जस्ती थोपर्नेछैनँ किनभने म मानिसलाई स्वतन्त्र बन्न दिनुपर्छ भन्ने कुराको पक्षधर छु, चाहे त्यो मानिस मेरी श्रीमती होस् वा सन्तान नै किन नहोस् । व्यक्तिको महत्ता स्वतन्त्रताबाट मात्रै प्रस्फुटित हुन्छ भन्ने मेरो धारणा छ । यदि कुनै पनि उपदेश व्यक्तिको स्वाधीनतामा बाधक छ भने त्यो हितकारी हुँदाहुँदै पनि उसका निम्ति तानाशाह हुन्छ ।

त्यसैले म आफ्नो सन्तानलाई आफ्नै विचारधारामा, आफ्नै सिद्धान्तको ढाँचामा र आफ्नै अभिरुचिको प्रवाहमा मात्र बगाउनका लागि जबर्जस्ती गर्न चाहन्नँ । मेरो विचारमा आज्ञा, हुकुम वा तानाशाही मान्छेलाई आफ्नो कब्जामा जकडेर राख्ने जब्बर डोरी हो भने उपदेशचाहिँ सुनौलो रेसमको नरम डोरी हो जसद्वारा बाँधिँदा पनि बाँधिँदाखेरि हुने वेदनाको अनुभूति हुँदैन । अर्थात् उपदेश पनि आज्ञाकै एउटा आकर्षक रूप अथवा त्यसकै एउटा रचनात्मक संस्करण हो । एउटा कामुक व्यक्तिको एक हरियो नजरमा कामिनी कति कमनीय हुन्छे, कति सुन्दर ! तर एक सन्न्यासीेका दृष्टिमा त्यही कामिनी उसको जीवनलाई नै नष्ट गर्ने वस्तु देखिन्छे; ऊ ठान्छ— कामिनी भनेको जीवात्मालाई यही जीवनमरणको चक्रमा बाँधिराख्ने एउटा डोरीमात्र हो । बस, आज्ञा र उपदेशद्वारा गरिने जोरजबरजस्ती पनि प्रगतिको क्षेत्रमा त्यत्ति नै फरक वा बराबर हुन्छ ।

संसारको राम्रो बस्तीका लागि राम्रा औजारहरूको आवश्यकता हुन्छ, त्यो हो स्वतन्त्र मानिस र स्वतन्त्र मस्तिष्क । स्वतन्त्र मानिसको स्वतन्त्र मस्तिष्कबाट नै संसारको हृदय बन्दछ र उसको पीडा मेटिन्छ । जिउँदो हृदय र संसारका बस्तीहरूलाई ताजा मस्तिष्कले भर्नका लागि स्वतन्त्र मानिसको खाँचो छ । तिनबाट नै नयाँ बिहानी सम्भव छ र तिनबाट नै हरियो जिन्दगीको आशा गर्न सकिन्छ । जबर्जस्ती ठोँसी–ठोँसी बनाएको मस्तिष्क ठोस भएर पनि बलियो हुँदैन; त्यस्तै ओजनदार भएर पनि ओजनदार (भारी) हुँदैन ।

उपदेशका बारेमा मेरो धारणा छ— त्यो असल पनि छ, खराब पनि । जब कुनै उपदेश एउटा विचारका रूपमा मात्र प्रस्तुत हुन्छ तब त्यो नै व्यक्तिका लागि एउटा सल्लाह हुन्छ । त्यसलाई ग्रहण गर्ने कि नगर्ने भन्ने कुरा व्यक्तिमा निर्भर हुन्छ । यस्तो स्थितिमा उपदेश संसारको प्रगतिका लागि एउटा साधन बन्दछ, तब उपदेश राम्रो हो तर त्यही उपदेश आज्ञाका रूपमा प्रस्तुत हुन्छ भने त्यसबाट सङ्कीर्णताको जन्म हुन्छ । यस्तो उपदेशबाट मानिसको दिमागले उठेर राम्रोसँग हिँडडुल गर्ने र केही गर्ने सामथ्र्य गुमाउँछ; मात्र घिस्रिँदैघिस्रिँदै हिँड्नसम्म समर्थ बन्छ । यस्तो उपदेशबाट मानिस अगाडि बढ्ने सम्भावना रहन्न, बरु ऊ आफ्नै शरीरको नापअनुसार साढे तीन हातको घेरामा चक्कर लगाइरहन्छ । तब भने उपदेश खराब हो । यस्तो पनि भन्ने गरिन्छ— जब उपदेश विचारको रूपमा मात्र प्रस्तुत हुन्छ तब त्यही व्यक्तिका लागि प्रेरणा भई प्रतिभापूर्ण भण्डारको कुञ्जी बन्छ तर जब उपदेश आज्ञाका रूपमा हुन्छ तब त्यो प्रगतिको ढोकामा ताल्चा बन्दछ ।

वस्तुतः उपदेश मानिसको अवनतिको द्योतक होइन । यद्यपि मानिसलाई खसालेर खराब बनाउने कुराहरूमा उपदेश गनिन्न, बरु यो उसलाई बनाउने साधन नै मानिन्छ तथापि उपदेश मानिसको मनोजगत् सुधार्ने साधन हुँदाहुँदै पनि म आफ्नो सन्तानको दिमागमा खाँदीखाँदीकन उपदेश भरिदिएर उसलाई त्यसका आधारमा चल्ने कठपुतली बनाउन चाहन्नँ । जबर्जस्ती कोचिदिएको उपदेशको निर्देशनमा चल्ने यन्त्रचालित व्यक्ति बनाउनुको साटो म सन्तानलाई आफैले सोचेर–बुझेर चल्ने एक स्वतन्त्र मानिस बनाउन चाहन्छु ।

यद्यपि उपदेश हितको पवित्र साधन हो तथापि म सम्झन्छु— उसको हितकारी शक्ति त्यस व्यक्तिमै टाँसिन्छ जसलाई उपदेश दिइन्छ । हो, निश्चय नै त्यो व्यष्टिमा टाँसिएर निर्जीव भने अवश्य हुँदैन । त्यो मनुष्यको मनमस्तिष्कमा पुगेर उसलाई पापबाट जोगाउन समर्थ र सचेष्टसमेत हुन्छ तर पापबाट बच्नु–बचाउनुमात्र लक्ष्य हुनु मानिसका लागि पर्याप्त होइन । संसारमा पापको अस्तित्व हुनु नै हुँदैन भन्ने लक्ष्य र आकाङ्क्षाको तहसम्म मानिसले पुग्नुपर्दछ । आपूmले पाप नगर्नु र पाप नहुनु मात्र पर्याप्त हुँदैन, पाप गर्न नदिनु र हुन नदिनुको लक्ष्य मानिससँग हुनुपर्छ । त्यसैले म ठान्दछु—उपदेश कुनै एक व्यक्ति(व्यष्टि)सम्म पुगेर हराउने खालको चीज वा साधनमात्र हो । हामीलाई त त्यस चीजको आवश्यकता छ जसबाट समष्टि(सबै)को हृदय झङ्कृत होओस् । त्यो चीज हो स्वतन्त्रता । हामीले उपदेशका लागि मानिस खोज्नु हुँदैन, न त मनुष्यका लागि उपदेश खोज्ने आवश्यकता नै छ । स्थिति र वातावरणका आधारमा मानिसका मन र चरित्र बन्दछन् । परिस्थिति र वातावरण एकदम प्राकृतिक तथा सम्पूर्ण वा सर्वस्व नै हुन् भन्ने कुरा पनि होइन, तिनलाई काबुमा राख्ने शक्ति पनि मनुष्यमा छ । त्यसैले मानिसले यस्तै प्रयत्न गर्नुपर्छ । तर यो कार्य उपदेशको कठघरामा पालिएको पुत्रबाट सम्भव हुँदैन किनभने यसबाट ऊ त मात्र पिताको बौद्धिक सीमासम्म घुमिरहनेछ, उसको आदेशको पालना गर्न आज्ञाकारी मात्र हुनेछ । स्थिति र वातावरणलाई काबुमा राखी समाज वा संसार निर्माण गर्नमा योगदान दिने मानिस बनाउन सन्तानलाई स्वतन्त्र नै बनाउनुपर्छ । स्वतन्त्र व्यक्ति नै सुन्दर समाज बनाउन समर्थ हुन सक्नेछ । पिता पुत्रलाई हरहमेसा उपदेशमात्र दिइरहन्छ भने त्यो पुत्र पिताको सीमित बौद्धिक क्षेत्रमा बाँधिइरहनेछ । यस्तो पुत्र पिताको आफ्नो आदर्शको संस्करणमात्र हुनेछ; आफ्नै मौलिकता लिएको एउटा छुट्टै दोस्रो व्यक्ति बन्न कहिल्यै सक्नेछैन । एकै स्थिति, एउटै सिद्धान्त र एउटै आदर्शबाट संसारमा प्रगति हुनु सम्भव छैन । यसका लागि त परिवर्तक, विद्रोही तथा क्रान्तिकारी व्यक्तिहरूको जन्म भइरहनु अत्यावश्यक छ । उपदेशको महŒव केवल खानु, पिउनु, बोल्नु, बनाउनु आदि प्राविधिक ज्ञानमा नै सीमित छ जुन दैनिक व्यवहारका लागि आवश्यक छ । सुख कसरी हुन्छ ? शान्ति कसरी हुन्छ ? समाज र संसार कस्तो हुनुपर्दछ ? इत्यादि कुराहरू प्रचलित र पुराना विचारबाट मात्र हल हुन सक्दैनन् । यसका लागि त्यस्तो नयाँ विचार र नयाँ दर्शनको अत्यावश्यकता पर्दछ जुन स्थितिको अनुकूल होऊन् । यस उद्देश्यको पूर्तिका लागि मानिसले स्वतन्त्र नै बन्नुपर्नेछ । स्वतन्त्रताबाट संसारलाई सन्तुलित बनाउन सक्ने क्रान्तिकारी व्यक्तिको जन्म हुन्छ ।


अघिल्लो पोष्ट

मन

पछिल्लो पोस्ट

वास्तवमा साहित्य भन्नाले सौन्दर्य चेतनाको उद्बोधन हो

ह्दयचन्द्र सिंह

ह्दयचन्द्र सिंह

सम्बन्धित पोष्टहरू

अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
बिहेघर
अनुवाद

बिहेघर

९ चैत्र २०८०, शुक्रबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

२८ फाल्गुन २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
पछिल्लो पोष्ट
वास्तवमा साहित्य भन्नाले सौन्दर्य चेतनाको उद्बोधन हो

वास्तवमा साहित्य भन्नाले सौन्दर्य चेतनाको उद्बोधन हो

असामयिक प्रेम

असामयिक प्रेम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

एक्काइसौँ शताब्दीको नेपाली साहित्य सम्बन्धी प्राक्कल्पना

एक्काइसौँ शताब्दीको नेपाली साहित्य सम्बन्धी प्राक्कल्पना

४ जेष्ठ २०७९, बुधबार
देविकाको कविताकृति लोकर्पित

देविकाको कविताकृति लोकर्पित

४ जेष्ठ २०८०, बिहीबार
सुक्ष्म प्रेम

सुक्ष्म प्रेम

५ जेष्ठ २०८१, शनिबार
भगवती बस्नेतको ‘विश्वम्भरा’माथि परिचर्चा

भगवती बस्नेतको ‘विश्वम्भरा’माथि परिचर्चा

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक